यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एकैचोटी नयाँ तीन कोरोना संक्रमित भेटियो, आफन्तमा पनि सरेको देखियो


केही दिन बिराएर एक एक जना मात्र कोरोना भाइरस संक्रमित फेला परिरहेको अवस्थामा आज शनिबार एकै पटक तीन जना संक्रमित फेला परेको पुष्टि भएको छ। त्यसमध्ये दुई जना भारतबाट फर्किएकाहरु हुन्। त्यसैगरी नेपालमा अहिलेसम्म फेला नपरेको परिवारभित्रैका सदस्यलाई संक्रमण पनि फेला परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् तीन नयाँ संक्रमण भेटिएको पुष्टि गरेको छ। तीनै वटा केस सुदूरपश्चिमका हुन्। यो सँगै नेपालमा संक्रमण पुष्टि भएकाको संख्या ९ पुगेको छ।

मन्त्रालयका अनुसार आज भेटिएका तीन केसमध्ये

१. मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)

Comments