यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

के नेपाली डाक्टरले बनाएको कोरोना खोपबारे डब्लुएचओले चासो दिएको हो?

प्राध्यापक डाक्टर ललितकुमार दास अहिले निकै चर्चामा छन्। यतिबेला सबैतिर चासोको विषय भएको कोरोनाभाइरस (कोभिड-१९) को उपचार गर्ने ओखती वा खोप बनेको भन्ने बित्तिकै ध्यान त तानिने नै भयो। त्यसमाथि एक नेपालीले नेपालमै औषधि बनाएको दावी गरेका छन्! यस्तो दावी एक महिनाअघि नै विभिन्न मिडियामा आएकै थियो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले समेत यसमा चासो राखेको समाचार आएपछि  भने पछिल्लो समय उनको चर्चा झन् चुलिएको छ। हामीले यही समाचारको बारेमा फ्याक्टचेक गरेका छौँ। 

हाल प्रकाशन बन्द भएको अङ्ग्रेजी दैनिक रिपब्लिकाको अनलाइन माइरिपब्लिकामा जुन ५ मा डब्लुएचओले यो खोप बारे जानकारी लिएको समाचार राखेको थियो।

समाचारमा डब्लुएचओले भिडियो कन्फ्रेन्सबाट उनले विकास गरेको खोप (भ्याक्सिन)बारे जानकारी लिएको दावी राखिएको छ। यो कस्तो कन्फ्रेन्स थियो, को को सहभागी थिए? डब्लुएचओको तर्फबाट को सहभागी थिए आदिबारे कुनै पनि विवरण समाचारमा छैन।

अन्नपूर्ण पोस्टमा पनि जेठ  २३ मा प्रकाशित समाचार फेसबुकमा भाइरल भएको छ।

यसैगरी  नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे परीक्षण प्रक्रिया शुरु शीर्षकको समाचार सेतोपाटीको फेसबुकमा शनिबार मध्यरातसम्म एक हजार पाँच सय सेयर, ७८९ कमेन्ट र १० हजार रियाक्सनका साथ भाइरल भएको छ।

सेतोपाटीको यो समाचार खासमा सरकारी समाचार एजेन्सी राससले तयार पारेको हो र स्वास्थ्यखबर लगायत अन्य थुप्रै अनलाइनहरुमा पनि आएका छन्।

त्यसैगरी सरकारी अखबार गोरखापत्रको २०७७ जेठ २४ शनिबारको अङ्कको पहिलो पेजमै एङ्कर समाचारका रुपमा ‘नेपालमा कोरोना खोप बनाएको दावी, विश्व स्वास्थ्य सङ्गठनले थप अनुसन्धानमा सहयोग गर्ने’शीर्षकमा समाचार प्रकाशित छ।

युट्युबरहरुले त खोप पत्ता मात्र लगाएका छैनन्, विश्वको ध्यान नेपालमा तानेर WHO को टोलीलाई समेत नेपाल बोलाइसकेको छ।

के हो समाचारको तथ्य?

हामीले यो विषयमा डब्लुएचओको मुख्य कार्यालयमा इमेल गरी सोध्यौँ। डब्लुएचओका प्रवक्ता डा. मार्गरेट ह्यारिसले यो विषयमा दिल्लीस्थित दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयबाट आधिकारिक प्रतिक्रिया दिइने जवाफ पठायो। उक्त कार्यालयको जवाफ आउन बाँकी छ। डब्लुएचओको नेपालस्थित कार्यालयका अधिकारीले अनौपचारिक कुराकानीमा यस्तो खोपबारे यहाँको कार्यालय बेखबर भएको जानकारी दिए।

समाचारमा लेखिएको छ-

डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ। भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ।

हामीले यसबारे डाक्टर दासलाई मोबाइलमा सम्पर्क गरी त्यो कस्तो खालको इमेल हो भनेर सोध्दा उनले विश्व स्वास्थ्य संगठनले आफूलाई कुनै इमेल नपठाएको बताए। जबकि समाचारमा डाक्टर दासलाई नै उद्‍धृत गर्दै विश्व स्वास्थ्य संगठनले इमेलबाट औषधिलाई सुईमार्फत् दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिइएको दावी गरिएको छ।

उनले डब्लुएचओको सबै पाटो गैरेजीले हेर्नुभएको भन्दै दामोदर गैरेलाई फोन दिए। समाचारमा पनि डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्रीका रुपमा गैरेको परिचय दिइएको छ।

‘डब्लुएचओले १६ पेजको इमेल पठाएको रहेछ, के इमेल रहेछ त्यो हाम्रो इमेलमा फरवार्ड गरिदिनुस् न’ भनेर अनुरोध गर्‍यौँ।

‘त्यो भ्याक्सिनेसन सम्बन्धी प्रोटोकल हो, डब्लुएचओको वेबसाइट मै पाइन्छ होला’, उनले जवाफ दिए। हामीले इमेलै फरवार्ड गरिदिनुस् न भनेर हाम्रो इमेल दियौँ।

उनले समाचारमा भनिए जस्तो डब्लुएचओले पठाएको इमेल फरवार्ड नगरी ‘WHO guideline’ सब्जेक्ट राखी ६०१ केबीको एउटा पिडिएफ फाइल अट्याच गरी इमेल पठाए।

यो डब्लुएचओले २८ मे, २०२० मा प्रकाशन गरेको An international randomised trial of candidate vaccines against COVID-19 सम्बन्धी १७ पेजको डकुमेन्ट हो। यहाँ क्लिक गरी हेर्नुस् डकुमेन्ट यो डकुमेन्ट डब्लुएचओको वेबसाइटमै पनि छ।

डब्लुएचओबाटै आएको इमेल फरवार्ड नभएको हुनाले डब्लुएचओले १६ पेज लामो सुझाव तथा जिज्ञासा पठाएको, डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको जस्ता समाचारका दावी पुष्टि हुँदैनन्।

राससको समाचारमा लेखिएको छ-

गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ। ‘डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ,’ उनले भने।

डाक्टर दासले आफूलाई डब्लुएचओले केही नभनेको बताएको र गैरेले डब्लुएचओको इमेल फरवार्ड नगरेका कारण डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको अनि डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको जस्ता दावी पुष्टि हुन सक्दैनन्।

गोरखापत्रको समाचारमा लेखिएको छ-

कोरोना भाइरसविरुद्धको दुई प्रकारको खोप तयार पार्नुभएका डा. दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासो राखेर छलफलसमेत गरेको छ । नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा. दासले मङ्गलबार भर्चुअल छलफल गर्नुभएको थियो ।
डा. दासले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र सङ्गठनसँगको अपेक्षाका बारेमा छलफलमा भएको जानकारी दिनुभयो । अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्नसमेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा. दासले जानकारी दिनुभयो ।

यो कस्तो खालको कन्फ्रेन्स थियो भनेर सोधेको प्रश्नको जवाफमा डा. दासले प्रष्ट पार्न सकेनन्। उनले जुन २ तारिखमा साढे ४ बजे प्रोग्राम भएको र ल्याबबाटै सहभागी भएको मात्रै बताए। डब्लुएचओका तर्फबाट को थिए भनेर सोध्दा उनले एक जना लेडिजले क्वेस्चन गर्नुभएको मात्रै बताए।

उनको भनाई अनुसार डब्लुएचओको कुनै वेबिनारमा उनी सहभागी भए जस्तो बुझिन्छ। सामान्यतया यस्तो वेबिनारको भिडियो डब्लुएचओले राखेको हुन्छ। तर उनले ७३ देशका अनुसन्धानकर्तासित भएको दावी गरिएको भर्चुअल छलफलको भिडियोको न लिङ्क दिन सके न यसबारे विस्तृत विवरण नै। त्यसैले उनको यो दावी पनि अपुष्ट छ।

‘खोप हो कि औषधि नै कन्फ्युज’

हामीले तपाईँले बनाउनु भएको भनिएको कोरोना भाइरसविरुद्धको खोप हो कि औषधि भनेर सोध्दा उनी अन्यौलमा परे। उनले भने, मैले बनाएको लिक्विड (तरल) मा छ सोलिड (ठोस) मा छैन।

उनले औषधि र खोपको फरक नै नबुझेको जस्तो देखियो।

खोपमा संक्रामक रोग लगाउने माइक्रोअर्गानिजम जस्तै खालको एजेन्ट हुन्छ। तर त्यो कमजोर वा मारिएको खालको हुन्छ। यो एजेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँदै त्यो एजेन्टलाई नष्ट गरिदिन्छ र भविष्यमा पनि चिनेर नष्ट पारिदिन्छ।

उदाहरणका लागि विक्रम संवत् ३० को दशकमा नेपालमा पनि महामारीका रुपमा फैलिएको बिफर अर्थात् स्मलपक्सको कुरा गरौँ। अनुसन्धानकर्ताहरुले यो भाइरसविरुद्ध बनाएको खोपमा मान्छेको शरीरमा जिउँदो भाइरस नै इन्जेक्ट गर्ने हुन्। तर त्यो भाइरस भारिओला भाइरस नामको बिफर लगाउने भाइरस नभएर भ्याक्सिनिया भाइरस नामको भाइरस हुन्छ। यो भाइरस भारिओला भाइरसभन्दा सानो हुने जस्तै हुने हुनाले शरीरले पर्याप्त एन्टिबडी बनाउँछ जुन बिफर भाइरससित लड्न पर्याप्त हुन्छ। यो खोप लगाउँदा शरीरमा दाग पनि बस्ने गर्छ।

खोप सर्वसाधारणलाई दिनुअघि धेरै अनुसन्धान आवश्यक हुन्छ। अहिले विश्वमा कोरोनाभाइरस विरुद्ध विभिन्न खोपको ट्रायल भइरहेको छ। यसको विस्तृत जानकारी डब्लुएचओले २ जुन, २०२० मा यहाँ राखेको छ।

डा. दासले आफूले नौ वटा मोडलको तरल खोप/औषधि बनाएको दावी गर्छन्। त्यसमध्ये तीन वटा मोडल कोरोनाका लागि र छ वटा मोडल इम्युनिटी पावरका लागि भएको भन्ने उनी ‘गोपनीयताका कारण थप भन्न मिल्दैन’ भन्दै पन्छिए।

समाचारमा उनले कोरोना भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरिएको उल्लेख छ। भाइरसलाई परीक्षणै नगरी कसरी भाइरस मर्ने दावी गर्नुभयो त भन्ने प्रश्नको उत्तरमा उनले भाइरसलाई परीक्षण गर्ने काम भाइरोलोजी ल्याबको भएको बताए। अन्य वैज्ञानिक परीक्षण भनेको के हो भन्ने प्रश्नको उत्तर पनि उनले प्रष्ट दिएनन्।

निश्कर्ष : कोरोना भाइरसविरुद्ध खोप तयार पारेको डा. दासको अपुष्ट दावी मात्र हो। उनको दावी अनुसारको कुनै परीक्षण भइसकेको छैन। यसबारे डब्लुएचओ जोडेर आएका खबर पनि अपुष्ट हो। यसको पुष्टि हुने कुनै प्रमाण न दास र उनका सहयोगीहरुले दिन सके, न हामीले नै भेट्यौँ।

12 comments to के नेपाली डाक्टरले बनाएको कोरोना खोपबारे डब्लुएचओले चासो दिएको हो?

  • Bijay

    मादवादी संगठनले निकालेको औषधिको विषयमा पनि लेख्नुहोस्।
    धन्यवाद।

  • Rabin Tamang

    I knew it when I first saw his interview on Sidha Kura. These days it has become easy peasy to fool Public considering most of us don’t do fact check. Social media has become defacto source of fake news. Unfortunately, main stream medias are not helpimg either to stop the fake news, instead they have become spreader of such news.

  • Navin Rayamajhi

    ललितकुमार दास नामको एउटा मान्छेले बनाएको दाबि गरेको कोरोनाको को औसधीको आधिकारिकता के हो? उनका अनुसार यो औसधीको बारेमा डब्लु एच ओ ले पनि रुची देखाएको छ, यदी यस्तो हो भने डब्लु एच ओ को वेबसाइटमा हुनु पर्ने हो. मेरो बिचारमा यो दास भन्ने मान्छे ठग हो र यसको दाबी पनि खोक्रो छ. बुझ्दै नबुझी सामाजिक सन्जालमा सेयर गर्ने र युट्युब को हावादारी भिडियो मा बिस्वास गर्ने हरुले मान्छे हरुमा भ्रम फैलाई रहेका छन्. यस्ता बकम्फुसे हरुलाई कारबाही गर्नु पर्छ.

  • बासु

    समाचारमा प्रकाशित भएको ल्याबको एउटा फोटो नै यथेष्ट छ जसमा टेबुलमाथि पत्रिका ओछ्याईएका छन् अनि त्यसमाथि केहि ल्याबका सामानहरु छन्। ल्याब भन्न सुहाउने काम नै नदेखिए पछि कसरी कोभिड१९ को खोपमा पत्याउनु?
    तर पनि जहाँसम्म लाग्छ वहाँ प्रयत्नरत हुनुहुन्छ र वहाँलाई सफलता मिलोस्।

  • Nullius In Verba

    It’s called “quackery”, meaning a mockery of science! Thanks Umesh ji, you are one of the ‘shining cities on a hill’, so to speak, in Nepali journalism along with Amit Dhakal, Tika Ram Yatri, and few others. Keep checking facts at the age of alternative facts! Trust but verify!

  • Bimal C

    After reviewing the reports that are available, including the interviews, I would say –forget about Prof. Das developing a vaccine or a medicine against the Coronavirus. In a corner of one’s thoughts, it only leaves a plenty of room to doubt on his PhD thesis. Like Prashantji said in his comments, I also have the same questions on the journalistic work as mentioned. However, we should appreciate the initiative and efforts of Prof. Das. As far as WHO is concerned, the less said is better. Why did they hire our Secretary of Health and posted to Delhi without a cooling off period? There must be other instances also like this one. Esto parale pani kahi huncha?

  • Dinesh Subedi

    This doctor is a total quack. He got media boost after Ravi Lamichhane called him for interview. There is no scientific basis. He is not a medical or pharmacological doctor either.

  • prashant

    My previous post is not for this blog but for the journalists who published first. Someone need to teach them about the Journalists Ethics 101.

  • Prashant

    30 Seconds of Fame.
    Who will believe that..
    Look at the picture he is holding the vials and rest of his students I guess.
    None of them are wearing any PPE. Greatest of all he is not wearing latex gloves.
    Come on Jurno’s, you all have some sense not delve into such items.

    First thing we all need to ask is, where did he receive his COVID-19 specimen to test.
    Then on what animal(s) and so on. How did he tested on human or plan to test on.

    Pasupatinath Le Hami Sabai Ko Kalyan Garun.

  • Shankar

    बिहार दरभंगा बाट मास्टर्स गरेर ठाकुरराम क्याम्पस हुदै बन्बिज्ञान पुगेको उहा ले तेतिमात्र होइन कुन दिन क्यान्सर र एड्स को पनिऔसधि निकाले अचम्म मान्न पर्दैन। जानेको धेरै जानेको हुनुहुन्छ उहाहरु।

  • PP

    Wow… Hats off to you Umesh jee for your research and accurate information about the differences between drugs (for treatment) vs. vaccine (prevention). In a country where journalists sensationalize unverified news, you are a rare find.

    Like the above comment mentioned, both vaccine and drug development are lengthy and costly processes and it is unthinkable that anyone or any lab in Nepal without strong government funding will be able to come up with something like this. I can guarantee that it is nothing more than snake oil. Hundreds of vaccine and drug trials are currently undergoing around the world and governments and companies have invested heavily in these. There was news recently that one of these companies received $490 million from the US government for developing RNA-based vaccine. And that was only for one company.

    Other than suggesting some kind of snake oil, these researchers cannot come up with anything that would do anything for protecting from COVID-19. These kind of news can only become reality when the government starts putting money, I mean lots and lots of money, to science and research.

  • Kamal

    Developing a Vaccine for any disease (minor or major) is a long process. After developing any medicine, it needs a lot of trail works and verification. We all know, curing or immunize against Corona-virus is not an easy thing. Lots of research around the globe could not find any solution yet. So, please think before writing any thing.