नेपालमा आज फेरि दुई जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार आज कैलालीको लम्कीचुहामा एक ६५ वर्षीया वृद्धा र रौतहटमा एक १९ वर्षीय किशोरमा कोभिड १९ पोजिटिभ भेटिएका हुन्।
योसँगै कोरोना संक्रमित व्यक्तिहरुको संख्या नेपालमा १४ पुगेको छ।
कैलालीमा भेटिएकी वृद्धा वीरगंजबाट कैलाली बसमा फर्किएकी थिइन्। र्यापिड टेस्ट गर्दा उनको नेगेटिभ आएको थियो। तर काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर टेस्ट गर्दा भने पोजिटिभ भेटिएको हो।
उनलाई वीरगंजमै कोरोना संक्रमण भएको हो कि क्वारेन्टिनमा बस्दा सरेको हो वा बसमा आउँदा सरेको हो, खुलेको छैन। एउटै बसमा आएकाहरुलाई फेरि क्वारेन्टिनमा राख्न लगिएको छ।
त्यसैगरी रौतहटको क्वारेन्टिनमा बसिरहेका १९ वर्षीय किशोरमा पनि पोजिटिभ भेटिएको हो।
प्रदेश २ मा कोरोना पोजिटिभको संख्या ४ पुगेको छ। हिजो वीरगंजमा ३ जना पोजिटिभ भेटिएको पुष्टि भएको थियो।
के हो काठमाडौँमा १५ सय कोरोना संक्रमित भन्दै भाइरल भएको भिडियोको सत्य?