यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नेपालले कोरोना संक्रमणको संख्यामा श्रीलंका र माल्दिभ्सलाई उछिन्यो

दक्षिण एसियामा सबैभन्दा पहिला कोभिड-१९ पुष्टि भएको देश नेपाल थियो। नेपालमा पहिलो पटक कोभिड-१९ भेटिँदा चीन बाहिर ९ देशमा मात्रै यसको पुष्टि भएको थियो। त्यतिबेला नेपालमा यो पुष्टि गर्ने प्रयोगशाला पनि थिएन। हङकङ पठाएर पुष्टि भइसक्दासम्म ती व्यक्ति निको भइसकेका थिए। त्यसपछि लामो समयसम्म नेपालमा दोस्रो केस देखिएन। १९ मार्चदेखि २३ मार्चसम्म कोभिड-१९ संक्रमित संख्याको सूचीमा नेपाल दक्षिण एसियामा सबैभन्दा तल थियो। तर मे महिनाको अन्त्यसँगै नेपाल अब श्रीलंका र माल्दिभ्सकै हाराहारीमा आइपुग्यो। र, जुन महिनाको पहिलो दिन त नेपालले यी दुवै देशलाई उछिन्यो।

जुन १ मा नेपालको कूल संक्रमित संख्या १ हजार ७९८ भएको छ भने श्रीलंकाको १ हजार ६३३ र माल्दिभ्सको १ हजार ७७३ छ।

नेपालमा ८ जनाको मृत्यु भइसकेको छ। माल्दिभ्समा भने ५ जनाको मात्र मृत्यु भएको छ। श्रीलंकामा भने १० जनाको मृत्यु भइसकेको छ।

माथिको बार चार्ट रेसमा तपाईँ देख्न सक्नुहुन्छ, पछिल्लो समयमा नेपालको पनि गति बढेको छ।

दक्षिण एसियामा सबैभन्दा अग्रस्थानमा भारत छ। भारत विश्वमै टप ७ मा रहेको छ।

दक्षिण एसियामा दोस्रो स्थानमा पाकिस्तान छ। लकडाउन खोलिसकेको पाकिस्तानमा फेरि लकडाउन लगाउने कि भन्ने तयारी भइरहेको छ।

तेस्रो स्थानमा बंगलादेश छ। चौथोमा भने अफगानिस्तान छ।

नेपाल दक्षिण एसियामा संक्रमितको संख्यामा पाँचौँ भएको छ।

विश्वको हेर्नुस्-

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)