gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कोरोनालाई एक डाक्टरको पत्र

आदरणीय कोरोना,

संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तँपाइलाई म गरीब रास्ट्रको नागरिकको तर्फबाट नमस्कार छ।

कोरोना, तपाइँको विश्व यात्रा अन्त्यमा कहाँ पुगेर टुगिन्छ थाहा छैन, तैपनि तपाइँ सारा संसारको चासो हुनुभएको महिनौँ भइसकेको छ। तपाइँ हाम्रो देशमा आएको नै दुई महिना पूरा भएछ। मलाई त सुरुमा प्रिय कोरोना भनेर सम्बोधन गर्न मन लागेको थियो। तर थाहा नदिई तपाइँ यता आएकोले प्रिय भन्न अलि मन लागेन। आज तपाइँ हामी सबैको आदरणीय हुनुभएको छ। जे होस्, तपाइँ हामीसँग प्रिय हुनु भन्दा आदरणीय भैदिएकै राम्रो। कोरोना तपाइँको स्वागतको लागि घर बाहिर बाटाघाटा सब खाली छन्। हामी घरभित्रबाट तपाइँलाई हेर्छौँ, तर तपाइँ त साइजमा फिट, मिलिमिटर, माइक्रोमिटर नभएर न्यानोमिटरमा हुनु हुँदोरहेछ। त्यही माथि लगभग सुन्य डाइमन्सनमा, हामी पनि विश्व मानचित्रमा तपाइँ जस्तै साना तर निमुखा पनि छौँ। तर तपाइँको जस्तो बेजोड सक्ति हामीसँग छैन। तर तपाइँको आगमनले गर्दा निगरानी कडा पारिएकोले केही क्षेत्रका महानुभावहरुलाई हामीकोमा आजकाल ठूलो खटनपटन छ। तपाइँलाई हामीबाट त्यसैले होला खास खतरा नभएको, हामी चाहन्छौ त्यो खतरा सदैवको लागि टरी जाओस्।


मलाई अस्ति भर्खर जस्तो लाग्छ तपाइँलाई कोरोना लाइट र एक्स्ट्राको रुपमा अमेरिकामा पिएको। तपाइँ कति प्रिय पेय पदार्थ हुनुहुन्थ्यो। त्यसैले तपाइँ अमेरिकामा प्रिय भएर बसिराख्नुभएको छ। अब त तपाइँ पनि त्यहाँ प्रिय नभएर अप्रिय भैदिए राम्रो। कोरोना तपाइँ हामीकोमा कति समय घुम्नुहुन्छ थाहा छैन, तर एस्तो उजाड ठाउँ देखेर तपाइँ अघाइसक्नु भयो होला। मैले पनि तपाइँको यात्रा अध्ययन गरेको, तपाइँ त लामो समय सरकार टिक्ने विकासित देशमा बढी बस्न रुचाएजस्तो लाग्यो। हामी कहाँ पनि बहुमतको सरकार छ, अनि लामो टिक्छ भनेर छिर्नु भएको होला। हामीकोमा एक पुर्खाले तेस्तो अवसर नै नदेखी जाने बेला भइसक्यो, फेरि तपाइँको आगमनले सरकारमा पनि किचमिच सुरु हुन थाल्यो।

त्यसैले कोराना, हाम्रो संस्कारमा पाहुनालाई देवीदेवता जस्तै मान्ने चलन हुँदाहुँदै पनि आज भारी मनले भन्नु परिरहेको छ, कृपया तपाइँ हामीबाट बिदा भैदिनुस्। अन्य देशहरुमा तपाइँको आगमनले राज्य एकजुट भएर अघि बढिरहेका छन् तर हामीकोमा त्यस्तो हुन सकेन। कोरोना, हुन त हामीकहाँ थिति नभएकोले आसेपासे, चाकरी-चाप्लुसी, नातागोता आदि प्रथाबाट हामीहरु ओतप्रोत छौँ। यस्तो बेथितिमा कसरी एकजुट हुनसक्छौँ र !

कोरोना तपाइँको यात्रापश्चात् आज जो-जो समाजसेवी, व्यवसायी छन्, समाजले तिनीहरुको मूल्यांकन त गर्लान्, तर हिजो आफूलाई अनुसन्धानमुखी भनेर बोर्ड राखी आकर्षण गर्ने निजी अस्पतालहरुको समाजप्रतिको भूमिका पनि छर्लङ्ग देख्न पाइयो। राज्यबाट सुविधा लिने तर राज्यलाई परेको बेलामा गेट बन्द गर्ने तिनीहरुलाई अब हामीकोमा राज्यले के गर्ला, तपाइँको यात्रा पश्चात् देख्न्न पाइएला। जे-भए पनि तपाइँको आगमनपछि हामीकोमा पनि चुनौती र अवसरहरू टड्कारो रुपमा देख्न पाइने भैएको छ। यसको जोडघटाउ यो लकडाउनमा हामीजस्ताको मानसपटलमा पनि खेल्न शुरु भैसकेको छ।

कोरोना, हामीकोमा असंख्य परिवार दैनिक काम गरेर गुजारा चलाउँछन, तर तपाइँको आगमनपछि यहाँ लकडाउन सुरु भएकोले भोकै बस्नुपर्ने हो कि भन्ने भय हामीलाई छ। यस्तो बेलामा शासकका आसेपासेले भ्रष्टाचारबाट अकुत कुम्ल्याई अर्थतन्त्र डामाडोल बनाई हाम्रो मुलुकको शासन नै गिर्छ कि भन्ने डर पनि हामीलाई हुन थालिसक्यो। आश गरौँ राज्यले त्यो हुन दिने छैन। हुनत कोरोना हामीकोमा जसरी होस्, जहाँ गएर होस् तैंले कमाउनैपर्छ अनि तेसैको आडमा छरछिमेकमा धाक रवाफ देखाउनैपर्छ भन्ने मानसिकता छ। त्यसैले कोरोना, समाजको यो प्रवृतिले देशमै बस्ने हो भने हाम्रो चलिआएको यो चलन भन्दा राम्रो कमाउधन्दा अर्को केही पनि छैन।

कोरोना, तपाइँको यात्राले गर्दा हामी लगायत सारा विश्वले अर्थतन्त्रमा ठूलो मन्दीको सामना अब आउने दिनमा गर्नु पर्नेछ। अझ हामी जस्ता परनिर्भर भएकालाई कति ठूलो मानवीय र आर्थिक संकट आउने हो थाहा छैन। तर तपाइँको आगमनले गर्दा हामीको बाँझा खेत-बारीहरु पुन हरियाली हुन्छ कि भन्ने आश पनि पलाएको छ। किनकि तपाइँको यात्रापछि हामी लगायत विश्वका धेरै मुलुकमा खाद्यान्न संकट आउने समय त्यति टाढा छ जस्तो लाग्दैन। त्यसैले ठूला मात्रामा खाद्यान्न आयात गर्ने मुलुकमा रहेको हामी यो अवस्थाबाट कसरी माथि उठ्ने भन्ने प्रश्न गर्दा फेरि हाम्रो जमिनमा हरियाली हुन्छ कि जस्तो भान पर्न थालेको छ। कोरोना, हाम्रा विदेशमा रहेका जनशक्तिहरु रोजगारको अभावमा आफ्नै भूमिमा फिर्ता आउनुपर्ने अवस्थालाई अवसरको रुपमा लिई सही व्यवस्थापन गर्न सके तपाइँको आगमन हाम्रो लागि फलदायी हुने छ। अर्कोतिर ठूलो संख्यामा मुलुकबाहिर श्रम गरिरहेका नेपाली एकैपटक मुलुक फर्किए भने उनीहरूलाई कसरी मुलुकभित्र रोजगारीको प्रबन्ध गर्ने भन्नेबारे हामीले समयमै सोच्नु जरुरी छ जस्तो लाग्न थालेको छ। हामीले छिमेकी मुलुकको नाकाबन्दी र तपाइँको यात्राले सिकाएको पाठ भनेको हाम्रो सुरक्षाजत्तिकै महत्त्वपूर्ण विषय भनेको खाद्य सुरक्षा पनि हो कि जस्तो लाग्न थाल्यो। त्यसैले तपाइँको आगमनपछि सबै क्षेत्रमा खाद्यान्नको वितरण सहज र समान रूपमा हुनु पर्छ भन्ने चेत हामीमा जाग्नु पर्छ जस्तो लाग्छ। अन्यथा तपाइँको आगमन हाम्रो लागि यो राष्ट्रिय संकटको विषय बन्नेछ किनकि हामीजस्तो भूपरिवेष्ठित देशका लागि यो आफैंमा चुनौतीपूर्ण छ पनि।

तपाइँको विश्वव्यापी यात्राको कारण हाम्रो मुलुकमा आउने वैदेशिक लगानी, दातृनिकायको सहायता, नेपाल भित्रिने पर्यटन र भएका उद्योगमा पनि धेरै फेरबदल आउँछ जस्तो लाग्छ। त्यसैले तपाइँको यात्रासँगै हामीले अर्थतन्त्रमा ठूलो धक्का महशुस गर्छौ कि जस्तो छ, किनकि तपाइँको यात्राले गर्दा वैदेशिक रोजगारीबाट फर्कने ठूलो संख्या, देशभित्रको बढ्दो बेरोजगारी, वैदेशिक सहयोग र लगानीमा हुनसक्ने प्रतिकुलतालाई पनि मध्यनजर गर्दै हामीले हाम्रो आर्थिक नीति बनाउने अवसर पनि अर्को तिर पाए जस्तो लाग्छ। संगसंगै विदेशमा बाँकी रहेका जनशक्तिले पनि अब रेमिट्यान्समार्फत् सहयोग गर्न सक्ने अवस्था हामीकोमा नआउन सक्छ। त्यसैले तपाइँको यात्राको पाठ भनेको हामीलाई आत्मनिर्भर हुने बाटोतिर लम्कनु हो। त्यसका लागि हाम्रो उत्तम विकल्प भनेको नै कृषि हो र यसै क्षेत्रलाई प्राथमिकतामा राखेर यसलाई हाम्रो अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित गर्न तपाइँको यात्राले हामी सबैलाई प्रेरित गरोस्। अनिमात्र हामी दीर्घकालीन स्थायित्वतर्फ उन्मुख हुनतिर लम्कन सक्छौं कि।

हामीहरुको कृषि नै मुख्य आधार हो भन्ने बारे पुनः जोड गरेँ, अब यसलाई क्रान्तिकारी परिवर्तन ल्याउन तपाईँले उपयुक्त समय निर्माण गरिदिनुभयो जस्तो लाग्छ, जस्ले गर्दा किसानलाई र अब नयाँ यो पेशामा आउन चाहनेहरूलाई ऋणमा व्यापक सहुलियत प्रदान हुनसकोस्। लाग्छ हामी पनि तपाइँको यात्रापश्चात् विश्वका अन्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनको निम्ति हाम्रा किसानलाई सहुलियतमा नयाँ शिल्पविज्ञान उपलब्ध गराउन पो सक्छौँ कि। तपाइँको आगमनले गर्दा सबै खेतीयोग्य जमिनमा सिँचाइको तथा उचित मलखाद्को पनि व्यवस्था पनि गर्न सक्छौँ कि। त्यसको अलावा तपाइँको आगमनले गर्दा राज्यले पनि कृषिमा दक्ष जनशक्ति उत्पादन गर्न अनि उत्पादनलाई देशभित्र बजार सुरक्षित पार्न ठूलो भूमिका खेल्नु पर्छ भन्ने पाठ सिक्यो कि जस्तो लागेको छ।

तपाइँको यात्राले गर्दा हामीकहाँ पनि परिणामउन्मुख कृषि क्रान्ति र यसलाई हाँक्न सक्ने सबल राजनीतिक नेतृत्व अब आउने दिनमा देख्न्ना पो पाइन्छ कि।

जे-होस् कोरोना, हाम्रो भूमि खेति गर्न लायक छ, तैपनि केही दशकदेखि खेतीयोग्य जमिन बाँझो थियो। युवा पलायन भएका थिए, तर अब स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्न, कृषि उद्योगको विकास गर्न सुनौलो अवसर अहिले तपाईँले बनाइदिनुभएको छ। त्यसैले युवा श्रम र ऊर्जा हाम्रै माटोमा प्रयोग होस् भन्ने सोचाइसहितको कार्य योजना आइदियोस् भन्ने हाम्रो चाहाना छ, यसको अलावा कृषकलाई प्रोत्साहन गर्ने गरी सस्तो ब्याज दरको ऋण सहुलियत, अनुदान र सम्मान दिने प्रचलन पनि तपाइँको आगमनपछि हुँदै जान्छ कि। थाहा छ, हामीकोमा कृषि क्षेत्रमार्फत् नै अनेकौं कलकारखाना, उद्योग खोलेर रोजगारी सिर्जना गरि हामीहरुको आम्दानी बढ्न सक्ने अवस्था छ। साथसाथै कृषि क्षेत्रको बढावासँगै उत्पादनका लागि चाहिने बीउबिजन, कृषि सामग्री, उत्पादनपछि बजार व्यवस्थापन, किसानलाई उनीहरूको श्रमको उचित मूल्य, बिचौलियाको न्यूनीकरणलगायतका विषय पनि महत्वपूर्ण हुन्छ भन्ने चेत तपाईँले हामीलाई दिनु भएको छ।

हामीकोमा नीति नियम नभएको हैन, तर कार्यान्वयन कडा रुपमा लागु गर्न नसकिएको मात्र हो। त्यहीमाथि यो समयमा औद्योगिक नीति, असल कृषि अभ्यास, गुणस्तरीय खाद्यान्न, पोषण, कृषि सूचना तथा प्रविधिको विकास, पूर्वाधारको विकास सबैलाई समेटेर नयाँ नीति ल्याइनु अथवा भएका नीतिहरूमा सुधार गरी कार्यन्वयनलाई अलि बलियो बनाउने पो हो कि। त्यसैले अहिले हामीले धेरै कार्यमा गृहकार्य गर्न जरूरी छ, यो समयलाई अवसरमा बदल्नको लागि। यी सबैको अलवा, कोराना हामीले यो समयमा परिमार्जित तरिकाबाट पशुपालन, डेरी उद्योग, फलफूल एवं जडिबुटीको प्रशोधन लगायतका धेरै क्षेत्र छन् जसको भरपुर उपयोगबाट हाम्रा बेरोजगार मानवीय स्रोतलाई यहीँ परिचालन गरी आउँदा दिनमा प्रशस्त रोजगारी सिर्जना गर्न सक्ने छौ। त्यसैले लाग्छ कोरोना, तँपाईको आगमन हाम्रो लागी चुनौति मात्र हैन अवसर पनि हो।

अन्त्यमा, संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तपाइँ आज विश्व वैज्ञानिक जगत्का लागि सबैभन्दा ठूलो अनुसन्धानको विषय बन्नु भएको छ। तपाइँ सारा संसारको केन्द्रबिन्दु हुनुभएको पनि लामै समय भइसकेको छ, तर पनि यसबारेमा सम्पूर्ण रुपमा वैज्ञानिकहरुले थाहा पाइसकेका छैनन्। तपाइँको बारेमा थाहा पाउन र यात्रामा ब्रेक लगाउने प्रविधि निर्माण गर्नका लागि संसारभरिकै वैज्ञानिकहरु गहन अध्ययन अनुसन्धानमा जुटिरहेका छन्। थाहा छैन, तपाइँको यात्रा कहिले टुंगिन्छ, यात्रा नटुङ्गाए पनि वैज्ञानिकहरुले यात्रा छिटै टुंग्याउने आश राख्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद!

उही
डा. प्रशान्तध्वज अधिकारी

3 comments to कोरोनालाई एक डाक्टरको पत्र

  • Vinaya Jha

    Very good multidimensional satirical article.

  • Rashmi Thapa

    Great views and analysis.

  • समस्या नीति नियम र कार्यान्वयनमा होइन संस्कारमा देखिएको बुझ्न जरूरी छ । सरकारले नागरिकको सेवा गर्ने जिम्मेवारी हो भन्ने संस्कार सिक्न जरूरी छ। नागरिकलाइ सिमाना पारि छेकेर होइन, दुखःसुख्ख साट्नका लागि बनाएको घरमा पुगेर आइशोलेसन/क्वारेन्टाइनमा बस्ने ब्यवस्था गर्नु पर्ने संस्कार नसिक्दासम्म लोकतान्त्रिक सत्ता मान्न सकिँदैन । त्यसै गरी सरकारी आदेश पालन गर्ने होइन, प्रशासनको आँखा छलेर मिच्ने हो, पहुँचको भरमा नक्कली समस्यका भरमा पास बनाएर यात्रा गर्ने हो, नियम सानालाइ लगाउने हो ठूलाबडालाइ लाग्दैन, कार्यकर्तालाइ सांसद बोक्न जाने, कागज दर्ता गराउन जुलुस निकाल्ने गर्न छुट भएको जस्ता संस्कारहरू सुधार नहुँदासम्म सकारात्मक परिवर्तन साकार हुनेवाला छैनन् । पुराना राम्रा संस्कारलाइ पनि ब्यवस्थित गर्न नसक्ने भूमण्डलीकरणले मिश्रित पारेको समाजमा मिश्रित सुसंस्कार अवलम्बन पनि गर्न नसक्दा अवस्था झन पछि झन विग्रँदै छ । कोभिड१९का लागि मात्र होइन सवै समस्यासंग जुध्न सुसंस्कार नभएसम्म राजनीति नै सुध्रिएछ र नेता असल भेटिएछन भने पनि समाजको उद्धार हुन सक्दैन ।