gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

चैतको तलब साउनमा समेत नपाउने टिएचटीका पत्रकारहरुको व्यथा

“this too shall pass” and we should hope for the best. But “hope” is not a plan or strategy. Reality urges us to initiate action as swiftly as possible if we are to survive. And bounce back.

यो कथाको सुरुवात हुन्छ सरकारले लकडाउन घोषणा गरेको केही दिनपछि दि हिमालयन टाइम्स (टिएचटी) अङ्ग्रेजी राष्ट्रिय दैनिकका एमडी रविन लामाले सम्पादक लगायत अन्य विभाग प्रमुखहरुलाई पठाएको एउटा लामो इमेलबाट।

इमेलमा होप अर्थात् आशा गर्नु कुनै योजना वा रणनीति नभएको भन्दै संस्था बचाउनका लागि केही काम तुरुन्त गर्नुपर्ने उल्लेख थियो।

गर्ने के त ?

रविनले ६ वटा बूँदा म्यानेजमेन्टको निर्णय भन्दै लेखेका थिए। ती थिए

 

It is apparent that we will be under a severe strain for the next six months at the very least. Meanwhile we need to keep our operations alive and after several discussions the management has reached the following decisions in the best interests of the Company:

  1. There will be no salary for the top management for three months. This may be further extended
  2. For the first month of lockdown, everyone except the top management will receive 50% of their salary.
  3. From the second month onwards, those who are required to keep working will continues to get 50% of their salary.
  4.  From the second month onwards the company will further evaluate the staff strength needed and some of our colleagues may be asked to go on leave without pay until further notice.
  5. Some others whose services are not immediately needed during the lockdown will be asked to remain on call and will get 25% of their salary.
  6. If the company receives some grant from government or other sources or business improves, the loss of salary to the retained staff will be compensated to the extent of assistance or Improvement in business.

 

ती सुनौला दिन

अलिकति फ्ल्यासब्याकमा जाउँ। आजभन्दा १९ वर्षअघि जब टिएचटीले नेपालमा प्रवेश गरेको थियो, तब एक किसिमको आतंक छाएको थियो।

नहोस् पनि किन, १२ पेजको पत्रिका। ६ पेज त रङ्गीन। जम्मा २ रुपैयाँमा किन्न पाइने।

यसको प्रकाशक इन्टरन्यासनल मिडिया नेटवर्क प्राइभेट लिमिटेड थियो, अनि यो कम्पनीलाई होल्ड गर्ने कम्पनी थियो एसिया प्यासिफिक कम्युनिकेसन्स एसोसिएट्स (आप्का) नेपाल प्रालि। आप्कामा भारतीयको लगानी थियो। आप्काले नेपाली पत्रिका पनि निकाल्ने तयारी गर्दै थियो।

त्यसपछि नेपालमा पत्रकारितामा विदेशी लगानी सही कि गलत भन्ने बहस छेडियो। पत्रकारले राम्रो सेवा सुविधा पाउनु पर्छ, लगानी भित्र्याउनु पर्छ भन्ने एकथरिको तर्क थियो भने अर्को थरि विदेशी लगानीले नेपालको राष्ट्रियतामा असर पर्छ, हुँदैन भन्ने थियो।

अर्को थरिमा नेपाली मिडियाका साहुहरु थिए। त्यतिबेलै हो मिडिया साहुहरुले मिडिया सोसाइटी नामको संस्था गठन गरेको। राष्ट्रवादीहरुले टिएचटी जलाएको भन्दै समाचार नेपाली साहुको मिडियामा आएका थिए। तर कानुनसम्मत भएकैले त होला, उनीहरुले  यसलाई रोक्न भने सकेनन्।

कानुनी रुपमा टिएचटीको प्रकाशक नेपाली स्वामित्वको इन्टरन्यासनल मिडिया नेटवर्क प्रालि थियो। आप्का नेपाल पनि नेपालमा दर्ता भएर त्यो पत्रिकाको मार्केटिङ गर्ने कम्पनीको रुपमा थियो। आप्काले भारत र मरिससमा पनि कारोबार गर्छ।

त्यतिबेला स्पेसटाइमको अङ्ग्रेजी पत्रिका टुडे र कान्तिपुरको काठमान्डु पोस्टसित प्रतिस्पर्धा थियो अङ्ग्रेजी दैनिकको। प्रतिस्पर्धामा उत्रन टिएचटीले एक रुपैयाँमा पनि पत्रिका बेच्यो। अङ्ग्रेजी पत्रिकामा बजारको ठूलो हिस्सा कब्जा गर्न टिएचटी सफल भयो। त्यसपछि आप्काले नेपाली राष्ट्रिय दैनिक पनि निकाल्यो- अन्नपूर्ण पोस्ट। कानुनी रुपमा भने न्युज मिडिया प्रालिबाट। यी दुई पत्रिका छाप्ने छापाखाना समा प्रिन्टर्स पनि आप्काकै लगानी हो।

अनि ओरालो लाग्यो

अङ्ग्रेजी र नेपाली दुई राष्ट्रिय दैनिक सञ्चालन गरिरहेको यो मिडिया हाउसबाट सिक्नु पर्ने कुरा चाहिँ यहाँको म्यानेजमेन्ट थियो। नेपाली मिडियामा नभएको राम्रो सिस्टम बसाइएको थियो यहाँ। अरु ठाउँको भन्दा राम्रो र समयमा दिइने तलब। तर सिस्टमले मात्र नहुने रहेछ। अन्नपूर्ण पोस्ट नाफामा जान सकेन। त्यसैले आप्काले यो पत्रिका नेपाल न्युज नेटवर्क इन्टरन्यासनल (थ्रीएनआई)लाई बेच्यो।  यो कम्पनी क्याप्टेन रामेश्वर थापाको हो। कान्तिपुरको सेयर बेचेर भर्खरै बाहिरिएका रामेश्वरलाई मिडियाको पावरको चश्का लागिसकेको थियो। उनी मिडिया चलाउने सोचमा पुगिसकेका थिए। तर नयाँ चलाउने कि पुरानै किन्ने भन्ने अन्यौलका बीच २०६९ सालको अन्तिममा डिल भएर २०७० वैशाखदेखि अन्नपूर्ण नयाँ व्यवस्थापन मातहत सुरु भएको थियो।

अब आप्कासित अङ्ग्रेजी दैनिकमात्रै बाँकी रह्यो। पछिल्लो समय यसले पनि सोचे जस्तो ग्रोथ लिन सकिरहेको थिएन।

यही बीचमा कोरोना संकट आयो र व्यवस्थापनले बहाना पनि पायो। पत्रिकाको प्रकाशन बन्द भयो। अहिलेसम्म पनि पत्रिकाको इपेपरमात्र वेबसाइटमा अपलोड गर्ने गरिएको छ। इपेपर नै निकाले पनि काम त्यसै त निस्कन्न। काम गर्नै पर्‍यो। तर काम भए पनि तलब भने पाएनन्।

व्यवस्थापनसित कुरै भएन

एमडी रविन लामाले पठाएको त्यो प्रस्ताव टिएचटीको न्युजरुमले अस्वीकार गर्‍यो। व्यवस्थापनले खर्च घटाउने प्लान ल्याउन भनेको थियो। त्यस अनुसार अनौपचारिक रुपमा २५ प्रतिशत तलब ‘स्याक्रिफाइस’  गर्ने कि भन्ने छलफल पनि न्युजरुम र एचओडीहरुको भएको थियो। तर त्यो माथिको प्लान यता व्यवस्थापनले कुनै पनि कम्युनिकेसन नगरेको त्यहाँ कार्यरत पत्रकारहरु बताउँछन्। यही बीचमा काठमाडौँ बाहिरका ब्युरोहरु बन्द गरिए।

लकडाउन अब खुलिसके पनि तलब भने चैतदेखिकै पाएका छैनन् त्यहाँका धेरै पत्रकारले। चैत महिनाको आधा तलब भने केही केहीले पाएका छन्। कसले पायो, कसले पाएन। पाउनेले किन पाए, नपाउनेले किन पाएनन्- कसैलाई केही थाहा छैन। व्यवस्थापनले कसलाई छानेर आधा तलब दिएको हो पनि उनीहरुलाई थाहा छैन।

यही बीचमा राजीनामा दिएर छाडेर जानेहरुलाई शतप्रतिशत तलब दिन्छ रे भन्ने हल्ला पनि त्यहाँ फैलिएको छ। तर आधिकारिक रुपमा व्यवस्थापनले यस्तो प्रस्ताव पनि ल्याएको छैन।

कान्तिपुरले जस्तो यहाँ बेतलबी विदामा राख्ने काम त भएको छैन। तर साउन लागिसक्दा पनि चैतकै तलब नपाउनेहरु छन्। चैतको आधा तलब पाएकाहरुले पनि वैशाख, जेठ र असारको तलब कहिले पाउने हो, केही टुङ्गो छैन। इपेपरमा सीमित भएको पत्रिका प्रकाशन कहिले हुने त थाहा छैन नै, प्रेस पनि बिक्री हुन लागेको हल्ला सुनेर छक्क परेका छन् त्यहाँका पत्रकारहरु।

पत्रकार महासंघको पत्र अस्वीकार

अस्तिनै लेखेको एउटा ब्लग याद छ नि तपाईँहरुलाई- पत्रकार महासंघले नागरिकमा पत्र पठाउँदा बुझ्नै नमानेको। रजिस्ट्री पत्र लग्ने हुलाकीले ‘यस ठेगानामा लैजाँदा उता लगे उता लानु भने। उता लगे तल लानु भने। तल लगे माथि लानु भने। माथि लगे तल लानु भनी घुमाइरहेकोले र कसैले नबुझेकोले फिर्ता !’ लेखेर पत्र फर्काइदिएको थियो। अहिले फेरि अर्को एउटा ठूलो मिडिया हाउसले त्यस्तै गरेको छ। यो त अझ बहुराष्ट्रिय लगानी भएको कम्पनी। चैतको तलब साउन लाग्दासमेत पाएका छैनन् त्यहाँका पत्रकारहरुले। उनीहरुले छाता संगठन पत्रकार महासंघ गुहारे। महासंघले पत्र पठायो। तर म्यानेजमेन्टले पत्रै बुझ्न मानेनछ। बाध्य भएर महासंघले स्क्यान गरेर इमेलबाट पत्र पठाएको छ।

यस्तो छ पत्र-

पत्रमा बाँकी बक्यौता सबै पारिश्रमिक एक हप्ताभित्र उपलब्ध गराउन नत्र कडा संघर्षमा उत्रने जानकारी दिइएको छ।

पत्रिका नाफा नहुने भए नेपालको कानुन अनुसार बन्द गर्ने उपाय पनि छ। त्यही अनुसार कम्पनी गए भयो। तर यसरी काममा लगाएर तलब नदिई श्रम शोषण त गर्न पाइएन नि। बिचरा पत्रकार र त्यहाँ कार्यरत अरु कर्मचारीहरु कसरी जीविका चलाइरहेका होलान् नियमित आउनु पर्ने तलब नै नआएको अवस्थामा ?

(कोरोना कहरमा परी जागिर गुमाउनु भएका वा तलब कटौति भएका रेडियो, टेलिभिजन, अनलाइन वा छापा माध्यमका पत्रकारहरुले आफ्नो कथा/व्यथा बाँड्न चाहनु हुन्छ भने माइसंसारको फेसबुक पेजमा मेसेज गरेर वा इमेल blog@mysansar.com मा पठाउन सक्नुहुन्छ)

Comments