यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

राजनीतिक नाटकमा नयाँ मोड : एक्कासी संसद अधिवेशन अन्त्य, ६९ सांसद मिले ‘काउन्टर’ दिन सक्छन्

सत्तारुढ दल नेकपाभित्रको किचलो लास्टमा पावर सेयरिङमा गएर टुङ्गिन्छ, खासै त्यस्तो केही हुन्न भन्ने सकारात्मक सोचका बीच बिहीबार एक्कासी नयाँ मोड आयो। प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक डाकेर संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको र राष्ट्रपतिले आजै साँझ ५ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य गरेको पत्र समेत द्रुत गतिमा सार्वजनिक भयो।

योसँगै एउटा खेल मैदान बन्द भएको जस्तो लाग्न सक्छ। अधिवेशन अन्त्य भयो भने आफू अनुकूलको अध्यादेश ल्याउन सकिन्छ। एउटा अधिवेशन अन्त्य र अर्को अधिवेशनको सुरु हुने समयबीच ६ महिनासम्म अन्तर राख्न पाइने प्रावधान संविधानमा छ। यो बीचमा पहिले जस्तै पार्टी फोर्न सजिलो हुने अध्यादेश ल्याउन सक्ने अनुमान पनि भएका छन्। नत्र हतार हतार अधिवेशन अन्त्य गर्न कुद्‍नु पर्ने थिएन। तर भिडन्तमै जाने भए प्रधानमन्त्रीको त्यस्तो कदमलाई काउन्टर दिन नसकिने भने होइन।

संविधानको धारा ९३ (३) अनुसार ६९ जना सांसद मिलेर प्रतिनिधि सभाको अधिवेशन डाक्न सक्छन्।

संविधानको धारा ९३ को उपधारा (३) मा लेखिएको छ-

राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ। त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ।

प्रतिनिधि सभाको कूल सदस्य संख्या २७५ हो। यसको एक चौथाइ भनेको ६९ सदस्य हुन्छन्। नेकपाका कूल १७४ सदस्य प्रतिनिधि सभामा छन्। ६९ जनाले त्यसो गर्छन् कि गर्दैनन्, त्यो हेर्न बाँकी छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले भने चाहेर पनि एक्लै अधिवेशन डाक्न उसको संख्या पुग्दैन। उसको जम्मा ६३ सदस्य छन्। जनता समाजवादी पार्टी र कांग्रेस मिलेमा भने यो सम्भव छ।

अधिवेशन वा बैठकको मिति त राष्ट्रपतिले तोक्ने हो, अनि संवैधानिक राष्ट्रपतिले सबै काम मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट गर्नुपर्छ। त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत् पेश हुन्छ। प्रधानमन्त्रीले गर्दिनँ भन्न पाउँछन् त?

संविधान अनुसार नपाउनु पर्ने हो। किनभने एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गर्नु भन्नु नै सरकारले बैठक नचाहेको वा नबोलाएको अवस्थाको परिकल्पना हो। यस्तो अवस्थामा प्रधानमन्त्रीको सिफारिस र सम्मति बिना नै राष्ट्रपतिले सीधै अधिवेशन वा बैठक बोलाउन पाइन्छ कि पाइन्न भन्नेमा कानुनविद्‍हरुको तर्क हेर्न पनि रमाइलो हुन्छ अब।

खासमा कोभिड-१९ को बढ्दो संक्रमण, त्यसलाई सामना गर्ने प्रभावकारी उपाय, त्यसले थला पारेको अर्थतन्त्र, सरकारले दिनुपर्ने राहत आदिका विषयमा छलफल र बहस हुनुपर्ने ठाउँमा सत्तारुढ दलको नाङ्गो नाच हेर्न परिरहेको छ हामीलाई।

पार्टी एक त भयो तर एकता महाधिवेशन नै नभइसकेको अवस्थामा गुट गुटमा बाँडिएर एउटा कार्यकर्ताले फेसबुकमा ओइ भारतीय दलाल भनेर गाली गर्ने अनि अर्कोले चाहिँ तिमीहरु झन् पश्चिम दलाल भनेर गाली गरिरहेको पनि देख्न पाइएको छ अहिले।

यो नाटकमा के के नयाँ मोड आउने हो अब हेर्दै बसौँ हामी।

3 comments to राजनीतिक नाटकमा नयाँ मोड : एक्कासी संसद अधिवेशन अन्त्य, ६९ सांसद मिले ‘काउन्टर’ दिन सक्छन्

  • १) प्रम ओलिका तमाम धेरै गल्ती छन् तिनको सुधार गर्नु पर्छ तर उनको बिरोध गर्ने प्रचण्ड, माधव नेपाल , झलनाथ , बामदेवहरु के भ्रष्टाचार नातावाद , कुशासन , राजर्षि ठांट , राज्य कोषको दुरुपयोग , तश्कर ब्यापारीसंगको सांठगांठ कुन चैं बिकृतबाट मुक्त छन् ? अनि प्रम ओलिले अहिले खासमा गरेको अपराध वा देश बिरोधी काम के हो ?
    २ ) पार्टी एकता सहकार्य हुंदा नै ओलि प्रधानमन्त्री र अध्यक्ष अनि प्रचण्ड पनि अध्यक्ष हुने गरि एकता भएको होइन ? यो अहिले ओलिले गरेको काम हो र ? त्यति बेला किन त्यस्तो सहमति गरेको र अहिले एक ब्यक्ति एक पद भनेको ?
    ३) पार्टीमा पुर्व एमालेको बहुमत रहेको अवस्थामा प्रचण्डकै बलमा आगामी महाधिवेशनसम्म सहमतिय प्रणाली गरि दुवै अध्यक्षले दस्तखत गरेपछि मात्र निर्णय लागु गर्ने भनेको होइन ? बिधानमै त्यहि लेखेको छ हैन ? अनि अहिले आफु बहुमतमा पुग्ने बित्तिकै बहुमतिय प्रणाली ? वाह , क्या छट्टु पारा !
    ४) ओलिले दुवै पदबाट हटाउनु पर्छ भन्नेले उनलाई १, २, ३ गरी चार्ज लगाउनु पर्दैन ? महाधिवेशनमा अध्यक्ष पदमा हारेका माधवले काम पाएनन् ,झलनाथलाई राष्ट्रपति बनाइएन ,बामदेवले खाली बस्नु पर्यो, प्रचण्डले एकलौटी गर्न पाएनन् भन्ने माघ हो भने त्यहि कुरा खुलेर गर्नु पर्यो ।

  • madan bajracharya

    ओलिले गल्ती गरेको छैन भन्दिन तर ओली पार्तिको अध्यछ्य् र् देसकै प्रधान मन्त्री भयकोले ओली बाट गल्ती गरेकै भय पनि तेस्को निमित ओलीको पार्तिको शाहअकर्मिहरु पनि ओली जत्तिक्कै दोसी छन। ओली पार्तिको यक्लै अध्यछ्य् होईन प्रचन्द्र पनि पार्तिको ओली जस्तै सह अध्यछ्य् हो,पार्तिका अरु भन्दा प्रचन्द्रनै ओलिको सबै निकत भयको स्पस्त नै छ्। मित्र भनेको तेही हो जस्ले गल्ती गर्न लागे रोक्छ। अनि प्रतिद्वन्दी भनेको तेही हो जो आफ्नो प्रतिद्वन्दी बाट गल्ती नगरे गल्ती गरोस् भनी कुरी राख्छ र् गल्ती गरी सके पछी चिच्याउन ठाल्छ्। प्रचन्द्र लगायत दलभित्र यस्तै मित्रहरु बाट ओली घेरियकोछ भन्ने कुरा बारम्बार ओलीलाई गलत जानकारी दियर बा जानकारी नै नदियर ओलीलाई अप्थ्यारोमा पार्ने कार्यहरु हुँदै आयको कुरा ओलिले बारम्बार भन्दै आयकै छ्। तर यसो भन्दैमा ओली चोखिने त् हुँदै होईन। पदमा बसे पछी गलत भयकोमा हुन्छनै। तर प्रश्न उथ्छ के यसैको कारनले ओलीलाई हताउन खोजियको हो? कदापी होईन। ओली भारत र् भारत सितै आफ्नो रोटी बेती को नाता भयका भन्नेहरु देखि यो रिजनमै भाईइगिरि गर्ने भारतलाई दाई भन्ने हरु पनि ओली हताउन चाहन्छ। किनभने आज सम्म ओलिले जत्तिकै भारतको कुरा नतेर्ने प्रधान मन्त्री प्रजातन्त्र भनियको प्रवासि तन्त्र चलाऊने देखि एमालेमै पनि मनमोहन बाहेक कुनै प्रधान मन्त्री बनेकै थियन। नेपालमा यो प्रधान मन्त्री बने उस्लाई स्विकार्य् नहुने भन्दै आउने भारतले अरु त् अरु भारतको कुरा जहिले पनि सुन्ने पार्तिकै प्रधान मन्त्री बनेको सुसिल कोईराला लाई भारतले कस्तो व्यबहार गरेको थियो र् भारतको अप्रिया बनेको सुसिल कोईरालालाई उसिको पार्तिकाले…. जस्तो गरेकोछ तेसै बाट पनि देखिन्छ ओली हतोस र् दुई तिहाई बहुमत पायका दल तुतुतोस भनी भारतको चाहना कही न् कही त् हावी भयकै छ् अहिलेको नेकपा भित्रको बिबाद उथ्नुमा।

    ओलिले गरेको ठुला ठुला निर्णयहरुमा गल्ती भयको देखिन्दैन तर ओली प्रधान मन्त्री भयको बेला भयका ठुला ठीक कुराहरुको निमित ओलीलाई मात्रै जस जान्दैन्। तेसैले ती ठुला ठीक कुराहरु मैले नै गरेको जस्तो भाव देखाउनु ओलिको ठुलो गल्ती हो। यो बाहेक ओलिको र् भाखा पनि पद अनुसारको भन्दा पिपलबोते पन्दितको जस्तो भयो। यस्तो ब्यक्ति सचिन्दैन भने तेस्को बिकल्प त् खोज्नै पर्ने हुन्छ। तर खरवमा काम खराव मात्रै रोज्न सकिने अवस्थामा ओलिको बिकल्प को हुन सक्छ भनेर ओलिको बिकल्प खोज्नेले रान्रै सोच्नु पर्छ। अहिले हाम्रो सामुनुन्ने ओलिको बिकल्पको रुपमा “आलोपालो प्रधान मन्त्री बन्ने शाहअंती त्यागेर गल्ती गरे भन्ने प्रचन्द्र नै भयको कुरा प्रचन्द्रको अभिब्यक्ती बाट स्पस्त नै भयको छ् र् प्रचन्द्रको यो अभिब्यक्ती मात्र अभिब्यक्ती होईन ओलीलाई हतायर प्रधान मन्त्री बन्न खोज्ने सबैलाई खवरदार गरेको पनि हो। पार्तिको निती बिधी र् बिधान अनुसार चल्ने भय जो सुकै प्रधान मन्त्री बने पनि यस्तो बिबाद कहिले पनि आउँदैन। के ओली पछी प्रधान मन्त्री बन्न खोज्ने प्रचन्द्र यस्तै हुनेछ? ओली खराव छ् भने के प्रचन्द्र ओली भन्दा राम्रो छ् बा राम्रो हुनेछ? यो प्रश्नको उतर हामीले दिनै पर्दैन प्रचन्द्रको बिगतको निती र् अहिले ओलिले गल्ती गर्न लाग्द नरोक्ने गल्ती गरे पछी तैले गल्ती गरिस अव पद मलाईइ सुम्प भन्ने उस्को नसुनिने तर बुझिने गर्ज्याईले नै स्पस्त दिन्छ।

  • Tirtha

    यो देशमा फेरी अर्को खेल शुरु भयो । दुःखको खेल । आज विश्व नै कोभिड १९ को कोरोना भाइरसको महामारीले थलिएको छ । यसले नेपालमा पनि चोखो राख्न सकेन । चैत्र ११ गते देखिको बन्दाबन्दीले देशका बिभिन्न क्षेत्रमा संकट आएकोछ । व्यापार व्यवससाय ठप्प छन् । देशको अर्थतन्त्र धरासय भएकोछ । भए खाने वर्गको अवस्था कस्तो भएको छ कल्पना गर्न सकिदैन । कतिले आत्महत्या गरे र अझ कति बढ्ने हुन् अथाहा छ (आजको दिनसम्म १५ सय भन्दा बढीले आत्महत्या गरेको तथ्यांकले देखाउँछ) । हत्य, हिंसा वलात्कारका घटनाहरु पनि त्यतिकै बढेका छन् । यही मौकामा छिमेकी मुलुकले सीमाना मिच्ने कामलाई तिव्रता दिदै राष्ट्राको सार्वभौमिकता र अस्तित्वलाई जोखिममा पारेको छ ।

    यो अवस्थामा सरकारको ध्यान रोग, भोक, शोक, चिन्ता, भय जस्ता भयावह परिस्थितिमा छटपटाइ रहेका जनतामा जानुपर्ने, सबैको एकताले देशाको सार्वभौमिकता र अस्तित्व वचाउन लागी पर्नुपर्नेमा आफ्नै दलभित्र पद, सत्ता र शक्तिको लोभमा तरंगित हुँदा त्यसको फाइदा कसलाई हुन्छ ? यसले हामी कसैलाई विजय गराउँदैन । हामी सबै नेपालीको हार हुनेछ । जुन हार हामीले बेहोर्दै आएकाछौं ।

    नेपाल कम्युनिष्ट पाटीको दल भित्रको यो खिचतानीले सबै नेपालीको मन रोएकोछ । कम्युनिष्टको सरकार बनेको बेलामा रसिलो कागतीको दाना जस्तो नेपाली जनताको अनुहार अहिले निचारिएको कागती जस्तो भएको छ । साँच्चे सतीले सरापेको देश कुनै माइकालाल आए पनि केही हुनेरहेनछ भन्न थालेका छन् ।

    के नेपालमा कम्युनिष्टको सरकार अफाप छ भन्ने कुराको प्रमाणित हुन लागेको हो ?

    आदारणीय कामरेडहरु, देश र जनताका शत्रुहरु रोग, भोक, शोक, भय, भ्रष्ट्रचार र बाह्य हमला आदिलाई परास्त गर्न आफ्नो दललाई मात्रै होइन, सबै विपक्षदललाई समेत एक ढीको बनाएर अगाडि बढ्नु आजको आवश्यकता हो भन्ने कुराको महसुस किन नभएको हाला? हाम्रो नेतृत्व र अभियानबाट देशले मुहार फेर्यो भन्ने कुरा इतिहासमा लेखियोस भन्ने चाहना छैन ? इतिहासमा कलंकको पात्र बन्न सजिलो छ, शुन्दर पात्र बनेर सदैब जनताको ह्ृदयमा अटाउन सानो तिनो त्यगले पुग्दैन भन्ने कुरा यहाँहरुलाई स्मरण गराउन मैले कसरी चेष्टा गर्न सक्छु र ? तर पनि एउटा सामान्य कार्यकर्ता र मतदाताको हैसियतले पनि आदरणीय कामरेडहरुलाई अनुरोध गर्ने अधिकार पक्का छ भन्ने हिम्मतका साथ दल भित्रको एकतालाई नमूनाको रुपमा प्रस्तुत गरेर सम्पूर्ण रुपमा देश र जनताको हितमा काम गरेर नेपालमा सदैब कम्युनिष्टको सरकार नै चाहिन्छ भन्ने कुरा जनतामा अमिट छाप पारौं र अब नेपाललाई छुन सकिदैन भन्ने सन्देश विश्वलाई दिऊ । भाइ फुटे गवरा लुटे भन्ने नेपाली उखानलाई दिमागमा होइन, ह्ृदयमा राखौं । जय देश, जय एकता, जय सार्वभौमिकता ।