gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कथा : बाँध

-शुषमा मानन्धर-

“लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई अँध्यारैमा टुङ्ग्याएकी थिएँ।

उपन्यासको बाँकी रहेको अन्तिम भाग भर्खरै लेखिसकेकी छु। मनको निकै ठूलो भार बिसाएपछि हल्का भएझैँ लागेको छ। ल्यापटपलाई टेबुलमै छाडेर फ्रिजबाट कोल्डड्रिङ्क निकाल्छु र कोठाबाहिरको बार्दलीमा निस्कन्छु। चिसो घुट्काहरु घाँटीबाट ओरालिरहेकी म, वास्तवमा सागरलाई पर्खिरहेकी छु। ऊ आफ्नो बाथरुममा नुहाउँदै छ। “म आधा घण्टामा आइसक्छु,” एकछिन अघि फोन गर्दा उसले भनेको थियो। आधा घण्टाभन्दा बढी भैसक्यो, ऊ आइसकेको छैन।

रातो घाम पर क्षितिजमा डुब्ने तयारी गर्दैछ। अस्ताउँदो घाम पोखिएको नदीका स–साना उत्ताउला छालहरु तँछाडमछाड किनारतिर दौडिरहेछन्। होटल वरिपरि छरिएकाहरुमा, अधिकांश विदेशी पर्यटकहरु नै छन्। खरले छाएका स–साना हटहरुभित्र चिसो बियरको चुस्की लिँदै सुन्दरतालाई नियालिरहेका उनीहरुमा साँझको रमरम चढिसकेको देखिन्छ।
पर नदीपारीको बाक्लो जङ्गलमा साँझ ओर्लिसकेको छ। तुँवालोले छोपे जस्तै धूमिल, दृश्य अस्पष्ट देखिन थालेका छन्। दिउँसोको वितण्ड गर्मी अहिले छैन, साँझतिर चिसो बहन थालेको हावा, मेरा छोटा कपाल उडाइरहेछ। चराहरु थकित तर घर फर्काइको उल्लासमा आफ्नो गुँडतिर फर्किँदै छन्। मन घरिघरि विगततिर फर्कन खोज्छ, जसलाई छाडेको तीन वर्ष बितिसकेको छ।

मैले कोल्डड्रिङ्क सकेँ र पनि प्यास मेटिए जस्तो लागेको छैन। उल्टै त्यसको गुलियोपनाले तिर्खा बढे जस्तो भएको छ। भित्रबाट पानीको बोतल ल्याउँछु। पानी पिउन्जेल पनि आँखाहरु नदीछेउ बसेको एउटा जोडीमाथि जमेका छन्। केटालाई पछाडिबाट अंगालो हालेकी केटी, केटातिर अलि नुहेकी छे। संसारका सबै समस्याबाट टाढा र आफूमाथि पर्ने दृष्टिप्रति अनभिज्ञ एकआपसमा डुबेका उनीहरु, सायद आफ्नै कुनै नौलो संसार बनाउँदै होलान्।

कुनै दिन यसरी नै म पनि अशोकसँग बसेकी थिएँ। भर्खर बिहे भएको थियो र हामी हनिमूनको लागि निस्केका थियौँ।

नर्मदा, यदि हामीले समयलाई बाँध्न सक्ने भए, यो पललाई कहिल्यै फुत्कन दिने थिएनौँ होला, हगि? म त मनभित्र यहाँनिर सधैँको लागि गाँठो पारिराख्थेँ।” आफ्नो बायाँ छातीमा मुटुमाथि हल्का मुड्की हान्दै अशोकले भनेका एकएक शब्दहरु मानौँ आज पनि ताजै छन् कानभित्र।

साँझको एउटा शीतल र मीठो हावाको झोँक्का कानको लोती छुँदै बहन्छ। आँखानिर आएका कपाल म औँलाले कोर्दै माथि फर्काउँछु। नदीछेउको जोडी अझै पनि त्यहीँ छ। यो उनीहरुको बैँस र बेला हो। उनीहरुको बसाइले मलाई फेरि त्यो दिनको सम्झना दिलाउँछ।
मेरो छेउ बसेको अशोकले मलाई आफूतिर तानेर कसिलो अंगालोमा बेरेको थियो। ऊ मेरो ओठतिर झुक्दै थियो, मैले ठेलेथेँ, “छिः यहाँ बाहिरै? देख्ने मान्छेहरुले पनि के भन्लान्?” मेरो संकोच र मुखाकृति देखेर ऊ बेसरी हाँसेको थियो, “लोग्नेस्वास्नी माया गर्दै गरेका भन्लान्, अरु के?”

‘उफ् …लोग्नेस्वास्नी’? म लामो निश्वास सहित वर्तमानमा ओर्लन्छु। होटलभित्रबाहिर अहिले बढी रमझम हुन थालिसकेको छ। फूलका बोटबोटमा सजाइएका लहरे बत्तीहरु बलेका छन्। वेटरहरुलाई अर्डर पुर्‍याउन भ्याइनभ्याइ छ। घाम डुबिसकेकोले नदीछेउको जोडी पनि उठ्छन्। केटी आफ्नो कुर्थामा लागेको बालुवा टक्टक्याउँछे। एकअर्काको हात समात्दै उनीहरु बाटो काट्छन्। केटीले पावरको चस्मा लगाएकी छ, मैले जस्तै। म आफूलाई फेरि विगततिर फर्काउँछु।

दिनहरु कति रमाइला थिए तर खुशीका क्षणहरु कति छोटा, निमेषमै सकिने। बिहान उठेर अनुभुतिहरु समेट्न नपाउँदै रात सुटुक्क चियाउँथ्यो। बिहान अबेला उठ्नु, कोठैमा ब्रेकफास्ट, त्यसपछि खोला, ताल, जङ्गलतिर घुम्नु, साँझ क्याण्डललाइट डिनर र रातभरिको मस्ती, हनिमूनको रोमान्चले भरिएको हप्तादिनको हाम्रो घुमाइ मन नभर्दै बितेथ्यो। अशोक र मैले अफिसमा एक हप्ताको छुट्टी लिएका थियौँ। उसको अफिसबाट दुईतीन पटक फोन पनि आइसकेको थियो। ऊ ठूलै जिम्मेवारी सम्हालेको मान्छे, अफिसमा निकै दिन अनुपस्थित रहन पनि सकेन। “के गर्नु, फर्किनु पर्ने भो।” केही दिन अझै बस्न मैले गरेको अनुरोधलाई, उसले चाहेर पनि पूरा गर्न सकेन, “सरी नर्मु, फेरि कुनै दिन।” बाध्यता मलाई पनि थाहा थियो, केही बोलिनँ।

एक वर्षको लामो प्रेमपछि अशोकसँग मेरो बिहे भएको थियो। घरमा पहिले त यो सम्बन्धको लागि कसैको स्वीकृति थिएन। सान्दाइले ठूलै प्रतिवाद गर्नु भएको थियो तर मेरो ढिपीले गर्दा पछि बुवाआमाले पनि बिहेको लागि नाइँनास्ति गर्नु भएन।

दिन बित्दै गए। झरीपछि गर्मी, एकअर्कालाई पछ्याउँदै आइरहे, अशोकले पछि कतै डुल्न जाने भनेको दिन चैँ आएन। “अशोक तिमीले कतै डुल्न जाने भनेको हैन? कहिले जाने?” म उसलाई सोधिरहन्थेँ तर रिकर्ड भरिएको जस्तो उसका प्रायः जवाफहरुमा कैलेकाहीँ मात्र कुनै शब्द फरक हुन्थे, “नर्मु, अचेल बिदा लिनै मिलिरहेको छैन। हेरन, प्रमोसनपछि त झन् जिम्मेवारी थपिएको छ।” उसको प्रत्युत्तरले नाजवाफ म उसको अंगालोभित्र नै आफूलाई खुशी राख्न खोज्थेँ।

मलाई ठाउँहरु घुम्न मन लाग्थ्यो। म चाहन्थेँ, कुनै ठूलो हरियाली उद्यान, मनोरम छटा, रंगिन बुटाहरु, अशोक र म। उसको मीठो गन्ध, रोमान्चित स्पर्श र न्यानो अंगालो। सायद त्यो मेरो उमेर थियो, स–साना खुशीका लागि तड्पिएर ती अवसरहरु माग्थेँ अशोकसँग।
“नर्मदा, कस्तो केटाकेटी जस्तो। सँधै एउटै कुरा खोजेर हुन्छ? हरेक कुराको आफ्नै समय हुन्छ।” अशोक कहिलेकाहीँ मसित झर्किन्थ्यो। आफ्नो कुरा मनाउन नसक्दा म रिसाएर कोठामा धुम्धुम्ती बसिरहन्थेँ, मलाई बुझ्ने सिवाय मेरो एकान्त, कोही हुँदैनथे।

लेख्न त म पहिला पनि अलिअलि लेख्थेँ। बिहेपछि जिम्मेवारीले गर्दा लेख्न छुटेका थिए। कारण उसले कहिल्यै भनेन तर अशोक मैले बिहेपछि लेखेको रुचाउँदैन थियो।

लोग्नेसँग मीठामीठा कुरा गर्न छाडेर, कता कुना गएर बसेकी?” कहिलेकाहीँ मूड चल्दा लेख्न बसेँ भने, माया गर्ने बहानामा ऊ मसँग रोमान्टिक बन्न खोज्थ्यो। अशोकको व्यस्तता बढ्न थालेपछि मैले आफूलाई एक्लो पाउन थालेँ। निर्जीव भित्ताहरुभित्र गुम्सेका आफ्ना निश्वासहरुले पोल्न थालेपछि, भर्भराउँदो उमेरले खोज्ने सपनाहरुलाई, लेखाइमा डुबाउन थालेँ। घरभरि मान्छे हुन्थे तर धेरैका माझ मन मिल्ने नभएर एक्लिँदा, वा भने जस्तो नपाएर छटपटिँदा कलम साथी बन्यो। कलमसँग पोखिएर आउने पात्रहरुसँग न कुनै डर न कसैसित संकोच, चाहेसम्म निर्बाध आफूलाई बगाएर भावना निख्रिँदा खुशी लाग्थ्यो। थोरै लेख्दालेख्दै, लेख्ने तलतल बस्यो। पछि त, नशा जस्तै, नलेखी बस्नै नसक्ने हुन थालेँ।
एकरात म बिछ्यौनामा पल्टेर मनमनै कथाको प्लट बुनिरहेकी थिएँ। अशोक रोमान्टिक मूडमा थियो सायद, मलाई तान्न थाल्यो। उसको शुष्क अभिसार आग्रहप्रति उदासिन मैले निष्क्रिय पल्टिएर कथाको एउटा पाटो बुन्न भ्याइसकेकी थिएँ। मेरो थाकेको शरीरमाथि चल्मलाइरहेका उसका हातहरु सर्प सल्बलाए झैं प्रतित भयो। पीडाबोधले आत्तिएर ममाथि आउने प्रयास गरिरहेको अशोकलाई मैले घचेटेँ, “अशोक, प्लीज, आज मूड छैन। म केही सोचिरहेकी छु।”

के कुरा? कसको बारेमा?” ऊ अलि उग्र देखियो। लोग्नेको इच्छा नपुर्‍याउने स्वास्नीहरुदेखि सायद सबै लोग्नेहरु यसरी नै रिसाउँदा होलान्। “नर्मदा, तिमीले अचेल मेरो वास्ता गर्न छाडेकी छौ। कता कुन दुनियाँमा उडिरहेकी हुन्छौ। यसरी घर कसरी चल्छ?” ऊ ममाथि चढेर दौडिरहेको थियो। अशोकको प्रश्नलाई निकैबेर मनमा खेलाइरहेँ। केही हदसम्म ऊ साँचो पनि थियो। तर यसको अर्थ घरप्रतिका आफ्ना जिम्मेवारीहरुलाई पनि त बिर्सेकी हैन। त्यसो भए उसले के भन्न खोजेको थियो? म आफैसँग प्रश्न गरिरहेँ। उत्तर भेटिनँ। अशोक ओर्लेर अर्कोतिर फर्की निदाइसकेको थियो।

झसङ्ग हुँदै पुनः वर्तमानमा फर्कन्छु। झ्याउँकिरीको झ्याईँझ्याईँ मानौँ नजिकैबाट आएझैँ चर्को सुनिन थालेको छ। जङ्गलको माझ चिसो कति छिटो बढ्दोरै’छ। घडी हेर्छु, पौने आठ बजेछ। निकैबेर भयो बार्दलीमा यसरी अतीत डोर्‍याउँदै बसेकी। सागर के काममा अल्मलिएछ, ऊ आइनपुगेकोमा रिस पनि उठ्छ। उसलाई फोन गर्न लागेकी मात्र हुन्छु, मोबाइलमा उसैको फोन आउँछ। “तिमी रिसले मुर्मुरिरहेकी हौली हगि?” सागर जिस्काउँछ। “हैन, तिमी आउँछौ र स्वागत गर्छु भनी पर्खिरहेकी छु।” मेरो खिन्नतालाई महसुस गरेर होला, ऊ क्षमा माग्छ, “सरी नर्मदा, अफिसमा तुरुन्तै एउटा ईमेल गर्नु पर्ने भन्ने फोन आएको छ। भ्याएर आइहाल्छु। बरु तिमी तल हलमा जाँदै गर, म त्यहीँ आउँछु। अँ, अनि तल आउँदा पहेँलो सारीमा आऊ है, तिमीलाई साह्रै सुहाउँछ।”

उसको फोनपछि कोठाभित्र आउँछु। बत्ति बाल्छु र डिनर लिनको लागि तयार हुन थाल्छु। सागरले भनेको पहेँलो सारी निकाल्छु। पहेँलो पृष्ठभूमिमा गुलाबी फूलको प्रिन्ट भएको यो सारी लगाउँदा मलाई राम्रो देखिन्छ भनी सागरले निकैपल्ट सुनाएको छ।

जिन्दगीका धेरै घुम्ती र बिसौनीहरु पार गरी यहाँसम्म आइपुग्दासम्ममा मलाई धेरैले मन पराएका छन्, नढाँटी भन्नुपर्दा मैले पनि धेरैलाई मन पराएकी छु। यो मन पराउनुमा अहिलेसम्म कसैप्रति पनि प्राप्तिको कुनै चाहना छैन। तीमध्ये कोही चैँ साँच्ची असल लाग्छन्। उनीहरुसँग समय बिताउन लालायित हुन्छु तर म आफ्नो इच्छासँग नदी झैँ बग्न सक्दिन। माया मेरोलागि उन्माद बनेको छ, एक्कासी बढ्छ र बिस्तारै झर्छ, त्यसपछि सामान्य, मानौँ केही भएको छैन। मेरो उन्माद बढ्छ तर पुरानो अस्तित्वको आवरणमुनि सधैँ अड्किरहन्छु। म चराझैँ स्वतन्त्र उड्न खोज्छु, हावाझैँ बेरोकटोक बहन खोज्छु तर मेरो छवि नै मेरो सोचको बाधक बनेर मलाई स्वतन्त्र विचरण गर्न दिँदैन।

आफूभित्र आफ्नो कृत्रिम अस्तित्व बनाई के आफैलाई छलिरहेछु, कहिलेसम्म? यो प्रश्न अझै अनुत्तरित छ मभित्र।

सागर मलाई मन पराउँछ, यद्यपि उसले शब्दमा आजसम्म यो कुरा व्यक्त गरेको छैन तर उसको आफूप्रतिको अनुराग महसुस गरेकी छु। उसको ठूलो कारोबार छ। ऊ विधुर हो र उसको छोरो विदेशमा पढ्दै छ। एकजना परिचितकहाँ आयोजित साहित्यिक कार्यक्रममा भेट भएपछि ऊसँगको मेरो परिचय केही महिनादेखि झ्याङ्गिएको थियो। ऊ मेरो लेखाइ मन पराउँछ, लेख्न प्रोत्साहन गर्छ। उसको यो समर्थनले नै मलाई उसको अरु नजिक ल्याएको हो।

यो मामलामा अशोक भने…। उसले कहिल्यै गनेन मलाई। हाम्रो प्रेमविवाह भएको थियो तर चार वर्षभित्र हामीबीच थोरै पनि प्रेम र सम्मान बाँकी रहे जस्तो लागेन मलाई। ऊ रिस उठेपछि आँखै देख्दैनथ्यो, अपशब्द बोल्थ्यो म बोल्दैबोल्दिनथेँ। ऊ माया गर्ने प्रेमीबाट पूर्णतया पुरातनवादी लोग्नेमा परिणत भैसकेको थियो र अधिकांश लोग्नेहरुका लागि स्वास्नी सिर्फ घर हेर्ने एउटी महिला मात्र हुन्छे। अशोक अपवाद बन्न सकेन। एकै घरमा पनि पृथक हामी, ऊ काममा डुब्थ्यो, म कलममा।

एकदिन अशोकले आफूले साथै ल्याएको पत्रिका मेरोअगाडि बजार्दै भनेको थियो, “खूब लेखिछौ नि तिमीले हाम्रो सम्बन्धको बारेमा।” वैवाहिक सम्बन्धको बारेमा लेखेकी यो लेखको बारेमा मैले उसलाई केही बताएकी थिइनँ। झसङ्ग भएकी थिएँ। न कुनै प्रशंसा न कुनै सुझाव, मेरो लेखाइप्रति उसलाई कुनै खुशी थिएन। “व्यक्तिगत कुरा लेख्न तिमीलाई कुनै हक छैन नर्मदा। नलेख्नू, मलाई मन पर्दैन। तिमीले घर मात्र हेरे पुग्छ।” त्यो दिन पहिलो पटक अशोकको वितृष्णाले भरिएको फरक रुप देखेकी थिएँ।

अशोक, लेख्नु मेरो पेशा हैन, नशा हो। म आफ्नो लागि लेख्छु, कसैको लागि हैन।” मेरो स्वाभिमान पनि च्याँठिएको थियो।

“त्यसोभए, या त त्यो नशा छाड या मलाई।” अशोक आवेशमा बोल्यो, सिध्दियो तर कुरामा त्यत्तिकै विराम लागेन। त्यसपछि ऊ मलाई लेख्न नदिन प्रयत्न गर्न थाल्यो, मेरो लेखाइमा व्यङ्गय र बाधाहरु तेर्साउन थाल्यो। मेरा लेखक मित्रहरु र शुभचिन्तक पाठकहरुसँगको मेरो सम्बन्धमा शंका गर्न थाल्यो। वादविवादले हरेक दिन ऊसितको मेरो सम्बन्ध चिसिँदै, च्यातिँदै अन्तमा चार वर्षको हाम्रो नाता चार दिन अदालत धाएर टुट्यो।

पुरानो प्रसङ्गले मन अनायस अमिलो हुन्छ। कताकता घाँटीमा केही अड्किए सरि, केही पाएर गुमाउनुको पीडा, लेखेर पाउने सन्तुष्टिभन्दा भारी लाग्छ। धेरै दिनपछि अशोकलाई सम्झिरहेछु। घर छाडेदेखि मैले उसलाई भेट्ने चेष्टा गरेकी छैन। जस्तै भए पनि ऊ मेरो लोग्ने थियो। पूर्णतया ऊदेखि टाढा तर बेलाबखत अनायसै आउने उसका यादहरुलाई रोक्न पनि सक्दिनँ।

टेबुलमाथिको मोबाइल बज्छ। सागर रै’छ! पक्कै पनि मैले ढिलो गरेकोले फोन गर्दैछ। “अँ भन सागर।”

मैले अघि ढिलो गरेकोले अहिले साटो फेरेकी त हैन?” ऊ सोधिरहेको हुन्छ।

हैन, हैन, म आउनै लागेँ।” हतारहतार तयार हुन्छु। पहेँलो सारी र स्लीवलेश म्याचिङ ब्लाउज, ओठमा हल्का लाली लगाउँछु। छोटा कपाल काँधमाथि फुकाएर होटलको डाइनिङ हलमा पुग्दा सबैजना डिनर लिइरहेका हुन्छन्। सागर एउटा टेबुलमा मलाई कुरिरहेको छ।

“सरी, सागर।” म कुर्सी तानेर बस्छु। ऊ केही बोल्दैन। मुग्धभावले मलाई हेरिरहेको छ।

“के हेरेको? मलाई पहिले देखेका थिएनौ र?”

“तिमी ठिक छौ नर्मदा? खुशी छौ हैन?” उसको अनुहारमा केही काँतर भावहरु उठ्छन्। म मुस्काउँछु। ऊ मेरा सानासाना कुराहरु पनि कत्ति ख्याल गर्छ।

“म डिनर ल्याउँछु, के लिन्छौ तिमी?”

“जे ल्याए नि हुन्छ।”

अचेल उपन्यास लेखिरहेकी छु, सक्न भ्याएकी थिइनँ। कति गर्दा पनि मूड नबनेपछि सागरको सुझावमा सौराहा आएकी हुँ। उसको पनि यहाँ केही दिनको काम रहेको र मलाई पनि लेख्नलाई वातावरण मिल्ने हुँदा, अफिसबाट केही दिनको बिदा लिएर पाँच दिनअघि मात्र म ऊसँग यहाँ आएकी छु। सागरसँग म योभन्दा अगाडि यसरी ननिस्केकी भए पनि उसको प्रस्ताव मैले बिना हिच्किचाहट स्वीकारेकी छु। यो मेरो ऊप्रतिको माया हो, विस्वास, या केही फरक गर्ने आँट, म आफूलाई स्पष्टिकरण दिन चाहन्न।

होटल आउने बित्तिकै ऊसँग मेरो शर्त थियो, हामी छुट्टाछुट्टै कोठामा बस्ने। उसले के सोच्यो कुन्नि तर कुनै प्रतिवाद गरेन, प्रश्न गरेन।

“नर्मदा, बिस्वास गर… म तिम्रो स्वाभिमानमा ठेस पुग्ने कुनै पनि कुरा गर्ने छैन। तिमीले नचाहेसम्म मबाट केही हुँदैन।” उसले जस्तो भन्यो त्यस्तै व्यवहार गरिरहेछ। ब्रेकफास्ट, लन्च र डिनर लिउन्जेल हामी सँगै हुन्छौँ, त्यसपछि म लेख्न स्वतन्त्र हुन्छु र ऊ पनि आफ्नो काममा व्यस्त रहन्छ।

सागर हातमा दुईटा प्लेट लिएर आइपुग्छ। “थो–थोरै राखेको छु, चाहिएमा थपौँला हुन्न?” ऊ मेरो अगाडि प्लेट राख्दै मलाई हेर्छ। परिपक्व, जिम्मेवार र गम्भीर देखिएको सागर निकै मायालु लागेको छ। “तिम्रो लेखाइ कहाँ पुगिरहेछ?” ऊ खाँदै सोध्छ।

“केही लाइन बाँकी छ।” भन्न त भन्छु तर अलिबेर अघि नै कथा लेख्न सिध्याई सकेकी छु। मैले उसलाई सुनाएकी भन्दा फरक र सायद उसको अनुमानभन्दा पृथक मोडमा कथा टुंगिएको छ।

हामी दुबै चुपचाप खाइरहन्छौँ। ऊ बेलाबेला नजर उठाएर मलाई हेर्छ, मेरा नाङ्गा पाखुराहरु, अनि फेरि चुपचाप खान थाल्छ। म एकछिनसम्म उसको यो लुकामारी हेरिरहन्छु।

“नर्मदा।” खान सकिन लाग्दा ऊ मलाई प्रश्न गर्छ, “के तिमी मसँग बिहे गर्छ्यौ?” उसको सोधाइ अप्रत्याशित भए पनि असामान्य चैँ लाग्दैन र पनि जवाफ फर्काउँदिन। ऊ मलाई हेर्छ मात्र, दोहोर्‍याएर सोध्दैन। खानापछि हामी माथि उक्लिन्छौँ। “गुडनाइट, नर्मदा।” ऊ
आफ्नो कोठातिर लाग्छ। म आफ्नो कोठाभित्र पस्छु।

बाहिर खल्बल सुनेर झ्यालनिर उभिन्छु। तल्लो तल्लामा कुनै जोडी कोठाभित्र पस्न ढोका खोलिरहेछन्। “हनी, हामी भोलि बिहानै निस्कन्छौ। दुई दिन पोखरा बस्ने अनि काठमाण्डु।” अँध्यारोमा यद्यपि तिनका अनुहार देख्न सक्दिन तर त्यो आवाजलाई म लाखौँमा पनि चिन्न सक्छु, ऊ अशोक हो। मेरो निम्ति थोरै पनि समय निकाल्न नभ्याउने अशोक, आज मन फुकाइ घुमिरहेछ। यो जलन थियो वा दुःख, उसलाई त्यो रुपमा त्यहाँ पाउँदा आवेशमा रन्किन्छु।

अँध्यारो आकाशमा ताराहरु टिमटिमाएका छन्, जून हराएको छ। लुगा फेर्न मन लाग्दैन। त्यत्तिकै बेडमा बस्छु। टिभी खोल्छु। हेर्न मनलाग्दैन। छट्पटी लाग्छ। उठ्छु, ढोका खोलेर बाहिर चियाउँछु। खाली करिडोरमा एक जोडी विदेशी ओठ जोडेर उभिरहे छन्। म हत्तपत्त ढोका लगाउँछु। अन्यमनस्क उभिरहँदा मेरो मोबाइलमा सागरको मेसेज आइपुग्छ, “नर्मदा, आइ लभ यु।” उसले पहिलोपल्ट शब्दमा खुलेर आफूलाई व्यक्त गरेको छ। मन थोरै भए पनि शीतल हुन्छ। बार्दलीमा आई उसको कोठातिर हेर्छु, सागरको कोठामा मधुरो बत्ति बलिरहेछ। सायद ऊ पनि निदाएको छैन। रात चिसो छ। कोठामै फर्कन्छु। भोलि साँझ काठमाण्डु फर्कनु छ हामीलाई।

एकछिनसम्म ढोकामा कान थापेर सुन्छु, कुनै पदचाप छैनन्। बेडमाथिबाट मोबाइल टिपेर कोठाबाट निस्कन्छु र सागरको ढोकाअगाडि टक्क उभिन्छु… … ।

(June 9th, 2012 मा माइसंसारमा प्रकाशित)

Comments