यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

दरबार हत्याकाण्ड छानबिन समितिको प्रश्न- मोटो छ डा. साहेब?


राजा, रानी, युवराजसहित १० जनाको ज्यान गएको दरबार हत्याकाण्डको छानबिन गर्न नवघोषित राजा ज्ञानेन्द्रले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए- प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय अध्यक्ष र सभामुख तारानाथ रानाभाट तथा प्रतिनिधि सभामा विपक्षीदलका नेता माधवकुमार नेपाल सदस्य। खासमा गर्नुपर्ने ‘अनुसन्धान’ थियो। अपराध अनुसन्धान भनेको जोक होइन। अनुसन्धानको अनुभव भएका विशेषज्ञहरु चाहिन्छ। तर यहाँ छानबिन गर्ने भनियो। अनुसन्धान गर्नेहरुको सहयोग लिएको पनि देखिएन। माधव नेपाललेसमेत समितिबाट राजीनामा दिएपछि दुई जना मात्र समितिमा भए। फलस्वरुप यसको प्रतिवेदन बयान संकलनमा सीमित देखियो। यो समितिको प्रतिवेदन भटट काण्डले बदनाम छ। प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभामुख रानाभाटले दीपेन्द्र चलाएको भनिएको बन्दूक पत्रकारहरुतर्फ तेर्स्याउँदै भनेका थिए- हान्दिम्? अनि अङ्ग्रेजीमा प्रतिवेदन पढ्दा राटाटाटा र नेपालीमा भटट भनेका थिए।

छानबिन समितिको प्रतिवेदन इन्टरनेटबाट सार्वजनिक गरिएको थियो। त्यतिबेला इन्टरनेटको पहुँच सीमित थियो। वेबसाइटहरु पनि धेरै थिएनन्। नेपाल टेलिकमको वेबसाइटमा पनि प्रतिवेदन राखिएको थियो। त्यतिबेला नै डाउनलोड गरेर राखेको प्रतिवेदन इमेलमा रहेछ। आज हत्याकाण्डको १९ वर्ष पुगेको दिन त्यही प्रतिवेदन हेर्दै गर्दा अहिले अनौठो लाग्ने सवाल जवाफ पढ्न पाइयो।

समितिलाई प्राविधिक विषयमा विशेषज्ञहरुको राय संकलन गर्न पनि कार्यपद्धति तोकिएको थियो। यसै क्रममा साइको एनालाइसिस गर्न डा. कृष्णचन्द्र राजभण्डारीसितको कुराकानी प्रतिवेदनमा समेटिएको छ। समितिलाई मानिसले अस्वभाविक किसिमको व्यवहार गर्न उद्दत हुने बारेमा साइटेसन गर्न कुनै किताब वा लिटरेचर चाहिएछ। यसबारे डा. राजभण्डारीलाई सोध्दा उनले धेरै स्टडी छ भन्छन्। समितिले त्यसपछि भन्छ- ‘सिनोप्सिस् निकाल्दा पनि हामीलाई गाह्रो हुन्छ। टक्क कही त्यस्तो किसिमको छ ? सेपरेट टपिकमा लिट्रेचर छ ?

डा. कृष्णचन्द्र राजभण्डारीः– लिट्रेचर छ।
समितिः– मोटो छ डा. साहेव ?

डा. कृष्णचन्द्र राजभण्डारीः– होइन, त्यो मेडलाइनबाट खरर्रै दिन्छ। इन्टरनेटमा अब कति कुन सालको हामीलाई चाहियो अब ? २००० सालको चाहियो कि ? १९९७ को चाहियो ? १९९७ देखिको हामीलाई आर्टिकल चाहियो भने उसले खररर दिन्छ। हामीले प्रिन्टमा हेर्नुप¥यो यो। हाम्रै कम्प्युटर हुन्छ। त्यसमा हामीले सर्च मा मर्डर टु फ्यामिली एण्ड सुसाइड सेल्फ।
समितिः– त्यो पनि हामीले खोज्नुभन्दा डा. साहेवलाई आइडिया छ। त्यसैले हामीलाई उपलब्ध गराइदिन सक्नुहुन्छ कि ?

समितिः–होइन, यसो गरौं। डा. साहेवले हामीलाई सप्लाई गरिदिनुहोस्। जति मोटो भएपनि त्यसको खर्च आउँछ भने पनि बिल पनि पठाइदिनु होला।

प्रतिवेदनमा समितिमात्र लेखिएको भएर समितिको नाममा यो प्रश्न प्रधानन्यायाधीशले सोधेका हुन् कि सभामुखले भन्ने स्पष्ट छैन। तर यस्तो गम्भीर, ऐतिहासिक घटनामा समितिको छानबिन कुन हदसम्म सतही थियो भन्ने चाहिँ स्पष्ट छ। साइको एनालाइसिस पनि एक जना विज्ञको भरमा परेको छ।

शायद् मोटो लिटरेचर छिचोल्न नसकेकोले हो कि, घटनाको यथार्थ विवरण शीर्षकमा प्रतिवेदनको भाग ३ मा समेटिएको २३ बूँदे तथ्यमा यो बारे कहीँ कतै साइटेसन भने गरिएको छैन।

हेर्नुस् प्रतिवेदनमा समेटिएको मनोविज्ञानवेत्तासितको कुराकानी खण्ड, कुराकानीलाई शब्दमा उतारेको ‘र’ फर्म्याटमा रहे पनि यसले दीपेन्द्रको व्यवहारको साइकोएनालाइसिस गरेको छ।

समितिः यो उच्चस्तरीय समितिले यो घटना कसरी सम्भव हुन सक्छ, यसमा विशेषज्ञहरुको राय लिने पनि म्याण्डेट पाएको छ। त्यसैले हामीले यो साइको एनालाइसिस पनि गर्नुपर्ने स्थिति भएको हुनाले अहिले हामी आजको काम प्रारम्भ गर्छौं। (आज २८ गते होइन ?) २८ गते आइतबारका दिन। र यसमा हामीले आमन्त्रण गरेको विशेषज्ञ आफ्नो परिचय पनि दिनुहुन्छ र आफ्नो ज्ञानको बारेमा पनि र यो परिस्थितिसंग उसको के स्थिति रहन्छ भन्ने कुरा उहाँले टिपोट गराउँदै हुनुहुन्छ।

डा. कृष्णचन्द्र राजभण्डारीः– यस कार्यक्रममा मलाई यहाँ सहयोगको लागि निमन्त्रणा दिनु भएकोमा म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र मेरो परिचय– म डा. कृष्णचन्द्र राजभण्डारी हुँ। मेरो सेवा शाही सेनामा भयो। त्यसपछि म काठमाण्डौ मेडिकल कलेजमा न्यूरो साइक्याट्रिक विभागमा विशेषज्ञ र प्रमुख छु। म टि.यु.मा पनि पढाउँछु। र यहाँ यो घटना सम्बन्धी जुन घट्यो त्यो घटना के कति कारणबाट घट्न सक्छ ? यसको कारण के हुन सक्ला त ? यस्तो घटना भन्ने कुरामा यहाँहरुबाट सोधनी भएको हुनाले मैले अनुभव मेरो यहाँ व्यक्त गर्न चाहन्छु।

एक त कुनै पनि व्यक्तिलाई आफूमा मन परेको वा नपरेको अवस्था इच्छा व्यक्त गर्छ। त्यो इच्छा मूडबाट व्यक्त गर्दछ। अब कोही व्यक्तिहरु सम्बन्धमा राम्रो भएन; आफू–आफूमा मनमुटाव भयो अथवा सम्बन्धमा मनमुटाव भयो अथवा केटाकेटीको सम्बन्ध जुन हो, त्यो सम्बन्धमा मनमुटाव भयो अथवा उसले कुनै समस्या फेस गर्न सकेन; व्यक्तिगत समस्या, घरायसी समस्या, गाउँको समस्या, जिल्लाको समस्या, राष्ट्रको समस्या केही समस्या उसले फेस गर्न सकेन र कुनै अवस्थामा आफूले ड्रग्स खाइरहेको छ, अल्कोहल खाने अथवा आजकलको चलिआएको गाँजाहरु भयो, हिरोइन भयो, ब्राउन सुगरहरु भयो; यी औषधिहरु खाँदाखेरी आफूलाई जब यसले नियन्त्रण गर्न सक्दैन, उसलाई इरिटेशन (चिडचिडाहट) हुने, एकदम रीस उठ्ने, आफूले आफूलाई नियन्त्रण गर्न नसक्ने, त्यो रीस जुन आफूले गर्न नसकेको रीस हो– या त आफैपटिृ फर्काउँछ, रिंगाइदिन्छ या अरुपटिृ रिंगाइदिन्छ। दुईवटा काम गर्छ जुन रीसले त्यो रीसले आफूले आफैपटिृ लगायो भने आफूले आफूलाई मार्छ। त्यो रीस अरुपट्टी डाइरेक्सन गयो भने अरुलाई मार्छ। त्यसलाई मर्डर भन्छौं। ……..(नबुझिएको) ……….. भन्छौं। त्यसकारणले यो अवस्थामा जुन यो घटना घट्न गयो, एउटा मारेको हो वा अथवा यो जुन मर्डर हो वा सुसाइड हो भन्ने कुरामा यो अवस्था हेरेर हामीले भन्नुपर्ने अवस्था आउँछ। यो एक्ज्याक्ट्ली जुन अरुलाई गोलीले हानिएको छ भनेदेखि यो रिभेन्जको कुरा आउँछ; र आफूलाई गोलीले हानेको छ भनेदेखि आफूले सुसाइड गरेको भन्ने कुरा हामी मान्छौं जसलाई हामी मर्डर सुसाइड भन्छौं। अडेरको हिसावले हामी त्यसो भन्छौं।

समितिः त्यो मनमुटाव भयो भनेर जुन कुरो भन्नुभयो नि, त्यसरी आक्रोशमा आइसकेपछि जसबाट मनमुटाव भयो, उहीसंग नै उसैलाई नै उसले लक्षित गर्छ कि अरु जो कोही अगाडि पर्छ, त्यो पनि उसले ……
डा. कृष्णचन्द्र राजभण्डारीः– जो संग मनमुटाव हुन्छ त्यही मान्छेमाथि मात्रै उसले आक्रोशित गर्छ र आक्रमण गर्छ; र आफ्नो इच्छा पूर्ति गर्छ उसले ………… (नबुझिएको) ………. र यसमा पनि व्यक्तित्वको ठूलो भर पर्छ। व्यक्तित्व जस्तो कि पास्टमा रिपिटेड्ली यस्तो घटना घटाएको छ, आफ्नो नियन्त्रणमा छैन, आफू विभिन्न अवस्थामा झैं–झगडा गर्ने र आफूलाई नियन्त्रण गर्न नसक्ने र यस्तो कुनै ड्रग्स सक्स खाएको अवस्था छ र सामान्य कुराहरुमा पनि झैं–झगडा हुने व्यक्तित्व छ भनेदेखि त्यस्तो व्यक्तित्वहरुले पनि आफूलाई नियन्त्रण नगरिकन यस्तो आक्रोशित भएर अरुमाथि जाइलाग्ने अवस्था देखिन्छ र अक्सर जो माथि आफूलाई रीस उठेको छ त्यसमाथि नै यो आक्रोश व्यक्त गरिन्छ, मनमुटावमा।

समितिः– डा. साहेव, अब यो यसैमा, हामी चारजना छौं, यो कोठाभित्र। अनि मलाई डा. साहेवसंग आक्रोश भयो; मैले डा. साहेवसंगको आक्रोशको जो बदला लिएँ त्यसपछि म नर्मल कण्डिसनमा हुन्छु या त्यसले मलाई अरु आक्रोशित गरेर अरुसंग पनि त्यसरी…..
डा. कृष्णचन्द्र राजभण्डारीः– यदि त्यो आक्रोशित व्यक्तिलाई कसैले सुरक्षा दिन खोज्छ भनेदेखि उसमाथि पनि आफ्नो रीस पोख्नसक्छ। उसले आफ्नो रीस यो पनि उसको सही पक्ष नलागीकन, मेरो पक्ष नलागिकन त्यसपछि लाग्यो भने त्यो जो व्यक्ति आक्रोशित भइरहेको आक्रोशमा आउने व्यक्तिले आक्रोशित व्यक्तिलाई त्यो सुरक्षा दिनेहरुप्रति पनि उसको आक्रोश व्यक्त गर्नसक्छ।

समितिः– सुरक्षा दिन वा बीचमा रोकावट ……
डा. कृष्णचन्द्र राजभण्डारीः– रोकावट गर्ने अथवा इन्टरफियर गर्नेमा पनि।

समितिः– यसको मात्राको केही किसिमको कुरो छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– जहाँसम्म यो मैले विन्ति गरीसकें कि अब धेरैजसो व्यक्तिहरु अहिले विदेशमा गरेको अध्ययन अनुसार धेरैजसो व्यक्तिहरुले रक्सी, दोश्रो यो गाँजाहरु भयो, तेश्रो यो हिरोइनहरु भयो, ब्राउन सुगरहरु भयो र कसैले एउटै मात्रै र कसैले सबै एकमुष्ठ मादक औषधि खाएर उनीहरुले अरुमाथि आक्रोश व्यक्त गर्छन्। समाज अवस्थित जुन रुल नियम कानून हो, त्यो कानूनलाई यिनीहरुले तोड्न खोज्छन् र त्यो कानून उनीहरुले त्यही रक्सीको सूरमा तोड्न खोज्छन् यिनीहरुले; र आफ्नो सूर आफ्नो कन्ससनेशमा यिनीहरु हुन्नन्।

समितिः– समाजको कानून भन्दाखेरी सोसल भ्यालु ?
डा. कृष्णचन्द्र राजभण्डारीः– सोसल भ्यालु भो, उसले चाहिने वास्तै गर्दैन। जस्तो, अब घरमा एउटा कानून हुन्छ, नियम हुन्छ; त्यस्तै समाजमा एउटा नियम हुन्छ र राष्ट्रमा एउटा नियम हुन्छ, त्यो नियमको उसले ख्यालै गर्न सक्दैन; नियम पालन नै गर्न सक्दैन। त्यसकारणले त्यसमाथि आक्रोश आउन सक्छ। तर रक्सी अक्सर तपाईले मलाई जुन जवाफ सोध्नुभयो, त्यो ज्यादै मार्मिक जवाफ, तपाईले सोध्नुभयो। हाम्रो नेट रक्सी ५ भन्दा पनि बढी रगत कुदेको बढ्यो भनेदेखि आफ्नो नियन्त्रणभन्दा बाहिर जान्छ भनेर एउटा लेवल दिएको छ। वेष्टमा र हाम्रो नेपालमा। नेपालमा कति मात्र दिएको छ भनेर हामी….

समिति– पाँच भनेको पाँच …. ?
डा. कृष्णचन्द्र राजभण्डारीः– मिलिग्राम पर एम.एल., के रे १०० एम.एल. मा रगतको पर्सेन्टेज।

समिति– रगतको १०० एम.एल. मा…. ?
डा. कृष्णचन्द्र राजभण्डारीः– ५ मिलिग्राम ०.५ मिलिग्राम।

समिति– १०० एम.एल. ब्लडमा ०.५…. ?
डा. कृष्णचन्द्र राजभण्डारीः– ५ मिलिग्राम भन्दा बढी यो चाहिं देश देशको नियम हुन्छ र हाम्रो देशमा के छ भन्ने कुरा मलाई थाहा छैन; र विदेशमा यो भन्दा बढी रगतको मात्रा भयो भनेदेखि यसलाई is not been allowed to trail.
समिति– यसले चाहिं के अब मान्छेलाई नियन्त्रणभन्दा बाहिर लैजाने… ?
डा. कृष्णचन्द्र राजभण्डारीः– मान्छेलाई नियन्त्रणभन्दा बाहिर, आफ्नो नियन्त्रणमा नरहने।

समिति– त्यो नियन्त्रणबाट बाहिर मादक पदार्थ, एक मादक पदार्थ सेवन ग¥यो भने पनि लाग्छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– लाग्छ। जस्तो अब यो रक्सी मात्र खाएको अवस्थामा र रक्सी र यो ब्राउन सुगरहरु, अन्य लागू पदार्थ औषधिसंग मिक्स भयो भने यसको असर झन् बढी मात्रामा हुन्छ। जुन यसले रक्सीले एक मात्रको असर पार्नेछ भनेदेखि यसको Combination लाई हामीले लियौं भने यो डबल ट्रिवल नै यसले असर पार्छ, जसलाई हामी साइनर्जिक इफेक्ट भन्छौं। यसरी खाएको अवस्थामा यदि त्यसले उल्टी गर्छ र शुरुमैं यदि त्यो खाएको औषधिहरु अथवा खाएको मादक पदार्थहरु उल्टी गरेर फ्याँकिन्छ भनेदेखि यसको असर कम मात्रामा हुन्छ। जति हुनुपर्ने त्यो मात्रामा हुन सक्दैन र अन्तर……

समिति– जस्तो, उल्टीको कुरा आयो। उल्टी गरेर तत्काल उल्टी गर्ने बित्तिकै असर इमिडियट्ली कम हुन्छ कि त्यसको पनि एउटा…… ?
डा. कृष्णचन्द्र राजभण्डारीः– तत्कालै उल्टी ग¥यो भनेदेखि असर कम हुन्छ; र रक्सी लागिसकेपछि अथवा औषधि खाइसकेपछि जुन मानसिक विकृति आउँछ त्यसबेला आएको जुन प्रतिकूल असर जुन छ, जस्तो टाउको दुख्ने, उल्टी हुने, हाई एशिनेशन हुने, दृश्यहरु आँखाले देखिने, कानले सुनिने अथवा अरुमाथि अरुले मलाई जाइलाग्न लागेको भन्ने कुरा देखिने, त्यो जाइलाग्न लागेको इष्र्या अनुभव गरेर हामीले आक्रमण गर्ने त्यो किसिमको जुन भावना आउँछ त्यो पछि मात्र देखिन्छ, त्यो। त्यसबेला उल्टी भएर केही असर त्यति मात्रामा पर्दैन, जति ….

समिति– जुन किसिमको उसमा एउटा एब्नर्मल मानसिक उसको डेभलप भइसकेपछि उल्टी गरेको तत्काल त्यसको… ?
डा. कृष्णचन्द्र राजभण्डारीः– त्यो त प्रतिकूलको असर मात्र हो उल्टीको। तर पहिलेको उल्टीमा चाहिने प्रतिकूल असर हामी…

समिति– त्यो ब्लडसर्कुलेशनमा आउनुभन्दा अगाडि उल्टी ग¥यो भने असर डाउन हुन्छ। सर्कुलेट भइसकेपछिको अवस्था आयो भने…
डा. कृष्णचन्द्र राजभण्डारीः– हजूर। भइसकेपछि दिमागमा आएर उल्टी ग¥यो भने त्यसको (उल्टीको) असर केही पर्दैन।

समिति– यसले यसको सर्कुलेट भइसकेपछि भमिटिङ्ग पनि मान्छेलाई अलिकति भमिटिङ्ग गर्ने जुन क्रिया हुन्छ, त्यसले पनि कहीं न कहीं अलिकति पेनिटी जस्तो हुन्छ शरीरमा। त्यसले भित्रको चीज गलाबाट निकाल्ने त्यसले थप इरिटेशन त बढाउँदैन ?
डा. कृष्णचन्द्र राजभण्डारीः– जीउ दुख्ने, टाउको दुख्ने, जीउ एकदम आलस्य हुने, मेन्टलमा जरुर थकावट महसूस हुने, आफ्नो शरीरमा छट्पटी हुने, राती नीद नलाग्ने, एक ठाउँमा बस्न उसले नसक्ने….

समिति– एउटा निश्चित Optimum Point मा पुगिसकेपछि उसलाई केही होश अथवा यो काम गर्दैछु भन्ने परिणाम थाहा हुने अवस्था हुन्छ कि हुँदैन ?
डा. कृष्णचन्द्र राजभण्डारीः– अब यस्तो फ्री अवस्थामा पुग्दाखेरी आफूले सोंचेका जति कुराहरु छ, यो सोंचेका कुराहरु उसले गर्नपटिृ नै एक्टिभ गर्न नै जान्छ। यदि यो नियन्त्रणभन्दा बाहिर हामीले ] Over Dose जुन भन्छौं, त्यसलाई हामी Optimum भन्दैनौं। Above the level, हजूर, Exclusive level त्योबेला चाहिं आफूले सहने शक्तिभन्दा पनि बढी लेवलमा गयो भनेदेखि नियन्त्रणभन्दा हामी बाहिर गएको Abnormal behaviour देखाउँछ उसले। त्यसले जथाभावी बोल्ने, जे मन लाग्यो, त्यही गर्ने, सोंचेको काम गर्ने…

समिति– त्यसले नबोलिकन कुनै कार्य गर्छ त ? त्यस्तो देखिन्छ नि डा. साहेव ! केही यो जो ड्रंकर्डहरु हुन्छ, मान्छे कोही मान्छेको, कोही अलिकति खाएपछि मनपरी बोलेर हिड्ने हुन्छन्, कोही खाएपछि बिल्कुल नबोल्ने हुन्छन्, कोही खाएपछि चूप लागेर सुत्छन्। त्यस्तो किसिमको हुन्छ होइन फरक ?
डा. कृष्णचन्द्र राजभण्डारीः– फरक हुन्छ। अब, यो व्यक्तिहरुको व्यक्तित्वमा फरक पर्छ। कोही व्यक्तिहरु इन्टरभर्टेड हुन्छ हामी घुसघुसे भन्छौं नेपालीमा। त्यो घुसघुसे व्यक्तिहरुलाई हामी रक्सी खुवायौं भनेदेखि त्यसले मनमा भएका कुराहरु जम्मै व्यक्त गर्न चाहन्छ र सबै निकाल्न खोज्छ। आफूले जुन रोकिरहेका आफ्नो इच्छाहरु भयो, व्यवहारहरु भयो त्यो व्यवहारहरु जम्मै देखाउन खोज्छ। कसैलाई गाली गर्ने हो कि, कसमाथि आफू जाइलाग्ने हो कि, आक्रोश व्यक्त गर्ने हो कि, आफ्नो unhappyness जुन emotional feeling हो त्यो feeling express गर्छ। कोही व्यक्तिहरु बढी बोल्ने छ भनेदेखि रक्सी खाएर नबोलिकन बस्ने, चूप लागेर बस्ने, एकातिर गएर रहने, अरुसंग कुनै किसिमको सम्बन्ध नराख्ने इन्ट¥याक्ट नहाल्ने, यो चाहिं withdraws भन्छौं हामीले, त्यो withdraw भएर बस्छन् तिनीहरु। यो चाहिं व्यक्तित्वमा भर पर्छ। इन्टरभर्टेड व्यक्ति छ भनेदेखि खुलेआम यसले disagreement गर्छ हजूर यो। disagreement भनेको दिमागलाई नियन्त्रण गरेर राखेको चीजलाई अनियन्त्रित हुन्छ। यदि extraverted हो भनेदेखि यसलाई नियन्त्रित गरेर जान्छ। रोकावट गरेर जान्छ र अनि व्यक्त गर्न चाहँदैन। यसले एक सूरमा बसेर यिनीहरु, व्यक्तित्वमा धेरै भर पर्छ यो।

समितिः– यो यसो पनि भनिन्छ, यो कतिसम्म अब यो मिथ्या हो, कतिसम्म सत्य हो होइन; त्यो शुरु शुरुको स्टेजमा जब मान्छेले मादक पदार्थ खान्छ रे, त्यो खाएको बेलामा शुरु शुरुमा जस्तो किसिमको circumstances मा बसेको छ शुरुमा त्यो consume गर्न थालेको बेलामा बढ्ता बोल्ने किसिमको एउटा वातावरण गरेको छ भने ……. सम्म त्यही टेण्डेन्सी डेभलप हुने, शुरुमा खाएर चूप लागेर बस्ने किसिमको वातावरण रहेछ भने पछिसम्म पनि त्यही किसिमको गरेर जाने यस्तो किसिमको।
डा. कृष्णचन्द्र राजभण्डारीः– अब यो जुन रक्सी खाँदाखेरी मान्छेहरु विचारमा व्यक्त गर्ने अभिव्यक्तिहरु जुन हो, त्यो अभिव्यक्ति सिचुएसनमा धेरै भर पर्दछ। मलाई जुन प्रश्न गर्नुभयो, अब त्यसलाई रीस उठाउने अथवा आवेगमा ल्याउने अवस्था ल्याएको छ अथवा त्यसलाई खुशी र इन्टरटेन्ट गर्ने अवस्थामा ल्याएको छ अथवा त्यसलाई इन्टरएक्ट गर्ने नगरिकन एक्लोपनमा राख्ने अवस्था छ; त्यो चाहिं सिचुएशनमा डेफिनेट्ली भर पर्छ। अब उसलाई कुन सिचुएशनमा ऊ खाइरहेकोछ, अब।

समितिः– खाँदाको परिस्थिति ?
डा. कृष्णचन्द्र राजभण्डारीः– खाँदाको परिस्थिति। जस्तो म एउटा example दिऊँ। यदि गाँजा खाएको बेलामा उसलाई गीत अथवा केही राखिदियो भनेदेखि ऊ गीतमा असाध्यै रमाउँछ। गीतको बढी appritiation गर्छ। गीत सुन्ने मात्र होइन, गीत गाएर रमाउन पनि रमाउँछ। यदि ऊ रीसाउने अवस्थामा पारिदियो भनेदेखि ऊ झैं–झगडा गर्न पनि पछि पर्दैन। हातपात गर्न ह्वा–हुर फिजिकल एक्सन गर्न ऊ पछि पर्दैन। यसैले त्यो अवस्थामा जुन बेलामा उसले मादक पदार्थ अथवा कुनै अन्य वस्तुहरु हामी ……. (नबुझिएको) ………. त्यो खाएको अवस्थामा त्यहाँको वातावरण कस्तो छ, वातावरणले धेरै असर पार्छ हजूरको।

समितिः– यस सम्बन्धमा अरु जस्तै मान्छेलाई सानैदेखि भनूँ न कुनै भ्वाइलेन्स किसिमको काम ग¥यो, त्यो गर्नलाई कुन कुन कुराले कस्तो कस्तो अवस्था प¥यो भनेदेखि त्यो व्यक्ति हुन्छ जस्तो मादक पदार्थ खाने अथवा अरु कुनै घरायसी टेन्सन हुने कुरामा झगडा पर्ने यसको अलिअलि यो साइन्टिफिक हिसावबाट यो चीजको यस्तो किसिमको यो यो घटना भयो भने यस्तो केही छ कि ?

डा. कृष्णचन्द्र राजभण्डारीः– यो भ्वाइलेन्स भन्ने नै आफ्नो मनस्थिति नियन्त्रणमा नहुनु हो। यो मनस्थिति नियन्त्रण नहुनमा जसलाई हामी imposive behaviour भनिन्छ। त्यो कुनै अनह्यापी सिचुएसनबाट नै हुने हो। आफूले गर्न खोजेको अवस्था नहुँदाखेरी हुने हो। त्यो अवस्था मेटेरियल्स होस् जस्तो कि घरायसी अवस्था मिलेर जानु हो अथवा मैले अघि नै विन्ति गरीसकें– एउटा सेक्सुअल प्रोबलम भयो, अर्को फिजिकल प्रोबलम भयो। अब शरीरमा कुनै रोग छ, त्यो रोगलाई सहने अवस्था छैन, त्यो अवस्थामा भयो, अनि एउटा रिलेसन प्रोबलम। अब साथीहरुसंग सम्बन्ध छ या मेल होस् या फिमेल होस्; त्यसमा एउटा mis-understanding develop भयो भनेदेखि हुन्छ। तर अहिलेसम्म कुनै एउटा रीसर्चले, एउटा विज्ञानले यत्तिकै हुनुपर्दछ भन्ने कुरा त देखाएको छैन। र हाम्रो एउटा प्रोटोकल हुन्छ, त्यो प्रोटोकल त्यो व्यक्तिलाई हामीले एडमिनिस्टर ग¥यो भनेदेखि त्यो व्यक्तिले गर्छ कि गर्दैन भन्ने कुरा rating scale हुन्छ। त्यो rating scale ले हामीले भन्न सक्छौं कि यसको यस्तो व्यवहार गर्न सक्ने यसको व्यक्तित्व छ अथवा यसको बानी छ अथवा यसमा गुण छ भन्ने कुरा हामी भन्न सक्छौं।

समितिः– जस्तो यो अहिले डा. साहेवले ….. (नबुझिएको) ………. ल्याउनुभयो। यो जस्तो sexual relation या फिजिकल, आफू willness भएको अवस्थामा या अरु social relation का कुराहरुमा चाहिं यो समस्या आयो भने यो चीज हुन्छ भन्नुभयो। त्यो अवस्थामा कुनै लागू औषध, मादक पदार्थ केही सेवन नगर्दाखेरी पनि त्यो आउँछ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– त्यो आउँछ।

समितिः– त्यो सेवन गरिराख्नु पर्ने…. ?
डा. कृष्णचन्द्र राजभण्डारीः– गरिराख्नुपर्ने आवश्यकता छैन।

समितिः– यो के तत्काल यसको duration को पनि केही कुरा छन् कि ? यो जसरी आवेशमा मान्छे आयो, जस्तो sexual relation को लागि, त्यसबाट टेन्सन पुगेको भयो या family problem को कारणबाट केही र ऊ अलिकति beyond एउटा कमन प्रोडेम्स भन्छ त्यो अनुसारको मानिसहरुको व्यवहारभन्दा फरक व्यवहार गर्ने स्थितिमा पुग्यो, कोही मान्छे त्यो चीज फेरि कुनै बेला त cool down भएर normalize भएर आउँछ। त्यसको duration को के छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– त्यस्तै मान्छेहरुले अध्ययन गर्दाखेरी १÷२ महिनादेखि नै मान्छेहरुमा त्यो व्यवहारमा केही फरक देखिन आउँदैन। जस्तो चाहेको भन्दा पनि अनावश्यक अवस्थामा पनि उसलाई रीस उक्साउने, अरुसंग रीस नदेखाउने व्यक्तिहरुलाई पनि उसले रीस देखाइराख्ने, साधारण कुरामा पनि उसलाई उत्तेजित हुने, इरिटेशन हुने, उत्तेजना हुने र अरुसंग राम्रोसंग व्यवहार गरेर बसिरहेछ भने ऊ व्यवहार गरेर बस्न नचाहने एक्लोपनमा रहन चाहने एक्लै सोचिराख्ने, आफ्नो व्यवहारमा फरक देखाउँछ। एक महिनादेखि नै व्यवहार फरक देखाउँछ त्यो व्यक्तिले। र परिवारहरुले अथवा उसको परिवारले धेरै विचार गर्नुपर्दछ कि यसमा यो किसिमको व्यवहारमा परिवर्तन छ भनेदेखिन् यसलाई के हुन लागेको छ भन्ने कुरा हामीलाई संकेत गर्दछ।

समितिः– यो यसलाई के develop हुन निकै लामो टाइम हो कि ?
डा. कृष्णचन्द्र राजभण्डारीः– लाग्दैन।

समितिः– अब, जस्तो भनूँ न, अहिले म यहाँ छु। यो everything family relation या सबै चीज suppose अहिलेसम्म कुनै problem छैन। अहिले म घरमा गएँ। For example, त्यहाँ केही किसिमको समस्या भयो। भनिसकेपछि त्यसले मलाई तुरुन्तै इरिटेशन बढाएर मलाई beyond control स्थितिमा पुर्‍याउन सक्ने पनि हुन्छ कि यो डेभलप हुन टाइम लाग्छ ?

डा. कृष्णचन्द्र राजभण्डारीः– यो मान्छेमा भर पर्ने भयो। व्यक्तित्वमा, पर्सनालिटी यदि साइकोप्याटिक पर्सनालिटी छ भने साइकोप्याटिक पर्सनालिटी हामी कस्तो भन्छौं भनेदेखि उसले आफ्नो मनलाई आफ्नो विवेकलाई उसले कन्ट्रोल नियन्त्रण नै गर्न सक्दैन। त्यसबेला त्यसको कन्सिक्वेन्सेस उसले के हुन्छ भन्ने कुरा नै उसले वास्ता गर्दैन। र त्यो कन्सिक्वेन्सेस त्यो भएतापनि उसले मतलव राख्दैन। साइकोप्याटिक व्यक्ति यस्तो हुन्छ कि त्यसलाई नियन्त्रण गरेर, यो मैले आवेशमा आउन हुन्न; यो पछि पनि त्यसलाई परिवर्तन गर्न सकिन्छ र यसमा हामी चूप लागेर बस्नुपर्छ भन्ने एक प्रकारको व्यक्तित्व छ भने र यो ग¥यो भनेदेखि यसको नराम्रो परिस्थिति हुन्छ है समाजमा। समाजमा मात्रै होइन, म व्यक्तिको, म परिवारको लागि, म समाजमा, म राष्ट्रमा मलाई नराम्रो रिएक्सन हुन्छ है, यसको इमेज खराव हुन्छ भन्ने एक त एक गुणको व्यक्ति हुन्छ भनेदेखि एक व्यक्तित्व कस्तो हुन्छ भनेदेखि तुरुन्त आवेगमा आउने, नियन्त्रण गर्न नसक्ने, त्यसलाई तुरुन्त ऊ आफ्नै गर्न चाहेको हो त्यो आफूले नियन्त्रण नगरिकन आवेगमा आएर काम गरेर आफू सन्तोष गर्ने।

त्यो गरीसकेर आफूले गर्न नहुने कुराहरु गरीसकेर उसले मलाई के भयो भन्ने कुरा व्यक्तित्वमा के आघात प¥यो, इज्जतमा कति आघात प¥यो भन्ने कुरा उसले मतलव राख्दैन। परिवारलाई आघात प¥यो कि परेन भनेर उसले मतलव राख्दैन; समाजलाई आघात प¥यो कि परेन भनेर मतलव राख्दैन; राष्ट्रलाई आघात प¥यो कि परेन भनेर मतलव राख्दैन। त्यस्तो व्यक्तित्व छ भनेदेखि उसले नियन्त्रण गरेन। समय बढी लाग्दैन। त्यो पर्सनालिटी २०/२१ वर्षको उमेरदेखि नै उसको पर्सनालिटी त्यस्तो हुन्छ र त्यस्तो अवस्था छ भनेदेखि समय लामो चाहिंदैन उसलाई। कुनै पनि घरको परिस्थिति अथवा समाजको परिस्थिति अथवा व्यक्तिको परिस्थितिमा ऊ उसको मनमुटाव भयो अथवा मनमा आफूले इच्छा गरेको चीजहरु मिलेन भनेदेखि यो काम उसले गर्न सक्छ।

समितिः– यो हाम्रो यो एउटा traditional concept छ त्यो अहिले पनि कतिपय कुरा सत्य नै होलान्। कि कुनै अपराधको पछाडि महिला (स्त्री भनौं न) पैसा अथवा पद यी तीनवटा चीज कहीं न कहिं जुडेको हुन्छ रे। या त त्यो सम्पत्तिको लागि गर्छ रे, त्यो त्यसको पछाडि कोही स्त्री मानिसको कारण केही चीज हुन्छ रे, sexual relation जसलाई जोडौं; या कुनै पद पावर इत्यादिको लागि यस्तो किसिमको कुरा हुन्छ भन्ने परम्परागत अहिले केही चीजहरु जोडिएको छ। यो यस्तो कुराको सन्दर्भमा यो अहिले जसरी मेन्टल उसबाट चाहिं ड्रग्सहरु खाने, अरु कुरा गर्ने त्यसलाई कहीं जोड्न सकिन्छ ? यसको कहीं सिक्वेन्स हुन्छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– जरुर। यो त यो ठूलो हामी फ्याक्ट मान्छौं। ड्रग्स खाने, ड्रग्स खानेमा एउटा सोसियल फ्याकटर। यो सोधेको प्रश्नमा हामी सोसियल फ्याक्टरमा काउण्ट गर्छौं। सोसियल फ्याक्टरमा अब के चीज जुन रोजेको छ, त्यो आफूले इच्छाएको अनुसार दिएन अथवा केटाले केटी रोजेको छ भनेदेखिन् त्यो इच्छा अनुसार दिएन; पदीयताको पदोन्नति भएन अथवा उसलाई डिमोशन गराइदियो भनेदेखिन् आफ्नो सन्तोष जुटाउनलाई आफ्नो दुःख मेटाउनका लागि यो ड्रग्सको सहारा लिन्छ र बिर्साउन चाहन्छ। त्यो जो व्यक्तिले र यो एउटा पनि ठूलो फ्याक्टर हो लस, family disharmony, merital problem, sexual problem, occupation problem जुन सोध्नुभयो, occupation problem मा आउँछ र employment desire factor जहाँ कि मान्छेहरुले यो डिप्रेशनमा गएर यो जाँड रक्सी र दुव्र्यसनको एउटा आदत लिएर आफ्नो सन्तुष्टि मेटाउन खोज्छन् यिनीहरुले।

समितिः– डिप्रेशन भएपछि अनि त्यो अल्टरनेटको खोजी शुरु हुन्छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– अल्टरनेटको खोजी। इच्छापूर्ति, उसलाई दबाउनको लागि।

समितिः– यो जुन विकल्पको खोजी त्यसलाई ठिक्क हामी भन्दाखेरी अस्वभाविक रुपमा विकल्पको खोजी भन्ने कि त्यस्तो केही खास terminology कस्तो छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– डिप्रेशन भइसकेपछि विकल्पको खोजी भन्छौं।

समितिः– विकल्पको खोजी चाहिं स्वभाविक खोजी हुँदैन ?
डा. कृष्णचन्द्र राजभण्डारीः– स्वभाविकै खोजी हुन्छ त्यो।

समितिः– स्वभाविक ? नर्मल ?
डा. कृष्णचन्द्र राजभण्डारीः– नर्मल्ली नै आउँछ त्यो। कसैले चाहिने रक्सी खान खोज्ने हजूरको, कसैले आफ्नो आत्महत्या गर्न खोज्ने, र

समितिः– भन्नाले मैले यो के भने जुन विकल्प हो, त्यो चाहिं एउटा कमन प्रुडेन्सको मान्छेले यो त्यो किसिमको कमन उसको मान्छेले गर्ने भन्दा त्यो भन्दा बाहिरको चीज चाहिं खोजी गर्छ उसले ?
डा. कृष्णचन्द्र राजभण्डारीः– होइन, खोजी गर्छ।

समितिः– यो average standard को मान्छे हुन्छ नि !
डा. कृष्णचन्द्र राजभण्डारीः– त्यसले खोज्दैन।

समितिः– त्यसले नखोज्ने चीज उसले खोजी गर्छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– उसले खोजी गर्छ। नर्मल मान्छेले त त्यस्तो …… (नबुझिएको) ……. गर्दैन हजुर त्यो The fact of stress.

समितिः– उसले यो चीजलाई समावेश गर्ने …
डा. कृष्णचन्द्र राजभण्डारीः– यो चीजलाईं म लडेर यसलाई मैले ओभरटेक गर्नुपर्दछ । यो स्ट्रेसलाई भनेर उ जान्छ ( पोजेटिभ वे मा ?) पोजेटिभ वेले जान्छ । तर यो एब्नर्मल विहाभिएर भएको व्यक्तिहरुले के गर्छ भनेदेखि Alternative negative think गर्छ (नेगेटिभ हिसावबाट जो Average मान्छेले सोच्दैन ?) सोच्दैन।

मानिसहरुको मानसिकतामा तीनवटा कम्पोनेन्ट आउँछ । एउटा आफ्नो जीवनको वारेमा, एउटा समाजको जीवनको बारेमा, एउटा फ्युचरको बारेमा । यसलाई उसले कसरी हेरिरहेको छ त्यसले ? आफ्नो व्यक्तित्व राम्रो छ भन्ने सोचाईलाई पोजिटिभ थिङ्किङ भयो । आफ्नो व्यक्तित्व आफ्नो नराम्रो छ भनेर सोच्ने नेगेटिभ थिङ्किङ भयो । अर्को उसले वरिपरिको वातावरण उसले कसरी सोचेको छ ? त्यो वातावरण मेरो चाहिने फेभरेबल छ राम्रो छ अथवा वातावरण मेरो फेभरेबल छैन। सकेण्डमा यो फ्युचरको बारेमा मेरो फ्युचर राम्रो छ वा छैन । त्यसकारणले मान्छेको थिङ्किङमा तीनवटा कम्पोनेन्ट आउँछ । First of Self, Positive and Negative Thinking. Second, The thinking of the Sorrounding, thinking of the future. त्यही अनुरुप यसले काम गरीरहेको हो । नेगेटिभ अथवा पोजिटिभ वेमा ।

समितिः– शाही सेनामा २६ बर्ष जो सर्भिस भयो । यसमा यहाँको के शुरु देखिनै मनोविज्ञान सम्बन्धी विषयमा भनौ न यो न्यूरो साइकोलोजी ?
डा. कृष्णचन्द्र राजभण्डारीः– न्यूरो साइृकियाट्रिक डिर्पाटमेन्ट, म विशेषज्ञ छु । त्यहाँ विभागीय प्रमुख पनि छु, मेडिकल डिभिजनको चिफ पनि, त्यहीं डेपुटी डाइरेक्टरसम्म पनि म भएँ । र मेरो लाष्ट पद म फूल कर्णेलमा म रिटार्यड भएँ । र अहिले ।

समितिः– फूल कर्णेल भन्नाले ?
डा. कृष्णचन्द्र राजभण्डारीः– महासेनानी र अहिले चाहिने मेरो परिचय दिंदा त्यो त भू.पू. नै भयो । म अहिले काठमाडौं कलेजमा न्यूरो साइकियाट्रिक विभागको विशेषज्ञ छु ।

समितिः– यसमा यहाँको जस्तो एकेडेमीक ट्रेनिङ्ग, यस विषयमा यो साइकियाट्रिक जुन सब्जेक्टमा गर्नु भयो Specialization त्यो कहाँबाट के डिभिजनमा ?
डा. कृष्णचन्द्र राजभण्डारीः– यो नेशनल इन्स्टीच्यूट अफ मेन्टल हेथ्ल न्यूरो साइन्स वेंगलोरबाट मैले डबल पोष्ट ग्रयाजुयट गरें । DPM (Diploma in साइकियाट्रिक) अनि मास्टर इन MD न्यूरो साइकियाट्रिक , डक्टर इन न्यूरो साइकियाट्रिक । MD न्यूरो साइकियाट्रिक दुइटा डवल पोष्ट ग्राजुयट गरे मैले त्यहाँबाट । त्यसपछि म न्यूरोलोजीमा साइकियाट्रिकमा युनिभरसिटी अफ ब्रुक आर्मी मेडिकल सेन्टर टेक्सासमा, युएसए हो । अनि त्यस्तै आइजनहावर (Eisenhouer) (August हस्पिटल अगस्टा त्यसमा गरें, Drug Abuse/Control को बारेमा गरें ।

समितिः– अगष्टाबाट त्यसको डिग्री के भन्छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– तिनीहरुको टे«निङ Advance Training न्यूरो डिभिजनमा Advance Training हो ।

समितिः– यो पाहुनाहरु पनि छ सम्माननीयज्यूहरु पनि छँदैछ । डा. सावलाई यो एउटा Request के गरौं भने अहिले हामीले जुन विषयहरुमा ग¥यो कि कसरी मानिसले यस्तरी एउटा अस्वाभाविक किसिमको व्यवहार गर्न उद्दत हुन्छ ? बढी पे्ररित हुन्छ भन्ने विषयमा यसको जुन Authentic Writer हरुबाट लेखेको कुनै एउटा किताव अथवा लिटरेचर हुन्छ नि जसबाट यसको केही पाइयोस । हामी रिटर्न गर्ने गरी एउटा त्यस्तो केही जसबाट यो चीजको अध्ययन केही चीज हेर्न सकियोस् त्यो पाउन सक्छौं ?

डा. कृष्णचन्द्र राजभण्डारीः– यो कम्प्युटरमा मैले हेरिनै राखेको थिएँ । मर्डर एण्ड भाइलेन्स भन्ने । अव म्याटल्याण्डबाट हाम्रो धेरै नै स्टडी छ; ४००० कपीहरु ।
समितिः– भोलुमस् कुराहरुको त त्यसको फेरी सिनोप्सिस् निकाल्दा पनि हामीलाई गाह्रो हुन्छ। टक्क कही त्यस्तो किसिमको छ ?

डा. कृष्णचन्द्र राजभण्डारीः– हुन्छ। अब हजूरले टपिक्स दिइबक्सनु प¥यो। मर्डर एण्ड मर्डर टु फ्यामिली एण्ड सुसाइड भन्ने छ। अरुलाई मारेर आफू मर्ने एउटा छ।
समितिः– सेपरेट टपिकमा लिट्रेचर छ ?
डा. कृष्णचन्द्र राजभण्डारीः– लिट्रेचर छ।
समितिः– मोटो छ डा. साहेव ?

डा. कृष्णचन्द्र राजभण्डारीः– होइन, त्यो मेडलाइनबाट खरर्रै दिन्छ। इन्टरनेटमा अब कति कुन सालको हामीलाई चाहियो अब ? २००० सालको चाहियो कि ? १९९७ को चाहियो ? १९९७ देखिको हामीलाई आर्टिकल चाहियो भने उसले खररर दिन्छ। हामीले प्रिन्टमा हेर्नुप¥यो यो। हाम्रै कम्प्युटर हुन्छ। त्यसमा हामीले सर्च मा मर्डर टु फ्यामिली एण्ड सुसाइड सेल्फ।
समितिः– त्यो पनि हामीले खोज्नुभन्दा डा. साहेवलाई आइडिया छ। त्यसैले हामीलाई उपलब्ध गराइदिन सक्नुहुन्छ कि ?

डा. कृष्णचन्द्र राजभण्डारीः– हुन्छ। अब मलाई टपिक्स हजूरले कुन चाहिं ।
समितिः– त्यही अघिकै।

डा. कृष्णचन्द्र राजभण्डारीः– मैले यसो हेर्दा हेर्दै मेरो विचारमा त्यही लागेको हुनाले मैले पनि त्यही मेडलाइनमा कम्प्युटरमा त्यही हेरिरहेको थिएँ। मैले सरकारको मृत्युमा म ११/१२ बजेसम्म के रहेछ..
समितिः– होइन, यसो गरौं। डा. साहेवले हामीलाई सप्लाई गरिदिनुहोस्। जति मोटो भएपनि त्यसको खर्च आउँछ भने पनि बिल पनि पठाइदिनु होला।

4 comments to दरबार हत्याकाण्ड छानबिन समितिको प्रश्न- मोटो छ डा. साहेब?

  • sisir

    sorry for the previous mistake. It should have been Pashupati samser was great grand son of Chandra samser( fifth rana pm of Nepal), like wise Devyani would be great great grand daughter of Chandra Samser.
    yesto hola unko bansa..
    Chandra samser ->>> Mohan Samser ->> Bijay samser ->> Pashupati samser ( his daughter Devyani)

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sisir

    Devyani is not grand daughter of Chandra Samser but his father Pashupati Samser ( married to Gwalior royal princess) was a grand son of Chandra Samser. Thats why pashupati is also known as nati General.. by this relation Devyani should be great grand daughter of Chandra Samser..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Rabin

    It was done by either Maoist or Dipendra himself. King Birendra and his family were popular amongst Nepali citzens. In that case even if the king had agreed upon constitutional assembly, Maoist had almost zero chance of winning as they were too ruthless. So, only way for them was to finish his lineage.
    Dipendra like many of they Royals had drug abuse habit. His maternal family had a feud with the Chandrasamser lineage, and the girl Devyani whom he chose to marry was grand daughter of chandrasamser. So, queen Aishwarya had warned Dipendra that he will loose the throne and also the royal allowances if he was to marry Devyani. So we can imagibe that Dipendra wanted the throne and the girl or else no one would get his rightful claim to the throne which he got at his birth.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Babu Sandip Bhattarai

    Very much informative , sir if it is possible can I get the copy of the report presented by Mr taranath ranabhat for the massacre. Bhtsand.babu@gmail.com it will be great if you can do it for me. Thank you 🙏

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)