यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

के हामी ढुंगेयुग मै छौँ? ब्राह्मण परिवारकी बुहारी बन्दाको मेरो अनुभव

-सृष्टि शाह-

रुकुम घटनाले आज हामी नेपाली मात्र नभई यो संसारमा भएका सबै मानव जातिको मुटु कामेको छ। यस्तो निन्दनीय घटना गराउने सबैलाई राज्यले कडाभन्दा कडा सजाय गरोस्। ताकि अब यही सम्झिएर फेरि जातपात र छुवाछुतको कुरा गर्न पनि मुटु कामोस्। यो संसारमा तुच्छभन्दा तुच्छ विचार भएका यी ठूलो जात भनिने मानिसहरुलाई नङ्ग्याउन एकदम जरुरी छ।

जातपात कै कुरा गरिरहँदा म आफ्नो व्यक्तिगत धारणा र अनुभव हजुरहरुलाई व्यक्त गर्न चाहन्छु। आजभन्दा २५ वर्ष अगाडि २०५२ सालमा म ८ कक्षामा पढ्थेँ। त्यतिखेर युवामञ्च पत्रिका एकदमै  लोकप्रिय थियो। त्यसमा एउटा पासपोर्ट साइजको फोटोसहित करिब १०० सब्दमा आफ्नो लेख लेख्न पाइन्थ्यो। विषय पत्रिकाले दिन्थ्यो। एउटा विषय थियो- छुवाछुत। मैले पनि लेखेर हुलाकबाट पठाएँ। त्यो पत्रिकामा छापियो। अहिले पनि सम्झिन्छु, म एकदम खुसी भएकी थिएँ। त्यतिबेला मैले लेखेकी थिएँ, संसारको सबै जातिको रगत रातो हुन्छ। त्यसैले संसारमा दुई जात छ- एउटा लोग्ने मान्छे एउटा स्वास्नी मान्छे। लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन। 

त्यसको सात वर्ष पछि मैले पनि अन्तर्जातीय विवाह गरेँ २०५९ सालमा। म एक ठकुरीकी छोरी। मैले नेपालीमा भन्नुपर्दा झर्रो ब्राह्मणसँग दुई वर्षको चिनजानपछि मागी विवाह गरेँ। त्यति सजिलो भएन ब्राम्हणको परिवारकोतर्फ़बाट हैन मेरो परिवारको तर्फ़बाट। मैले बिहे गर्ने मान्छेले उहाँको ठूलो बुवा र दाइ लिएर मेरो हात माग्न आउँदा मेरो बुवाले ठकुरीका छोरा सबै मरे र मैले बाउनलाई छोरी दिउँ भनेर भेट्न नै मान्नु भएन।

त्यसपछि उहाँहरु चितवन फर्केर जानु भयो। हामी दुई जनाको सल्लाह भयो अब यो बिहे नगरौँ भनेर। अनि उहाँले मेरो बुवालाई फोन गरेर भन्नुभयो, हामी बीच कुनै नराम्रो सम्बन्ध छैन। हामी सिर्फ साथी मात्र हौँ। त्यसैले बुवा, हजुरकी छोरी मबाहेक अरु कोसँग बिहे गर्दिँदा खुसी हुन सक्छिन्, गरिदिनू। हामी दुबैको यही फैसला हो भनेर। त्यस्को २,४ दिनमा बुवाको अफिसको साथीले झर्रो ब्राम्हणलाई छोरी ला भन्न नजानू, ले भनेर माग्न आए भने माइती ७ कुल मावलीको २१ कुल तर्छ भन्छन् शास्त्र अनुसार भनेर भनेछन् र बुवाले एकपल्ट कुरा गरौँ भनेर ममीलाई भन्नु भएछ। ममीले मलाई भन्नुभयो। अनि मैले उहाँलाई भनेर उहाँ दुई जना साथीसहित आउनु भयो घरमा कुरा गर्न। बुवा त बटारिएको बटारिएको, मामु अलिक कमलो हुनु भयो र घरबाट बिहे गर्दा दाजुभाइ नआउने र आफ्नो इज्जत जाने हुनाले मन्दिरबाट बिहे गर्ने निर्णय भयो।

उहाँहरु मन्जुर गरेर चितवन जानु भयो। चितवन फर्केर फेरि उहाँहरुले हाम्रो त कान्छो छोराको बिहे खलो उठ्ने भन्नाको अर्थ सन्तानमा अन्तिम बिहे हामी त घरबाट आँगन पोलेर गर्ने भन्नुभयो। फेरि यता अर्को लफडा बल्ल बल्ल मिलेको कुरा बिग्रेला भन्ने चिन्ता आफूलाई। बुवा भन्न थाल्नु भयो नदिउञ्जेल जे पनि हुन्छ भने अहिले छोरी दिन्छु भने पछि फेरि घरबाट बिहे गर्ने भन्छन्। भोलि फेरि दाइजो कति दिन्छस् भन्लान् भन्न थाल्नु भयो। मैले बुवालाई सम्झाएँ र दाइजो माग्ने मान्छे हैनन् भनेर। बुवाको कुरा पनि ठीक हो स्‍नातक दोस्रो वर्षमा पढ्दै गरेकी सरकारी स्थायी जागिर खाएकी आफ्नी छोरी आफूले सकेको त दिइन्छ नै। त्यस्मा डिमाण्ड आउने हो कि भनेर पिर पर्नु स्वभाविक नै हो। मामु र म भएर फ़काउँदा फ़काउँदा बल्ल घरबाट बिहे हुने भयो। २०५९ सालको माघ २३ श्रीपंचमीको दिन हाम्रो विवाह भयो। त्यो पनि रात राखेर पुरानो चलन अनुसार चितवनबाट जन्ती लिएर साँझमा काठमान्डू आएर रातभरी जग्गेको काम गरेर भोलिपल्ट बिहान अन्मेर गइयो आफूले मनमनै मन पराएको मान्छेको घर।

मलाई डर थियो उता घरमा छुवाछुत गर्ने होलान् तल्लो जातको छोरी भनेर भन्ने कुराले। तर जब बिहेको भोलिपल्ट मेरो घरमा सबैले बुहारीले पकाएको खानु पर्छ आज वा पंचारात नहुँदै नत्र फेरि पछि त साइत जुराउनु पर्छ भान्छामा पस्न भन्नुभयो, तब मेरो हर्षको सीमा रहेन। वल्लो घर पल्लो घर जेठा ससुरा र कान्छो ससुराको घरमा पनि डाडु पन्यु समाउनु पर्छ भन्दै भान्सामा लग्नु भयो तेस्रो दिन। म त आफूले आफूलाई संसारको सबैभन्दा भाग्यमानी आइमाई सम्झिन थालेँ। किनकि जब मेरो बिहेको कुरा चल्यो, मेरो आफन्त र बुवाहरु कुरा गरेको सुन्थेँ, बाउनसँग बिहे गरेर भातभान्सा छुन नदेको, भन्दा ओरालेर खान देको, अनि सधैँ माइतीमै जीवन बिताउनु परेको धेरै जनाको उदाहरण । तर मेरो परिवार त यस्तो कुरामा उदाहरणीय हुनुहुँदो रैछ।

हाम्रो बिहे भाको करिब ५ वर्ष पछि म अमेरिका गएँ। अमेरिकामा ५ वर्ष बस्दा मैले त्यहाँ न जात न धर्म ,न यो देश को, न उ देश को। कसैलाई विभेद छैन। आफ्नो योग्यता छ भने हरेक ठाउँमा पहिचान छ। म अमेरिका को लस एञ्जलस भन्ने ठाउँमा बस्थेँ। म बसेको ठाउँबाट ३० मिनेटको मोटर दूरीमा आर्टेसिया भन्ने इन्डियन सहर थियो जहाँ इन्डियनहरु धोति लाएर पान खाएर बाटोमा थुक्ने गर्छन्। अंग्रेजी केही नआउनेले पनि काम गरी खान सक्ने ठाउँ। अझै एउटा अग्लो टावरमा लिटल इन्डिया भनेर लेखेका छन्। तेस्तै कोरिया टाउन भन्ने ठाउँमा बैंक अफ अमेरिकामा सबै कोरियन मात्र भेटिने। त्यस्तै चाइनाटाउन भन्ने ठाउँमा हाम्रो कालिमाटीमा जिउँदो माछा भाँडोमा हालेर बेचे जस्तै जिउँदो माछा भाँडोमा हालेर बेच्ने । यस्तो देखेर मेरो मन सारै खुसी हुन्थ्यो। तर एउटा कुरा चाई हब्सीहरुले धेरै दु:ख दिने गरी खान नखोज्ने । लुट्ने, चोर्ने, मार्ने, मर्ने जस्ता सबै काम प्रायः यिनै र मेक्सिकोको बोर्डर भएकोले मेक्सिकनहरुले गर्थे। मेक्सिकन त खासै याद नहुने तर उनीहरुभने रंग ले गर्दा होला याद भैहाल्ने ।

विदेश बसाइकै क्रममा ५ वर्षको अमेरिका बसाईपछि म अहिले यूरोपमा बस्छु। मेरो छोरा हुर्केर जवान हुँदैछ। १६ वर्षमा टेकेको छ। कैलेकाहीँ जिस्केर बुहारी ल्याउने बेला भयो भनेर जिस्काउँछौँ तर काली चाहीँ नल्याउनु है भन्थेँ पोहोर सालसम्म । छोराले मलाइ गाली गर्थ्यो,  त्यस्तो रेसिस्ट हुनु हुँदैन, के हुन्छ कालेहरु भएर।  आज मेरो मन बदलिएको छ म छोरालाई यति मात्र भन्छु कि ‘गे’ मेरो मतलब केटा भएर केटा मन पराउने नहुनु। किनकि यो प्रकृतिको खिलाफ हो। अरु जुन जात ,रंग,धर्म भए पनि बुहारी भन्न मलाई कुनै आपत्ति छैन। भोलि गएर ‘गे’ नै भएछ भने पनि उसको मानव अधिकार म हनन् गर्न सक्दिनँ। मेरो छोरा जे म खुसि हुन्छ तेस्मा म खुसि हुन्छु।

Image by Ashlesh Kshatri from Pixabay

4 comments to के हामी ढुंगेयुग मै छौँ? ब्राह्मण परिवारकी बुहारी बन्दाको मेरो अनुभव

  • बसन्त

    “ब्राम्हणलाई छोरी ला भन्न नजानू, ले भनेर माग्न आए भने माइती ७ कुल मावलीको २१ कुल तर्छ भन्छन् शास्त्र अनुसार“ शास्त्रमा आफुलाई ऊचो राखेर जात बर्ण बिभाजन गरेको प्रतिफल नै रूकूमको घटना हो I बाहिरी समाज र समाजिक संजालमा जातियता को चर्को बिरोध गर्नेहरू कै घर भान्सा बाटै यस्ता बिभेदहरू गरिएको प्रशस्त भेटिन्छ I

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • पढ्दै जाँदा मजा आइरहेको थियो, हब्सी भन्ने शब्द बिझायो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • autopilot

    We are to change our attitude. Yes, you read it right “ATTITUDE”. Provisions in the Constitution and making Laws prohibiting discrimination are not adequate.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    राम्रो घर भेट्टाउनु भएछ , खुसि लाग्यो। हामि सबैनै जात पात छुवा छुत राम्रो हैन , हटाउन पर्छ भान्छाम। महेन्द्रकै पालामा मुलुकी येन आयो। तर जात पात अझै छ , किन त् ?

    हटाउने कसरि
    साना भनिएका जात का लागि शिक्ष्या , रोजगारी को बिसेस अबसर, कडा कानुन

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)