gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

बाह्रखरी कथा विवाद : दोषी लेखक कि निर्णायक?

12khari books katha

-मनीष उप्रेती-

साहित्यमा ‘हजार’ नगदका पुरस्कारहरुको पनि खुबै चर्चा हुन्छ भने यो त एक लाख नगदको पुरस्कार। बाह्रखरी बुक्सले गत वर्षदेखि सुरु गरेको एक लाख नगदवाला ‘राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता’ यसपालि ठूलै विवादमा फँसेको छ। खासमा वैशाख १२ मा नै प्रतियोगिताको नतिजा घोषणा हुनु पर्ने थियो, तर लकडाउन भएका कारण दुई महिना पछि सारेर असार ८ गतेमात्रै घोषणा गरिएको थियो।

चन्द्रागिरिबाट सार्वजनिक गरिएको नतिजामा सिरहाकी मुना चौधरीको कथा ‘लार’ प्रथम घोषणा भयो। एक लाख नगद, शिल्ड र प्रमाणपत्र हात पार्ने यही कथा चरम विवादमा आएपछि साहित्यकार र यसप्रति चासो राख्नेहरुले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरिरहेका छन्। ‘स्तरहीन कथालाई सर्वोत्कृष्ट ठहर गरिएको’ भन्दै निर्णायकमाथि नै आक्रोश थोपरिएको छ।

विवादको मूल कारण हो- पहिल्यै प्रकाशित कथा प्रतियोगितामा किन पठाइयो? निर्णायक मण्डलले किन पूर्वप्रकाशित कथालाई पुरस्कृत गरे?

के थियो नियम?

पोहोर माघ १० गते ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिताको दोस्रो संस्करण’ घोषणा गरिएको थियो। आयोजकले कथा पठाउँदा पालना गर्नुपर्ने नियममा ‘प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कथा कतै प्रकाशन तथा प्रसारण नपाइने र त्यस्तो पाइए पुरस्कार निलम्बन गरिने’ पनि उल्लेख थियो।

सर्त तथा नियमको तेस्रो र चौथो बुँदामा भनिएको थियो– ‘–कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ। प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कथा कतै प्रकाशन तथा प्रसारण गर्न पाइनेछैन। –छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ।’

अब पुरस्कार घोषणा हुनुअघि नै कथा अन्यत्र प्रकाशन भएको फेला पर्दा दोष कथाकारको हुने कि निर्णायकको त? के अब एक लाख रुपैयाँ आयोजकले फिर्ता लिन पाउँछ?

सामाजिक सञ्जालमा कतिपयले पुरस्कार फिर्ता गर्नुपर्ने समेत लेखेका छन्। धेरैजसोले आयोजकप्रति आक्रोश पोखेका छन्।

कथाकार एलबी क्षेत्रीले फेसबुकमा लेखेका छन्, ‘एउटै कथालाई शीर्षक र पात्र फेरेर कुनै प्रतियोगितालाई पठाउनुलाई के भन्ने? पाइन्छ र? यो त कथाकै बिजोग भएन र? अनि त्यसमाथि एक लाखको पुरस्कार? यो त पुरस्कारमाथि नै प्रश्नचिह्न होइन र?’

समालोचक नेत्र एटमले भने यो दोष निर्णायकको नभई कथाकारकै भएको ठोकुवा गरेका छन्। उनले लेखेका छन्, ‘अधिक नगद राशि भएका पुरस्कारमा केही लेखकको विशेष आकर्षण हुन्छ, यो अन्यथा होइन। तर जसरी भए पनि पुरस्कार हात पार्नुपर्छ भन्ने सोच र त्यसैअनुरुपको कार्य नितान्त गलत हो। प्राप्त कथाको मूल्यांनका निम्ति बाहिरका कथा पढ्नुपर्छ भन्ने मान्यतालाई म अस्वीकार गर्छु। त्यो खोजी निर्णायकको दायित्वमा पनि पर्दैन। यो पैसाको लोभमा लेखकले गरेको गलत काम हो। यस्तो कामलाई साहित्यको उन्नयनका निम्ति प्रतियोगिता गरेको हो भन्ने आयोजकले नै उचित ‘ल्यान्डिङ’ गर्नुपर्छ र कथाकारले नै त्यसको अपजसको भारी बोक्नुपर्छ।’

कथा पहिल्यै छापिएको हो त?

नागरिक दैनिकको अनलाइन संस्करणमा जेठ ३१ गते ‘पुवार’ शीर्षकमा मुना चौधरीको कथा छापिएको छ। यो कथाको शीर्षक र पात्रको नामबाहेक प्रतियोगितामा प्रथम घोषित कथा हुबहु मिल्छ। दुवै कथाको कन्टेन्ट, संवाद, परिवेशलगायत उस्तै छ। पुरस्कृत कथाको शीर्षक फेरेर ‘लार’ राखिएको छ। नागरिकमा छापिएको कथामा छेदिलाल र पानो प्रमुख पात्र छन्। पुरस्कृत कथामा भने देवेन र सुखरी। नागरिकमा प्रकाशित कथामा पनि सम्पादकले हेलचेक्रयाइँ गरेका छन्, जहाँ अचानक ‘देवन’को नाम दुई ठाउँ आएको छ। पानो लेख्नुपर्नेमा एक ठाउँ ‘लेलही’ राखिएको छ।

घोषणा मिति वैशाख १२ लाई तोकिएको थियो तर कोरोना महामारीले स्थगित भयो। त्यतिन्जेल निर्णायकले यो कथालाई पुरस्कृत गर्ने भनी निर्णय पनि गरिसकेका थिए होलान्। त्यसो भए वैशाख १२ पछि कथा अन्यत्र छाप्न पाइन्थ्यो त?

सर्तअनुसार पाइँदैन। स्पष्टै भनिएको छ, ‘प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कथा कतै प्रकाशन तथा प्रसारण गर्न पाइनेछैन।’ प्रतियोगितामा सहभागी भइसकेपछि प्रतियोगीले आयोजकको सर्त मान्नैपर्छ। यस अर्थमा कथाकार मुना चौधरीले बेवास्ता गरेको ठहर्छ। यदि प्रतियोगिता घोषणा नभई नागरिकमा कथा पठाएको र प्रकाशनमा ढिलो भएको भए उनले आफ्नो कथा प्रकाशन नगर्न सूचना दिनुपर्थ्यो।

शर्तविपरीत घोषणाअघि उनको कथा नागरिकमा छापिएको र प्रथम घोषित कथासँग हुबहु मिल्छ भनेर ठोकुवा भने गर्न सकिन्छ। नागरिकमा जहाँ कथा टुंग्याइएको छ, प्रथम घोषित कथामा भने त्यसपछि पनि थपेर कथानक तन्काइएको छ। यसो हुँदा कथा टुंगिएको झैं त लाग्छ तर कथामा हुनुपर्ने गुण पाइँदैन।

कथाको प्रारम्भमा अलि फरक गर्न खोजिए पनि अलि तलदेखि दुवै कथाका लाइन–लाइन मिल्न पुग्छन्। भाषिक संरचना र द्वन्द्वलगायत आधारभूत तत्वमा कथा चुकेको छ। महिला कथाकारले लेखेको कथामा महिलालाई नै निकै कमजोर र ‘यौन व्यभिचारी’झैं बनाउन खोजिएको छ । बच्चा र श्रीमान्‌भन्दा बढी परपुरुषलाई माया गर्न खोजेको देखाइएको छ । दिनहुँ वा दिन बिराएर यौन तुष्टि लिन पाएकै लोभमा ‘प्रेम’ अँकुराएको अर्थ्याउन खोजिएको छ। के यौनमात्रै प्रेम हो? यौनबिनाको प्रेमलाई प्रेम नै नभन्ने?

वैदेशिक रोजगारीमा गएको श्रीमान्‌को अभावमा यौन आशक्तिले छटपटीएकी एक महिलालाई मूल पात्रका रुपमा उभ्याइएको छ। श्रीमान्‌सँगै विदेशमा काम गर्ने पल्लो गाउँको देवेन गाउँ फर्किन्छ र श्रीमान्‌ले पठाएको सामान पुर्‍याउन पानोको घर पुग्छ। बिस्तारै उनीहरु नजिकिन्छन्। रातको समयमा दिसा गर्न निस्कने निहुँमा बारीमा जान्छे र देवेनसँग यौनप्यास मेटेर फर्किन्छे। यो क्रम धेरै समय चलिरहन्छ।

एकदिन बच्चीलाई छाडेर ऊ देवेनसँग जान्छे। दिन बित्दै जाँदा देवेनमा पहिलेजस्तो ‘ऊर्जा’ हुँदैन। बिस्तारै कुटपिट गर्ने अवस्थासम्म पुग्छ। अपमान सहन नसकेर सुखरी राति नै हिँड्छे । बिहान लार (पराल) को माचछेउ शरीरमा रगत लतपतिएको नांगो महिलाको शव भेटिन्छ । कथा टुंगिन्छ ।

कथाको स्तर

पुरस्कृत कथाको सम्पादन यति फितलो छ कि पात्रलाई कुन आदरार्थी शब्द प्रयोग गर्ने भन्नेमा ध्यान दिइएको छैन। सुरुमा देवेन र सुखरीलाई ‘तिमी’ सम्बोधन गरे पनि कतैकतै देवेनलाई तँ प्रयोग गरिएको छ । सुखरी लेख्नुपर्नेमा एक ठाउँ ‘लेलही’ लेखिएको भए पनि सम्पादकले पत्तै पाएका छैनन्। ‘लेलही’ नामकी पात्र नागरिकमा प्रकाशित कथामा पनि एक ठाउँ अचानक आएकी छे। जबकि नागरिकमा प्रकाशित कथामा मुख्य महिला पात्रको नाम ‘पानो’ हो। यो के खालको सम्पादन गरिएको होला त? कि सम्पादन गर्नेलाई पनि कथा पढ्दा पढ्दा अल्छी लागेर राम्रोसँग नपढेका? नत्र पात्रको नामै परिवर्तन हुँदा त यो नाम कहाँबाट आयो भनेर चनाखो सम्पादकले रातो लगाइहाल्नुपर्ने हैन र?


पुरस्कृत कथामा अचानक आएकी लेलही।


नागरिकको कथामा अचानक आएकी लेलही

कथामा भाषा प्रयोग निम्छरो छ। यौनलाई नांगो रुपमा प्रस्तुत गरिएको छ। पटकपटक उस्तै भाषा दोहोरिँदा झ्याउलाग्दो छ। परिवारसँग बसेर पढ्न नसकिने खालका शब्दहरु प्रयोग गरिएका छन्। त्यसो त कथा पनि किन परिवारसँग बसेर पढ्न पर्‍यो त भन्ने तर्क पनि आउला। तर कथाको अडियो संस्करण पनि राख्ने भनिएको छ। के कसैले ठूलो आवाज राखेर यो कथाको अडियो सुन्न सक्लान्? केही उदाहरण:

–’सुखरीका स्तन निचोर्दा दूधको सिर्का देवेनको अनुहारमा पर्‍यो।’ यही प्रसंगलाई धेरै ठाउँ प्रयोग गरिएको छ।

–’हरेक अंग चलाइरहँदा उनले आफूलाई नियन्त्रण गर्न सकिनन्। फेरि आह… र उहँ…को आवाज निकाल्न थालिन्।’

–’सुखरीलाई पुगेकै थिएन। सुखरी देवेनको पिठ्यूँमा नङले कोपर्न थालिन्।’

–’बच्चीको दूध चुसाइमा सुखरीले यौनसुख प्राप्त गरेको अनुभव गर्न थालिन्। उनले बिस्तारै आफ्नै पेट, छाती, गाला र निधार मुसार्दै एउटा विचित्र तृष्णा मेटाइरहिन्।’

यो कथा पढ्दा कथा विधामाथिकै अपमान भएको महसुस पाठकले गर्न सक्छन्। कथाको मूल विषय यौन हो। तर यसमा न कुनै विम्ब छ, न त कलात्मक भाषाशैली। यौनलाई विषय बनाएर संसारमा कैयौं कथा लेखिएका छन्। नेपालमा विश्वेश्वरप्रसाद कोइरालाकै आख्यानलाई हेर्दा भइहाल्छ। यहाँ त यौनको नाममा ‘सेक्स’ छताछुल्ल छ।

त्रिविमा अध्यापनरत समालोचक लक्ष्मणप्रसाद गौतमले त आफूले जीवनभर पढेकामध्ये निकृष्ट कथा भनेर कठोर टिप्पणी गरेका छन्। ‘अहिलेको नेपाली कथामाथिको योभन्दा चरम उपहास के हुन सक्ला र! ‘१२ खरी’ले कसरी बचाउ गर्ला यस कुरालाई? छापिएको कथाका दुईचार शब्द तलमाथि गरेर प्रतियोगितामा पठाउनुभन्दा पनि भयंकर कुरो त कथाको स्तरीयतामा छ। मैले जीवनभरि पढेकामध्ये सबैभन्दा निकृष्ट कथा! …अहिलेको नेपाली कथा यति स्तरहीन छैन। एमए, एमफिलका विद्यार्थीहरूलाई कसरी सिफारिस गरूँ म यस्तो स्तरहीन ‘पोर्नकथा’ पढ्न?’

को हो आयोजक?

कथा प्रतियोगिताको आयोजक बाह्रखरी बुक्स हो। अनलाइन पोर्टल बाह्रखरी डटकमअन्तर्गतकै बाह्रखरी बुक्सले २०७६ मा पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो। ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता’ नाम दिइएको पहिलो संस्करणमा हिमाल स्टिल, आइएमएस ग्रुप, एनएमबी बैंक र फ्याक्ट्स नेपालले स्पोन्सर गरेका थिए।

यसपालि पनि डिसहोम ‘टाइटल स्पोन्सर’ रहेको थियो भने सनराइज बैंक, हिमाल स्टिल, किया मोटर्सको सेल्टोस गाडी, अजोड इन्स्योरेन्स, अर्घाखाँची सिमेन्ट र फ्याक्ट्स नेपाल सहयोगीका रुपमा थिए। पहिलो संस्करणमा बीना थिङ तामाङ पहिलो, लक्ष्मण वियोगी दोस्रो र सुमित्रा न्यौपाने तेस्रो भएका थिए। पहिलो संस्करणमा डा. दयाराम श्रेष्ठ, डा. अर्चना थापा र नयनराज पाण्डे बाह्य निर्णायक थिए।

यस पटकको प्रतियोगितामा दोस्रो वीरगन्जका श्रेयज सुवेदी (कथा- बेजोडा) र तेस्रो काभ्रेका दीपेन्द्र दोङ तामाङ (कथा- बुलेट बाइक) भए। दोस्रो र तेस्रोले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ प्राप्त गरेका छन्।

बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगितामा २०७७ मा छानिएका उत्कृष्ट कथाको संग्रह- उत्कृष्ट कथा २०७७’ को डिजिटल पुस्तक र अडियो कथा प्रकाशन गरेको छ। यही बीच, यसका सम्पादक राजेन्द्र पराजुलीले असार १० गते बाह्रखरी अनलाइनबाट बिदा लिएका छन्। उनी उक्त अनलाइनको कला/साहित्य सम्पादक थिए।

अब्बल निर्णायकमाथि प्रश्न

प्रतियोगितामा चिनेगुनेकै तीन निर्णायक थिए। ‘पल्पसा क्याफे’जस्तो लोकप्रिय उपन्यासमा लेखक नारायण वाग्ले, जसले सोही पुस्तकबापत मदन पुरस्कार पनि पाएका थिए। अर्का मदन पुरस्कारप्राप्त लेखक अमर न्यौपाने। ‘सेतो धरती’ उपन्यासबाट मदन पुरस्कार पाएका उनको अब्बल कथाहरुको संग्रह ‘पानीको घाम’ पनि प्रकाशित छ। अर्की लेखक बिना थिङ, जो अहिलेको पुस्ताको रुचाइएकी लेखक हुन्।

यो मुख्य निर्णायक टोलीसम्म कथा पुग्नुअघि आन्तरिक मूल्यांकन टोलीले पनि कथा मूल्यांकन गरेको थियो। बाह्रखरीकै समाचारमा उल्लेख भए अनुसार प्राप्त करिब ६ सय कथामध्येबाट ५२ कथा छानेर आन्तरिक मूल्यांकन समितिले बाह्य निर्णायक समितिलाई बुझाएको थियो। बाह्य निर्णायक समितिले त्यसबाट प्रथम, द्वितीय र तृतीयसहित २२ उत्कृष्ट कथा छानेको थियो। आन्तरिक मूल्यांकनमा राजेन्द्र पराजुली, गोविन्द अधिकारी, राजेश खनाल र अक्षर काका थिए।

एक लाख राशिको पुरस्कार र भव्य आयोजनाले गर्दा देशभरबाटै कथा आएका थिए होलान्। देशबाहिरका नेपालीले पनि पठाएको हुनुपर्छ। यत्रो प्रतिस्पर्धाबाट कुन आधारमा यस्तो स्तरहीन कथालाई सर्वोत्कृष्ट कथा ठहराइयो? यो निर्णायकमाथिको गम्भीर प्रश्न हो। जसको जवाफ समकालीन नेपाली साहित्य अझ नेपाली कथाले खोजेको छ। उसो भए अहिलेको पुस्ताले लेखिरहेको प्रतिनिधि कथाको स्तर यही हो? ‘सर्वोत्कृष्ट’ कथाको नै यस्तो छ भने अरु २५ कथा कस्ता होलान्? यस्ता अनेकौं प्रश्नको तीर निर्णायक मण्डलतिर सोझिएको छ।

कथाको मुख्य सम्पादक तथा आन्तरिक मूल्यांकन समितिका राजेन्द्र पराजुलीले चार वर्षअघि नै ‘कथा लेखन संकटमा परेको’ आज उनकै सम्पादन र मूल्यांकनमा परेको कथा प्रथम घोषित भएको छ। कथा लेखक आफैले संकट निम्त्याइरहेका छन् कि यसमा निर्णायकको कमजोर मूल्यांकनको पनि भूमिका छ?

कुनै न कुनै दिन यसको जवाफ आउनैपर्छ।

दुई कथाको तुलना हेर्नुस्। बायाँ नागरिकमा प्रकाशित कथा, दायाँ प्रतियोगितामा प्रथम भएको कथा


4 comments to बाह्रखरी कथा विवाद : दोषी लेखक कि निर्णायक?

  • Raj

    यो कथा प्रतियोगितामा पुरष्कृत कथाहरु पढ्दा नेपाली साहित्यको उपहास भएको भान हुन्छ। सम्पादनको त कुरै नगरौं- सयौं गल्तीहरु छन्, विषय वस्तु र लेखन शैली पनि निकै निम्नस्तरको छ। प्रथम भएको भनिएको कथालाई ‘कथा’ मात्र भनियो भने त्यो कथाको सम्मान नगरिएको ठहर्नेछ, त्यसैले त्यसलाई ‘अश्लिल कथा’ भनेर त्यो कथाको इज्जत गर्नुपर्ने स्थिति छ। नामुद साहित्यकारहरु निर्णायक मण्डलमा बसेको कथा प्रतियोगिता मा पुरष्कृत कथाहरु यस्ता आउलान् भन्ने सायद कसैले पनि सोचेको थिएन होला। निर्णायक मण्डलका सदस्यहरुले नेपाली साहित्यको साथै आफ्नै पनि स्तर घटाएका छन्।

  • नेपाली कथालेखनलाई हतोत्साहित गर्ने किसिमको प्रतियोगीतामा बेक्कार कथा पठाएछु जस्तो भइरहेको छ ।

  • […] यस्तै पछिल्लो समय बाह्रखरी कथा प्रतियोगितामा नियमविपरीत नागरिकमा प्रकाशित भइसकेको कथालाई पुरस्कार दिइएको भनी विवाद भएको थियो। यससम्बन्धी ब्लग यहाँ क्लिक गरी पढ्नुस्। […]

  • […] यस्तै पछिल्लो समय बाह्रखरी कथा प्रतियोगितामा नियमविपरीत नागरिकमा प्रकाशित भइसकेको कथालाई पुरस्कार दिइएको भनी विवाद भएको थियो। यससम्बन्धी ब्लग यहाँ क्लिक गरी पढ्नुस्। […]