यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

गुरु तेरो लुगामा धुलो लाग्नुभो : मातृभाषामा पढाइ, कसरी सम्भव ?

-डोलेश्वर भण्डारी-

‘गुरु तेरो लुगामा धुलो लाग्नुभयो’ भनेर मखबहादुर लिम्वुले स्कुलका गुरुलाई सजग गराउन खोज्दा भनेको कुराले उनलाई बूढो भइन्जेल पनि नेपाली बोल्नेहरुले गिज्याउन छाडेनन्। यो घटना थियो तेह्रथुमको एउटा लिम्वु गाउँको। यस्तो गिज्याइ खानेहरु नेपालको पूर्वका राई, लिम्वुदेखि लिएर तराईका मैथिली, भोजपुरी, अवधि, थारु भाषामा बोलचाल गर्ने मधेशीहरु, पहाडतिरका तामाङ, शेर्पा, गुरुङहरु सबै छन्। यो उदाहरणले नेपाली बाहेकका मातृभाषा बोल्नेहरुले सहनु परेको पीडालाई राम्रै सँग उजागर गरेको छ। नेपाली बाहेकका भाषाहरुले विगतको एउटै भाषा एउटै भेषको नीतिको मार खेपेका छन्। अबको परिस्थितिमा यो कुरामा सुधार हुन आवस्यक छ। तर कसरी गर्ने त त्यो सुधार भन्ने कुरामा चाहिँ स्पष्टताको अभाव छ।

सबैले आ-आफ्ना मातृभाषामा पढ्न लेख्न पाउनु एउटा नैसर्गिक अधिकार पनि हो। अर्को महत्वपूर्ण कुरा के हो भने एउटा भाषालाई जसले प्रयोग गरे पनि हाम्रो साझा सम्पत्तिको रुपमा हेरिनु पर्छ। लिम्वु भाषा हराउँदा लिम्वु जातिलाई मात्र हैन अरुलाई पनि घाटा छ। यो लेखमा मैले तेह्रथुम जिल्लाको सक्रान्ति वजार गा.वि.स.को उदाहरणवाट मातृ भाषासँग गाँसिएको समस्याको समाधान खोज्ने प्रयत्न गरेको छु। यदि यो गा.वि.स.का वासिन्दाका भाषिक मुद्दाको यो खालको विकेन्द्रिकृत तरिकाले समाधान खोज्न सक्छ भने नेपालका अन्य ठाउँमा पनि यही मोडेलले काम गर्न सक्छ।

राष्ट्रिय जनगणना २०५८ अनुसार सक्रान्ति बजार गा.वि.स.को जम्मा जनसंख्या ३,५४८ थियो र लिम्वुहरुको संख्या २६%, तामाङको संख्या ८% र क्षेत्री, बाहुन, कामी, दमै, आदि जातिको संख्या ६६% थियो। वार्ड नं. ५ र ७ (लिसिवुङ र सोदनमा) भने लिम्वु जातिको बाहुल्य छ। त्यसैगरी ती वार्डहरुमा भएका प्राथमिक विद्यालयहरुमा पनि लिम्वु जातिका केटाकेटीहरुको बाहुल्य छ। तर अन्य वार्डहरुमा पनि लिम्वु जाति बसोबास गर्छन् तर उनीहरुको संख्या कम छ। त्यसैले अन्य वार्डका विद्यालयमा लिम्वु जातिका छोराछोरीहरु पनि कमै छन्। वार्ड नं ३ को लामा गाउँमा तामाङ जातिको संख्या २६८ थियो। त्यहाँको प्राथमिक विद्यालयमा तामाङ कक्षा चलाउन पुग्ने केटाकेटी छन्। तर त्यो वार्डमा पनि तामाङहरु अल्पमतमा पर्छन्।

जुन जातिको जनसंख्या कम छ ,उनीहरुलाई कसरी आफ्नो मातृभाषामा पठनपाठन गराउन सकिन्छ साथसाथै कसरी अरु जातिलाइ यो भाषा ऐच्छिक वनाउन सकिन्छ त? यदि यो कुराको निर्णय गा.वि.स.को अल्पमत र बहुमतको आधारमा हुने हो भने, लिम्वु भाषामा पढ्न पाउनु पर्छ भन्ने हरु अल्पमतमा पर्छन्। यदि गाविसले अल्पमतलाई पनि ठाउँ दिएर गा.वि.स. भरिका विद्यालयहरुमा लिम्बु भाषा पढाउने निर्णय गर्ने हो भने अरु जातिका लागी त्यो स्वीकार्य नहुन सक्छ। जसलाई चाहिएको छ उसले पाउने र जसलाई चाहिएको छैन उसलाइ लिन बाध्य नहुने भए मात्र समस्या समाधान तिर जाला। यो उदाहरणले अल्पसंख्यकहरुको पीडालाई मद्धत गर्ला कि। मानौं हामी लामो दुरीको बसमा यात्रा गरेको बेलामा कसैलाई पिसाब लाग्यो भने अल्पमत र बहुमतको आधारमा निर्णय गरेर गाडी रोकेर पिसाब फेर्नुपर्ने भएमा पिसाब लागेको व्यक्ति जहिले पनि अल्पमतमा पर्छ र उसले भनेको समयमा पिसाब फेर्न पाउँदैन। उसमाथि ठूलो अन्याय हुन जान्छ। तर पिसाब नै नलागी पटक पटक गाडी रोकिने कानुन भएमा पनि त्यसको खासै उपयोगिता हुने छैन। मुख्य मुद्दा के हो भने अल्पमतमा रहेका विभिन्न जातिका मान्छेहरुले कसरी आ-आफ्ना भाषामा पढ्न लेख्न पाउँछन् त?

समाधान
यसको समाधान पनि सजिलो छ तर यसका लागि धेरै विकेन्द्रिकृत शासन प्रणाली जरुरी छ। यदि हरेक विद्यालयले विद्यार्थी संख्याको आधारमा लिम्बु भाषामा पठनपाठन गर्ने कुरामा निर्णय गर्न दिने हो भने त्यो विद्यालयमा लिम्बु भाषाको पढाइ हुन सक्छ। संक्रान्ति गा.वि.स.को माथिको उदाहरणमा लिसिवुङ र सोदन गाउँका प्राथमिक विद्यालयमा लिम्बु भषामा पढाइ गराउन सकिन्छ। किनकि त्यहाँ लिम्वु जातिका केटिकेटीहरु धेरै छन्। त्यसैगरी वार्ड नं. ३ मा रहेको लामा गाउँको विद्यालयमा पनि तामाङ भाषामा पढाई हुन सक्छ। यसो गर्दा अल्पमतमा रहेकाहरुको पनि समस्या समाधान हुन्छ र एउटा जातिको भाषा अर्को जातिमा लादनुपर्ने जरुरी पनि रहँदैन। यसो गर्दा हाम्रा जातजाति भित्रका सदभाव पनि विथोलिँदैन। समस्या के हो भने कसरी चिनी नखाने मान्छे, चिनी कम खाने मान्छे, र चिनी बढी खाने मान्छेलाई उनीहरुको इच्छा अनुसारको चिया एउटै भाँडामा पकाएर ख्वाउन सकिन्छ? यसको समाधान के हो भने हरेक मान्छेले आफ्नो कपमा आफुले चिनी राख्न पाउने अधिकार सुरक्षित गर्ने हो। जति जति निर्णय प्रकृया स्थानीय तहमा जान्छ उति नै हामीले इच्छा गरे अनुसारको स्वशासन पाउछौं। यसो गर्दा बाहुनले पनि चाहेको पाउँछन् र लिम्बुले पनि चाहेको पनि पाउँछन् र मैथिली भाषीले पनि चाहेको पाउँछन् र यो नीतिले सबैलाई राम्रो हुन सक्छ ।

August 26th, 2012 मा पहिलो पटक प्रकाशित

5 comments to गुरु तेरो लुगामा धुलो लाग्नुभो : मातृभाषामा पढाइ, कसरी सम्भव ?

  • mbajracharya

    मात्रिभाषा भनेको कस्तो भाषा हो; जन्म दिने आमाको भाषा हो भने बा आफ्नो समुदायको भाषा हो? नेपालमा सन्तानलाई बाउको जात दिईन्छ; सन्तान जन्मे देखी बाउकै भाषा सिकाइन्छ। फेरी भाषा को जन्म ब्यक्ति बा कुनै परिवारले दिन्दैन समाज बा समुदायले दिन्छ। त् मात्रि भाषाको अर्थ आमाको भाषा होईन समुदायको भाषा हो । जन्म दिने आमाको भाषा होईन।

    नेपालमा खस भाषा लगायत अनेकौं भाषाहरु छन र् ती सबै भाषाहरु नेपाली भाषाहरु नै हुन; तर खस भाषा बोल्ने शासक बने पछी मात्रै खस भाषालाई नेपाली भाषा भन्न् थालेको हो। जुन भाषा बोल्ने शासक बन्छ तेसैको भाषा नै नेपाली भाषा हुने हो भने अहिले नेपालमा खस भाषा बोल्ने शाह नै राजा भुने ब्यबस्था छैन। आउने दिनमा अर्कै नेपाली भाषा बोल्ने नेपालीको बहुमत भयको सरकार बन्न सक्छ। taw..

    कुरो खस भाषा लाई नेपाली भाषा भनेकोमा उठेको होईन खसभाषालाई नेपालको राष्ट्र भाषा बनायकोमा पनि होईन; कुरा उठेको अरु भाषालाई निमित्यान्न नपारे खस भाषा कमजोर हुन्छ; खस भाशिले मात्रै लिन्दै आयको आवसर अर्को भाषा बोल्नेलाई दिनु पर्ला भनेर अरु भाषालाई निमित्यान्न पार्ने निती लियकोमा हो।

    खस भाशी मात्रै राज्यको हजुर गजुर बनिने ब्यबस्थाको उपलव्धि बिकासलाई हेर्ने हो भने अर्को नेपाली भाषा बोल्ने नेपालीको सन्तानले अव नेपालको कुनै भाषा सिक्नु पर्दैन अङ्रेजी पनि सिक्नु पर्दैन कतारी मलेसियाली अरेवी हिन्दी भाषा सिकाउनु पर्छ। किनभने इनिहरुको सबै कुरा भारतकै चाहिने शासकहरुले नेपालमा जन्मने नेपालीलाई अरुको नोकर बनाउन निर्यात गरिने बस्तु बनाईसके।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • हिमाल नेपालि

    लु है – मातृभाषा को थेगो लगाइदिएर झन् पछाडी धकेल्ने प्रयास हुदै छ !! १०४ भन्दा बढी मातृभाषा मा पढाउन थाल्ने हो भने – मातृभाषाका लागि के कति पुस्तक उपलब्ध छन् ? ठुलो क्लास मा गएर फेरी नेपाली या अंग्रेजी मा पढ्नु पर्यो भने के गर्ने? (प्राइमरी भन्दा माथिल्लो सोच नेपाली को हुदै हुन्न भन्ने द्रिस्टान्त यहा देख्न पाइयो)
    नेपाल मा अझै पनि उच्च सिक्ष्या का लागि नेपाली मै पुस्तक उपलब्ध नभएको अवस्था मा हरेक को मातृभाषा कसले पुर्याइदिने रहेछ?
    म त भन्छु – नेपाली भाषा समेत खारेज गरेर बिद्यार्थी लाइ अंग्रेजी माध्यम बाट अनिबार्य पढाउनु पर्छ ! ऐच्छिक बिषय मा – मातृभाषा, नेपाली, चाइनिज, फ्रेन्च, जापानिज, कोरियन, इटालियन, स्पेनिस या पोर्चुगिज लिन पाउने हुनु पर्छ ताकि भोलि उनीहरु नेपाल बाहिर पनि कहिँ कसै संग भाषा को अज्ञानता ले कमजोर महसुस नहोस !! नेपाल मा बस्ने र जागिर खाने ले नेपाली या मातृभाषा को प्रयोग गर्न सकोस !! एउटा बिषय त्यो पनि ऐच्छिक हुनु पर्छ !! अन्य गणित, बिज्ञान, देखि सबै बिषय अंग्रेजी मै हुनु पर्छ ! भोलि उच्च सिक्ष्या को लागि – पुस्तक र भाषागत कठिनाइ नआओस – अंग्रेजी भाषा को महासागर मा सजिलै पौडिन सकोस !!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • mbajracharya

    बिस्वमा नेपाल जत्तिकै सानो भुगोल भयको यस्तो कुनै पनि मुलुक छैन होला जहाँ नेपालमा जत्तिको प्राकृतिक र् मानविय् योग्यताको श्रोत छ्। प्रकृतिले दियको प्राकृतिक श्रोत हामीले आर्थिक र् राजनैतिक् कमजोरिको कारनले सकेनौ तर मानविय् श्रोतको परिचालन् हुन नसक्नुको कारण त् अधाइ दसक देखी लादियको सासक बर्गको भाषिक तानासाहिनै हो। नेपालमा सयौ भाषाहरु बोलिन्छन। शासक बर्गको खस भाषानै सुद्ध लेख्न पढ्न नजाने राज्यको अवशर पाउन उनिहरुकै आशिर्वाद पाउनु पर्ने बनाईयो। शासक बर्गको चकरी गरेर तिनिहरुको आशिर्वाद नखोजी सिकेरै खस भाषा जानेकालाई पनि उनिहरुको खसभाषा सुद्ध नभयको भनि अयोग्य बनाईयो। नेपालमा खस भाषानै मात्रि भाषा नभयका नेपालीको वास्तवइक सन्ख्याको गनना नै गर्ने हो भनि उनिहरुको सँख्या खस भाषानै मात्रि भाषा भयकाहरुको सँख्या भन्दा धेरै नै हुन्छ। यो हिसावले लिने हो भने नेपालमा लोकको बहुमतको कदर हुने लोकतन्त्र आयकै छैन।

    अहिलेको सन्दर्भमा लिने हो भने खसभाषा नै राष्ट्रभाषा हुनु पर्छ र् खस भाषाको बिकल्प अर्को भाषा नेपालकै जनजातिय् तथा आदिबाशिको भाषा हुन सक्दैन (तर समय रहन्दैमा सचेत नभयमा भरतको राष्ट्र भाषा हिन्दी भाषाले नेपालको राष्ट्र भाषा खस भाषालाई चुनौति दिन सक्ने अवस्था आउन सक्छ)। यो कुरामा खस भाशिहरु गौरव गर्न पनि सक्छन। तर खस भाषालाई यो अवस्थामा पुर्याउन नेपालको अनी सयौ जनजातीय् र् आदिबाशी नेपालीको भाषा भन्दा खसभाषानै अधाइसय बर्ष अघो देखी सबैले बोल्ने बोझ्ने भाषा भयकैले होईन। तेतिबेला नेपालमा बोलिने र् प्रचलनमा रहेको जनजातिय र् आदिबाशी नेपालीको भाषाको स्तर र् प्रचलन खस भाषा भन्दा धेरै उन्नत नै थिय। तर अधाइसय् बर्ग देखी शसकिय् बर्गले भाषिक तानासाही चलायर ती भाषाहरुलाई झन्डै झन्डै कोमामा पुगेको रोगी जस्तै बन्न बाध्य् बनायो। यो कुरामा सुधार हुनु पर्ने भनि कसैले बोले मात्रा पनि राष्ट्र भाषालाई कमजोर बनाउने आरोप लगाइन्छ।

    नेपालमा सबै जातिको नेपालीलाई अधिकार सम्पन्न गराउने भनेर पटक पटक ब्यबस्था र् शासकहरु परिवर्तन गरियो। तर अवस्था हेर्नुस् राज्यमा प्राप्त हुन सक्ने कुनै पनि अवशरमा भोट् दिने अधिकारलाई छोडेर कुन समुदायका “मात्रै” हावि छन। यस्तै रही रह्यो भने कुनै दिन अर्कै नेपाली भाषा बोल्ने जन्मना साथ कतारी मलेसियाली अरेवी भाषा सिक्नै पर्ने उर्दी पनि जारी हुन सक्छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • prithvi nepali

    संसारमा अरु देशमा भाषाको कस्तो policy रहेछ त्यो पनि हेरौ, संसार मै नभएको कुरा नेपालमा मात्र कसरी लागु गर्ने हो?
    https://en.wikipedia.org/wiki/Official_language#Pakistan

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • prithvi nepali

    संसारका सबै बिकसित मुलुकहरु, युरोपका बिलायत, फ्रान्स, जर्मनी, इटाली, अमेरिका, मेक्सिको, अस्ट्रेलिया, जापान, क्यानडा, चाइना, जापान, कोरिया र सबै मुसल्मान देशहरुमा एउटै मात्रा भाषा बोल्नु लेख्नु पर्ने बाध्यता बनाउदा त्यो चाँही प्रगतिशिल हुने, नेपालमा मात्र कुनै भाषाको निती बनाइनु नपर्ने हुने कसरी हुन गयो? हामी कुन ग्रहमा छौ?
    नेपाली भाषा सामन्ती कि अङ्रेजी, फ्रेन्च, जर्मन, अरबिक, जापानी भाषा सामन्ती? तेसो भये सबै देशहरुले आफ्नो आफ्नो भाषा खारिज गरे भयो नि?

    यो पृथ्वीमा नेपाली जती क्रान्तिकारी र प्रगतिशिल जाती अन्त कतै पाइन्न होला! नचाहिदो अनुत्पादक कुरामा बिद्रोह र बिरोध। बोरु प्रचन्डले गाउका सोझा साजालाई उल्लु बनाएर दिन दहाडे कती हजार मान्छे मारे, गोकुलले सबैलाई देखाइ देखाइ घुस खायो, एस्ता कुरामा आवाज उठाउनु नि ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0