gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

पर्वतमा दाम्लोले बाँधेर बजार डुलाइएको चितुवा तन्दुरुस्त भएपछि सौराहामा छाडियो

डेढ महिनाअघिको यो फोटो याद छ नि तपाईँलाई। दाम्लोले बाँधिएको एउटा चितुवा लमक लमक हिँड्दै थियो। केही समय एक युवक र धेरै जसो समय दुई जना प्रहरी समेतले दाम्लो समातेर हिँडेको देखिन्थ्यो। मानिसहरु सेल्फी खिच्न लालायित देखिन्थे। कोही कोही भिडियो पनि खिचिरहेका छन्। कोही चितुवाको टाउकोमा यस्सो छोएर हेर्थे। घरपालुवा झैँ गरी चितुवा पनि मानिसहरुको भिडमा बिन्दास हिँड्दै थियो। उक्त चितुवालाई पर्वतको जलजलामा गाउँपालिका-७ धाइरिङमा समाएर प्रहरीलाई बुझाइएको थियो। 

त्यही चितुवा अहिले तन्दुरुस्त भएको छ र सौराहाको जंगलमा छाडिएको छ।

सोमवार (असार ८ गते) : प्रहरीद्वारा उद्दार। बजार घुमाएको। बेलुका करिब ७ बजे डिभिजनल वन कार्यालयमा पुगेको।

मङ्गलवार (असार ९ गते) : प्राथमिक उपचार।

बुधवार(असार १० गते) : पर्वतका पशु स्वास्थ प्राविधिक गोविन्द पौडेल द्वारा उपचार सुरु, चितुवाले मासु खान थालेको।

बिहीबार (असार ११ गते) : उपचार नियमित।

शुक्रवार(असार १२ गते) :  राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन लगिएको।

चितवनको सौराहा लगिएपछि भेटेरिनरी टिम र वन्यजन्तु प्राविधिकहरुको उपचार र स्याहार पछि यो चितुवा तन्दुरुस्त भएको थियो। आजै यसलाई निकुञ्ज छेउको जंगलमा छाडिएको थियो। खोर खोल्ने बित्तिकै चितुवा रमाउँदै उफ्रँदै जंगलमा पसेको थियो।

यसबारे राजु आचार्यले त्यतिबेला ब्लग लेखेका थिए। ब्लगको एक अंश यस्तो थियो-

त्यो चितुवालाई के भएको होला ?
पहाडी क्षेत्रका बस्तीहरूमा ज्यानै जोखिममा पारेर भीरको मह काट्ने चलन हुन्छ। सो भिर मौरीको मह बुढापाकाहरूले धेरै खान दिँदैनन्। विदेशीहरू पनि सो महलाई ‘बहुला मह’ भन्ने गर्छन्। हुन पनि हो, झुक्किएर धेरै खाइयो भने यसको नशा लामो समय सम्म लाग्छ। मानिसले आँखा देखिरहन्छ, सोच्ने पनि गरिरहन्छ तर हात खुट्टा चलाउन सक्दैन। यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा मानिसले प्रतिक्रिया जनाउन सक्दैन। धेरै मह खाएर मानिसहरू मरेका पनि छन्। मौरीले बिरुवाको विषालु रसहरू पनि खाने भएकोले त्यसो भएको भन्छन् स्थानीय।

मैले यो उदाहरण प्राध्यापक एवम् वरिष्ठ वन्यजन्तु विज्ञ करनबहादुर शाहलाइ बताएर चितुवाको अवस्थाको बारेमा सोधेको थिएँ। उनले भने, ‘हो, एकदम सत्य। त्यो चितुवालाई सिनो वा अन्य खानामार्फत् विषले असर गरेको प्रस्ट हुन्छ। यस्ता विषहरूले तपाईँले भने जस्तो स्नायु प्रणालीमा असर गरेको हो।’

उनले थपे, ‘चितुवालाई अगाडि मानिस छ भन्ने पनि थाहा छ, उसले आँखा पनि देखिरहेको छ, उ हिँडी पनि रहेको छ तर उसले प्रतिक्रिया जनाउन नसकेको मात्र हो।’

प्राध्यापक शाह यसबारेमा थप्छन्, ‘सर्पहरू जन्मने बित्तिकै विषसहित आक्रामक हुन्छन्। शुरुमानै शत्रु र मित्र चिन्छन्। प्रकृतिमा कसरी बाँच्ने, के खाने भन्ने जन्मँदै सिकेर आउँछन्। तर बिराला प्रजातिहरूमा त्यस्तो हुँदैन। माउले बच्चाहरुलाई सिकाउँछन्। यो चितुवा वयस्क होइन। आमा कुनै कारणले गुमाएको र आमाबाट सिक्ने कुरा पूर्ण रूपमा सिक्न नपाएको पनि हुन सक्छ। जसले गर्दा मानव बस्ती नजिकै आउने वातावरण बनेको र भेटिएको हुन सक्छ।’

उनले भने ‘यसको पनि सम्भावना छ, तर म यो कारण भन्दा पनि, विषकै कारणले हो भन्नेमा छु।’

शाहले थपे ‘नत्र भने यस्तो बेला ९९ प्रतिशत आक्रमण गर्नु पर्ने हो, किनकि यिनीहरू जति घाइते हुन्छन, जति भोका हुन्छन् त्यति नै बढी आक्रामक हुन्छन्। चितुवाले शत्रु र मित्र छुट्टाउन नसकेर मात्र हो, नत्र भने त्यस्तो गर्दा पर्वतमा धेरै मानिस घाइते हुन् सक्थे।’

डिभिजनल वन अधिकृत श्रेष्ठ भन्छन्, ‘यसका बारेमा के भएको भनेर हामी भेटनरी डाक्टरसँग समन्वय गरी रहेका छौँ। शरीरमा विष प्रवेश गरेको हुन सक्छ।’

अनुसन्धानकर्मी घिमिरे भन्छन्, ‘कुपोषित जस्तो देखिन्छl विष पनि हुन सक्छ। यदि त्यसो हो भने विषको असर कम हुने बित्तिकै आक्रामक हुन सक्छ।’

उनले भने, ‘मानिसहरू नजिक जानु राम्रो हुँदैन। मलाई कुन्नि किन हो मानिसले पालेको चितुवा फुत्केको जस्तो पनि लाग्छ।’

भेटनरी इन्टर्न अभिशेष निरौला पनि विषको कारणले यस्तो घटना हुन सक्ने बताउँछन्। उनी भन्छन् ‘ कुनै कारणले यिनको शरीरमा विष प्रवेश गर्‍यो भने अन्य लक्षणसहित डिप्रेस्ड (बाहिरी संसारसँग बेखबर रहने) हुनसक्छ। विषको असर अनुसार कहिले बढी सक्रिय हुने र कहिले कम सक्रिय हुन सक्छन्।’

केही वर्ष अघि हिउँ चितुवाको बच्चा माउसँग छुट्टिएर र खाना नपाएको अवस्थामा डोल्पामा भेटिएको थियो। हिउँ चितुवाका ती अल्प वयस्क डमरुहरू मानिसले जति जिस्क्याउँदा पनि केही गर्न सकेका थिएनन्। यो आमाले तालिम दिनु अगाडि नै छुट्टिएका थिए भनेर अनुमान गरिएको थियो।

1 comment to पर्वतमा दाम्लोले बाँधेर बजार डुलाइएको चितुवा तन्दुरुस्त भएपछि सौराहामा छाडियो

  • SP

    त्यसरी हिरो जस्तो गाउँ डुलाउने प्रहरीलाई कार्वाही हुनपर्ने हो, भए कि भएन|