gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

फेसबुक लाइभको ‘ब्रेकिङ’ बाट ‘नरसंहार’ सम्म : रुकुम घटना यसरी आयो चर्चामा


‘अहिले रातिको १ बजेको छ…यो मान्छे मारेर फालिएको छ…यो चाहिँ लाइभ भिडियोमार्फत् हजुरहरुलाई प्रत्यक्ष हामी देखाइरहेका छौँ। यो लाश देखिराख्नुभएको छ। मान्छे मारेर फालिएको हो यो गाइज…यो के हो, कस्तो हो चाहिँ  भोलि थाहा हुनेछ ..लाशको मुख चाहिँ देखिरहेको छैन।’

अहिले देशविदेशमा चर्चित ६ जनाको ज्यान जाने गरी भएको रुकुम-जाजरकोट घटनालाई ‘ब्रेक’ गर्ने कुनै मिडिया थिएन, फेसबुक लाइभ थियो। जेठ १० गते मध्यरात कटिसकेपछि एक स्थानीयले लाइभ गरेको यो भिडियोमा बगिरहेको नदीको पानी मै घोप्टिएको अवस्थामा एउटा शव देखिन्छ।  ५२ सेकेन्डको यो लाइभ भिडियोमा शवको प्रकृति देखेर होला शायद् खिच्नेले भनेको छ- ‘मान्छे मारेर फालिएको हो यो गाइज।’ 

तपाईँको समय कम छ भने…
लकडाउनको समयमा एक हप्ता लगाएर रुकुम र जाजरकोट पुगेर फर्किएपछि आफूले देखेका केही कुराहरु ब्लगमा लेख्दैछु। त्यस क्रममा आजको पहिलो ब्लगमा फेसबुक लाइभको ब्रेकिङबाट सुरु भएको यो समाचारको कभरेज मिडियामा कसरी भयो र कसरी यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषय बन्यो, त्यसबारे लेखेको छु।

    • राससमा पहिलो समाचार आयो। त्यसमा शव कता भेटिएको नै उल्लेख थिएन
    • सुरुमा ‘हत्या’ भनेर समाचार आयो। त्यसपछि भेरीमा डुबेर मरेको भन्ने आयो, तीन दिनपछि हाम्फालेको भनेर आयो। घटनाको तीन दिनपछि बल्ल कान्तिपुर र नयाँ पत्रिकाले पहिलो पेजमा यो घटनालाई महत्वका साथ छापेका थिए।
    • रुकुम र जाजरकोटका पत्रकारहरुको फरक एङ्गलका समाचार छन्।
    • कान्तिपुरले तयारै नभएको पोस्टमार्टम रिपोर्टको समाचार बनाएको भन्दै जाजरकोटका डाक्टरले विज्ञप्ति जारी गर्न लागेका थिए। तर रोकियो।

रुकुम र जाजरकोट जोड्ने धल्ला पुल नजिकै भेरीमा शव फेला परेको सूचना प्रहरीलाई राति १० बजे नै आइसकेको थियो भने शव नवराज विककै भएको सनाखत स्थानीयले राति १ बजे गरेका थिए।

मिडियामा भने यो समाचार आउन अझै केही घण्टा लाग्यो। मिडियामा यो समाचार ‘ब्रेक’ गर्ने सरकारी समाचार एजेन्सी रासस थियो। समाचार राससका जाजरकोट रिपोर्टर हेमन्त केसीले लेखेका थिए।

‘हल्ला त मैले राति साढे नौ बजे नै सुनेको थिएँ,’ केसीले मलाई सुनाए अनुसार उनले पुष्टि गर्नलाई जाजरकोटका डिएसपी किशोर श्रेष्ठलाई फोन गरे। तर सम्पर्क हुन सकेन। राससको नाइट डेस्क पनि बन्द भइसकेको थियो। त्यसैले एउटा एसएमएस गरेर उनी सुते।

एकाबिहानै साढे ५ बजे डिएसपीले कलब्याक गरे। रुकुमपट्टीको पनि खबर बुझ्नलाई त्यहाँका डिएसपीलाई फोन गर्दा उठेन। त्यसैले ब्रेक गरिहालौँ भनेर जाजरकोटका डिएसपीले दिएको जानकारीका आधारमा उनले तत्काल समाचार राससमा फाइल गरे।

राससको बिहानी डेस्कमा रहेका सम्पादकले सम्पादन गरी राससको सिस्टममा यो समाचार राखे, जहाँबाट शुल्क तिरेर ग्राहक भएका देशभरका पत्रपत्रिका, अनलाइन, रेडियोले हेर्न पाउँछन्। उनीहरुले आवश्यक समाचारलाई रासस क्रेडिट दिएर आफ्नोमा प्रकाशन गर्ने गर्छन्।

जेठ ११ गतेको बिहानी बुलेटिनको यो समाचारलाई देशका अधिकांश मिडियाले आफ्नै हेडलाइन राखेर प्रकाशन/प्रसारण गरे। बिहान ७ देखि ८ बजेको बीचमा बिहानी डेस्क सक्रिय भएका अधिकांश अनलाइनमा यो समाचार विभिन्न हेडलाइनमा आइसकेको थियो।

शव कता भेटियो नै उल्लेख नभएको समाचार

यो समाचारलाई जातीय विभेदसँग जोडेर हेडलाइन बनाउने पहिलो मिडिया अनलाइनखबर थियो। ‘उच्च जात’ की युवतीसँग प्रेम गरेको भन्दै गाउँलेको कुटाइबाट दलित युवकको मृत्यु यसको शीर्षक थियो।

सेतोपाटीको शीर्षक थियो- गाउँलेको कुटाइबाट प्रेमिका भगाउन गएका युवकको मृत्यु, ६ बेपत्ता

‘नागरिक’ले भने गाउँलेको कुटाइबाट युवकको मृत्यु मात्रै शीर्षक राखेको थियो।

उज्यालोले ‘जाजरकाेटमा गाउँलेको कुटाइबाट एक जनाको ज्यान गयाे, ६ जना बेपत्ता’ शीर्षकमा समाचार राखेको थियो।

शीर्षक फरक भए पनि सबैतिर भित्र समाचार भने राससकै थियो। उज्यालोले मात्र राससको समाचारमा सम्पादन गरी किशोरीको नाम गोप्य राखेर ‘युवती’ मात्र लेखेको थियो। समाचारमा उमेर खुलाइएको थिएन। अरु सबैले संवेदनशीलताको विचार नगरी किशोरीको नामसमेत खुलाएका छन्।

समाचारको लिडलाइनमा नै ‘गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ’ लेखिएको छ।

समाचारमा फेसबुकमा ब्रेक भइसकेको भेरी नदीमा शव भेटिएको बारे केही उल्लेख छैन। समाचार पढ्दा गाउँलेले गाउँमै कुटपिट गर्दा नवराजको मृत्यु भएको जस्तो बुझिन्छ।

केटाहरु आएको खबर (नाम हामीले हटाएको)की आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए। गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ – समाचारमा लेखिएको छ।

यो घटनाबारे आएको सुरुको समाचारमा नै धेरै गलत जानकारी रहेका छन्। समाचारमा नवराजसँग गएका ६ युवा बेपत्ता भएको उल्लेख थियो। तर पछि नवराजसँग गएका ५ जनाको मात्रै शव भेटियो। नवराजसित १९ युवा जाजरकोटबाट सोती पुगेको भन्ने समाचार आए पनि खासमा १८ जना मात्रै पुगेका थिए। चौरजहारी घर भएका गोपाल बुढाथोकी पनि केही परसम्म त नवराजकै समूहमा गएका थिए, तर पछि केटीको घरसम्म नपुगी बीच बाटोबाटै फर्किएका थिए।

उनीसमेत बेपत्ता भएको खबर आउन थालेपछि गोपाल आफै प्रहरीको सम्पर्कमा आएर भनेका थिए- म घरैमा छु, बेपत्ता भएको होइन।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसी सुरुमा अन्यौल भएको स्वीकार्छन्। घटना के हो, कसो हो भन्ने नै भेउ पाउन सकेको थिएन प्रहरीले। गोपाल जस्तै हराइरहेका अरु पनि सम्पर्कमा आइहाल्छन् कि भन्ने आश थियो। स्थानीय पत्रकारहरु उज्यालोका राजु लामिछाने, राससका हेमन्त केसी र अन्नपूर्ण पोस्टका राजेन्द्र कार्कीलाई पनि सुरुमा यस्तै लागेको थियो। ‘त्यति धेरै मरेको जस्तो त लागेको थिएन, सामान्य झडप भयो होला जस्तो लागेको थियो,’ कान्तिपुरका रुकुम रिपोर्टर हरि गौतमले सुनाए।

डिएसपी केसी कै शब्दमा घटनामा एकपछि अर्को पत्र खुल्दै गयो र १० दिनको अन्तरमा दिन बिराएर एक एक गर्दै ६/६ जनाको शव भेटिएपछि पो घटना यति गम्भीर प्रकृतिको रहेको स्पष्ट भयो। मुसिकोटस्थित आफ्नो कार्यकक्षमा हामीसित कुरा गर्दै उनले अब यो जघन्य प्रकृतिको अपराध भएको स्पष्ट भइसकेको र त्यही अनुसार अनुसन्धान केन्द्रित गरिसकेको जानकारी दिए।

सुरुकै समाचारमा लेखिएको किशोरीकै ‘आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए’ पनि अनुसन्धानबाट पुष्टि भइसकेको विषय होइन। किशोरीले अर्कै सिम चलाउन थालेकी, उनको पुरानो नम्बरबाट अर्कैले नवराजलाई मेसेज गरेको जस्ता विषयमा अनुसन्धान भइरहेको छ। तर यी लगायतका अपुष्ट जानकारीहरु समाचार बनेपछि किशोरीलाई लक्षित गरी सामाजिक सञ्जालहरुमा नानाभाँती सुन्नै नसकिने गाली वर्षिने क्रम जारी छ।

सुरुमा ‘हत्या’, त्यसपछि ‘डुबेर मरेको’

राससको समाचार बिहानै व्यापक भएपछि दिउँसोसम्ममा मिडियाहरुले आफ्नै रिपोर्टरहरुबाट समाचार बनाउन थाले। राससको समाचारका आधारमा ‘हत्या’ भएको समाचार छ्याप्छ्याप्ती भइसकेको थियो। अलि समयपछि भने ‘डुबेर मरेको’ समाचार आउन थाल्यो।

अन्नपूर्ण पोस्टमा जेठ ११ गते बिहान साढे नौ बजेतिर राजेन्द्र कार्कीको जाजरकोट डेटलाइनमा केटी भगाउन गएका युवकको मृत्यु : ६ जना बेपत्ता, १२ पक्राउ शीर्षकमा समाचार छापियो। राससको समाचारमा नदीको कुरा उल्लेख नभए पनि अन्नपूर्णको समाचारमा भने लिडलाइनमा नै ‘केटी भगाउन गएका एक युवाको नदीमा डुबेर मुत्यु भएको’ उल्लेख छ।

समाचारमा ‘जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको गाउँलेहरुको लखेटाईबाट भाग्दै गर्दा भेरी नदीमा डुबेर मृत्यु भएको हो’ भन्दै ‘सँगै भागेका अरु ६ जना बेपत्ता भएको’ उल्लेख गरिएको छ।

राजेन्द्रको घर र नवराजको घर आधा घण्टा जति टाढा पर्छ। उनले अघिल्लो राति झगडा भएको भन्ने त थाहा पाएका थिए, तर सामान्य होला भनेर वास्ता गरेनन्। बिहान उठ्दा त हल्लाखल्ला भइसकेको थियो।

राजेन्द्रले मलाई सुनाए अनुसार उनले त्यसपछि जाजरकोटका डिएसपीलाई फोन गरे। उनले पुष्टि गरेपछि भेरीमा डुबेर मरेको समाचार पुलिसको कोट राखी बनाए।

त्यतिबेलासम्म १९ जना नवराजसित गएको, १२ जनालाई किशोरीको सोती गाउँका गाउँलेहरुले प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएको र सात जना हराएको र एक जनाको शव भेटिएको भन्ने नै थियो।

त्यही दिन बेलुकी अर्को लाश भेटियो नदीमा- रुकुम पश्चिम चौरजहारी नगरपालिका १ घर भएका टीकाराम विक।

भोलिपल्ट जेठ १२ गते अन्नपूर्ण पोस्टले प्राथमिकताका साथ पहिलो पेजमा यो घटनाको समाचार छापेको थियो। ‘मैले फिचर स्टाइलमा समाचार लेखेको थिएँ,’ राजेन्द्र सम्झन्छन्, ‘एङ्कर बनाएर छापिएको थियो।’

‘जातीय विभेदको पराकाष्ठा, दुलही लिन जाँदा आक्रमण, दुईको मृत्यु, पाँच बेपत्ता, वडाध्यक्षसहित पाँच जना पक्राउ’ समाचारको शीर्षक थियो।

जाजरकोटका रिपोर्टरलाई बेतलबी विदामा राखिसकेको कान्तिपुरले भने यो घटनाको सानो समाचार चौथो पेजमा छापेको थियो। ‘बिहेको किचलोमा दुईको मृत्यु’ शीर्षकको समाचार डेटलाइन रुकुम पश्चिम/जाजरकोट रहेको छ।

अन्नपूर्णमा जातीय विभेदको पराकाष्ठा शीर्षकमा समाचार आइरहँदा त्यही दिनको कान्तिपुरको समाचारमा भने यही घटनामा संलग्न भएको आरोपमा हिरासतमा रहेका वडाध्यक्ष डम्मरबहादुर मल्लको कोट थियो- जातीय भेदभावका कारण घटना नभएको भन्ने। ‘अहिले एक टोलबाट अर्को टोलमा जान मनाही छ’ भन्ने कोट पनि त्यसमा रहेको छ।

यद्यपि, यो समाचारमा नवराजसँगै गएर घाइते भएका आशिष विकको पनि भनाई राखेर समाचार ब्यालेन्स गर्न खोजिएको छ- ‘तल्लो जातको केटाले माथिल्लो जातकी केटी लिन आयो भन्दै लखेटेका हुन्।’

तीन दिनपछि बल्ल कान्तिपुर र नयाँ पत्रिकाको पहिलो पेजमा

घटना शनिबार भएको थियो, मंगलबार बल्ल कान्तिपुर र नयाँ पत्रिकाको पहिलो पेजमा प्राथमिकताका साथ यो घटनाको समाचार छापियो। यही दिन दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा जनार्दन शर्माले यो घटनाकै सर्वाधिक विवादास्पद वक्तव्य दिए। त्यसपछि नै एउटा ट्रयाकमा गइरहेको घटनाको अनुसन्धानमा अकस्मात् राजनीतिक संरक्षणमा पीडकलाई बचाउन खोजिएको आरोप लाग्यो।

नयाँ पत्रिकाको १३ जेठ, २०७७ को मुख्य समाचार।

कान्तिपुरको १३ जेठ, २०७७ को पहिलो पेज।

‘भेरीमा हाम्फालेको’ र ‘मारेर फालेको’

घटनाको दुई दिनसम्मको प्रमुख मिडियाको कभरेजमा सुरुमा हत्या, त्यसपछि ‘भेरीमा डुबेर मरेको’ जस्ता शब्दमात्रै आएका थिए। तेस्रो दिनदेखि भने ‘ज्यान जोगाउन भेरीमा हाम्फालेको’ र ‘मारेर फालेको’ कुरा आउन थाल्यो। १३ जेठको नयाँ पत्रिकाको मुख्य समाचारको प्याकेजको सबहेडलाइनमा ज्यान बचाउन ‘भेरीमा हाम्फालेका तीन जनाको शव भेटियो, तीन अझै बेपत्ता’ लेखिएको छ। समाचारमा लेखिएको छ, ‘गाउँलेले ढुंगामुढा गरेर लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको छ, तीन अझै बेपत्ता छन् । रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीमा कथित माथिल्लो जातकी युवतीसँग प्रेमबिहे गर्न जाजरकोटबाट आएका दलित युवा र उनका साथीहरूको समूहलाई स्थानीयले अन्धाधुन्द आक्रमण गरेका थिए । नदीमा हामफाले पनि गाउँलेले ढुंगा प्रहार गरेपछि साथीहरू डुबेको उनका साथीहरूले बताएका छन्।’

समाचारमा १७ वर्षकी किशोरीलाई ‘युवती’ लेखिएको छ। त्यसैगरी नवराज विकका साथी आशिष विक र सुर्खेतका पत्रकार खगेन्द्र सुनारको भनाई उद्‍धृत गर्दै समाचारमा कुटेर, मारेर भेरीमा फालिएको दावी गरिएको छ। सुनारले  ‘नवराजको शरीरभरि हेरिनसक्नु घाउ नै घाउ छ, टाउको र मुखमा ढुंगैढुंगाले हानेर हत्या गरेको देखिन्छ । नदीमा त मारेर फालिएको मात्रै हो, पानी खाएको छैन ’ भनेको पनि समाचारमा छ।

घटनामा राजनीतिकरण भएको मान्ने राससका पत्रकार हेमन्त केसीका अनुसार समाचार लेख्नुपर्ने पत्रकारले अनसनसमेत बसेको पनि देखियो। उनको संकेत सुनारतर्फ नै थियो। बुझिए अनुसार ‘होस गर्नु’ भनेर धम्की आएपछि असुरक्षा महसूस गरी उनी रुकुमबाट फर्किएका थिए। पछि उनी फेरि रुकुम आउन खोज्दा प्रशासनले रोकेको विरोधमा पत्रकारहरुको संघसंस्थाले नभई नेपाली कांग्रेसको भ्रातए संस्था तरुण दलले विज्ञप्ति निकालेको थियो।

कान्तिपुरको समाचारमा पनि पहिलो पटक मारेर फालेको थ्यौरी यही दिन आएको थियो। नवराजसँगै गएका उनका साथी सरोज भडेललाई उद्‍धृत गर्दै कान्तिपुरको समाचारमा लेखिएको छ- ‘उनीहरुले नवराजलाई ढुंगाले हानेर मारेपछि भेरी नदीमा फ्याँके।’

एउटा मिडियामा आएका कुरालाई अर्को मिडियामा आएको कुराले काट्ने गरेको पनि देखिएको छ। कान्तिपुरको समाचारमा आमा उर्मिला विकले आफूलाई छोरा नवराज दुलही लिन गएको थाहा नभएको बताएकी छिन्। समाचारमा लेखिएको छ- ‘नवराजले केटी लिन जाँदा घरपरिवारलाई जानकारी भने गराएका थिएनन् । उनी ‘काफल खान जान्छु’ भन्दै घरबाट निस्केको आमा उर्मिलाले बताइन्।’ तर नागरिकको जेठ ११ को पहिलो पेजमा छापिएको समाचारमा भने आमालाई जानकारी मात्र होइन, बुहारी भित्र्याउने चटारोमै रहेको उल्लेख छ। समाचारमा लेखिएको छ- ‘जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन्।’

यस्तै समाचारहरु पढेका कारण रुकुम र जाजरकोट पुग्नुअघि मेरो दिमागमा यो घटनाको केही चित्र यस्तो बनेको थियो-

  • नवराजले आफ्नो अन्तर्जातीय प्रेमलाई सफल बनाउन प्रेमिकालाई भगाएर ल्याउन साथीहरु लिएर केटीको गाउँ गए।
  • केटीको परिवारले कथित तल्लो जातको भन्दै उनीहरुको अपमान गरे। गाउँलेले बोलाएर लखेटे।
  • गाउँलेले लखेटेर कुटी कुटी मारे अथवा गाउँलेहरुले लखेट्दै लगेपछि भाग्ने ठाउँ नभएका कारण भिरबाट खोलामा हाम्फाले।

घटनास्थलमा आफै पुगेर हेरेपछि धेरै कुरामा आफू क्लियर हुन पाइन्छ। त्यहाँ पुगेर घटनास्थल हेरेपछि मलाई लागेको कुरा अर्को ब्लग रिपोर्टमा लेख्‍ने नै छु।

भेरी वारी र पारीका पत्रकारबीचको द्वन्द्व

जाजरकोट र रुकुमको बीचबाट भेरी नदी बग्छ। भेरीले दुई जिल्लालाई मात्र छुट्याएको ठान्थेँ, तर यहाँ आएर कुरा बुझ्दा पो थाहा भयो, पत्रकारहरुलाई पनि पो छुट्याएको रहेछ। रुकुम जाँदै गर्दा नै हामीलाई दलित अधिकारकर्मी विनोद पहाडीले सुनाएका थिए, ‘रुकुमका पत्रकारहरुले साँचो कुरा लेख्नै सकिरहेका छैनन्। जति पनि समाचार आएका छन्, जाजरकोटबाट आएका छन्।’

केटा जाजरकोट निवासी, केटी रुकुम पश्चिम निवासी। घटना भएको रुकुम पश्चिममा, लाश भेटिएको  जाजरकोटमा।  समाचार भने पहिले जाजरकोटका पत्रकारले लेखे। काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय दैनिकका रुकुम रिपोर्टर आफूलाई जेठ ११ गते बिहानै जाजरकोटबाटै समाचार लेखेर तिम्रो मिडियामा पठाउनु पर्‍यो भनेर इमेल आएको बताउँछन्।

जनार्दन शर्माको छायाँमा परेर डराएर सत्य लेख्न नसकेको आरोप जाजरकोटका पत्रकारहरु लगाउँछन् भने रुकुमका पत्रकारहरु चाहिँ पारी जाजरकोटका पत्रकारहरुले आचार संहितानै नमानी अनुसन्धान भइरहेको विषयमा बिना कसैको कोट पहिलो दिन नै हत्या भनेर ठोकुवा गरी समाचार लेखेको आरोप लगाउँछन्।

‘हामीले त सही कुरा भन्दा पनि गलत जस्तो हुन गयो। बाहिर जस्तो हल्ला भयो, त्यस्तै हो भन्ने हुनथाल्यो’, रुकुम सदरमुकाम मुसिकोटबाट प्रकाशित हुने आहा सञ्चार साप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्का भन्छन्, ‘केन्द्रबाट त्यस्तै समाचार बनाउन दबाब आउन थाल्यो।’ उनी राजधानीका केही मिडियालाई पनि रुकुमबाट रिपोर्टिङ गर्छन्।

सोसल मिडियामा पनि धेरै चर्चाको विषय बनेको यो घटनाबारे रुकुमका पत्रकारहरुले आफ्नै फेसबुकमा धेरै आलोचना खेपे।  कान्तिपुर टेलिभिजनमा ‘दोहोरो झडप’ भएको भन्दै समाचार आएपछि रुकुमका पत्रकारहरु सामाजिक सञ्जालमा तारो भएका थिए। घटनामा केटा पक्षका कसैले प्रतिकार गरेको संकेतसम्म नदेखिएको प्रहरी अनुसन्धानले देखाएको छ।

जाजरकोटबाट सञ्चालित प्रवाह डट कमका सञ्चालक तथा सम्पादकसमेत रहेका राजेन्द्र कार्की रुकुमका पत्रकारहरुले गाउँमा ठकुरी र दलितबीच बिहे भएको उदाहरण सहित समाचार बनाएको तर भित्री कुरा नआएको बताउँछन्। ‘भित्री कुरा आएकै छैन। त्यहाँ जातीय विभेद छ। बिहे गरे पनि परिवारले स्वीकारेका छैनन्’, उनी बताउँछन्।

किन भेरी वारी र भेरी पारीका पत्रकारहरुको फरक फरक रिपोर्टिङ भएको भन्ने मेरो प्रश्नको जवाफमा आफूले पनि पत्रकारिता पढेको सुनाउँदै राससका रिपोर्टर हेमन्त केसीले बुझाए, ‘हरेक घटनाका पछाडि व्यक्तिका आफ्ना विचार हुन्छन् र त्यसै अनुसार एजेन्डा सेटिङ पनि हुन्छ। तर तथ्य मारेर एजेन्डा सेटिङ हुनु राम्रो होइन।’

जाजरकोट र रुकुमका प्रहरीकै कोट फरक फरक आएको आफूले देखेको उनले बताए।

जाजरकोटकै अर्का एक पत्रकारले भने दलीय आस्थाका आधारमा पनि फरक समाचार लेखिएको दावी गरे। प्रेस युनियनमा आवद्ध पत्रकारले मुसिकोटमा बसेर लेख्ने पत्रकारहरुले जस्तै लेखेका छैनन्, उनको दावी थियो।  प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। जाजरकोट र रुकुम दुवै ठाउँमा भने प्रतिपक्षी नेपाली कांग्रेस कमजोर छ। दुवै ठाउँ तत्कालीन माओवादीको बलियो प्रभाव क्षेत्र हो। त्यसमा अहिले पार्टी एक भएपछि एमाले पनि थपिएको छ। पार्टी एक भए पनि केन्द्रदेखि नै पूर्व माओवादी र पूर्व एमालेबीच द्वन्द्व भएकोले यो घटनामा पनि त्यस्तै भएको हुनसक्ने आशंका केहीले गरे पनि देखिने गरी त्यसो नभएको हामीले सुन्यौँ।

कार्की रुकुमका पत्रकारहरुले पीडक पक्षको कुरा धेरै सुनेको र जाजरकोटका पत्रकारले पीडित पक्षको कुरा सुनेर न्यायको पक्षमा लेखेको दावी गर्छन्।

रुकुमको चौरजहारी बसेर उज्यालोका लागि रिपोर्टिङ गर्ने राजु लामिछाने भने फरक विचार राख्छन्, ‘सुरुमा घटनास्थलमा नै नपुगी समाचार आएका थिए।’ त्यसैले सुरुमा ‘हत्या’, त्यसपछि ‘डुबेर मरेको’,  ‘हाम्फालेको’ जस्ता समाचार आएका थिए। घटनास्थल पुगेर तयार  पारिएका रिपोर्टहरु सन्तुलित भएको उनको बुझाइ छ। लामिछानेले उज्यालोका लागि जेठ १३ गते नै ‘अन्तरजातीय प्रेममा हुनुहुन्थ्यो नवराज, अकल्पनीय घटनामा साथीहरुसँगै ज्यान गुमाउनुभयो’ शीर्षकमा समाचार लेखेका थिए।

तयारै नभएको पोस्टमार्टम रिपोर्ट कान्तिपुरमा

जाजरकोटका पत्रकारहरुलाई आचार संहिताको बारेमा प्रश्न उठाउने क्रममा रुकुमका पत्रकारहरुले कान्तिपुरमा छापिएको पोस्टमार्टम रिपोर्टलाई पनि उदाहरणका रुपमा देखाउँछन्। कान्तिपुरले जेठ १७ गतेको पत्रिकामा पहिलो पेजमा ‘भेरीमा बगेका सपनाहरु’ शीर्षकमा समाचार राखेको थियो। सोही समाचारमा पृष्ठ ४ मा तानिएका समाचार शीर्षकहरु यस्ता थिए- ‘पोस्टमार्टम रिपोर्ट भन्छ- कुटपिटबाट मृत्यु, नदीमा बगे पनि पेटमा पानी भरिएको भेटिएन।’

पृष्ठ ४ मा यस्तो छापिएको थियो- ‘पोस्टमार्टम रिपोर्ट भन्छ : पाँचै युवाको मृत्यु कुटपिटबाट। भेरी नदीमा बगे पनि उनीहरुको पेटमा पानी भरिएको नदेखिएको चिकित्सकको भनाई।’

समाचारमा लेखिएको छ- ‘रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्। मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले कान्तिपुरलाई बताए। ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ उनका अनुसार नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए।

तर हामीले रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल  र प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीलाई जेठ २२ गते भेट्दा दुवैले पोस्टमार्टम आइनसकेको बताए। अर्थात् जेठ १७ गते जतिबेला कान्तिपुरमा समाचार छापिएको थियो, त्यतिबेलासम्म पोस्टमार्टम रिपोर्ट नै तयार भइनसकेको ती अधिकारीहरुको दावी थियो।

रुकुमका पत्रकारहरुका अनुसार उनीहरुले सोध्दा पनि जाजरकोटका पोस्टमार्टममा संलग्न चिकित्सकले रिपोर्ट तयार नै नभएको बताएका थिए।

इन्सेकले तयार पारेको प्रारम्भिक स्थलगत अनुगमन प्रतिवेदनमा पनि जाजरकोटको स्वास्थ्य सेवा कार्यालयका डाक्टर सुनील पुनले आफूहरुसँग सम्पर्क नै नगरी समाचार लेखिएको बताएका छन्।

यसै अनुसार चिकित्सकहरुले विज्ञप्ति निकाल्ने तयारी पनि गरिसकेका थिए। तर अन्तिम समयमा पत्रकार महासंघको पहलमा भएको ‘भद्र सहमति’ का कारण विज्ञप्ति रोकियो। यद्यपि अस्पताल स्रोतले गरेको दावी अनुसार यस्तो छापिएकोमा समाचार लेख्‍ने पत्रकार भीमबहादुर सिंहले माफी मागेपछि विज्ञप्ति ननिकालिएको हो। सिंह नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाका अध्यक्ष पनि हुन्।

यो घटनाको अनुसन्धानमा पोस्टमार्टम रिपोर्टले धेरै कुरा खुलाउँछ। ६ जनालाई कुटपिट गरेर बेहोस अवस्थामा फ्याँकेको कि मारेर फ्याँकिएको वा नदी तर्ने क्रममा डुबेर मरेको जस्ता प्रश्नको धेरै हदसम्म जवाफ दिन्छ। तर पोस्टमार्टम रिपोर्ट तयारै नभई कान्तिपुरमा आएपछि भने डाक्टरसमेत तनावमा परे।

पोस्टमार्टम रिपोर्ट उल्लेख नगरिए पनि त्यस्तो रिपोर्टमै उल्लेख गरिने खालको विवरण भएको समाचार राजधानी दैनिकमा कान्तिपुरमा माथिको समाचार छापिएको एक हप्तापछि अर्थात्  जेठ २४ गते छापियो।

सोती हत्या काण्ड : सबैको शव घाइते अंगभंग भएको अवस्थामा भेटिए, सामूहिक हत्याको आशंका शीर्षकको जाजरकोट डेटलाइनको समाचारमा पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको लिडलाइन छ।

समाचारमा प्रयोग भएको अंगभंग र क्षतविक्षत शब्दले शरीरका अंग नै छुट्टिएको जस्तो अर्थ दिन्छ। तर मैले हेरेका केही शवको फोटोमा अंग छुट्टिएको अवस्थामा देखिएन। राजधानी दैनिकको मेन न्युज बनेको यो समाचारमा प्रहरी वा प्रशासन कसैको पनि कोट छैन। लाशको प्रकृति बयान गरिएको समाचारमा कोट नेपाली कांग्रेस जाजरकोट क्षेत्रका सचिव छवि पन्तले जानकारी दिएको लेखिएको छ। पन्त चौरजहारी हत्याकाण्ड संघर्ष समितिका सहसंयोजक पनि हुन्। नगेन्द्र शाह संयोजक रहेको समितिले कोरोना संक्रमणको कारण देखाउँदै जेठ २६ देखिको संघर्षका कार्यक्रम स्थगित गरिसकेको छ। 

‘नरसंहार’

सुरुमा ‘हत्या’, त्यसपछि भेरीमा ‘डुबेर मरेको’, भेरीमा ‘हाम्फालेको’ जस्ता शब्द हुँदाहुँदै रुकुम घटनामा एक्स्ट्रिम खालको ‘नरसंहार’ शब्द पनि प्रयोग हुन थाल्यो। यतिन्जेल दलितहरु र उनीहरुलाई साथ दिँदै समतामूलक समाजका पक्षधरहरुले देशभर आवाज घन्काउन थालिसकेका थिए। सामाजिक सञ्जालमा त्योभन्दा अघि नै चर्को बहस हुन थालिसकेको थियो। नरसंहार खासमा जात, राष्ट्रियता वा धर्मलाई लक्षित गरी ठूलो संख्यामा मानिसहरुको हत्या हुँदा (उदाहरणका लागि रवान्डाको हुतु र तुत्सी, बोस्निया) प्रयोग हुने अंग्रेजी शब्द genocide को हिन्दी अनुवाद हो। नेपाली शब्दकोशमा नरसंहार शब्द छैन।

सबैभन्दा पहिले ‘नरसंहार’ शब्द जेठ १३ गतेको संसदमा नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले प्रयोग गरेका थिए। त्यतिन्जेल तीन वटा शव फेला परिसकेका थिए।

जेठ १४ गते नेपाललाइभको सम्पादकीयमा नरसंहार शब्दको प्रयोग गरिएको छ। ‘रुकुम नरसंहार’मा निर्मला प्रकरण जसरी हाम्रो शिर नझुकोस् शीर्षकको सम्पादकीयमा लेखिएको छ- रुकुमको चौरजहारी नरसंहारमा निर्मला प्रकरणमा जसरी हामी कसैको शिर नझुकोस्।

समाचारमा प्रयोग नभए पनि विचार पेजमा कान्तिपुरमा पनि रुकुम घटनाको लागि नरसंहार शब्दको प्रयोग व्यापक हुन थाल्यो। नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, अनलाइनखबरले पनि विचारहरुमा त्यो शब्दको प्रयोग गर्न थाले। टेलिभिजन लगायत केही मिडियामा समाचारमै पनि नरसंहार शब्दको प्रयोग हुन थाल्यो।

(अर्को ब्लग रिपोर्ट यो घटनामा फैलिएका मिथ्या सूचनाहरुबारे)

11 comments to फेसबुक लाइभको ‘ब्रेकिङ’ बाट ‘नरसंहार’ सम्म : रुकुम घटना यसरी आयो चर्चामा