मिडियामा अचेल रमाइलो भइराछ। हिजो (२९ असार २०७७) मा अन्नपूर्ण पोस्टको पेज नम्बर ३ मा एउटा ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो। जसको फोटोसहित सात दिने ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो, उनी सोही पत्रिकाका साहु रामेश्वर थापाका आफ्नै भान्जा हुन्। अझ अर्को रमाइलो त के भने जसका लागि यो अन्यथा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने चेतावनीसहितको सूचना छापिएको थियो, उनी अहिले अर्को प्रतिस्पर्धी मिडिया कान्तिपुरका सर्कुलेसन म्यानेजर हुन् भन्ने बारे हिजोको ब्लग पढ्नुभो होला। अब आजको नयाँ कुरा हेर्नुस्। सूचना छापिएको भोलिपल्टै यसो भएछ।
यो पत्र अनुसार ‘भान्जा’सँग लिन बाँकी १ लाख ९७ हजार रुपैयाँ चाहिँ अन्नपूर्णले पाएछ। तर भान्जालाई दिन बाँकी १ लाख २० हजार ४७७ रुपैयाँ चाहिँ तत्काल दिएनछन्।
त्यो रकम चाहिँ आजको मितिले एक साताभित्र दिने बाचा रहेछ पत्रमा।
हेर्नुस् त जञ्जाल। लिन बाँकी १ लाख ९७ हजारमा दिन बाँकी १ लाख २० हजार ४७७ घटाउँदा बाँकी रहेको ७६ हजार ५२३ रुपैयाँ लिएको भए त कुरो सकिहाल्थ्यो नि। तर किन सकिन्थ्यो र यसरी। खबरभित्रको खबर बनाउनु पर्यो नि। त्यसैले पत्रिकामा फोटोसहितको सूचना छापेर बाध्य पारेर बोलाएर आफ्नै हात माथि पारेर, पहिला लिन बाँकी यति छ, ले भनेर लिएर, दिन बाँकी यति रहेछ, पछि दिन्छु भनेछन्।
गजब छैन त यो खबरभित्रको खबर ? 🙂
हो सर । केही केहीको फुर्तिफार्ती देखिसक्नु, हेरिसक्नु थिएन । ढिलोचाँडोको कुरा हो । एकदिन सबैले भोग्नैपर्छ ।