gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

हाम्रा सन्तानले कहिले ‘ह्याप्पी चासोक तङनाम’ भन्ने ?

– मिलन लिम्बू –

मेरो सांस्कृतिक मूल्य मान्यताले निश्चित कुनै दिन वा छेक पारेर आमा बुबाको मुख हेर्नु पर्छ भन्दैन । मैले आफ्नो मान्ने सिद्धान्तले भौतिक रूपमा गरिने कर्म र परिणामलाई सर्वोपरि मान्दछ । तर, समाज बहुरङ्गी छ । हरेक रङ्गहरूलाई स्वीकार्नु पर्छ । स्वीकार्दै आएका छौ । विडम्बना ! हामी मिलेर बनेको समाज यस्तो बन्यो जुन समाज र समाजले बनाएको व्यवस्थाले बारम्बार मेरो अस्तित्व अस्वीकार गर्छ । र, मलाई म भएर भन्दा पनि उ जस्तै भएर बाच्न बाध्य तुल्याउँछ !

हिजो म सँग असम्बन्धित कुराहरू जबरजस्ती म सँग सम्बन्धित बनाइयो । आज मेरो सन्तानलाई पनि उ सँग असम्बन्धित कुरालाई जबरजस्ती सम्बन्धित बनाउने क्रम जारी छ । हामीले बनाएको समाज र व्यवस्थाप्रति यही कुरामा घोर विमति राख्छु ।

प्रसङ्ग मेरो छोरीले मेरो मुख हेरेबाट सुरु गरौँ– बिहानै उठेर एउटा कार्ड बनाइन् । त्यो कार्ड हातमा थमाइन र भनिन्– ‘ह्याप्पी फादर्स डे’ ! म अचम्मित मात्र भइन, मेरो मथिङ्गल हल्लियो । सद्भाव मानेर भने– ‘थ्याङ्क्यु’ ! 

हिन्दु धार्मिक मान्यता अनुसार यसपालि भदौ ३ गते बुधबार कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन परेछ ! कोरोना सन्त्रासले होला यादै भएन । नढाँटी भन्दा आफूसँग असम्बन्धित भएकोले कुशे औँसीबारे मतलब नै भएन । आफ्नो कुरालाई जति महत्वकासाथ ख्याल गरिन्छ अरूसँग सम्बन्धित कुरामा कमै चासो हुन्छ । यसैलाई वास्तविकता मान्छु । मिडियामा दैनिक समाचार तयार पार्नु पर्ने भए याद हुन्थ्यो । आजकाल नियमित जागिरमा नरहेकाले त्यो पनि भएन । त्यसैले कुशे औँसी याद भएन । याद हुनु र मनाउने जाँगर चलेर आए पनि कर्म–काण्ड थाहा छैन । कर्म–काण्ड आउने भए जाँगर चलेको बेला सद्भावकै लागि भए पनि मनाइन्थ्यो सायद ! आस्था र मूल्य मान्यताभन्दा पनि सद्भाव महत्त्वपूर्ण हुन्थ्यो ।

छोरी चेसुङ ९ वर्षकी । कोरोना समस्या नभए कक्षा ४ का लागि नियमित विद्यालय जान्थिन् । तर, कक्षा ३ उत्तीर्ण गरेर पनि कक्षा ४ पढ्न पाएका छैनन् । आजकल बेरोजगार भएको फाइदा छोरीसँग घरमै समय बित्छ । विद्यालयमा उनले सिकेका धेरै कुरा नजिकबाट महसुस गर्दैछु । म हुर्केको समाज र मेरो छोरी हुर्कँदै गरेको समाज तुलना गर्ने अवसर मिलेको छ ।

मलाई याद नभएको कुशे औँसीसम्म याद गर्ने सानी छोरी यही समाजले बनायो । त्यसमा ठुलो देन, मैले महँगो शुल्क तिरेर पढाएको विद्यालयको छ । विद्यालयले मेरो छोरीलाई कुशे औँसी कण्ठस्थ गराएकोमा दुःख छैन । कुरा यति मात्र हो, मेरो छोरीलाई उसकै जाति वा समुदायबारे किन पढाइँदैन ? मलाई जस्तै मेरो छोरीलाई पनि उसको जाति र समुदायको सांस्कृतिक उपगमबारे किन जानकार बनाइँदैन ? त्यसैले त भन्छु वर्तमान समाज व्यवस्थाले मेरो अस्तित्व अस्वीकार गर्छ । मलाई म भएर होइन उ जस्तै भएर बाच्न बाध्य तुल्याउँछ । हिजो त्यस्तै थियो आज पनि उस्तै छ ।

दसैँ यही समाजको उपगम हो । तर, मेरो सांस्कृतिक मूल्य मान्यतासँग सम्बन्ध राख्दैन । म सँग असम्बन्धित नै भए पनि मलाई दशैको महिमा कण्ठस्थ छ । चासोक तङ्नाम पनि हाम्रै समाजको सांस्कृतिक उपगम हो । विडम्बना ! म सँगै हुर्केको मेरा गैह्र लिम्बू साथीलाई चासोक तङ्नामको महिमा त के कुन याममा मनाइन्छ भन्ने सम्म थाहा हुँदैन । तर, मेरो साथीको दोष होइन हाम्रो समाजको चरित्र मुख्य दोषी हो ।

हिजो म आफूलाई जुन स्थानमा पाउँथे आज मेरो छोरीलाई पनि त्यही स्थानमा पाउँदै छु । मेरो छोरीलाई तीजको महिमा राम्रो थाहा छ । हरेक तीजमा ह्याप्पी तीज भन्ने छिन् । हरेक दशै, तिहार वा हिन्दु धर्म र समुदायसँग सम्बन्धित चार्ड पर्वहरूमा यसरी नै खुसी साट्ने छिन् । फरक यति हुनेछ– मेरा साथी जस्तै छोरीका साथीलाई पनि छोरीको मौलिक पहिचान थाहा हुने छैन, मेरो छोरीको सांस्कृतिक अस्तित्व बुझ्ने छैनन् ! र, म जस्तै छोरी पनि एकोहोरो शुभकामना बाँड्ने छिन् तर उनका साथीले कहिले शुभकामना भन्ने छैनन् !

सात रङ्ग मिलेर इन्द्रेणी बन्यो । इन्द्रेणीलाई प्रतिविम्ब मान्दै इन्द्रेणी समाज भनियो । तर, त्यही इन्द्रेणी अपुरो छ भन्ने कसैलाई ख्यालै भएन ! जुन इन्द्रेणीमा कालो मात्र होइन पहिचान खुलेका धेरै रङ्गको अस्तित्व अस्वीकार छ ! दुरुस्तै हाम्रो समाज । जहाँ हजारौँ अस्तित्व अस्वीकृत छन् । त्यसमा मेरो अस्तित्व एउटा, म जस्तै हजारौँको एउटा–एउटा अस्तित्व । त्यसैले म भन्छु, समाज सप्तरङ्गी इन्द्रेणी जस्तो होइन बहुरङ्गी बनाउनु पर्छ । जुन समाजमा सबैको अस्तित्व समान सम्मानित होस् ।

हाम्रै बलिदानपूर्ण सङ्घर्षहरूले हामी नागरिकलाई नै सर्वोपरि मान्ने व्यवस्था स्थापित भयो । हामी रैतीबाट नागरिक बन्यौ । हामी सबैको अस्तित्व समान बन्यो– नागरिक । तर, यो समाजले म र म जस्तै सयौँको अस्तित्व आफ्नो बराबर मान्दैन । बहुरङ्गी समाजको अस्तित्व स्वीकार गर्दैन । जात, समुदाय वा आस्थाकै आधारमा अझै पनि मेरो समाज तह निर्धारण गर्दैैछ, विभेद गर्दैछ, बहिस्करणको नीति झन्–झन् बलियो बनाउँदैछ । र, असमानतालाई झन् संस्थागत गर्दैछ । यो काम सङ्गठित रूपमा जारी छ । जसरी विगतमा हुन्थ्यो आज पनि त्यसरी नै हुँदैछ ।

साकेलामा हजारौँ राई टुँडिखेलमा जम्मा हुन्छन् । असङ्ख्य सिली नाच्छन् । तर, यहाँका मिडियाले भिडका सुन्दरी मात्र साकेलाको सौन्दर्य मान्दछ ! सिलिका महत्त्व र किराँती सौन्दर्यबारे आजसम्म कुनै मिडियाले लेखेको भए प्रमाणका रूपमा प्रस्तुत गरे हुन्छ । दुई–चार सुन्दरीको तस्बिर छापेर यहाँका मेनस्ट्रीम झारो टार्छन् । तर, दशैको दश होइन बिससम्म दशै दुर्साउने धुन बन्छ, त्यसरी नै दशैको महिमा छापिन्छ । सदियौँ देखि देखेर पनि नदेखे झैँ गरेका कारण सबैले देखोस् भनेर डुटिखेलमा मनाइने माघी, ल्होछार र साकेलाहरु एउटा फोटो र एक क्लिप भिडियोमा टारिन्छन् । अनि कसरी म यो समाजलाई मेरो समाज मान्न सक्छु ? म जस्तै हजारौँले कसरी मेरो समाज हो भनेर गर्वले गमक्क भएर स्वीकार्न सक्छन् ? यस्ता पीडावोध हुने घटना कति हो कति !

मलाई अस्वीकार गरे पनि म मेरो समाज प्रति जिम्मेवार छु । तर, मेरो समाज भनेर गर्वले गमक्क हुन सक्दै सक्दिन । स्वर्गीय कविवर माधवप्रसाद घिमिरेले भने झैँ ज्योतिको पङ्ख उचालेर दुनियाँमा प्रकाश छर्दै गीत गाउन सक्दै सक्दिन ! जुन दिनसम्म मेरो अस्तित्व यो समाजले स्वीर्कादैन त्यो दिनसम्म यस्तै नै रहने छु । म जस्तै हजारौँ अस्वीकृत अस्तित्वहरू यस्तै रहने छन् ।

मेरो अस्तित्व स्वीकार्ने भए– जसरी मलाई तिमी र तिम्रो अस्तित्वबारे थाहा छ, त्यसरी नै म र मेरो अस्तित्वबारे तिमीलाई थाहा हुनु पर्छ । त्यो भन्दा पहिले तिम्रोबारे मलाई थाहा हुने तर मेरोबारे तिमीलाई थाहा नहुने संरचनागत विभेद अन्त्य हुनु पर्छ। जसका लागि तिम्रो र मेरो सन्तानले हामी दुवैको अस्तित्वबारे थाहा पाउनु पर्छ। अनि मेरो सन्तानले ‘ह्याप्पी दसैँ’ र तपाईँका सन्तानले ‘ह्याप्पी चासोक तङ्नाम’ भन्ने छन्। त्यो पल साँच्चिकै रोमाञ्चक हुनेछ । अनि, आनन्दको श्वास फेरिनेछ ।

12 comments to हाम्रा सन्तानले कहिले ‘ह्याप्पी चासोक तङनाम’ भन्ने ?

  • Sudip

    Very happy to read your article. However, I would like to raise a concern in it as well. I appreciate that we need to learn to socialize, learn culture to respect each other. But same time why Happy Chasok Tangnam. I believe you have a proper word for it like Dashain ko Subhakaman to the other parts of the society in your article. These days our kids are taught to be westernised. Can we be we first too before we raise a concern in us? Well, I am not a hypocrite but I am one, who made me this. Who taught me these values? I must have learned at home, school and the same society we all live.

  • madan bajracharya

    नेपालमा आदिबाशी जनजातिकाको यो हालतमा पुगेकोमा म् अरुलाई होईन चन्द्र शम्शेर राणालाई दोश दिन्छु। सय बर्ष अघि चन्द्र शम्शेरले नेपालमा सती प्रथा बन्द गरेको थियो। चन्द्र शम्सेरले सती पठाउने कुकार्य् बन्द नगरेको बेलामा पनि नेपालको आदिबाशी जनजातिकामा सती पठाउने सँस्कार थियन। सती पठाउने आफु राफ्नै मात्रै नेपाली मान्ने ठुला जातको मान्ने अरुलाई कुजात भन्ने आदिबाशी जनजातिलाई दवाउने र् राजाई गर्न राजनीतिलाई अस्थिर बनाउने समुदायका नै हुन। यदि चन्द्र शम्शेरले सती प्रथा बन्द नगरेको भय यस्ता समुदायका सित कुनै महिलाले विवाह नगरने भयकोले यस्ता कुनै जन्मनेनै थियन।

  • Sanumaya

    लेख पढिसकेर कमेन्ट समेत भ्याएँ, तर चासोक तङ्नाम कहिले र कसरी मनाईन्छ भेउ पाईएन। यसबारेमा दुई पङ्क्ति थप लेखिदिनुभएको भए चाडवाडको बेला साथीहरूलाई ह्यापी चासोक तङ्नाम भन्न मलाई कुनै आईतबार थिएन।

  • madan bajracharya

    यस्तो प्रश्न सोध्नु पर्ने अवस्था आउनुको मुल कारण आफुलाई ठुला जातका थान्ने शासक बर्ग र् तिन्का गुरुहरुको हिनभावना नै हो। समाजमा आफ्नो उच्चाई र् योग्यता अरुले स्थापित गर्छ भन्ने नमान्ने अरुको राम्रोलाई दवायर मात्रै आफ्नो राम्रो बनाउन सकिन्छ शासक र् शासकिय समुदायकाले नेपाली भनेको उनिहरु र् उनिहरुकै मात्र बनाउने सामाजिक धार्मिक र् राजनैतिक् बलत्कारी निती लियकै कारण आदिबाशी जनजातिको भाषा सँस्क्रिती हराउन्दै गयको हो शासक र् शासकिय बर्गको मात्रै थोपरिन्दै गयको हो। हुनत उनिहरुले यो हद सम्म पेलिन सक्नु आदिबशी जनजातिकोको कमजोरी पनि हो।

    पसुपतिमा दच्छिन भारतको बाहुनै मात्र मुलभत्त् बनिने भय जस्तै नेपालको शासन ब्यबस्थाको मन्दिरमा आदिबाशी जनजातिकालाई न्यार भोटे शेर्पा आदी भन्ने आफुलाई र् आफ्नै भाषा लाई मात्रै नेपाली भन्ने मात्रै मुलभत्त बन्दै आयको छ्। ब्यबस्था बदलिय पनि बिस्वलाई देखाउन चुनाव गराउने भय पनि चुनावमा जिते पनि हारे पनि इनिहरुले खोजेको रोजेको चाहेको स्थानमा इनिहरु सिवाय अर्को कुनै नियुक्त हुनै नस्क्ने बनायको छ्। इनिहरुको भगवन्दा सहमति कोठे व्हिप (हुकुम भन्न् नसकेर मात्रै व्हिप भनेको हो) र् मनोनयनले “चुनाव”र प्रतिनिधित्व शब्दहरुलाई नै गिज्याउन्दै देसमा ठुला नेता र् जातिकाको हुकुमतन्त्रनै चलाऊन्दै आयको छ्। सम्पूर्ण नेपालीको राष्ट्रप्रमुख सरकार प्रमुख मात्रै होईन नागरिकअको मतको प्रतिनिधित्व गर्ने दल्को प्रमुख पनि इनिहरु बिछ पालाई पालो बा सहमतिमा नियुक्त हुनु नागरिकअको प्रतिनिधित्व गर्छौ भन्ने समेत् इनिहरुको व्हिप मान्न वाध्यनै हुनुले लोकतन्त्र मानेनै अर्कै बनायको छ्।

    अवशर बक्स भयको भय आदिबाशी जनजातिकाले दसौकौ सम्म अध्यारो बनायको मुलुकमा उज्यालो ल्याउन सक्छ भनेर कुलमान ले देखाईदियको छ्। तर यो कुराले उनिहरु ए आदिबाशी जनजातिकालाई पनि अवशर दिनु पर्ने रहेछ भने सोच्लान भनेर सोच्नु समेत् मुर्खता हुनेछ। इनिहरुको सँस्कार र् धर्मैले हुकुमत जमाउने अरुको कब्ज्याउनेलाई राजासुययज्ञ अस्वमेघ यज्ञ भनेर महान पुनित कार्य मानेको छ् त् इनिहरुकै सँस्कार इनिहरु माथिनै नलादे सम्म आदिबाशी जन्जातिका हक अधिकार भाषा सबै दविन्दै गर्छ। ।

  • नेपाली हृदय

    आदरणीय लेखक ज्यु , हरेक देश वा क्षेत्रमा कुनै समुदायको बहुल्त्यता हुन्छ नै, र उक्त majority समुदायको चाड पर्ब र संस्कृति हाबी हुनु सामान्य मानिन्छ। Globalisation को अहिलेको युगमा मानिलिनुस, उधाहरणको लागि, तपाईं लिम्बूकी ती प्यारी छोरी र कुशे औंसी मान्ने कुनै ब्राह्मणकी उत्रै छोरी साथी-साथी भएर दुवैजना संगसंगै अमेरिका गएर पढ्दै वा काम गर्दै वा बस्दै गरेका हुनसक्ने छन्। अब तपाईंको आलेखको अभिप्राय अनुसार, यदी उनीहरुलाई नेपाली नयाँबर्षमा कुनैपनि अम्रिकानेले नयाँबर्षबारे वास्ता गरेन या “तिमीहरुलाई नेपाली नयाँ बर्षको शुभकामना” भनिदिएन भने त ति छोरिहरुले तपाईंकै शब्दमा “तिम्रो Jan1 को New Year बारे मलाई थाहा हुने तर मेरो नेपाली नयाँ बर्षबारे तिमीलाई थाहा नहुने संरचनागत विभेद अन्त्य हुनु पर्छ ” भन्दै तपाईंजसरीनै दुखी भएरै जिन्दगी बिताउनुपर्ने भयो। अन्य नेपाली स्वदेशीले पनि नभनेको “ह्याप्पी चासोक तङनाम” त्यहाँका अन्य अम्रिकानेहरुले पनि नभनिदेलान्। त्यसैगरी Easter Holidays, Ascension Day, Pentecost जस्ता त्यहाँका स्थानीय सबै चाडपर्बको बारेमा पनि हाम्रा ति नेपाली चेलीहरुलाई हेक्का नहुन सक्ला। म नेपाली भएर पनि मलाई थाहा नभएको नयाँ चाडबारे जानकारी दिनुभयो, यस्कोलागि भने तपाईंलाई हृदयबाट नै ‘ह्याप्पी चासोक तङनाम’ ।

  • VP sharma

    I believe you must worry of converting and copying the non nepali traditions mostly by yr societies . Ask Wilson B. Rai , who claims to be traditional but look at his name , WILSON what a misery , hasnt he found any traditional name, Alisha Rai and there are such names mostly by the Janajati who themselves already converted into foreign culture , and there are people like you complaining of our own traditions and culture.
    Hypocrates people

  • देबेन्द्र बस्नेत

    नेपालका मङोल समुदायका केही पढेलेखेका ब्याक्तीहरुलाइ हिन्दुको चाडपर्ब, धर्म संस्कृति र नेपाली भाशा प्रति अतिनै कुन्ठा र रिस छ। दशै तिहार होस् या तीज, एउटा न एउटा बिरोध गर्न आइहाल्छन। तर यिनै समुदायका मान्छेलाई आफ्ना बाल्बच्चाले मात्री भाषा भन्दा कारटुन, सिरिएल र हिन्दी चलचित्रको प्रभावले हिन्दी भाषा बोल्दा केही चिन्ता छैन, कृस्मस तथा भ्यालेन्टाइन मान्दा यिनिहरुलाइ चिन्ता छैन, बोर्डिङ स्कुल ले अंग्रेज़ी भाषा माध्यममा पढाएर स्वोदेशी भाषा संस्कृति सबै भुल्दा चिन्ता छैन । चिन्ता छ त दशै तिहार तीज को नेपाली भाषा संस्कृतिको। अचम्म छ।

  • Subash

    आफ्नो परम्परा सस्स्कृती र पर्व हरु प्रचार प्रसार र समाज लाई बुझाउने दायित्व आफ्नै समुदाय बाट गर्नु पर्छ। तसर्त अरुले मानी दिएन भन्दा पनि हाम्रा सन्तान लाई हामी अभिभावक ले के के सिकाएउम त्यो महत्वपूर्ण हुन्छ जस्तो लाग्छ।

  • निशान गौतम

    लोयल्टी एकेडेमी, लिम्बुहरुको बिद्यालय, प्रिन्सिपल र कोअर्डिनेटर लिम्बू, तर लिम्बुकै पर्वमा बिदा दिदैनन । बिद्यालयमा कार्यक्रम समेत राख्दैनन

  • Dilip

    हुन सक्छ यसमा समाजकाे बहुल जातकाे संस्कृति हावी भएको हुन सक्छ तर यसरी कुन्ठा पाेख्नु भन्दा नेवार समुदायबाट केही सिक्ने कि? हेर्नुस् कसरी उनीहरूले आफ्नाे संस्कृति जाेगाएका छन्। सबै जात जातीले मनन् गर्नुपर्ने कुराे।

  • Ramesh Khanal

    २०६८ सालमा म धरानमा पढाउँथें । त्यति वेला बन्द र हड्तालको लहर चलेको थियो । कुन् दिन कुन् समूहको बन्द हुन्छ थाहा हुँदैनथ्यो । त्यस्तैमा एक दिन कलेज बन्द भएको सूचना पाएर म डेरामा फर्कें । तर त्यस दिन बन्द चाँहीं केको हो ? दिउँसो सम्म केही पत्तो लागेन । पछि कलेजसँग बुझ्दा विहानै लिम्बुवानका कार्यकर्ता आएर आज कुनै पर्व भएकोले बन्द गर्नुपर्ने उर्दी आएको थाहा पाएँ । त्यो चाड के होला ? मैले खोजी गर्दा बल्ल बल्ल स्थानीय अखबारमा फेला पारें- त्यस दिन चासोक तङनाम भन्ने चाड रहेछ । अब मलाई त्यो चाड बारे जिज्ञासा भयो । स्थानीय लिम्बू युवायुवतीहरुलाई सोधें, केही पत्ता लागेन । कसैलाई थाहा रहेनछ ।
    बेलुका म धरानमा सडकै सडक वरिपरि हेर्दै हिंडें । कसैका घरमा कुनै खुशीयाली वा कुनै पूजा गरिएको देखिएन । केही व्यक्तिलाई “आज एउटा ठूलो चाड छ रे नि ?” भनी सोधें । कसैलाई थाहा रहेनछ । चासोक तङ्नाम भन्ने चाड मनाएको हेर्ने मेरो इच्छा अधुरै रह्यो ।

  • फुङ्वामाले बिहानै उठेर कागज काटेर बनाइएको सर्ट ह्याप्पी फादर्स डे भन्दै दिइन् । सानो सर्टमा पनि उहीँ लेखिएको थियो । कागज काटेर बच्चालाई रङ्ग भर्न लगाइएछ । अनि पापाको नाम लेख्न लगाएर बिहान दिनु भनेर पठाइएको रहेछ । म उसैगरी छक्क परेँ । स्कुलले बिहान दिनु है भनेकोले ५ वर्षको बच्चाले नबिर्सि दिइन् ।

    रोपाइजात्रामा खेतमा धान रोप्न लाने भनेर अविभावकको अनुमति मागेर लग्यो । तिहारमा देउसी खेलाउन लाने भनेर उसैगरी अनुमति मागे ।

    मैले भनेँ, चासोक, कक्फेक्वा, सिसेक्पा तङ्नाम मनाउन पनि लानुहोस् न भन्ने कुरा राखेँ । स्कुलले भन्यो –बुझेर सेड्युलमा राख्छौ ।

    तर समय बित्यो, उक्त सेड्युल बनेन ।