यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

उद्देश्य उल्टियो, मन्त्र पुरानै

– गोविन्द बेल्वासे –

प्रधानमन्त्री खड्ग प्र. ओलीको राजनैतिक उचाइ चारु मजुमदारसंग जोडिएर सुरु हुन्छ । झापा आन्दोलन कोअर्डिनेशन कमिटीको भावनाबाट जतिजति पलायन हुँदै गए त्यत्तित्यत्ति ओली पनि सत्ताका सिँढी चढ्दै गए । उनको सुरुको राजनैतिक भावनाका गुरु भने भारतको नक्सलीहरु नै हुन । ओलीले उतिबेला तारो बनाएका वर्ग दुस्मनको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापित भएको छ । तर, उनले यूवा हुँदा तारो बनाएका वर्गलाई भने आफैले नेतृत्व गरिरहेका छन् । उसवेला उनले मजदुरको प्रतिनिधित्व गर्छु भनेका थिए । ती श्रमजिवी मजदुरहरु सयौँ माइल पैदल हिँडेर घर पुग्छु भन्दा पनि ओली कै आदेशमा सिमानामा छेकिएका छन् । त्यसैले अहिले ‘वर्ग दुस्मन सफाया’ भन्ने राजनैतिक शुत्रको याद आइरहेको छ । त्यो मन्त्रका गुरु तिनै चारु मजुमदार हुन । अहिले ओलीले बहुदलीय जनवादको नेतृत्व गर्दै छन् ।

किशोर अवस्थाका उनका दुस्मन सफाया हुँदा पनि उनको दैनिकी राम्रै गरी चल्न सक्थ्यो । भलै त्यो कल्पनामा मात्र सिमित रह्यो । तर, अहिलेका उनका वर्ग दुस्मनलाई उनले सफाया गरे भने उनको भान्सामा आगो बल्दैन । उनी हिँड्ने गरेको अत्याधुनिक मोटर चल्दैन । त्यो गाडी गुड्ने सडक बन्दैन । उनले खाने भोजन उत्पादन हुँदैन । अरु त अरु उनको समर्थनमा जुटाएर गन्ने टाउका नै हुँदैनन् । किनकि त्यही मजदुर वर्ग हो जसले उनको चुलो सल्काएर खाना बनाउँछ, जसले बाटो खन्छ, जसले अन्न उब्जाउँछ, जसले कारखाना चलाउँछ ।

उसबेला उनलाई मन्त्र सुनाउने चारु मरेर गैसके । अहिले ओलीको काँधमा काँध मिलाएर साथदिने गुरुहरु ‘यति समुह’, ‘ओम्नी’ र ‘दले दाइ’ को जमाना छ । चारु मन्त्रका अनुयायीहरु भारतको आन्ध्र प्रदेशमा सिमित छन् । तर अहिलेका ओलीका साथीहरुको पहुँच विश्वभरि छ भन्ने प्रमाणित नै भएको छ । पुरानो मन्त्रले उनलाई जेलको छिडी दियो तर अहिले मन्त्र सार्थक बनाउनेको साथले उनलाई ऐस, आराम, नाम र इज्जत दिएको छ । हुन त इज्जत र बेइज्जतको परिभाषा पनि वर्गिय हिसावले नै हुने गर्दछ ।

ओलीले किशोरावस्थाका सिंढी चढ्दै गर्दा भारतबाट सन् १९४७ मै बेलायती साम्राज्यबाद भागिसकेको थियो । चीनमा माओको नेतृत्वको नौलो जनवादी क्रान्तीको सफलतासंगै सन् १९४९ बाटै कम्यूनिस्ट सत्ता कायम भएको थियो । ती दुवै प्रमुख राजनैतिक घटनाले ती दुई देशबीचमा रहेको नेपालका यूवालाई प्रभाव पार्नु स्वभाविक नै थियो । शोभियत संघकै प्रभाव बढि रहेको भारतको सत्ता र संविधान पनि कम्यूनिष्ट भावनाबाट अछुत भने हुन सकेको थिएन ।

अहिलेको परिवेस फरक छ । ओली सरकारले सिमाना बन्द गरिदिएकाले श्रमजिवी २९ वर्षका रमेश विष्ट घर जान महाकाली नदी पाडेरै तरे । उनी नेपाली प्रहरीको फन्दामा परे । ज्यान कै बाजी थापेर उनले नेपालको माटोमा टेक्न पाएर शान्तिको स्वास फेरे । उनी जस्तो पौडिन नसक्नेहरु भारतकै भूमिमा अलपत्र परिरहेका छन् । कोअर्डिनेशन कमिटी (झापाली) दर्शन बोकेका ओलीले भए उनीहरुका विषयमा फरक ढङ्गले सोँच्ने थिए । तर अहिलेका प्रधानमन्त्रीले उनीहरुको पीडा महशुस गर्न सक्दैनन् । उनलाई त सिमापारि रोकिएका मजदुरहरुले ल्याउने रोग आप्mना वर्गका ब्यक्तिलाई सर्छ कि भन्ने मात्र पिर छ । उनका वर्गका मान्छेहरु ओली कदमको समर्थनमा अन्धो भएका छन् । अहिलेको संविधान, जसले ओलीलाई प्रधानमन्त्री बनाएको छ त्यसको धारा २ले सिमानामा छेकिएका ती मजदुरहरुलाई सार्वभौम मानेको छ । तर, त्यो संविधानको ब्याख्या गर्नेहरु उनीहरुका वर्गका हुँदै होइनन् । जुन वर्गको ब्यक्तिले कानूनको ब्याख्या गर्ने हो, उसले आप्mनै वर्गको हितमा ब्याख्या गर्छ भलै त्यो कुतर्कमा नै आधारित किन नहोस ।

फिलेमोन ब्लिसले अस्टिन विचारको विवेचना गर्दै आप्mनो ‘शोभरेन्टी’ नामको पुस्तकमा (पृष्ठ ८) सार्वभौमसत्ताले सवै वर्गको प्रतिनिधित्वगर्छ भन्ने प्रजातान्त्रिक भावना एउटा कल्पना मात्र हो
भनेका छन् । जनताको सार्वभौमसत्ता भन्नाले जुन समयकालमा सत्तामा पुग्न जुन वर्गको निर्णायक भूमिका हुन्छ त्यसैलाई जनाउँछ भनेका छन् ।

कुतर्क गर्ने ठाउँ नै नभेटे पछि ब्याख्या गर्नेले “नेपाल भारत सिमामा रहेका नेपाल आउन ईच्छुक नेपाली नागरिकलाई नेपालमा ल्याई निश्चित समय क्वारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउनु,” भनेर आदेश दिए । उक्त आदेश सर्बोच्च अदालतले संविधानको धारा २ को बन्धनका कारण लेख्यो । तर यो लेखाइ लेख्नेहरु र उनीहरुलाई त्यो कुर्सी दिलाउनेको वर्गिय हितमा उक्त आदेश छँदै थिएन । वर्गिय हित संविधानका अक्षर भन्दा महत्वपूर्ण हुन्छन् । त्यसैले त्यो बाक्यलाई पुरा गर्दै वर्गिय हित थपियो र लेखियो “…त्यस्तो प्रबन्ध गर्न तत्काल संम्भव नभएमा भारत सरकार संग समन्वय गरी लकडाउन अवधिसम्मका लागि निजहरुलाई खाने, बस्ने तथा उपचारको यथोचित ब्यवस्था मिलाउन पहल गर्नु ।” ओली सरकारले दोस्रो भागको सुविधा लिनु स्वभाविक हो किनकि त्यसैमा वर्गिय हित जोडिएको छ । संवैधानिक भावनासंग उसलाई मतलब हुने कुरा पनि भएन । अहिले उक्त आदेशको दोस्रो भाग समाएर ती सार्वभौमहरुलाई सिमाना पारि नै रोकिएको छ ।

विलियम जे बेन्नेटले, आँधीबेहरी (स्टोर्म)–सबै प्रकारका आँधीबेहरीबाट जोगाउने सहारालाई घर भनेका छन् । उनले उल्लेख गरेको सवै प्रकारका आँधीबेहरीअन्तर्गत कोरोनाभाइरस (कोभिड१९) को कहर पनि समेटिन्छ भनेर सहजै बुझिन्छ ।

घरसंग त एउटा भावना जोडिएको हुन्छ । मानिसका धेरै घर हुन सक्छन् । बस्ने घर, ब्यापार घर, जन्मघर, बेसीको घर, डाँडाको घर, पुख्र्यौउली घर, मामाघर इत्यादि । जसका जत्तिवटा घर भए पनि वास्तविक भावना जोडिएको घर एउटै हुन्छ । कुन घरमा धेरै समय बस्यो भनेर पनि घर मानिँदैन । उदाहरणको लागि अहिलेका प्रम खड्ग प्रसाद दशक भन्दा बढि नै जेलमा बसे तर जेल उनको घर हुँदै होइन । त्यहाँ बसुन्जेल पनि उनले त्यसलाई घर मान्दै मानेनन् ।

आफ्नै घर बनाउन मान्छेले जीवनभरिको कमाइले जोडेको पनि हुन सक्छ । गाउँको घर बेचेर सहरमा बिल्डिङ बनाएको पनि हुनसक्छ । विवाह गरेर श्रीमती भित्राउन घर बनाएको पनि हुन सक्छ । सुहागरात मनाएको भनेर वा लभ परेको घर भनेर पनि कुनै अरूको घरलाई आफ्नो बनाउन किनेको पनि हुन सक्छ । विदेशमा रोजगार गरेर घर बनाएर कहिल्यै आफू बस्न नपाएर भाडामा लगाएको भए पनि आफ्नै घर मानेको पनि हुन सक्छ । आफू विदेशमा ब्यापार वा रोजगार गरेर नेपालमा श्रीमती छोराछोरी तथा परिवार बस्ने गरेको घरलाई मात्र उसले आफ्नो घर मानेको पनि हुन सक्छ । जसरी भावना जोडिएको भए पनि हरेक ब्यक्तिले एउटा घरलाई आफ्नो घर मानेको हुन्छ । कसैकसैले त भाडामा बसेकै घरसंग पनि भावना तथा मन जोडिएकोले आफ्नै घर मानेको हुन सक्छ जहाँ, उसका श्रीमती परिवार समेत बसेका हुन्छन् । एक्लै बस्नेले पनि भाडाकै घरलाई पनि आफ्नै मानेको हुन सक्छ ।

घरलाई मानिसले अप्ठेरो पर्दा, गाह्रो साँगुरो हुँदा, संकट पर्दा सहाराको भावनाले मनमा जोडेर राखेको हुन्छ । त्यस्तो घर चाहे ढुङ्गा माटोको होस, चाहे टीनले छाएको होस, चाहे त्रिपालले बेरेको होस, चाहे खरले छाएको होस, चाहे तीते पातिले बेरेकै किन नहोस् । घर त भावनामा जोडिएको एक सहारा हुन्छ । आत्मबल दिने घर पो सधैको घर हुन्छ । जीवनमा बेलाबखत भावना साटिएर आफ्नो भन्ने घर फेरिएको पनि हुन सक्छ । बेलाबखत धेरैले आफ्नो घर फेरेका पनि हुन्छन् । कोही पहाडबाट तराइमा सारेका हुन्छन् । कसैले घर विदेशमा सारेका पनि हुन सक्छन् । जे होस, घर विहिनहरूले कुनै पुल मुनिको छाहारीलाई पनि आफ्नो घर ठानेको हुन सक्छन् ।

अप्ठेरो परेको अवस्थामा, विपत परेको अवस्थामा, सहारा चाहिएको अवस्थामा घरले उसलाई आत्मबल दिन्छ । कोरोना भाइरसको माहामारीले पनि अहिले धेरैलाई आफ्नो घर सम्झाइ दिएको छ । घरले उसलाई रोगसंग लड्ने आत्मबल प्रदान गर्दछ । कोही आफ्नो घर हत्तपत्त पुग्न बाटो लागेका छन् । कोही पुगिसकेका छन् । कोही बाटोमै छन् । कोही महाकाली नदिमा छेकिएका छन् । कोही कामको सिलसिलामा फिल्डमा गएका अवस्थामा उतै छेकिएका छन् ।

देश विदेशमा ख्याति कमाएका डाक्टर उपेन्द्र देवकोटाका थुप्रै घर थिए, भवनहरू थिए । ब्यापारिक भवनहरूको कुरा गरि साध्यै थिएन । तर, पनि उनले आफ्नो मानेको घरबाट पनि अन्तिम दिनहरूमा गोरखाको पुर्खौली घर जाने इच्छा गरे, र पुगे पनि । उनले मृत्यूलाई जित्न नसक्ने ठहर गरेपछि अन्तिम इच्छाका रूपमा त्यसरी पुख्र्यौैैली घर संझे । रोगसंग लड्ने
आत्मबललाई गोरखा पुगेर पुकार गरे । त्यहाँ पुग्ने उनको भावना एक घरसंग जोडिएको थियो ।

कसैले मृत्यूसंग अब जित्न सक्दिन भन्ने लाग्यो भने मृत्यूपछि लास घरमा पुर्याइदिन इच्छा गर्छन् । सम्भव भएसम्म पुर्याइन्छन् पनि ।

तर, अहिले बाँचिरहेका नेपालीहरूलाई सिमानामा रोकेर जिउँदै मारिएको छ । सिमानारूपी घरको संघारमा पस्न रोकेर घरै खोसिएको छ । म नेपालको नागरिक हुँ र घर पुगे त कोरोनालाई जित्छु भन्ने आत्मबल पुकारा गर्नेको भावना तोडिएको छ । ती नागरिकहरू सार्वभौम हुन भन्ने भावना मेटिएको छ । उनीहरूलाई रैती भन्दा पनि निकृष्ट मानेर उनको र अरूको शरीर बचाउने नाममा उनीहरूको आत्मासंगै संविधानसभाले लेखेको संविधानको भावना नै मेटिएको छ ।

संघारभित्र छिर्न देउ, बरू बन्द गर, छेक, बन्दी बनाउ, देश भित्रै बनाउ, रेमिट्यान्स पठाएर देशको ज्यान जोगाउनेहरूलाई सिमानामा न छेक । यही नै जनताको पुकार छ ।

शासकहरूले सिमानापारी नै उनीहरूलाई खान बस्ने ब्यवस्था गर्ने तर्क चलिआएको किम्बदन्ती जस्तै छ । जनताले ‘सरकार खान पाइन’ भनेर पुकार गर्दा ‘दुधभात पनि खान पाइनस ?’ भन्ने शासकको कथन दोहोरिएको छ ।

2 comments to उद्देश्य उल्टियो, मन्त्र पुरानै

  • madan bajracharya

    “कुनै भोकै रहेको देखे उस्लाई फोन गर्ने” कुन मुखले भनेको हो खै त्यो जनताले ला भनेर फालेको ब्लायक बेल्त लगायर पहलवानी देखाउनेले। देस भरिको समाचार पत्रहरुले कोरोना फैलेको अरवमा मरी मरी काम गरेर उस्को पहलवानी खुराक को ब्यब्स्था गर्दै गरेका नेपाली हरु अहिले त्याहा कोरोना फैलेर रोजगारी गुमेको, काममा लगाउने कम्पनिले वास्ता नगरेकोले भोकै रहेको,काथमान्दौ उपत्यकामा मजदुरी गरेर जिविका पाली रहेकाहरु लकदाउनको कारनले बेरोजगार र् बेखर्ची भयकाहरु तेत्रो सयौं किलोमितर बाल बच्चा बोकेर भोकै हिंडेर गैइरहेछ; कोरोना फैलेको भारतले भारतमा मजदुरी गर्दै गरेका नेपालीलाई नेपालको सिमानाको दसगजामा घिचारेर फालेर बिच्चलि बनायो आदी समाचारहरु दिनौ छापिरहेको उस्ले पढेकै बुझेकै हुनु पर्छ तापनि “लकदाउन भनेको लकदाउन जो जहाँ छ् तेही रहने भन्ने तर यक छाक खुवाउने र् यक रात सुत्ने ब्यबस्था नगरने” त्यो अहिले जहाँ छन जे छन भन्ने कुराले नेपालीको ज्यानमा कोरोना नलागे पनि भाग्यमा कोरोना लागेको देखियो। ज्यानमा कोरोना नलागे पनि नेपालीको भाग्यमा भोक,असहाय र् बिच्चल्ली कोरोना लगाउनेलाई कोरोना लागेको भारतियले ठीक गर्ने हो कि जस्तो लाग्छ।

    भारतले नाकाबन्दी गर्दै गरेको बेला भारतलाई समेत थर्काउने तेतिबेला यमालेको त्यो नेकपाको बनि सके पछी “झुक्याईने र् झुकाईने” बने कसरी?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kamal

    A very realistic article. Obviously, K.P. OLi is no more Prime mister of all Nepali, he is only Prime mister for limited classes and limited groups, यति and ओम्नी.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0