gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

टिभीमा पत्रकारिता गर्न गएको, जिएम साब त ‘जसरी हुन्छ ठोक्नुस्’ आदेश पो दिन्छन्

-सुमन शर्मा-

“कर्मचारीको पिसिआर टेस्ट गरेको खबर बाहिर गयो भने राम्रो सन्देश जाँदैन। टेलिभिजन नै सिल हुनसक्छ। के गर्ने भनेर व्यवस्थापनले तयारी गर्दैछ, तपाईँ अहिले घर जानू। यदि टेस्ट गर्ने भयो भने अफिसले तपाईंलाई बोलाउँछ। जिएम सा’बले भन्नु भा’को। हैन, पिसिआर टेस्ट गर्ने नै हो भने तपाईं टेकु जानुस र आफै गर्नुस। डाक्टर चिन्नु भएको छैन भने, तपाईंलाई व्यक्तिगत रुपमा म डाक्टरसँग कुरा गरेर सहयोग गर्न सक्छु। मैले गर्न सक्ने यति हो।”

लकडाउनको करिब ४२ दिनको अफिस बसाईपछि घर जानुअघि न्युज २४ टेलिभिजनले लकडाउन संयोजक तोकेका व्यक्तिले मलाई अफिसको पार्किङ कुनामा लगेर यसो भनेका थिए। लामो समयपछि घर जाँदै गर्दा मनमा डर थियो- कतै मलाई कोरोना पोजेटिभ त छैन? डर हुनु स्वभाविक थियो, किनभने लकडाउनमा फिल्डमा पुग्ने एक्लो रिपोर्टर म थिएँ। अनि क्यामेरामा मसँग हुन्थे केशव निरौला।


लकडाउनको बेला फिल्ड रिपोर्टिङ गर्दाको फोटो

दैनिक जसो पटक-पटक मोबाइलमा कल गर्ने र मिटिङ तथा कार्यालय आएको बेला पनि बेतुकका विषयमा रिपोर्टिङ्ग गर्न दबाब दिने तथा विभिन्न अनावश्यक कामका लागि समेत भेटिरहने जिएम साबले त्यो दिन भने मसँग भेट्दै भेटेनन्। अफिसले पिसिआर टेस्ट गर्न सक्दैन भन्ने सन्देश दूतमार्फत् पठाए।

तपाईँलाई लाग्ला, मलाई भेट्न जिएम जस्तो मान्छे किन आउनु पर्ने? हुन पनि हो, स्वास्थ्य सुरक्षाको कारण देखाउँदै अफिसै लकडाउन गर्ने जिएम साबलाई जाबो एउटा कर्मचारीको स्वास्थ्यको के चिन्ता? टेलिभिजनबाट विज्ञापन हटाएकै कारण र टेलिभिजनलाई विज्ञापन नदिएकै कारण कसैको बदख्वाइँ गरी समाचार बनाउन परेको भए पो। जाबो पिसिआर टेस्टको लागि किन आउनु? कद घटिहाल्छ नि। आफ्नै क्याबिनमा बोलाउँदा पनि इज्जत जाला नि त, आखिर जिएम भनेको सानो पद त हैन नि।

गएको फागुन ७ गतेबाट मैले न्युज २४ मा काम सुरु गरेको थिएँ।

*थपिएको : मेरो जागिरको करारनामा (agreement) भने पुस ७ गते को मितिमा भएको थियो। यो हिसाबले पहिलो ६ महिने agreement २०७७ असार ६ सम्म थियो।

परीक्षण काल ६ महिनाको थियो। अर्थात् २०७७ असार ६ गतेसम्मको। नयाँ आर्थिक कार्यक्रम बनाएर बिजनेस डेस्क हेर्ने गरी न्युज २४ मा मेरो प्रवेश भएको थियो। चैत ११ देखि लकडाउन सुरु भयो।

पहिलो तीन महिनामा मैले उठाएका दुई विषयलाई ‘टेलिभिजनको प्रभाव’ भन्दै समाचार बनाएर प्रसारण गरियो। नयाँ आर्थिक कार्यक्रमको डेमोसमेत तयार भयो। उक्त डेमोलाई प्रमुख कार्यकारी निर्माता रवि लामिछानेले प्रसारणयोग्यको मोहर लगाए र प्रसारण मिति तय गर्न तथा निर्माण प्रक्रिया अघि बढाउन आवश्यक स्वीकृतिका लागि माथि अर्थात् व्यवस्थापनमा पठाए।

यसै बीच बिजनेस ब्युरोका लागि एउटा जिम्मेवारी आयो, जिएम साबबाट। ‘नेपालस्थित एक प्रतिष्ठित बीमा कम्पनी एलआइसी नेपाल अब बन्द हुँदैछ। नेपाल छोडेर त्यो कम्पनी भारत पलायन हुँदैछ। सर्वसाधारणको अर्बौ रुपैँया डुब्दैछ। अब यसलाई तपाईँले ठोकेर समाचार बनाउनु पर्‍यो’ भन्दै यो जिम्मेवारी मलाई दिइयो।

पाएको जिम्मेवारी अनुसार काम गर्नै पर्‍यो। केही दिन त्यसैको रिपोर्टिङमा लागेँ। डकुमेन्ट हेरेँ। सम्बन्धित पक्षहरुसित कुरा बुझेँ। मेरो अनुसन्धानले यो कम्पनीमा भनिए जस्तो केही खराबी नभेटेपछि सोही अनुसार जिएम साबलाई जानकारी गराएँ। तर उनी कुनै कुरा सुन्ने र बुझ्ने पक्षमा थिएनन्।

“जसरी हुन्छ ठोक्नुस, अझै अनुसन्धान गर्नुस्, अझै अरु क-कसलाई हुन्छ भेट्नुस, तर ठोक्नुस्” यो आदेश थियो। म ट्वाँ परेँ। किन यस्तो भनेका होलान्?

पछि पो थाहा भयो, लामो समयदेखि न्युज २४ को एउटा कार्यक्रमको प्रायोजन गरिरहेको यो कम्पनीले विज्ञापन दिन छोडेपछि यसको बदख्वाइँ गर्ने गरी समाचार प्रसारण गरी त्यो विज्ञापन पुनः लिने पक्षमा रहेछ म्यानेजमेन्ट।*

म भने यस्तो समाचार नबनाउने र नबजाउने पक्षमा थिएँ। ‘मेरो बाटो पित पत्रकारिता हैन, बरु जागिर छोड्छु तर यस्तो पत्रकारिता गर्दिनँ’ भनेपछि जिएम साबसँग मेरो चर्काचर्की नै पर्‍यो। त्यो पनि उनको क्याबिनमा हैन, न्युजरुममा। जसको प्रत्यक्ष साक्षी छन् त्यसबेला अन ड्युटीमा रहेका न्युजरुम र एडिटिङका सहकर्मीहरु। अन्ततः यो समाचार प्रसारण हुनबाट त रोकियो। तर म उनको आँखाको कसिंगर हुन पुगेँ।

यो घटनाको केही समयमै सरकारले देशभर लकडाउन घोषणा गर्‍यो। अफिस पनि लकडाउनमा गयो, सीमित कर्मचारीलाई अफिसमै राखेर टेलिभिजन प्रसारण गर्ने निर्णय भयो जसमा बिजनेस ब्युरोबाट म पनि परेँ। हुन त सुरुमा मलाई नराख्ने भनिएको थियो, तर थोरै जनशक्तिले धेरै काम गर्नु पर्ने भएकोले पनि म छानिएछु। सानो टिम र इतिहासमा कहिल्यै नभएको लकडाउन अनि महामारीको त्रास। मलाई मात्र हैन, अफिसमा बस्ने सबैका लागि यो नयाँ अनुभव थियो। बसेको थोरै जनशक्तिले पनि कन्टेन्टको गुणस्तरमा कुनै कमि आउन दिएन। सबैले आ-आफ्नो पक्षबाट सकुन्जेल गरे।

तर यही बीचमा म्यानेजमेन्ट भने अर्कै सोचमा अघि बढेको देखियो। सायद, सानो टिमले पनि भने जस्तो टेलिभिजन सञ्चालन गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेर होला। कर्मचारी कटौती, तलब कटौती, कर्मचारीलाई १५/१५ दिन काममा लगाउने जस्ता कामका लागि जिएम साबको ब्यस्तता बढ्न थाल्यो। लकडाउनको बहानामा सकुन्जेलको हर्कत गरियो, जसले विरोध गर्छ सबैलाई निसानामा पारियो। लकडाउनअघि नै जिएम साबको आँखाको कसिंगर बनिसकेको म पनि अब निशानामा परेँ।

एकदिन बिहान करिब सात बजेतिर मोबाइलमा घन्टी बज्यो। जिएम साबको फोन रहेछ। यो फोन भने दैनिक आउने फोन भन्दा केही फरक थियो। यो दिन फोनमा कुनै प्रश्न थिएन, केही दिन अघिको जस्तो लकडाउनको बेला पनि मेरो घरमा इन्टरनेट काटियो एनटिसीलाई आज ठोकेर न्युज बनाउनुस् भन्ने जस्तो आदेश पनि थिएन। न त भारतको जमुना नदी लकडाउनका कारण सफा भएछ, आजतकले देखाउँदैछ, हाम्रो पनि बागमती नदी सफा भयो भनेर न्युज बनाउनुस् भन्ने आदेशमुखी सुझाव नै थियो। न त फलानोलाई प्रहरीले प्रमाणसहित समाएछ, त्यो हाम्रो विज्ञापनदाता हो, जोगाएर समाचार बनाउनुस् भन्ने जस्तो नै थियो। त्यो दिन समाचार बनाउनु पर्ने विषयमा कुनै आदेश थिएन।

तर पनि जिएम साबको फोन ? त्यो पनि मधुर आवाजमा ?

‘अफिस आउनुस्, मलाई भेट्न।’

मैले हुन्छ भनेँ। बिहान करिब ११ बजे भेट पनि भयो।

‘फलानो कम्पनीले त्यो टिभीमा विज्ञापन दिएको रैछ, दिनभरी बज्छ। हाम्रोमा पनि बजाउनु पर्‍यो,’ उनले भने।

म हातमा मोबाइल खेलाउँदै टाउको हल्लाउँदै कुरा सुनिरहेँ। उनी अगाडि भन्दै थिए, ‘तपाईंको नातेदारको कम्पनी हो रे। विज्ञापनको लागि कुरा गर्नुस्, मलाई फोन गर्न लगाउनुस् अथवा मलाई नम्बर दिनुस्।’

जिएम साबको यो कुरा सुनेपछि सोचेँ- टेलिभिजनको आयस्रोत भनेको विज्ञापन नै त हो। अरु टिभीमा बज्छ भने म कार्यरत टिभीमा किन नाईँ? दुई पक्षको कुरा मिल्यो भने ठीकै छ भन्दै पुलको भूमिका निर्वाह गर्न राजी भए। फोन गर्न लगाइदिन्छु अथवा सोधेर तपाईंलाई नम्बर दिन्छु पनि भनेँ।

एकैछिनपछि उनले रिपोर्टिङ पनि गर्न भन्दै ‘त्यो कम्पनीको नराम्रो कुरा के-के छ पत्ता लगाउनुस्, नेगेटिभ बाइट कसले दिन्छ हेरेर लिनुस्, जसरी हुन्छ नेगेटिभ न्युज बनाएर राख्नुस् पो भने।

‘विज्ञापन आयो भने ठीक छ हैन भने न्युज ठोक्नु पर्छ’ भनेपछि म अलमल्ल परेँ र त्यहाँबाट जुरुक्क उठेर हिँडे। यही विषयलाई लिएर पछिसम्म समाचार विभागका नेतृत्वकर्ता प्रमोद न्यौपानेलाई समेत अनावश्यक टर्चर गरियो।

पटक-पटक पित पत्रकारिताको लागि दबाब, तनाव, अनेक जालझेलको बीचमा बसेर काम गर्न पक्कै पनि सजिलो छैन र हुँदैन पनि। त्यसमाथि व्यवस्थापकसँगै तीतो सम्बन्ध। लकडाउनकै समयमा सुरु भएको कार्यक्रमबाट पनि बाहिरिएँ। हुनत कसैलाई जि हजुरी गरेर, गुलामी गरेर, हात जोड्दै हो माथि हो लगाएर जागिरमा बस्ने बानी मेरो कहिले परेन।

डेढ महिना लकडाउनमा बसी घर फर्केपछि मलाई अफिसबाट इमेल आयो जसमा लेखिएको थियो, ‘तपाईंको परीक्षणकाल असार ७ गतेबाट सकिँदैछ, व्यवस्थापनको निर्णय अनुसार तपाईँको रोजगारी सम्झौता नवीकरण नहुने जानकारी गराइन्छ।’ इमेलमा नवीकरण गर्न नसकिने कारण भन्दै झुटको खेति गरिएको रहेछ।

कोरोना कहरले जागिरमात्र गएन झुटा आरोपसमेत खेप्नु पर्‍यो। पित पत्रकारिता नगर्नु, पैसाकै लागि कसैको नराम्रो समाचार नबनाउनु, तपाईंको हो मा होहजुरी नगर्नु मेरो असक्षमता हैन। न त मैले कुनै बेतुक र हावादारी गफ गर्दै हिँडेको छु।

त्यसपछि मैले नवीकरण नगरिनुको वास्तविक कारण स्पष्ट पारिदिन प्रशासन र लेखा शाखामार्फत् व्यवस्थापनलाई दुई पटक इमेलमार्फत् अनुरोध गरिसकेको छु। र, अझै पनि जवाफको प्रतीक्षामा छु।

मलाई मेरो प्रश्नको जवाफ चाहिएको छ।

(सुमन न्युज २४ टेलिभिजनको बिजनेस ब्युरोमा सब-कोअर्डिनेटर पदमा कार्यरत थिए)

(*लेखकले दावी गरेको कार्यक्रम ‘आमा’को प्रायोजक नेपाल लाइफ इन्स्योरेन्स स्क्रिनसटमा देखिएकोले स्क्रिनसट र कार्यक्रमको नाम दुवै ब्लगबाट हटाइएको छ। एलआइसी नेपाल एनएलआइसी छुट्टाछुट्टै कम्पनी हुन्। २०७६ माघमा नेपालसमाचारपत्र लगायत केही मिडियामा एलआइसी नेपाल डुब्न लागेको खबर आएको थियो। कम्पनीले त्यसको खण्डन वेबसाइट र फेसबुकमार्फत् गरेको थियो। )

3 comments to टिभीमा पत्रकारिता गर्न गएको, जिएम साब त ‘जसरी हुन्छ ठोक्नुस्’ आदेश पो दिन्छन्

  • rajib lohani

    जागिर छोडेपछी किन लेख्छन यि पत्रकारहरु ? जागिर खादा नै बोले पो सबैले साथ दिन्छन । जस्तो डाक्टर शेर बहादुर पुनले निकाल्न लागेको बारेमा बोले – सबैले साथ दिए । छोडेर गएको संस्थाको बारेमा बोलेर खुशी हुनु आत्मरत्ती मात्रै हो ।
    फेरी निजी क्षेत्रमा सबै कर्मचारीले उत्तिकै सुबिधा पाउछन भन्ने पनि छैन । नत्र किन सरकारी जागिर चाहियो ?

  • उपेन्द्र गौतम

    तपाइले गरे जस्तो अनुभव “ठुला”कुख्यात मिडियामा काम गर्ने श्रमजिबी पत्रकारहरुसङ पनि छ। फरक के छ भने उनीहरु तपाईं जस्तो बोल्न सक्दैनन र यस्ता मिडियाकै कुख्याती रङमा डुबेर रमाउन थाल्छन र हाम्रो निश्पक्ष र स्वतन्त्र भन्ने पत्रकारिता एकपक्षीय र परतन्त्रको हैकममा पर्न जान्छ। तपाईंको अदम्य कर्मलाइ सलाम छ।

  • peace

    गएको फागुन ७ गतेबाट मैले न्युज २४ मा काम सुरु गरेको थिएँ। परीक्षण काल ६ महिनाको थियो। अर्थात् २०७७ असार ६ गतेसम्मको। ???? ६ महिनाको अवधीमा कति दिन र महिना हुन्छ ???