gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

रुकुम घटनाले सम्झाएको जातीय विभेद, युरोपको नेपाली समुदायमा पनि छ विभेद

-सन्तोष न्यौपाने/बेल्जियम-

“तल्लो जात भएको भन्दै अरू सबैलाई बोलाए तर म र मेरो साथीलाई घरमा लगाएको पूजा कार्यक्रममा निम्तो गरेनन्। तर पछि आमाबुवाको आज्ञा भन्दै आफू चोखो बन्न खोजें उनीहरू।”

बेल्जियममा बस्दै आएकी एकजना दिदीले मलाई सुनाउनुभएको कुरा हो यो। कारण- उनीहरु दमाई, कामी जातका थिए।

बेल्जियममा लामो समयदेखि बस्दै आएकी मनसुवा परियारको आफ्नै दुखद अनुभव छ। उनका अनुसार बेल्जियममा एकजना नेपाली मरे। मरेको थाहा पाएपछि उनी भेट्न गइन्। तर भेट्न जाँदा किन आएको तिमी भनेर हेपाहा प्रवृत्ति देखाइयो।

“पछि मैले उक्त परिवारलाई फोन गरेँ। फोन उठाएनन्। फोन चाहिँ हामी तल्लो जातको मानिने भनेर मृत्यु संस्कार नसिद्धिउन्जेल उठाउन नहुने भन्दै नउठाएको जवाफ दिए। पछि उनीहरूले मसँग माफी पनि मागे,” परियारले त्यो घटना सम्झँदै भन्छिन्, “अहिले पनि त्यो घटनाले आफैंलाई एक किसिमको पीडा दिने गर्छ। हामी सबैको सोच परिवर्तन नभएसम्म समाज परिवर्तन गर्न गाह्रो छ।”

त्यस्तै गरेर केही समय अगाडि बेल्जियम आइपुगेका गायक प्रकाश सपुतले पनि आफू जातीय विभेदमा परेको खुलासा गरेका थिए। युरोपका नेपालीहरुमा पनि यो अवस्था देख्दा आफू दुःखी भएको उनको मनसाय देखिन्थ्यो।

बेल्जियमका यी दुई घटना मात्रै होइन पोर्चुगलमा पनि उस्तै छ। कोरोनापछि विभिन्न देशमा रहेका नेपालीहरुलाई राहत दिने उद्देश्यले विभिन्न समूह गठन भए। राहत वितरण पनि गरियो। तर पोर्चुगलमा समाजसेवीद्वारा उत्पीडित समुदायको अपमान गरेको भन्दै समाचार आए। जसमा पन्त थरका एकजना व्यक्तिले जातीय विभेदको रूपमा कुराकानी गरेको प्रस्ट देखिन्थ्यो।

बेल्जियम, पोर्चुगल होस् वा जर्मनी लगायत अरू देश नै किन नहोस्, यो विभेद अझै पनि व्याप्त छ। अहिले चलनचल्तीमा रहेको दलित भनिने यी साथीहरूलाई अन्तरहृदयबाट हेर्ने दृष्टिकोणमा त्यति परिवर्तन आएको देखिँदैन।

माथिका जातीय विभेदका केही उदारहण मात्रै हुन्। यसले देश छोडेर युरोपमा रहेका अधिकांश नेपालीहरुको वर्तमान अवस्थालाई देखाउँछ। उनीहरूको सोच्ने शैलीमा परिवर्तन नभएको पनि प्रस्ट पार्दछ।

धर्मको कुरा गर्नुहुन्छ भने कुनै पनि धर्मले कसै माथि विभेद गरेको छैन। सबैलाई समान रूपले हेर्ने गरेको छ। भगवानको कुरा गर्नुहुन्छ भने कुनै भगवानले पनि तिमी मेरो भक्त होइनौ भनेर विभेद गरेको छैन। तर हाम्रो समाज यही तल्लो जात र माथिल्लो जातको कुरालाई लिएर अल्झिरहेको छ। मानिस मानिस बीच विभेद गरिरहेको छ। जसको कारण समाज परिवर्तन हुन अझै दशकौँ लाग्ने पक्का छ।

अहिलेको बहुचर्चित रुकुम घटना पनि यही जातीय विभेद कै कारणले घटेको देखिन्छ। पीडितहरुका विभिन्न मिडियामा आएका कुराहरु अनुसार रुकुम घटना एक जघन्य अपराध हो। जस्तै कुतर्क गरे पनि त्यत्रो विधि मान्छे जम्मा भएर त्यति धेरै मान्छे मार्नुलाई जायज ठहर्‍याउनै सकिन्न। रुकुमको त्यो स्थानमा मानवता हराएको देखिन्छ।

पोल्याण्डमा बस्दै आएका मित्रलाल पार्देले आफ्नै गोत्रीय दाजुभाइमा यस्तै घटना घटेको अनुभव सुनाए। पार्दे आफ्नै परिवारमा सार्की समुदायको केटी बिहे गरेर ल्याउँदा आफन्तलाई जुत्ताको माला लगाएको घटना सम्झन्छन्। सन्तानको जन्मसँगै अहिले सबै राम्रो छ।

“रुकुम काण्ड पनि त्यस्तै भएको हो। यदि त्यहाँ विकको ठाउँमा अरू माथिल्लो जात मानिने थरको कोही केटा हुन्थ्यो भने यो अवस्था आउँदैन। केटीको सहमति बिना केटा केटीलाई लिन आयको देखिन्छ। र नवराज विक धनाढ्य परिवारको हुन्थ्यो भने पनि यो घटना घट्ने थिएन। मार्नु भनेको जघन्य अपराध हो” पार्देले आफ्नो विचार सुनाए ।

पोल्यान्डका मित्रलाल पार्दे जस्तै बेल्जियमका दुर्गाप्रसाद सुवेदीको विचार पनि उस्तै छ। सुवेदीको अनुसार बेल्जियममा पनि जातीय विभेदको गन्ध आएको देखिन्छ। “यहाँ पनि यो विभेदको गन्ध आउँछ तर मानिसहरू डरले गर्दा सतर्क भएको देखिन्छ। तर रुकुम काण्डलाई हेर्ने हो भने त्यो जघन्य अपराध नै हो। अझ वर्गीय विभेदको जघन्य अपराध नै हो। अर्कोतर्फ भन्दा मानवीयता हराएको देखिन्छ।”

यति मात्रै होइन युरोपमा रहेका नेपाली संघसंस्थामा पनि यो विभेद कायम रहेको दलित भनिने वर्गमा रहेकाहरु आफ्नो अनुभब सुनाउँछन्। ” संघसंस्थामा पनि यो विभेद कायम छ।जातकै अर्थात् दलित भएकै कारण माथिल्लो पदसम्म जान नसकिने वा लैजान नखोज्ने को जमात छ। यो युरोप भरिका नेपाली संघसंस्थाहरुमा देख्न सकिन्छ।” उनीहरूको दुखेसो छ।

4 comments to रुकुम घटनाले सम्झाएको जातीय विभेद, युरोपको नेपाली समुदायमा पनि छ विभेद

  • bijay

    जसो गर जे गर जतासुकै लैजाउ मलाई
    यो मन त मेरो नेपाली हो

  • हरिहर शर्मा

    झोल उही, बोटल फेरेर स्वाद कहाँ फेरिन्छ र।

  • बल बहादुर वल

    म सधैं भनिराछु, नेपालीको हड्डीहड्डीमा छ जातपात| गर्भदेखि अन्तिम संस्कारसम्म| जती आफुलाई सम्भ्रान्त र खानदानी ठान्छन, उती जातपातको विभेद शिक्षित होस वा अशिक्षित| घर काँ? भनेर सोधिदा सम्म त लौ ठिकै छ, तर कसमा? के थरी? भनेर प्रश्न गर्छन अनि उत्तरले मनमा ल्याएको अन्तरतरंगको ग्राफ हेर्न सक्ने भए छर्लङ हुनेछ को कती ढोँगी रहेछन| अधिकांशले संस्कारी हुनुमा गर्व गर्छन, ठिकै होला तर यो संस्कारी सोचभित्र जातपातको वेसकन दुर्गन्ध आईरहेको हुन्छ|

    एउटा घटनाको स्मरण सान्दर्भिक होला| मेरा एकजना मित्र आफुलाई कथित उच्च जातका ठान्ने आफुलाई अति उदारवादी प्रस्तुत गर्थे| हाम्रा मित्र मन्डलीमा एकजना कथित दलित सज्जन पनि थिए| एकदिन उनका छोरीका पास्नीमा सबै उपस्थित भयौ, खायौ| घर फर्कदा अर्का कथित उच्च जातिका मित्र सधैं भन्दा अर्कै बाटो लागे|
    किन उल्टो बाटो लाग्यो भनेर अर्का मित्रले उनलाई फलो गरे| ती मित्रले खोलामा गएर चिसो पानी र तीतेपातीले जनै सफा गरिरहेका दृष्‍य देखिए| प्रष्टै थियो, भेदभावको सन्स्कार उनमा प्रगाढ थियो| साथी, तिमीलाई बदलनु हामीले सकेनौ भने हामीले समाज कसरी बदलन सक्छौ भन्दा उनले आफ्नो भुल स्वीकारे र फेरि त्यस्तो नदोहोर्याउने वाचा गरे| कालान्तरमा त्यही मित्रको परजातकी युवतीसँग मित्रता भयो जुन पछी प्रेममा परिणत भयो| एकार्काले विवाह वन्धनमा वांधिएर जीवनभर साथ रहने प्रण गरे| तर जब त्यो समय आयो, केटोको परिवारले स्वीक्रिती दिन मानेनन| केटीमा कुनै कमी थिएन, उमेर मिल्ने, रुप, गुण र शिक्षा, स्वभाव साथै राम्रो जागिर| केटोको परिवारका तर्फबाट जात मिलेन ‘रे| केटोका परिवार शिक्षित, उदार र ज्ञानीगुणी जस्ता देखिन्थे| तैपनी केटोलाई त्यो बाटो नरोज्न संस्कार, कुल र सम्पत्ति आदिको मानसिक तनाव दिन शुरु गरे| हामीले पनि साथीलाई आँट भरोसा र सहयोग दिँदै रह्यौ र खुट्टा नकमाउन ढाढस दियौ| अन्तर्जातिय विहाका कति सफल नमुनाहरु पेश गर्यौ| केटोका परिवार नाताहरु थोरै जो पक्षमा थिए उनीहरुलाई गएर यो विहे हुन दिन मातापितालाई बुझाईदिन अनुरोध गर्यौ| केटोकी अविवाहित दिज्युलाई पनि अनुरोध गर्यौ तर मानिनन, अझ उल्टो तिमीहरुकै संगत र उक्साहटले यो संकट आएको भन्दै हामीलाई बेईज्जत गाली बर्षाईन| स्थिती बुझदा अब मित्रको भनाइमा दुईवटा विकल्प रहेको ठान्यौ| एउटा, भगाएर टाढा लैजाने| दोस्रो, उक्त युवतीसँग विहे गर्न नपाए आत्महत्या गर्ने धम्की परिवारलाई दिएर स्वीक्रिती लिने|पहिलो तिरै जोड दियौ|
    दिनहुको मानसिक प्रताडन र परिवारको दवाबले केटो गल्न थालेका थिए| उनको मानसिक स्थिती अस्थिर हुन थालेको सबैले महसुस गर्यौ| उनी नजरबन्द जस्ता अवस्थामा थिए, उनका परिवारले रोग नाजुक भएको भन्दै मोबाएल र टिभीदेखि टाडामा राखिएका थिए| त्यही मौका छोपेर उनका परिवारले अर्की आफ्नै जातकासँग विहे रचिदिए| त्यसपछी उनको पहिलो प्रेम सम्बन्ध सधैंलाई टुट्यो| हाम्रा मित्रमन्डली पनि विस्तारै टाडिदै गयो|
    फास्ट फरवार्ड, उक्त जबर्जस्त बिहेको दुई वर्षपछिको स्थिती: केटोले आत्महत्या गरे| केटोको दिज्यु जसका पछी विहे भयो, उनलाई पनि श्रीमानले डिभोर्स दिए|गज्जबको कुरो के रहेछ भने ती दिज्युले जातसँग पोइल गएकी रहिछ|
    यो सबै हड्डीहड्डीमा गढेको वा गाढीदिएको जन्मै देखिको कुसंस्कारले होइन? जातपातको आधारमा यो ठुलो, त्यो सानो, यो छुत त्यो अछुत भन्ने घोलेर सानै देखि ब्रेनवाश गरिन्छ|

    दुर्भाग्यवश, यो कुसंस्कारले आज रुप फेरेर राजनैतीक लेभलमा पनि ब्यापकता छाएको छ| जंगबहादुरले चलाएको विभेदकारी वि.स. १९१० को कालो कानुन आज छैन तर पर्दा पछाडि रहेको छ| जातपातको आधारमा राज्यले कानुन बनाएरै विभेद गराउने हाम्रो मुलुकमा त्यस्को तुस र त्यो फोहरी खोलाको पानी केही न केही अझ पनि जताततै बगिरहेकै छ| कसैको होला हिम्मत सफा गर्ने? माओवादीको जनयुद्ध धनयुद्ध भईसकेको छ|
    समाधान छन तर क्षणिक बाहेक कोही त्यसतर्फ जान तयार छैनन|

    पश्चिम रुकुममा जे भयो, त्यसले प्रत्येक अभिमानी नेपालीको शिर निहुरेको छ| यो मात्रै ज्यानमाराको अपराध होइन, महाअपराध हो, जघन्य अपराध हो, मानव सभ्यता माथि कुल्चेको अपराध हो|| नमुना सजाय हुनपर्छ निष्पक्ष छानबीन पछी जस्तो भारतका अदालतले गरे निर्भय मुद्दामा|
    संस्कार, कुल र खान्दानको नाउमा हामी कति ढोँगी छौ? आफुलाई एकपल्ट टेस्ट गर्ने समय आएको छ|

  • madan bajracharya

    बिस्वमै सबैभन्दा लोकतान्त्रिक भनियको हाम्रो सम्बिधानमा “आफ्नो धर्म अनुसारको संस्कार मान्न पाउने अधिकार दियकोछ र् सम्बिधानमै संबिधान सित बाझिने कानुन स्वत: निलम्बित बा निस्क्रिय हुने भनियको पनि छ्। नेपालमा जातिय भेद्भाव;छुत-अछुत मान्ने आदि कुराहरु हिन्दू धर्म र् सन्स्कार अनुसारनै हुँदै आयको हो। हिन्दू संस्कार मान्नेले कसैलाई “तँ कुजात होस् छुन नहुने जातको हो आदि मात्रै किन लोग्ने मरेमा महिलालाई मरेको लोग्नेको लास सितै बाँधेर् पोलेर सती पनि पठाउन सक्छ”। त्यस्तो गरेमा त्यो लाग्दै नलाग्ने कानुन देखायर कार्यवाही गर भन्नेलाई अलोकतान्त्रिकको आरोप लगायर जेल पठाउनु पर्छ।
    ठुलाले गरेको बिरोध गर्ने प्रविती नत्यागे ब्यब्स्था समेटा खलवलिन सक्छ। तेसैले धर्म र् संस्कार र् सन्स्कारीले कुजात माने भने “हो हजुर हामी कुजात हौ” भनेर घोप्तेर बस्न सबैले सिक्नु पर्छ।