gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

हलेदो कोट्याएजस्तै पुरस्कार र सम्मान : मोदनाथलाई पद्मश्री सम्मान घोषणापछिको भाँडभैलो

२०७७ असोज ११, आइतबार ।

एकाबिहानैदेखि फेसबुक, ट्वीटरसहितका सामाजिक संजालमा तरंगित हुने एउटा सनसनीखेज समाचार छायो— पद्श्री पुरस्कार र सम्मान। यसमा पनि पुरस्कार, राशी वा यसका आयोजक–प्रायोजक गौण देखिए। समाचारमा एउटै नामले ख्याती कमायो, त्यही नाममा जोडिएको कुनै बेलाको कुख्यातीका कारण। त्यो नाम थियो—मोदनाथ प्रश्रित।

नेपाली समाजमा पछिल्ला वर्षमा सबैभन्दा दरिलो रुपमा उठ्न थालेको मुख्य सरोकार हो— महिला मुद्धा, हिंसा र यौन उत्पीडनका कथाब्यथाहरु। यसमै बलात्कार, हत्या र विभेदका अनेक उदाहरणहरु जोडिन थालेका छन्। निर्मला पन्तदेखि सम्झना कामीसम्मका घटनाहरु ज्वलन्त उदाहरण बनिरहेकै छन्। नारी समानता र हक–अधिकारका कुरा गर्ने क्रममा पछिल्ला वर्षमा कार्पेटमुनि छोपिएको कसिंगरजस्तै शारीरिक–मानसिक र यौनिक उत्पीडनमा छोपिएका महिलाका असंख्य कथाहरु क्रमश बाहिर आइरहेकै छन्। यही सिलसिलामा २०७२ सालको अन्त्यतिर एउटा आत्मकथा बाहिर आयो— ‘धरातल’ नाममा।

त्यति नसुनेको र नपढेको नाम थियो— शारदा भुसाल, लेखकको रुपमा। शायद यो ‘घोष्ट राइटिङ पनि थियो कि। तर यो सरोकारभन्दा बढी पुस्तकभित्रको केही अंश र सन्दर्भले नेपाली राजनीति, साहित्य र बिद्धताका केही शिखर नामहरु नराम्ररी मुछिए, जोडिए। त्यसमा कोही साक्षीजस्ता मात्रै थिए, कोही प्रत्यक्षदर्शी। तर, एकजना अर्घाखाँचीका नेता, पूर्व शिक्षामन्त्री, तत्कालीन एमालेका विचारक, दार्शनिक, संस्कृत साहित्यका अध्येता र ‘मानव’ महाकाब्यका लागि २०२३ सालमै मदन पुरस्कार पाइसकेका भारी विद्धान मोदनाथ प्रश्रित भने शारदाको पुस्तकमा ‘प्रोटागनिष्ट’ थिए, मुख्य हकदार पात्र। प्रश्रितले एकजना एमाले अर्घाखाँची जिल्लाका कार्यकर्ताकी छोरीलाई नाबालक उमेरदेखि गरेको दुराचार र व्यभिचार यो पुस्तकमा छरपस्ट उल्लेख गरिएको थियो। र, यसो गर्ने पीडक उनै मोदनाथ (हाल ७८ वर्ष) थिए । र, पीडित भने यिनै लेखिका शारदा थिइन्।

यत्रो बात लागेपछि मोदनाथले पनि मिडियामा खरो प्रतिक्रिया दिएका थिए तर, पीडितलाई अझ नूनचुक दल्नेगरीको प्रतिक्रियामा मोदनाथ रुमलिएका थिए। मन्जरी प्रकाशन गृहबाट २०७२ सालमा आएको ‘धरातल’ पुस्तकमा मोदनाथ प्रश्रितलाई ‘मोदे’ सम्बोधनसहित आफूमाथि बलात्कार गरिएको आरोप लगाएकी छिन्। यो सबै होहल्ला र बद्नामीपछि आफू तर्सिएको र हराएको भान पर्ने गरी मोदनाथले भनेका थिए—’शारदा भुसाल पागल थिइन्, उसले लेखेको ‘अश्लील साहित्य’ ‘धरातल’ जफत गरियोस्।’

तर, नेपाली समाज र विद्धान सर्कलको चरित्र पनि अनौठो छ। यही विषय कुनै चल्तीको नाम र पात्रले उठाएको भए यहाँ तहल्का भैसक्थ्यो। तर, यो गम्भीर सरोकार उठ्यो, त्यो पनि कुनै थाहापत्तो नभएको महिलाले राष्ट्रका अग्रज विद्धान–दार्शनिक–मार्क्सवादका ब्याख्यातामाथि ‘बात’ लगाएपछि पत्याइदिने कसले? बहसमा आउने कसरी? यो त केवल चर्चामा आउन र पुस्तक प्रकाशकले गरीखानका लागि निकालेको धन्दा उपायका रुपमा मात्रै लिइयो। धन्य, महिलावादी अभियन्ताको संस्था आह्वानले २०१६ जुन १८ मा एउटा बहस कार्यक्रम राखेको थियो—धरातल कृति र यसकी लेखक शारदासँग। यो अन्तरसंवादमा पत्रकार अमृता लम्सालले लेखिकासँग कुराकानी गरेकी थिइन्।

फेरि पद्मश्री कथा

झण्डै एक दशकयता निकै चर्चा र सम्मानित स्थानमा रहेको पद्मश्री पुरस्कार र सम्मान थप इज्जतिलो बन्नाको कारण हो— यसका संस्थापक एनआरएन अभियन्ता जीवा लामिछानेको प्रतिष्ठा। सबैसामु विनयशील र हार्दिक रुपमा प्रस्तुत हुने जीवा अहिले जर्मनीमा होटल ब्यबसायसहितका उद्यमहरु गरेर बसेका छन्। गैर आवासीय नेपाली संघका संस्थापकमध्ये एक र पुर्व अध्यक्षसमेत रहीसकेका जीवा आफैं नियात्रा लेखक पनि हुन्। उनको नेपालय प्रकाशन गृहबाट ‘सरसर्ती संसार’ र फाइनप्रिन्टबाट अर्को संग्रह ‘देश देशावर’ आउने टुंगो भैसकेको छ। आफ्ना बाबुआमाका नाममा पुरस्कार राशी राखेर साहित्य सेवा र प्रवर्द्धन गर्ने जीवाको ध्यानमा अरु कुनै स्वार्थले काम गरेको यसपटकसम्म देखिएको पनि थिएन। तर, यसपटक भने उनी नराम्ररी फँसेका छन्, अथवा फँसाइएका छन्?

यसअघि पनि नेपाल प्रज्ञा प्रतिष्ठानदेखि नरेन्द्रराज प्रसाई साहित्य गुठी र संस्कृति मन्त्रालयसम्मका सबै ठूला पुरस्कार लिन सफल भैसकेका मोदनाथ यसपटक फेरि कसरी पद्मश्रीमा जोडिए त? कतै यो अर्घाखाँचीको माटो–साइनो पो हो कि? सुनिएअनुसार, पद्मश्री पुरस्कार तथा सम्मानको छनौट समितिमा रहेका गुल्मी (अर्घाखाँची हैन रैछ) मूलघर हुने रविन्द्र पाण्डे (डा. रविन्द्र समिर) हुन् वा चितवन घर हुने धनराज गिरी— यिनीहरु पनि समाजले कोरेको चित्र र बनाएको मानकलाई भुलेर दुराचार वा व्यभिचार समेत भुलेर मोदनाथका सिफारिशकर्ता बनेका देखिन्छन्। अचम्मको कुरा, जीवाजत्तिको जानकारी राख्ने र साहित्यकारहरुको बायोडाटा बोकेरै हिड्ने पैसावालले कसरी मोदनाथको नाम भने शिरमा राखेका रहेछन्? अथवा, जीवाको साहित्यिक समूहका राष्ट्रिय सल्लाहकारहरु अमर न्यौपाने, कृष्ण धराबासी, लक्ष्मण गौतम, एलबी क्षेत्रीहरुले पनि यौनहिंसामा मुछिएका ‘आयुर्वेदिक डाक्टर मोदनाथ’का बारे केही प्रकाश पार्नै भ्याएनन् कि? अचम्मै लाग्ने स्थिति छ।

आइतबार बिहान मोदनाथ पुरस्कृत भएबारेको सूचना सार्वजनिक हुनासाथै अलिकति सचेत वर्ग र विशेष महिला स्रष्टाहरु सार्वजनिक सञ्जालमा पोखिनु पोखिएका थिए। नारायणी देवकोटाको आक्रोश थियो—‘समाजका ठालूहरुले यौन उत्पीडनलाई कसरी लिन्छन् भन्ने सवाल पहिलो हो। पद्यमश्री साधना सम्मान दिइने व्यक्तिको बारेमा पुरस्कार दिने संस्था र जीवा लामिछानेलाई थाहा थिएन भन्ने लाग्दैन। सन्जीव उप्रेती सरले एकै मन्चमा उभिएर त्यो पुरस्कार कसरी लिनुहोला भन्ने पिर लाग्यो।’

अमृता लम्सालको ट्वीट थियो—‘महिलामाथि गरिने यौनहिंसा खेलाँची होइन । त्यसमाथि पनि ती पुरस्कृत ब्यक्तिलाई नाबालिग बच्चीमाथि यौन हिंसा गरेको आरोप छ।’

त्यसमाथि आइतबार प्रश्रितसँगै पद्मश्री पुरस्कारबाट ‘हंश’ उपन्यासका लागि पुरस्कृत हुने लेखक सन्जीव उप्रेतीकी श्रीमती एवं लेखक अर्चना थापासमेत सांकेतिक तवरमा मोदनाथ पुरस्कारको विरोधमा उत्रिएपछि अझ बिजोग स्थिति उब्जिएको देखियो। सुरुमा ‘मलाई मसँग पुरस्कृत को भएको छ, थाहै थिएन’ भनिरहेका उपन्यासकार सन्जीव उप्रेतीले केही छिनमा भनिहाले—‘यौन हिंसाको आरोपमा पर्नुभएको लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ। पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमत्ति रहेको हो।’

एक वर्षअघि मात्रै लेखक रमेश सायनको ‘छुटेका अनुहार’ कृतिका लागि पद्मश्री पुरस्कार र इतिहासकार महेशराज पन्तलाई पद्मश्री सम्मान दिंदा यो पुरस्कार कोषले मदन पुरस्कारको मान–सम्मानलाई पनि जित्ने छाँट ल्याएको भन्दै टिकाटिप्पणी सुरु भएको थियो। तर, यो पटक एकैचोटी यत्रो ठूलो सम्मान र संस्थापक जीवा लामिछानेको नाम कहींकतै गर्तमा खसेको छ। यसकारण, सधैं आसेपासेको मात्रै भर परेर र परम्परावादी सोच राखेर बस्ने सल्लाहकारको घेराबन्दीमा बसेर मात्रै नहुने रहेछ भन्ने पाठ मोदनाथ–सम्मान प्रकरणबाट धेरैले सिकेको हुनुपर्छ । सिक्न भ्याइएको छैन भने पनि सिकिहालौं है।

आरोप-प्रत्यारोप

—शारदा भुसालको आरोप—

मैले उसको -मोदनाथ प्रश्रितको_ कोठामा बिताउनुपरेका सात महिना बम्बैको कोठीमा बेचिएकी चेलीको भन्दा फरक थिएन् । उसको दमन र बलात्कार । ऊ आफै यौनाङको रोगी थियो । ऊ यौन पिपासु थियो । हरेक दिन चौबिसै घन्टा मलाई डस्थ्यो । (पेज३५)

— मोदनाथ प्रश्रितको प्रत्यारोप —

—पागलपन दुई किसिमका हुँदा रहेछन्, एउटा पूर्णपागल जो, हरबखत एउटै गतिमा पागल हुन्छ, दोस्रो चाहिँ अँधेरी रातमा बढी च्याप्ने र उजेली रातमा अलि ठीक हुने । चन्द्रमाको प्रभावले गर्दा यस्तो हुँदोरहेछ, उनी (शारदा) दोस्रो दर्जाकी पागल हुन् ।

—सानैदेखि आवारागिरी गर्थिन् । चरित्र राम्रो थिएन र उमेरमा बिहे पनि भएन । पछि श्रीमती गुमाएका एकजना झा थरका व्यक्तिले बिहे गरे भन्ने सुनेको थिएँ ।

“झुठ बोलेको पत्ता लगाउने मेसिनमा बस्न तयार छन् मोदनाथ? “
-काठमाण्डु टुडे, २०७२ चैत २६ गते

यो दावीलाई पत्याउने आधार के?
मोदनाथ प्रश्रितले मलाई बलात्कार गर्दा म चिच्याएकी थिएँ । उनले डल्लुमा रहेको डेरामा मलाई बलात्कार गरेका हुन् । म कराएको सुनेर अष्टलक्ष्मी शाक्य र उनका पति अमृत बोहोराले के भयो भनेर सोधे । अनि प्रश्रितले ‘गुणनीधि दाइकी छोरी हुन् । मानसिक स्थिति राम्रो छैन। उपचार गर्न ल्याएको भने ।’ अष्टलक्ष्मी र अमृत बोहोरालाई पनि यसबारे सोध्दा हुन्छ । पार्टी कार्यालयका मनकुमार गौतम अहिले सांसद् छन्, उनलाई पनि धेरै कुरा थाहा छ । मेरा बाबुआमा पनि जिवीतै छन् । प्रश्रितको खुट्टामा घाउ हुँदा रगतले भिजेका कपडा धुने माइली आमा पनि जिवीतै हुनुहुन्छ । एमाले पार्टीका अन्य धेरै नेताहरु पनि हुनुहुन्छ, जसले प्रश्रित व्यभिचारी पुरुष हुन् भन्ने थाहा पाउनु भएको छ।

तपाईंले बोलेका कुरा झुठ हुन्, तपाई मानसिक रोगी हो भनेर उहाँले पत्रकार सम्मेलन गरेर भनिसक्नुभयो नि त ।

मैले बोलेको र लेखेको झुठ हो भने उहाँले बोलेको चाहिं सत्य नै हो भनेर किन मानिदिनुपर्ने ? कसले झुठ कसले सत्य बोल्यो ? झुठ बोलेको पत्ता लगाउने मेसिनमा बस्न तयार छन् मोदनाथ ? सत्यको सामना गर्ने साहस भए मेसिनमा बस्ने खुला चुनौती दिन्छु उनलाई । म पागल भएको भए स्वास्थ्य परीक्षण गरेर हेरौं न त । डाक्टरले पागल सावित गरे भने स्वीकार्न तयार छु ।

तपाईंले जीवनमा गरेको शारिरीक सम्पर्क मोदनाथ प्रश्रितबाट भएको बलात्कार नै थियो ?
म १३ वर्षको हुँदा मेरा बुवालाई काठमाण्डुमा लगेर पढाइदिन्छु भनेर मोदनाथ प्रश्रितले लिएर आए । बाटोमा विभिन्न जिल्लामा उनको पार्टीको काम रहेछ । दाङमा हुँदा मेरो शरीरमा सुम्सुम्याउँने, मुसार्ने, संवेदनशील अंगमा समाउने काम गरे । अर्घाखाँचीको एउटा नदी तर्दा मेरो कपडा भिज्यो । कपडा किन्न मोदनाथले शान्ता मानवीलाई पैसा दिएर पठाए । उनले मिडी र सर्ट लिएर आइन् । उनले त्यो लगाउन भनिन् मैले ‘लगाउँदिन’ भने । अनि शान्ता मानवीले भनिन्, ‘तिमीलाई म काठमाण्डु पुगेपछि साडी र ब्लाउज किनिदिन्छु ।’ उनले मोदनाथ मेरो दाई हो । दाईसँग सुतेपछि ‘तिमी मेरो भाउजु भयौ’ भनिन् । त्यसो भनेको अघिल्लो रात मलाई मोदनाथको कोठामा थुनेर शान्ता मानवी गएकी थिइन् । मैले त्यो रात घरको खाँबो समाएर रुँदै रात काटें । तर शान्ताले मोदनासँग सुतेको भनिन् । अनि मेरो मोदनाथसँग विवाह पनि भएको बताइन् । म छाँगाबाट खसे झै भएँ । मोदनाथले बलात्कार भने काठमाण्डुमा ल्याएपछि मात्रै गरे । म कराएको सुन्नेहरुले सोध्दा मानसिक रोगी भन्ने गर्थे । उनले मलाई थुनेर ७ महिनासम्म यौनदासी बनाए ।

5 comments to हलेदो कोट्याएजस्तै पुरस्कार र सम्मान : मोदनाथलाई पद्मश्री सम्मान घोषणापछिको भाँडभैलो

  • Sarad Shrestha

    महिला हिंसा वा महिलाका लागि न्याय भनेर नथाक्ने यत्रा एन जि ओ छन् शार्दा भुषालको बारे सत्य तथ्यको खोजी किन नगरेका ? बोल्नु पर्दैन तिनले ?

  • सत्य प्रकाश

    जीवाजीको सदाशयतामा शंका गर्ने ठाउँ छैन| यद्यपी पुरस्कारको हर्ताकर्ता भएपछी जिम्मेवारी त निभाउनै पर्छ|पैसा दिएर र भएर मात्र हुँदैन|ठाउँमा प्रयोग हुनपर्‍यो| थीति फलो गर्ने हो वा अझ परिष्क्रित थीती स्थापना गर्ने हो|सही लाईन बसाउन पर्छ जसले गर्दा योग्यतमले पाउन र छनौट र योग्यताको परिभाषामा ध्यान दिन आवश्यक छ|विभुषित ब्यक्ती समाजका दर्पण र रोल मोडलमा गणना गरिन्छन| फलानाको नाउमा र तेलानाको नाउमा भन्दै पुरस्कार स्थापित गरेर जथाभावी पुरस्कार दिने चलनले विक्रिती मात्र ल्याउछ| दुर्भाग्यवश यो विक्रिती बढदो छ|
    विवादित पुरस्कार र सम्मानको हकमा छनौटमा due diligence र सख्त vetting process नपुगेको बुझियो|
    सम्भवत छनौटकर्ताहरुको योग्यता वा कार्यदक्षतामा प्रश्न चिन्ह खडा भएको देखियो|
    कुनै पनि विधामा पुरस्कार सम्मान नीजी क्षेत्रबाट राखिनु राम्रो हो र स्वागत योग्य छ| जो अति थोरैले मात्र गरेका छन|पुण्य कमाउने उदेश्यले होस, नाम कमाउने उदेश्यले, टेवा दिने वा आफुले भोगेका कुरो अरुले भोग्न नपरोस भन्ने उदेश्यले होस| बलिवूड ख्यातिप्रापत कलाकारहरु मनिषा कोईराला र माला सिन्हाले आफ्ना कमाईका सानो अंश आफ्नै विधाका क्षेत्रमा त्यतातिर ध्यान दिएको देखिएन|
    हालै सरकारको पद बिभुषण चौपट विवादमा परेको छ| बिभुषणलाई सरकारले कलंकीत बनाएको छ तैपनी सरकार आफ्नै निर्णय सही भन्दै घमण्डले गमक्क फुलेर बसेको छ| नागरिकको अभिमत र फीडब्याकको कदर नगरने सरकारले थीती नै बसालेको छ|आम जनता सडकमै निस्केर सरकार ढाल्ने जस्तो देखिए मात्र निर्णय फिर्ता लिने क्रम बढदो छ| आफ्नो मान्छे र आफ्नो लाईन हिँडनेलाई सरकारले विभुषण दिने प्रष्ट छ, एकदुईजना मात्र उक्त लटमा योग्य र हकदार परे होलान|
    प्रश्न के भने कसरी यस्ता यौन हिंसामा सलंग्नका आरोप लागेकालाई अनुसन्धान र कार्वाही अहिलेसम्म भएको छैन जब पीडक रोइरहेकी छिन|

  • bhim

    Gabjjab !!!

    Malai kamyunist bichar suruma thikai lagthyo..
    pachi yestai chadmabhesi dekhera dikka laagcha .

    Sarbahara netri Rastrapati huda belayat ki raani bhanda charko
    shaan jharna parne Kar ma Sabaree . cheu ma ghoda .
    Gadibata orlana mech rakhna parne…..OHO

    Modhnath fata ho..

  • ROHINI

    शान्ता मानवि नै साक्षि रैछिन् त।

  • KAMAL

    नेपालि सँस्कारमा हुर्केकि आइमाईले तेत्तिकै कसैलाई बलत्कारको अरोप लगाउन सक्दैनन​। किनकि यो सङ उनिहरुको इज्जत जोडिएको हुन्छ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)