gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

मदन पुरस्कारका लागि पुस्तकहरु कसरी छानिन्छन् र पुरस्कार घोषणा कसरी हुन्छ? यस्तो रहेछ प्रक्रिया


हालसम्म मदन पुरस्कार प्राप्त पुस्तकहरुको कभर। साभार : मदन पुरस्कार गुठी

नेपालको साहित्य जगतमा सबैभन्दा चर्चित पुरस्कार हो- मदन पुरस्कार। अक्सर यो पुरस्कार विवादमा पनि पर्ने गर्छ। उत्कृष्ट कृतिमाथि अन्याय गरेर निकम्मा लेखक पुरस्कृत भएको आरोप पनि लाग्ने गर्छ। यस्तै आरोपहरुका बारेमा दीपक सापकोटाले कमलमणि दीक्षितसित गरेको कडा सवाल-जवाफ यो लिङ्कमा पढ्न सक्नुहुन्छ। चार वर्षअघि दीक्षितको निधन भइसकेको छ।

यो वर्षको मदन पुरस्कारका लागि सात वटा पुस्तकहरुको श्रेष्ठ सूची साउन २१ गते सार्वजनिक भइसकेको छ। यी पुस्तकहरु कसरी छानिन्छन् र यी पुस्तकमध्येबाट सर्वोत्कृष्ट पुस्तक छानिएर मदन पुरस्कार कसरी घोषणा हुन्छ त? यो प्रक्रियाबारे धेरैलाई थाहा नहुनसक्छ। के हो त प्रक्रिया ? आउनुस् बुझौँ।

पहिला थोरै इतिहासमा जाउँ। मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाले मदन पुरस्कारको स्थापना २०१२ सालमा गरेकी थिइन्। मदन पुरस्कारको पहिलो घोषणा २०१३ सालमा र सम्मान कार्यक्रम २०१४ सालमा भएको थियो। सुरुमा सम्मान पुरस्कारको रकम रू. ४ हजार थियो। २०७५ सालदेखि यो रकम रू. चार लाख भएको छ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई सम्मान गरिने पुरस्कार हो।

यसका लागि जुन वर्षको मदन पुरस्कार हो, त्यो वर्षको चैत मसान्तसम्म प्रकाशित पुस्तकहरु वैशाख १५ गतेसम्म मदन पुरस्कार गुठीमा आइपुग्नु पर्छ। गुठीमा पठाउनका लागि तीन प्रति पुस्तक र विवरण पत्र भर्नुपर्ने हुन्छ। यो सीधै गुठीको कार्यालयमा बुझाए पनि हुन्छ अथवा हुलाकबाट पठाए पनि हुन्छ।

किन गुठीकै कार्यालयमा लगेर बुझाउनु पर्ने त? गुठीका सदस्य सचिव दीपक अर्यालका अनुसार ‘नेपालभित्र तथा नेपाल बाहिरबाट सोही वर्ष कुन-कुन किताब प्रकाशित भए भन्ने कुराको भरपर्दो रेकर्ड वा जानकारी नहुँदासम्म यो व्यवस्था राखिएको हो। वर्षभरमा कुन-कुन किताब निस्किए भन्ने कुराको जानकारी हुने उपाय भएपछि भने गुठीले त्यस विवरणलाई आधार मान्न सक्नेछ।’

यो हुन केही समय लाग्ने उनले बताए।

किताबहरु आइसकेपछि दोस्रो प्रक्रिया सुरु हुन्छ। किताबहरुको संख्या हेरेर कम्तिमा सात जनाको सर्टलिस्ट छनौट समिति बनाइन्छ। बढी बनाउनु परे बिजोर संख्यामा बनाइन्छ, अर्थात् ९, ११, १३ आदि। सर्टलिस्ट छनौट समितिका सदस्यहरुलाई ती किताबहरु उपलब्ध गराइन्छ। यो समितिमा गुठीको सदस्य नभएका गुठी बाहिरका सदस्यहरुको बहुमत हुनुपर्ने प्रावधान राखिएको छ।

यो समितिका प्रत्येक सदस्यले बढीमा १० वटा पुस्तकको नाम गुठीलाई दिन्छन्। यसरी प्राप्त हुने पुस्तकहरूको नाम एउटै नहुन पनि सक्छ। त्यसैले उनीहरूले नाम दिँदा नै क्रमैसँग राम्रा लागेका किताबहरूको सूची दिन्छन्।

सबैको सूची आइसकेपछि यसैका आधारमा सबैभन्दा धेरै सदस्यले रोजेका किताबहरूको सूचीको छनौट गरिन्छ। अर्यालका अनुसार बढीमा १० वटा पुस्तकहरूको छनौट गर्ने भएपनि धेरै सदस्यको मत विभाजन हुने भएको र मन पराइएका पुस्तकहरूको सूची लामो हुने भएकाले गुठीले सबै पुस्तक छनौट गर्न सक्दैन। यो प्रक्रियालाई अझ व्यवस्थित गर्न गत वर्षदेखि समितिभन्दा बाहिर रहेका किताब पढिरहने केही पाठक र अध्येताहरूलाई पनि उनीहरूलाई राम्रा लागेका पुस्तकहरूको सूची दिन अनुरोध गरिएको छ।

यसरी छानिएका पुस्तकहरूको सूची निकालेपछि पहिलो समितिको काम सकिन्छ। गुठीले १० वटा पुस्तकहरुको श्रेष्ठ सूची तयार पार्ने भने पनि अहिलेसम्म १० वटा पुस्तक कुनै वर्षमा पनि घोषणा भएका छैनन्। यो वर्ष पनि सात वटा पुस्तकमात्रै छानिएका हुन्।

अब मदन पुरस्कार घोषणा चाहिँ कसरी हुन्छ त? यसका लागि दोस्रो नयाँ समिति गठन हुन्छ। यो नयाँ समितिमा सर्ट लिस्टका लागि बसेका व्यक्तिहरू पुनः बस्न मिल्दैन। नयाँ समितिले अघिल्लो समितिले दिएका सर्ट लिस्टका पुस्तकहरू पढ्छ र विषय अनुसारका पुस्तकहरू पढ्न फरक-फरक विज्ञहरूको छनौट गर्छ र पढिदिन अनुरोध गर्छ।

विज्ञहरूबाट समीक्षासहितको सुझाव आएपछि यो समितिले गुठीलाई सो वर्षका लागि उपयुक्त पुस्तक भनेर एउटा पुस्तकको नाम दिन्छ। अर्यालका अनुसार विज्ञहरूबाट आएको समीक्षाका आधारमा समितिका तर्फबाट सर्वसम्मतिका रूपमा एउटा मात्र नाम आयो भने सजिलो हुन्छ- गुठीको साधारण सभाले सोही पुस्तकको नाम अनुमोदन गर्छ।

तर, यो समितिमा राय विभाजन भयो भने गुठीको साधारण सभामा उपस्थित सदस्यहरूले छलफल गरेर कुनै एक पुस्तक अनुमोदन गर्न सक्छन्।

अर्यालले सामान्यतः समितिमा हुने सदस्यहरूले एक अर्कालाई नचिन्ने व्यवस्था मिलाइने दावी गरे। उनी भन्छन्, ‘सबैले सबैलाई नचिन्ने व्यवस्थाको सुनिश्चितता गरिन्छ।’

समितिका सदस्य बन्नका लागि केही शर्तहरु राखिएका छन्। जस्तै, काठमाडौं बाहिर र महिला प्रतिनिधि अनिवार्य छ। समितिका सदस्यहरू लगातार दुई वर्ष मात्र दोहोरिन सक्छन्। समितिका सदस्यहरूको कुनै किताब भएमा, सम्पादन गरेको भएमा वा आफ्नो परिवारका सदस्यहरूको पुस्तक भएमा गुठीलाई पूर्व जानकारी दिनुपर्छ।

गुठीका साधारण सदस्यहरूको नाम गुठीको वेबसाइटमा राखिए अनुसार निम्न हुन्-

कुन्दमणि दीक्षित* — अध्यक्ष, रथी श्रीधरशमशेर ज.ब.रा.* — कोषाध्यक्ष, दीपक अर्याल* — सदस्य सचिव

डा. गोविन्द टण्डन*, डा. चूडामणि बन्धु, डा. जगमान गुरुङ, डा. महादेव अवस्थी, डा. माधव भट्टराई

कनकमणि दीक्षित*,अमर गुरूङ, भिक्टर प्रधान, रमेश खकुरेल, सुधा ओझा, सुलोचना मानन्धर

यसमा * लगाइएकाहरु गुठीका प्रबन्ध-समितिका सदस्यहरू हुन्। दोस्रो समितिले सर्वसम्मत रुपमा एक मात्र पुस्तकको नाम पठायो भने गुठीका यी सदस्यहरुले त्यसैलाई अनुमोदन गर्छन्। तर राय विभाजन भएर विभिन्न पुस्तकको नाम आयो भने चाहिँ यी सदस्यहरुले छलफल गरेर कुनै एक पुस्तकलाई पुरस्कारका लागि अनुमोदन गर्छन्।

शुरूका दुई समितिमा रहेकाहरूको नाम केही वर्षपछि मात्र नेपाली त्रैमासिकमा प्रकाशित हुने व्यवस्था मिलाइएको छ। कतिपय समीक्षाहरू स्रष्टा र समीक्षकहरूको अनुमति लिएपछि वा निधनपछि मात्र प्रकाशित गरिएका छन्।

Comments