यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नेपालमा कोरोना ‘कम्युनिटी ट्रान्समिसन’मा पुगेको खबर भ्रामक, WHO यसो भन्छ


कोरोना भाइरसको संक्रमण तेस्रो चरण अर्थात् कम्युनिटी ट्रान्समिसनमा पुगेको खबर मूलधारका मिडिया र सामाजिक सञ्जालमा केही दिनदेखि फैलिएको छ। खासगरी उदयपुरको भुल्केमा धेरै संक्रमितहरु फेला परेपछि नेपालमा संक्रमण समुदाय स्तरमा फैलिएको दावी गरिएको छ। के यी खबर साँचो हुन्? हामीले यसमा फ्याक्टचेक गरेका छौँ।

कान्तिपुर दैनिकले वैशाख १० गतेको पत्रिकाको पहिलो पेजमा मुख्य समाचार आठ कोलममा ‘कोरोना संक्रमण समुदायमा विस्तार’ शीर्षकमा समाचार राखेको छ। सोही समाचारमा ‘विज्ञ भन्छन्- ‘तेस्रो चरण’ उपशीर्षकमा थप समाचार छ।

समाचारको लिडलाइनमा नै ‘उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ’ भनी ठोकुवा गरिएको छ।

त्यसैगरी सोही समाचारमा ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोभिड–१९ भाइरस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै संक्रमण दोस्रो चरण, ‘लोकल ट्रान्समिसन’मा प्रवेश गरेको जानकारी गराएको थियो । नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ’ लेखिएको छ। समाचार यहाँ क्लिक गरी पढ्न सकिन्छ।

समाचारले नेपालमा कम्युनिटी ट्रान्समिसन भएको पुष्टि भइसकेको दावी गरेको छ।

यसबारे फ्याक्टचेकका लागि हामीले कान्तिपुरमा समाचार प्रकाशित भएको दिन वैशाख १० गते नै विश्व स्वास्थ्य संगठन (WHO) को दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयमा इमेल गरी थप जानकारी मागेका थियौँ।

विश्व स्वास्थ्य संगठनले निकै ढिलो गरी तीन दिनअघि नेपालस्थिति कार्यालयका प्रवक्तामार्फत् यसबारे जानकारी दिँदै कम्युनिटी ट्रान्समिसन नभएको जनाएको छ।

यस्तो छ विश्व स्वास्थ्य संगठनको आधिकारिक धारणा-

विश्व स्वास्थ्य संगठनको लागि निरन्तर ताकेता गर्ने क्रममा नेपाल कोरोनाको अति उच्च जोखिम (लेभल ४) बाट उच्च जोखिम (लेभल ३) मा झरेको दावीसहितका समाचार पनि आएका थिए। हामीले यसबारे पनि प्रश्न गरेकोमा सो गलत भएको जानकारी दिइएको छ।

कम्युनिटी ट्रान्समिसनको खबर भ्रामक

विश्व स्वास्थ्य संगठनले ‘क्लस्टर अफ केसेज’ लाई समय, भौगोलिक स्थान र/वा समान एक्सपोजरको क्लस्टर हुने क्षेत्रहरुका रुपमा परिभाषा गरेको छ।

त्यसैगरी कम्युनिटी ट्रान्समिसनलाई ठूलो संख्यामा स्थानीय संक्रमण (लोकल ट्रान्समिसन) भएको ठाउँका रुपमा व्याख्या गरेको छ जसबारे यी विषयको जाँच हुन्छ, तर यो यतिमा मात्र सीमित भने हुन्न-

– ठूलो संख्याका केसहरु जुन ट्रान्समिसन चेनहरुबाट लिङ्क गर्न सकिँदैन;
– सेन्टिनेल ल्याब सर्भिलेन्सबाट ठूलो संख्याका केसहरु;
– देश/क्षेत्र/स्थानका धेरै ठाउँहरुमा धेरै वटा असम्बन्धित क्लस्टरहरु

डब्लुएचओले यसलाई थप बुझाउन यो डकुमेन्ट पनि संलग्न गरेको छ-

डब्लुएचओका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार उदयपुरमा फेला परेका केसहरु लिङ्कड ट्रान्समिसन चेन, समय, स्थान र एक्सपोजरमा क्लस्टर्ड भएको देखिन्छ। त्यसैले यो ‘क्लस्टर’ का लागि योग्य हुनसक्छ, ‘कम्युनिटी ट्रान्समिसन’का लागि होइन।

यद्यपि, डब्लुएचओले हिजो (२९ अप्रिल) को सिचुएसन रिपोर्टमा पनि नेपाललाई Sporadic Cases मा मात्र राखेको छ।

किन त ? नेपालले यसबारे तथ्याङ्क डब्लुएचओलाई सेयर गरेर पुष्टि भइसकेपछि मात्र सिचुएसन अपडेटमा यसलाई देखाइनेछ।

तसर्थ, ‘नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको’ भनी कान्तिपुरले लेखेको समाचार भ्रामक छ। विश्व स्वास्थ्य संगठनको वर्गीकरण अनुसार ‘नो केसेज’लाई पनि पहिलो चरणका रुपमा गणना गर्ने हो भने तेस्रो चरण अर्थात् Sporadic Clusters of cases को चरणमा उदयपुर पुगेको हुनसक्छ। तर यो कम्युनिटी ट्रान्समिसनको डब्लुएचओको व्याख्या अनुसारको चौथो चरण भने होइन।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)