gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

अहो, मलाई कोरोना त भएन? लक्षण देखिएपछि मैले भोगेको एक हप्ते तनाव

-चिरन्जीवी खनाल-

केही दिनदेखि रुघाखोकीले ग्रस्त थिएँ। लगत्तै टाउको र घाँटी दुख्न सुरु भयो। लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। केही दिनदेखि विभिन्न कार्यालयहरुमा पनि पुगेको थिएँ। भेटघाट धेरै जनासँग भएको थियो। दिनभरी बाहिर हुँदा खाजा पनि बहिरै खाइन्थ्यो। शंखमूलको शानदार मोमो, नयाँ बानेश्वरको सुन्दर मोमो, सिंहदरबारभित्रको क्यान्टिन र प्रहरी मेसमा खाजा खाएको थिएँ। यी सबै राजधानीमा धेरै भिडभाड हुने ठाउँ मध्यमा पर्छन्।

कोरोना यतै कतैबाट सर्‍यो कि भन्ने आशंका थियो। अर्कोतिर चिकित्सक दाइसँगको बसाई। दिनभरी बिरामी उपचारमा खटिएका धेरै चिकित्सकलाई पनि कोरोना देखिएको थियो। त्यसैले दाइबाट पो सर्‍यो कि भन्ने अनुमान पनि थियो। तर दाइलाई कुनै लक्षण थिएन। चिकित्सकसँगको बसाइ भएका कारण मनोबल उच्च थियो, लागिहाले पनि निको हुन्छ भन्ने कुरामा ढुक्क थिएँ। 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिन सुरु भएपछि म घर बाहिर निस्किन छोडेको थिएँ। आफ्नो कारणले अरु जोखिममा नपरुन् भन्ने थियो। लक्षण देखिरहेको अवस्थामा कोरोना परीक्षण गर्ने निर्णय गरियो। नजिकैको पाटन अस्पताल पुगेँ। अस्पताल पुगेर नाम,फोन नम्बर,ठेगाना टिपाएँ।

१० मिनेटमै पालो आयो, स्वाब दिएँ। फर्किने बेलामा स्वास्थ्यकर्मीले कुनै समस्या आयो भने तुरुन्त अस्पताल जाने सल्लाह दिनु भयो। रिपोर्ट आएको जानकारी मोबाइलमा म्यासेज आउने कुरा जानकारी दिनुभयो। कस्तो राम्रो सुबिधा रहेछ, धेरै खुशी पनि लाग्यो।

म कोठामा फर्किएँ। त्यतिन्जेल विगत केही दिनमा प्रत्यक्ष सम्पर्कमा आएको व्यक्तिहरुलाई सतर्क बनाउन आफूलाई लक्षण देखिएर पिसिआर टेस्ट गरेको जानकारी दिइसकेको थिएँ। पिसिआरको रिपोर्ट आउन २ देखि ३ दिनसम्म लाग्ने रहेछ। म सोच्दै थिएँ, कोरोना लागेको रहेछ भने आफूसँगै विभिन्न कार्यालय लगायत ठाउँका व्यक्तिलाई सारियो होला।

मलाई पोजिटिभ आए दाइलाई पनि आउने सम्भावना प्रबल थियो। दाइलाई पोजिटिभ आए दाइ काम गर्ने अस्पताल नै सिल गर्नु पर्ने होला भन्ने डर थियो। दाइको परामर्शले मनोबल बढेको थियो। दुई दिनपछि रातिको ९ बजे म्यासेज आयो। रिपोर्ट आएको जानकारी साथै वेबसाइटको ठेगाना र लगइन आइडी र पासवर्ड हुँदो रहेछ। सिस्टम कति सरल र सहज रहेछ। नेपाल सरकार र पाटन अस्पताललाई मनैदेखि धन्यवाद दिएँ।

रिपोर्ट हेर्दा सातो उडेको जस्तो भयो। रिपोर्टमा पोजिटिभ/नेगेटिभ लेखिएको थिएन। पुनः परीक्षण गर्नुपर्ने लेखेको थियो। किन?  कारण लेखिएको थिएन।

दोश्रो परीक्षण गर्नुपर्ने भयो, बेचैनी झन बढ्यो। दोश्रो परीक्षण किन गर्नुपर्ने भन्ने कारण रिपोर्टमा लेखिएको थिएन। कतै कोरोना कन्फर्म गर्नलाई पुनः परीक्षणका लागी बोलाइएको त होइन भन्ने पनि लाग्यो। चिकित्सकहरु र जेनेटिक ल्याबमा काम गर्ने साथीहरुलाई पुनः परीक्षण गर्नुको कारण पत्ता लगाउन रिपोर्ट पठाएँ। पुनः परीक्षण गर्नुको धेरै कारण हुँदो रहेछ, त्यो मध्यको एउटा भाइरसको लोड थोरै देखिएकोले पुनः यकिन गर्नको लागि पुनः परीक्षण गर्नु पर्ने हुँदो रहेछ।

शंकाको सुई त्यतैतिर मोडियो, पुनः परीक्षणको लागि फेरि पाटन अस्पताल पुगेँ। स्वाब संकलन भयो, रिपोर्ट नआउँदासम्म बहिर निस्किने कुरो भएन। घरमा आइसोलेट भएर थप केही दिन बस्नु पर्ने भयो।

आइसोलेट भएर बस्दा दिन कटाउन पनि मुस्किल हुँदो रहेछ।  इन्टरनेट साथी बनेको थियो। कोरोना नै देखिन्छ भन्ने लगेको थियो। म मानसिक रुपमा कोरोनासँग लड्न तयार थिएँ। कोरोना देख्ने बितिकै सरकारी आइसोलेसनमा जाने भित्रभित्रै तयारी गर्दै थिएँ। हामी कोठा भाडामा लिएर बस्छौँ र कोरोना देखिएको खण्डमा कोठामा बस्न सम्भव थिएन।

म सोच्दै थिएँ, म जस्ता लाखौं व्यक्ति कोठा भाडामा लिएर बसिरहेको होलान्। उता समाचारमा सरकारले बनाएको आइसोलेसनमा बेड खाली नभएको र घरमै होम आइसोलेसनमा बस्न आग्रह गरेको सुनिन्छ। संक्रमण बढेको अवस्थामा कोठा भाडामा लिएर बस्नेहरुलाई ठूलै समस्या पर्ने रहेछ भन्ने लागिरहेको थियो। मैले मसँग सम्पर्कमा आएको ब्यक्तिहरुलाई जानकारी होस् भनेर फेसबुकमा पिसिआर गरेको र रिपोर्ट पर्खेको कुरा लेखेको थिएँ। फेसबुक पोस्ट हेरेर धेरैले फोन,म्यासेज गर्नुभयो। कतिले हौसला दिनुभयो, कतिले वाक्क समेत बनाए। केही साथीहरुले दिनमा १० भन्दा धेरै पटकसम्म फोन गर्न भ्याउनु भयो, मानौँ कोरोनाको रिपोर्टको चिन्ता मलाई भन्दा धेरै अरुलाई छ। अर्को एक जनाले पिसिआरमाथि नै शंकासमेत गर्नु भयो। पिसिआरमा नेगेटिभ आए पनि घरमै आराम गर्न सुझाव दिनु भयो।

कोरोनाको चिन्ता म स्वयंलाईभन्दा अरुलाई धेरै रहेछ। किनकि म प्रत्यक्ष/अप्रत्यक्ष रुपमा उहाँहरुको सम्पर्कमा आएको रहेछु। कोरोना ठूलै हाउगुजी रहेछ। नजिक हुँदैमा वा भेट्दैमा सरीहाल्छ भन्ने धेरैलाई लगेको रहेछ।

आइसोलेसनमा फूर्सद नै फुर्सद थियो। दिन कसरी कटाउने भन्ने ध्यान हुन्थ्यो। त्यही बेला एउटा सोच आयो- विगत केही दिनमा कति जनासँग सम्पर्कमा आएको रहेछु भनेर लिस्ट बनाउने निर्णय गरेँ। ल्यापटपमा लिस्ट बनाउन सुरु भयो। विगत १०-१५ दिनमा भेटेका व्यक्ति, पुगेको पसल, कार्यालयहरु र सम्भव भएसम्मको फोन नम्बरसहितको लिस्ट बनाइसकेपछि म झस्किएँ। जानी, नजानी वा अवस्था/ आवश्यकता अनुसार धेरै ठाउँ र व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा पुगिएको कुरा महसुस भयो। पछिल्लो केही दिनमा मात्र ३२ जना व्यक्ति, ७ वटा कार्यालय, १२ क्यान्टिन/ खाजा/ चिया पसल, ३ किराना पसल, २ दूध /डेरी, १ अस्पताल, १ तरकारी/ पानी/ ग्यास पसलमा पुगिएको रहेछ। मलाई संक्रमण देखिँदा धेरै ठाउँमा कोरोना देखिने सम्भावना हुँदो रहेछ भन्ने लाग्यो।

मेरो दोश्रो परीक्षणको रिपोर्ट आयो।

नेगेटिभ !

खुशी लाग्यो तर यो एक हप्तामा मैले धेरै कुरा सिक्न र बुझ्न पाएँ। कोरोनासँग डराउनु भन्दा आँफै सजग हुनु पर्दो रहेछ र लागिहालेमा पनि ठीक हुन्छु भन्ने आत्मविश्वास राख्नु पर्दो रहेछ। आफ्नो तर्फबाट हामी सचेत नहुँदा अरुलाई समेत जोखिममा पार्दा रहेछौँ। मास्क, साबुन पानी ,स्यानिटाइजर प्रयोग र अनावश्यक भिडभाड नगरी आफू ,परिवार, अफिस, अस्पताल र समस्त देशलाई बचाउन सकिने रहेछ।

म अस्पताल पुग्दा मसँग कुरा गर्ने फ्रन्टलाइनमा खटिएका युद्धका सिपाही जस्ता देखिने चस्मा, PPE, मास्क, फेस शिल्ड भिरेका स्वास्थकर्मीमाथिको सम्मान अझ बढेर आयो। दैनिक हजारौँ बिरामीहरु हेर्नु पर्ने स्वास्थ्यकर्मीहरु सबैभन्दा धेरै जोखिममा छन्। सरकारले स्वास्थ्यकर्मीहरुलाई उचित सम्मान र सेवा सुविधा दिनु पर्छ। दैनिक घर/कोठामा आवतजावत गर्ने स्वास्थ्यकर्मी सवारी साधनको व्यवस्था गर्नुपर्छ वा जोखिम नियन्त्रण नहुँदासम्म बस्न र खानको समेत प्रबन्ध गर्नु पर्छ।

खनाल वन्यजन्तु अनुसन्धानकर्ता हुन्। 

 

Comments