यौन हिंसाबाट जोगिन महिला पत्रकारलाई सिंदुर पोते लगाएर हिँड्न महिला अधिकारकै लागि गठित पत्रकारहरुको समूहले सुझाव दिएको चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक देख्न सकिन्छ। त्यसका लागि अनलाइनखबरमा पाँच वर्षअगाडि २०७२ साउन २२ गते प्रकाशित एउटा समाचारको लिङ्क अहिले व्यापक सेयर भइरहेको छ। अनलाइनखबरको उक्त समाचारमा दुई जना पुरुष र एक जना महिला भएर तयार पारेको सुरक्षा निर्देशिका भन्दै ‘यौन हिंसाको सम्भावित जोखिमबाट बच्न सजग रहने’ विषयमा ८ वटा बूँदा राखिएको छ। त्यसैको सातौँ बूँदामा ‘विवाह भएको जनाउ दिने पहिरन र सिंगार गर्ने’ लेखिएको छ। के साँच्चिकै यस्तो सुरक्षा निर्देशिका बनेको हो त? चासो लागेर खोज्दा युएनको वेबसाइटमा निर्देशिका नै भेटियो। कुरो अलि फरक रहेछ।
के छ निर्देशिकामा ?
सञ्चारिका समूहको वेबसाइटमा यो बारे छोटो जानकारी त छ तर पूरै निर्देशिका भने राखिएको छैन।
बरु युएनको वेबसाइटमा भने यो निर्देशिका भेटियो। यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ।
युनेस्कोको काठमाडौँ कार्यालयले सञ्चालन गरेको पत्रकार सुरक्षा अभिवृद्धि परियोजनाका लागि सञ्चारिका समूहले यसको प्रकाशन गरेको रहेछ। यसको संयोजन र सुपरीवेक्षण लक्ष्मणदत्त पन्तले र लेखन बद्री पौड्याल, हरिकला अधिकारी र भुवन केसीले गरेका रहेछन्। त्यतिबेला समूहकी अध्यक्ष निर्मला शर्मा नै रहिछिन्।
यो निर्देशिकाको खण्ड ३ मा सुरक्षाका उपायहरु उल्लेख छन्। यसभित्र जोखिम आकलनका लागि यी कुरा लेखिएका छन्-
त्यसैगरी अनावश्यक जोखिम ननिम्त्याउनका लागि यस्ता उपाय सुझाइएको छ-
सुरक्षित यात्राका लागि यस्ता सुझाव छन्-
स्रोतसँग भेटघाट र सम्पर्कका विषयमा यस्ता सावधानी सुझाइएको छ-
त्यसैगरी यौन दुर्व्यवहार र हिंसाबाट जोगिनका लागि यस्ता उपाय सुझाइएका छन्-
अर्थात् प्रकाशित निर्देशिकामा अहिले चर्चामा भए जस्तो सिंदुर पोते लगाएर हिँड्ने सुझाव दिइएको छैन, ‘विवाह भएको जनाउ दिने पहिरन र सिंगार गर्ने’ भनिएको छैन। बरु ‘स्थानीय संस्कृति र परम्पराका साथै सुरक्षालाई समेत ध्यानमा राखेर काम गर्ने’ भनिएको छ।
पुरा निर्देशिका यता पढ्न सकिन्छ।
[documentcloud url=”https://www.documentcloud.org/documents/7000854-पत-रक-र-मह-ल-क-स-रक-ष-न-र-द-श-क.html#document/p1″]
कसरी पाँच वर्ष पुरानो समाचार अहिले चर्चामा?
सरकारी मोटरसाइकल र महिलाको ढाड प्रकरण तपाईँहरुलाई थाहै होला। सामाजिक सञ्जालमा मात्र भाइरल भइरहेको यो विषय मिडियाडबलीले ‘अनुसन्धान’ गरेर महिला पुरुषको नाम, थर र पदसहित फेरि भाइरल बनाइदियो। यही समाचार धेरैले कपिपेस्ट गरे। यससम्बन्धी ब्लग पढ्न यता क्लिक गर्नुस्। हुँदाहुँदा अनलाइनखबरले पनि यो विषयमा त्यही दिन अर्थात् साउन ५ गते लेख्यो। त्यो समाचारमा सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माको पनि ‘कोट’ थियो। उनले ‘कर्मचारी वा सार्वजनिक जिम्मेवारीमा रहेका मानिसहरुको पोशाक मर्यादित हुनुपर्छ । पब्लिक व्यक्ति भइसकेपछि ड्रेसअपमा चाहिँ हामीले ध्यान दिनुपर्छ’ भनेकी थिइन्।
यही विषयमा ‘साडी पत्रकार’ को बहस ट्विटरमा भएको थियो।
बजारमा ‘साडी’ पत्रकारको एउटा समूह छ, बरिष्ठ भएकाले यो समूहका सदस्य रिपोर्टिङ जान्नन नत्र बाढी पहिरोको रिपोर्टिङमा पनि साडी नै लगाएर जान्थे । उनीहरूबीच अक्सर साडी, स्यान्डिल र लिपिस्टिकको ब्रान्डबारे कुरा हुन्छ र अर्ति मर्यादित पोशाकको दिन्छन् ।
— Binu (@subedibinu) July 20, 2020
यही बहसकै क्रममा पत्रकार शोभा शर्माले ‘बिहे भएका महिला पत्रकारले स्रोत भेट्न जाँदा वा रिपोर्टिङ् जाँदा चुरापोते सिन्दुर लगाउनु भन्ने निर्देशिका नै झण्डै पास गरेका थिए केही वर्षअघि’ भन्दै ट्विट गरेकी थिइन्।
बिहे भएका महिलापत्रकाकरले स्रोत भेट्न जाँदा वा रिपोर्टिङ् जाँदा चुरापोते सिन्दुर लगाउनु भन्ने निर्देशिका नै झण्डै पास गरेका थिए केही वर्षअघि। सारीवादी दिज्यूहरूको ‘मोरल पोलिसिङ’ कार्यविधि कम रमाइलो हुन्छ र …
— दोस्रो दर्जाकी ब्राह्मणी (@SharmaShova) July 22, 2020
त्यही लहरोमा यो पुरानो समाचारको लिङ्क आएको थियो। काठमान्डु पोस्टका पूर्व सम्पादक अनुप काफ्लेले यो लिङ्कसहित ट्विट गरेपछि यो विषय पुनः ध्यान तान्ने बनायो।
"पुरुषसमेत मिलेर तयार पारेको निर्देशिकामा महिला पत्रकारले आफ्नो पहिरनमा विचार पुर्याउनुपर्ने भनिएको छ।"
How do you say FFS in Nepali?https://t.co/YrD3Ipntd9
— Anup Kaphle (@AnupKaphle) July 22, 2020
ट्विटरमा यसरी फैलिएको थियो यो समाचारको लिङ्क
यो भिजुअलाइसेन इन्टर्याक्टिभ रुपमा हेर्न मजा हुन्छ। यता क्लिक गरी हेर्नुस्।
निर्देशिका ‘झण्डै पास गरेको’ भन्नेबाट उठेको बहस ‘निर्देशिका नै त्यसरी बनेको’ जस्तै गरी सामाजिक सञ्जालमा फैलन थाल्यो, चाइनिज ह्विस्पर गेम जस्तै। उही गेम क्या, जसमा सुरुमा एउटा कुरा भनिएको हुन्छ तर मान्छे-मान्छेबीच त्यो बारेमा सञ्चार हुँदै अन्तिममा पुग्दा त अर्थको अनर्थ भइसकेको हुन्छ।
भएको के थियो त?
सञ्चारिका समूहले त्यतिबेला लेखकहरुसहित छलफलको आयोजना गरेको थियो। छलफलका लागि केही खाका बनाउनु पर्थ्यो, अहिले भाइरल भएको समाचारमा आएको विषय त्यही खाकाको थियो। त्यही खाका कै आधारमा अनलाइनखबरले पाँच वर्षअघि समाचार बनाएको थियो। सोही समाचारमा नै पनि ‘यस्तो सुरक्षा निर्देशिकामाथि शुक्रबार सञ्चारिका समूहले ललितपुरमा छलफल चलाउँदैछ’ लेखिएको छ।
निर्देशिकाका लेखक मध्ये एक भुवन केसीले ट्विटमा बताए अनुसार ‘यो प्रारम्भिक चरणको छलफलका लागि प्रस्ताव गरिएको बूँदा’ रहेछ।
प्रारम्भिक चरणको छलफलका लागि प्रस्ताव गरिएको बुँदा हो । निर्देशिकको अन्तिम रुपमा छैन । बुँदा प्रस्तावको सबै जिम्मेवारी बद्री सर र मैले लिँदै छलफल लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने स्पष्ट गर्न चाहन्छौं । साथै, निर्देशिका पढेर नै सुझाव दिनु भयो भने हामी थप आभारी हुनेछौं । https://t.co/U882P8FXXm
— Bhuwan KC (@Bhukke) July 23, 2020
त्यतिबेला अनलाइनखबरमा यस्तो समाचार प्रकाशित भएपछि पनि यो बारे निकै बहस भएका थिए। शायद त्यस्तो बहसले नै निर्देशिका त्यो रुपमा नआएको पो थियो कि! तर पाँच वर्षपछि प्रकाशित निर्देशिका नै नहेरी ‘यस्तो छ रे नि’ भनेर बहस हुनु चाहिँ खास कुरा के हो भनेर खोज्ने हाम्रो जाँगर नहुनु नै हो कि ! तपाईँलाई के लाग्छ?