यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कोरोनाले नछोएको नेपालको एक मात्र जिल्ला


केही दिनअघिसम्म स्वास्थ्य मन्त्रालयको सिचुएसन रिपोर्टमा नेपालमा कोभिड-१९ ले नछोएका तीन जिल्ला हरियो रङमा देखिन्थे। ती थिए- मुस्ताङ, रसुवा र ओखलढुंगा। यो अलि अनौठो स्थिति थियो। मुस्ताङ र रसुवा चीनसित सीमाना जोडिएको जिल्ला। अनि ओखलढुंगा भने सबै संक्रमित भेटिएका जिल्लाले घेरिएको जिल्ला। मुस्ताङ गण्डकी प्रदेशको, रसुवा वाग्मती प्रदेशको र ओखलढुंगा प्रदेश १ को। अस्तिसम्ममा मुस्ताङ र ओखलढुंगावासीमा पनि संक्रमण पुष्टि भयो। योसँगै नेपालका कूल ७७ जिल्लामध्ये कोभिड-१९ ले नछोएको एक मात्र जिल्ला रसुवा हुन पुगेको छ।

रसुवा अहिलेसम्म ग्रिनजोनमा पर्नुको अर्थ रसुवाका बासिन्दा र रसुवाका स्थायी बासिन्दा भएर नेपालका अरु जिल्लामा बसेका कसैमा पनि कोभिड-१९ पोजिटिभ नदेखिनु हो। कसैको स्थायी जिल्ला एउटा र हाल बसोबास गरेको जिल्ला अर्कै हुँदा सो जिल्लामा संक्रमण भएको कि नभएको भन्ने अन्यौल भएको पाइन्छ। तर रसुवाको मामिलामा भने अहिलेसम्म न त्यहाँ संक्रमण भेटिएको छ, न रसुवा स्थायी बासिन्दा भएर हाल अर्कै जिल्लामा बस्नेहरुमा।

रसुवा पाँच वटा गाउँपालिका भएको जिल्ला हो। यहाँको जनसंख्या ४२ हजार हाराहारी छ।

कोरोना संक्रमितको संख्या १० हजार छुन लागेको छ। शायद् भोलिसम्ममा १० हजार छुनसक्छ। आज ९ हजार ५६२ पुगेको छ।

नेपालको कोरोना संक्रमितको तथ्याङ्क हेर्दा ९१ प्रतिशत पुरुष र ९ प्रतिशत महिला देखिएको छ। तर नेपालमा कोरोनाबाट पहिलो मृत्यु भने महिलाको भएको थियो।

उमेर समूह हेर्ने हो भने २१ देखि ३० वर्ष समूहमा सबैभन्दा धेरै कोरोना संक्रमण भएको छ।

 

Comments