gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कहाँ गरेँ मैले गल्ती : कोरोना भाइरसले ‘झुक्यायो’ कि म झुक्किएँ ?


‘योर कोभिड-१९ रिपोर्ट इज रेडी’

नेगेटिभ भए एसएमएस, पोजिटिभ भए फोन ! अनुभवीले हामीलाई त्यही सुनाएका थिए। त्यही भएर सामान्यतया साइलेन्टमा रहने फोन मैले फूल साउन्डको रिङटोनमा हालेको थिएँ।

तर बिहीबार दिएको स्वाबको रिपोर्ट चार दिन हुँदा पनि आएको थिएन। रिपोर्ट नआउँदाको तनाव छुट्टै हुने रहेछ।

लक्षण धेरै देखिएको छ। तर रिपोर्ट आएको छैन। यत्रो दुःख पाइसकियो, अब लागिदिए हुन्थ्यो जस्तो पनि लाग्ने, लाग्यो भने फेरि के के पो हुने हो कि जस्तो पनि लाग्ने !

एउटै छानामुनि हामी केही साथीहरु नजिक थियौँ। तर सुरक्षा सतर्कताका कारण शारीरिक रुपमा भने टाढा थियौँ। यी साथीहरुसँग एकाबिहानैदेखि फेसबुकको मेसेन्जरमा भइरहेको च्याटकै बीच मोबाइल बज्यो। मेसेज आएछ।  हेरेको त बिहीबार दिएको स्वाबको रिपोर्ट तयार भयो भन्दै युजर नेम र पासवर्ड एसएमएसमा पठाइएको रहेछ। चार दिनपछि बल्लतल्ल !

वडाको कन्ट्याक्ट ट्रेसिङमा दिएको स्वाबको परीक्षण सरकारी ल्याबमा हुने थाहा थियो र यसको नतिजा भोलिपल्टै आउँछ भन्ने ‘गफ’ पत्याएका थियौँ हामीले। ‘सञ्चो’को वास्नासमेत नआएपछि टेकुमा गएर स्वाब दिँदा भोलिपल्टै रिपोर्ट नेगेटिभ आएको एक महिना पनि भएको थिएन।

टेकुमा जचाउँदा भोलिपल्टै आएको नेगेटिभ रिपोर्टको एसएमएस

तर त्यतिबेला र अहिलेको स्थिति धेरै परिवर्तन भइसकेको रहेछ। काठमाडौँ हटस्पट भइसकेको थियो। त्यसैले नमूनाको चाप थेगिनसक्नु थियो होला !

अघिल्लो रातै केही साथीहरुको मोबाइलमा नेगेटिभ रिपोर्ट आइसकेको रहेछ। त्यो रात चाँडै सुतेकोले यसबारे ग्रुपच्याटमा भएका कुराहरु केही पत्तो पाइनँ। बिहान सबेरै निद्रा खुल्यो।

केही साथीको रिपोर्ट आएको रहेछ भने केहीको आउन बाँकी थियो।

अलि अलि ‘कमनसेन्स’ले काम गर्‍यो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट हेर्नका लागि युजरनेम सँगै स्वाब दिएका साथीहरुको आइडी नम्बर नजिकै हुने रहेछ भने ‘थर’ पासवर्ड। त्यसैका आधारमा लगइन गरी हेर्दा म लगायत केही साथीको रिपोर्ट आएको थिएन। अब लगभग म आफ्नो रिपोर्ट पोजिटिभ आउँछ भन्नेमा परिसकेको थिएँ।

तर पनि मनको कुनै कुनामा हल्का परेको थियो होला- नेगेटिभ पो आउँछ कि !

एसएमएस आएपछि हतार हतार लग इन गरेँ।

सानो प्वाइन्टमा पोजिटिभ लेखिएको फन्ट पनि कत्रो ठूल्ठूलो झैँ लाग्यो। खुट्टा मुनिको भूइँ भास्सिए झैँ लाग्यो। आकाश कराए झैँ लाग्यो। ए हिँड भनेर यमदूतहरुले घिसार्न आउँछ कि अहिल्यै झैँ लाग्यो…..

यस्तो केही पनि लागेन।

यस्तै रिपोर्ट आउने अपेक्षा थियो। लास्टमा ‘पोजिटिभ आएरै छाड्यो’- मनमा यस्तो मात्र आयो।

मानसिक रुपमा पोजिटिभ आउँछ भनेर तयार भएकोले पनि होला, रिपोर्ट हेर्दा आत्तिने, हतासिने, अनौठो केही भएन।

कहाँ गरेँ मैले गल्ती ?

धेरै महिनाअघिदेखिको एउटा पूर्व निर्धारित कार्यक्रममा सहभागी हुनु थियो। कोरोनाभाइरसको संक्रमणका कारण आवश्यक सबै सुरक्षा सतर्कता अपनाएर कार्यक्रम गर्ने तयारी थियो।

पाँच दिने कार्यक्रमको सुरुमै पीसीआर परीक्षण गर्ने, रिपोर्ट नेगेटिभ आएमा मात्र सहभागी हुने, कोरोनाभाइरसको इनक्युबेसन पिरियडलाई ध्यानमा राख्दै पीसीआर टेस्ट गराउनु सात दिनअघिदेखि बाहिर धेरै जनाको सम्पर्कमा नआउने आदि नियम बनाइएको थियो। कार्यक्रम अवधिका बेला बाहिर जान नपाउने, बाहिरका कसैसित सम्पर्क गर्न नपाउने- नियम कडा थियो।

यसै अनुसार सुरुको दिनमा पीसीआर परीक्षण गरायौँ- सबैको नेगेटिभ आयो।

तर….

तर होटलका एक जना स्टाफको पोजिटिभ देखियो।

सबैको रिपोर्ट नेगेटिभ आउने र बाहिर कसैको सम्पर्कमा नआउने भएपछि क्लोज ग्रुपमा हामी कोरोना भाइरसको सन्त्रासमुक्त हुनसक्छौँ र सामाजिक दूरी र मास्क आवश्यक हुन्न भन्ने लागेको थियो।

तर होटलका एक स्टाफको पोजिटिभ देखिएपछि हामी मास्कमै रह्यौँ। कार्यक्रमको ब्रेक अवधिमा हल बाहिर निस्केर भित्रने क्रममा स्यानिटाइजर दल्थ्यौँ। हामी सबै सचेत नै थियौँ सुरुका दिनमा।

तर दिन बित्दै जाँदा हामीले मास्क अलि कम लगाउन थाल्यौँ। स्यानिटाइजरको प्रयोग पनि कम हुन थाल्यो होला। यो नियतवश भन्दा पनि यत्तिकै हुन पुगेको थियो। हामी बाहिरी सम्पर्कमा भने थिएनौँ। होटलको रुमभन्दा बाहेक हामी कतै गएका थिएनौँ न बाहिरका कोही नै त्यहाँ आएका थिए।

पाँच दिनपछि कार्यक्रम सकियो। छैटौँ दिन घर जानुअघि सबैको पीसीआर परीक्षण गरियो।

अपेक्षा अनुसार सबैको नेगेटिभ रिपोर्ट नै आयो।

तर हामी सबैलाई त्यो रात झसङ्ग पार्ने एउटा अर्को रिपोर्ट पनि आएको थियो।

क्लोज कन्ट्याक्टमा परियो!

अविश्वसनीय थियो त्यो रिपोर्ट। हामीसँगैका एक साथी (मात्र एक जना साथी) को रिपोर्ट पोजिटिभ आयो।

यो त्यही साथी थियो, जोसँग म रिपोर्ट आउनु केही घण्टाअघिसम्म मात्रै पनि एउटै सोफामा नजिकै बसेको थिएँ, मास्क बिना। ऊ र म बीचको दूरी त्यही रिपोर्ट आएपछि मात्रै बढेको थियो।

म झसङ्ग भएँ।

हातमा त रिपोर्ट थियो, दुई हप्तामा तीन पटक नेगेटिभ। ६ दिनभित्र दुई पटक नेगेटिभ। कहीँ जान कसैले रोक्ने थिएन। तर विज्ञानलाई विश्वास गर्ने कि तर्कलाई ?

हामी केही साथीहरुलाई लाग्यो- यो गलत रिपोर्ट आयो। ६ दिनअघि नेगेटिभ, अनि यो बीचमा कोही बाहिरी मान्छेसँग सम्पर्क नै छैन, कसरी पोजिटिभ हुन्छ?
अघिल्लो ग्रुपमा पनि एक जनाको पोजिटिभ देखायो, अहिले पनि एक जनाको। यो ल्याबले मिलाएर एक जनाको पोजिटिभ देखाउने होला…यस्तै यस्तै षड्यन्त्र सिद्धान्त बुनेर मनलाई ढाडस दिँदै बस्यौँ। केही साथीहरुले पीसीआर भनेको त गाई कि त्रिशुल भन्थे, सही रहेछ समेत भने।

तर पोजिटिभ आएको रिपोर्टले सबैको रातको निद्रा उडाइदिएको थियो।

अमेरिकामा रहेका जीवाणु वैज्ञानिक सुदीप खड्कासित म यो बीचमा निरन्तर सम्पर्कमा रहेँ। उनले केही सम्भावनाको कुरा गरे-

१. त्यति बेला उसलाई भर्खर संक्रमण भएको हुनसक्छ (परीक्षण गर्न भन्दा केही घण्टा/ दिन अगाडि?)। सुरुवाती चरणमा परीक्षण गर्दा देखिँदैन। त्यो चरणमा संक्रमण सार्ने सम्भावना पनि न्यून हुन्छ। अहिले भाइरल लोड बढे पछि देखियो।

२. अरूलाई सारेको छ तर त्यसरी नै सुरुवाती चरणमा भएको हुँदा परीक्षणमा देखिएन। अब केही समयमा देखिन्छ।

३. परीक्षणमा गडबडी भयो, नमूना संकलन वा अन्य कुनै स्टेजमा।

४. पुनः परीक्षण गर्दा पनि संक्रमित देखियो भने संक्रमण पक्का हो मान्नु पर्दछ। पुनः परीक्षण भनेको नयाँ नमूना लिएर गर्ने ताकि पुरानो नमूनामा मिक्स अप भएको भए त्यसको निवारण गर्न सकियोस्।

हामीलाई चौथो सम्भावना लाग्यो। हामीले त्यो साथीलाई पुनः परीक्षणका लागि अर्कै ल्याबमा पठायौँ।

दुर्भाग्यवश अर्को ल्याबले पनि पोजिटिभ भएकै रिपोर्ट दियो।

अब हामी सबै फेरि त्यही होटलमा सेल्फ क्वारेन्टिनमा बस्न बाध्य भयौँ। कसैले बाध्य बनाएको थिएन हामीलाई। न हामीमा कुनै लक्षण थियो, न हाम्रो रिपोर्ट नै पोजिटिभ आएको थियो। ६ दिनमा दुई पटक नेगेटिभ- यो भन्दा ठूलो प्रमाण अरु के दिनु पर्ला र। तर होइन, हाम्रो कारणबाट अरुमा संक्रमण नफैलियोस्, हामी त्यही चाहन्थ्यौँ।

दुई पटक फरक ल्याबमा परीक्षण गर्दा पनि पोजिटिभ नै देखिएपछि ती साथीलाई संक्रमण भएको पुष्टि भयो। हल्का ज्वरोसमेत आयो उनलाई। डाक्टरले माइल्ड सिम्पटम्स (हल्का लक्षणसहित) को संक्रमण भएको बताए। हस्पिटलमा बेड खाली थिएन। उनलाई संक्रमितहरु राख्ने एउटा अर्को होटलमा पठाएर हामी त्यहाँ सेल्फ क्वारेन्टिनमा बस्यौँ। हामी संक्रमितसँग अन्तिम सम्पर्क भएको पाँचौँ दिनमा बल्ल फेरि पीसीआर गर्ने तयारीमा थियौँ। किनभने यो बीचमा इन्क्युबेसन पिरियड भएकोले संक्रमित भए पनि रिपोर्टमा नदेखिन सक्छ।

इन्क्युबेसन पिरियड !

हो, हामीलाई यसैले डुबायो।

परीक्षण गर्दा नेगेटिभ देखाउने, लक्षण पनि नदेखिने तर अरुलाई सार्न भने सक्ने। कोरोना भाइरसको यही खराब विशेषताले अहिले यो विश्वमा तीव्र गतिमा फैलँदैछ।

सामान्यतया म सचेत नै थिएँ। दुई पटक लकडाउन हुँदा म खासै बाहिर गइनँ। पहिलो लकडाउनका बेला सोती हत्याकान्डको स्थलगत रिपोर्टिङका लागि रुकुमसम्म पुगेको थिएँ। तर सबै सुरक्षा सतर्कता अपनाएको थिएँ।

बीचबीचमा साइकल लिएर बाहिर त निस्कन्थेँ तर भीडबाट टाढै रहन्थेँ। मास्क अनिवार्य हुन्थ्यो। घर फर्किएर साबुन पानीले हात धुन्थेँ।

सतर्कताका सबै उपाय अपनाउँदा अपनाउँदै पनि यही इन्क्युबेसन पिरियडले झुक्याएर कोरोनाभाइरसले आक्रमण गर्‍यो ममाथि। हो, म सतर्क हुन नसकेकै हो। त्यसैले कोरोना भाइरसलाई जितेको मलाई लाग्दैन। यसले झुक्याएर नै सही, मलाई पराजित गरेर आक्रमण गरेरै छाड्यो।

विज्ञहरुले भनेको सुनेको थिएँ मैले, आफू अगाडि भएका हरेक मान्छेलाई कोरोना भाइरस संक्रमित भएको ठान्नुस्। त्यही अनुसार मास्क लगाउनुस् र सामाजिक दूरी कायम गर्नुस्। म यहीँ निर चुकेँ। रिपोर्ट नेगेटिभ आएको भन्दैमा कोरोनामुक्त ठान्ने भूल गरियो। संक्रमित भए पनि केही दिनसम्म टेस्ट गर्दा पनि नदेखिन सक्छ तर सार्न सक्छ भन्ने तथ्य बिर्सेँ। यही तथ्यमा चुक्दा ठूलो मूल्य चुकाउनु पर्‍यो।

लास्टमा म पनि संक्रमित भएरै छाडेँ। नेपाल अनि विश्वमा कोरोना संक्रमितहरुको संख्याको सूचीमा मेरो पनि संख्या जोडियो।

म त झुक्किएँ। तर तपाईँ नझुक्किनुस्। कोरोना भाइरसले मलाई जस्तै तपाईँलाई नझुक्याओस् भनेर मैले यति लेख्ने जमर्को गरेको हुँ। कोरोना भाइरसलाई जोक नठान्नु होला। यो हौवा होइन, सत्य हो।

कोरोना भाइरसले शरीरमा आक्रमण गरिसकेपछि के कस्तो शारीरिक र मानसिक स्थिति भोगेँ, त्योबारे अर्को ब्लगमा लेख्नेछु।

11 comments to कहाँ गरेँ मैले गल्ती : कोरोना भाइरसले ‘झुक्यायो’ कि म झुक्किएँ ?

  • डिल्लि

    उमेशजी सिघ्र स्वास्थ्यलाभको कामना ।

    संसारमा धेरैले कोभिड -१९ लाई अफवाह भनेर अविश्वास गर्नेका झुण्डले कुप्रचार गरेर धेरै मानिस रनभुल्लमा पारे । नेपालमा पनि जोडिएको छिमेक चीनमा भाइरसले वितण्डा मच्चाउँदा लामो समय नेपालमा प्रकोप देखिएन । युरोप महामारीको चपेटामा पर्दा पनि बेरोकटोक बनेको भिजिट नेपाल २०२० मा को आयो को गयो नेपालले मतलब नै राखेन । त्यो हुँदा समेत लामो समय नेपालमा यो भाइरस देखिएन । यो कारणले पनि अफवाहमा विश्वास गर्नेलाई मलजल पुगिरह्यो । र धेरै नेपालीलाई साँच्चै नेपालीको रोग प्रतिरोध क्षमता राम्रो छ कोरोनाले केही हुँदैन लाग्दा पनि लाग्दैन भन्ने छाप जनमानसमा गड्यो । सरकारले पनि पाएको प्रसस्त समयमा समेत तयारी गरेन वा भनौं कमिसनको चक्करमा कहिले ओम्नी कहिले सेना त कहिले कता हुँदै सुरक्षाका साधन चिकित्सकले समेत पाउन सकेनन् । फलतः अस्पताल समेत रोग सार्ने थलो बन्यो । परीक्षण विधिसमेत कमिशनको चक्करमा रुमलियो र कमसल परीक्षण सामग्री भित्र्याइए । एक त दक्ष जनशक्ति अभाव त्यसमाथी कमसन परीक्षण सामग्री र अपूरो तयारीका कारण लामो समयसम्म टेकु बाहेक अरुतिरका परीक्षण विश्वास योग्य नै रहेनन् ।

    फलतः कति अवस्थामा पोजेटिभलाई नेगेटिभ ठानियो र समाजमा फैलिने बलियो आधार यो पनि हो । जब भारतमा समदायमा फैलिन थाल्यो त्यो बेला सम्मेलन गर्न पुगेको समूहले नेपालमा थप भित्र्यायो । सोही समयमा भारतमा विकराल बन्दै गएका बेला बेरोजगार बनेका हाम्रा नागरिक स्वदेश भित्रिए । विश्वस्वास्थ्य संगठनको सामान्य मापदण्ड पनि छिमेकी भारतले नपुर्याई दिँदा सिमानामा नेपाली थुपारिए । त्यही समूहमा भुषको आगो सरी भाइरस फैलियो ।

    समाज पनि यति भड्किसक्यो कि संक्रमितको घरमा लेखेर टाँसी दिने अपमान गर्ने र सामाजिक तिरस्कार गर्न उद्यत हुँदा लागेकाले पनि रोग लुकाए । डेरामा बस्नेलाई घरमालिकले निकाली दिनेसम्मका दुष्कर्म गरिदिँदा डेरावालले पनि आफूलाई संक्रमण भएको भन्नै सकेनन् । रोग लागे पनि सरकारले निःशुल्क नगरी नीजिलाई चर्को शुल्क लिन दिएका कारणले जचाउँन नजानेको संख्या कति होला होला अनुमान नै गर्न सकिने स्थिति छैन ।

    समुदायमा फैलिएको रोग त्यो पनि हावाबाट नै फैलिन सक्ने भनेपछि गल्ति गरे पनि नगरे पनि एक न एक दिन सबैलाई लाग्ने नै भयो। अब सबैलाई एकपटक संक्रमण नभै यो समाधान हुन नसक्ने अवस्थामा पुगिसकेको छ । लागि हाले के गर्ने मानसिक तयारी गरौँ । लाग्नेले धैर्यता साथ उच्च मनोवलले सामना गरौँ । साँच्चै नै हाम्रो तातो र ताजा स्वस्थकर खानाले हामीले भान्सामा प्रयोग गर्ने मसलाले पनि हामीलाई जोगाउन सहयोग गर्ने छ ।

    धेरैमा भ्याक्सिनको भ्रम छ । पहिलो खुड्किलो भ्याक्सिनको प्रतिअसर (साइड इफेक्ट) थाहा छैन । दोस्रो यो कति प्रभावकारी छ भन्ने पनि प्रष्ट छैन । सचेत रहौँ र स्वस्थ रहौँ । यही कामना छ ।

  • Shankar

    उमेश जी को सिघ्र स्वस्थ लाभ होस् भन्ने कामना गर्दछु।
    देश महामारी र भ्रास्ताचार ले चुर्लुम्म डुबेको अबस्था छ। भोलि के हुने हो कसैलाई थाह छैन। जनता भन्दा नेता धेरै , सब ले आ आफ्नो तरिकाले नेपाल लाइ लुछिरहेको ले गर्दा कुन बिन्दुमा पुगेर देश उठ्न न सक्ने हो, डर लाग्छ । हामिआम मानिसको जिज्ञासा
    १) यो प्रचण्ड , ओली देउवा मिलेर गरेको भनेको ९ अरब को भ्रास्ताचार को कुरा के हो ?
    २) शिर्ष नेता ले विदेश भ्रमण गर्ने , साना भन्दा साना तहका कार्यकर्ता ले समेत तलब खाने ( वडा सदस्य समेत ले तलब खान्छ ) आय को स्रोत के हो ? उद्द्योग धन्दा हो कि ? कृषि हो कि? पर्यटन उद्दोग पनि धारासायी अबस्था छ , तेत्रो सरकारी कर्मचारी , बिश्वबिद्यालय , स्कुल को कर्मचारी ले बुझ्ने पैसा को स्रोत के हो ?
    ३) जथा भाबि कर असुल्ने , जनतालाई दसौ बर्ष सम्म बिग्रेको सडक ज्यान जोखिम मा हिड्न बाध्य गराउने , आफ्ना धुपौरे पत्रकार लाइ आफ़ो स्तुति गान गराएर मख पर्ने। हालैको नियुक्ति हरु हेरम कहा गयो समाबेसी ?

    यो सब र गुण्डा राज , सामन्ती सासन मा के फरक छ ?
    अनि निर्मला को बलात्कारी हत्यारा खोइ ?
    भ्रास्ताचार अन्य मुलुक मा पनि छ तर कारबाही हुन्छ , कानुनि राज छ हामि का न कानुनि राज भो , बिकाश को कुनै काम।
    ठुला ठुला योजना, रेल , विमानस्थल सब बिदेसी ले बनाइदिन पर्ने। जस चै आफुले लिने।

  • Thank you Umesh ji for sharing your experience. This will help us. Get will soon.

  • शुभचिन्तक

    सतर्कताका लागि यो ब्लग अत्यन्त उपयोगी छन|
    शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु|

  • शिघ्र स्वास्थ्य लाभ को कामना उमेश जी, अर्थपूर्ण तरिकाले जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद। आशा छ तपाईलाई छिट्टै ठिक हुनेछ, अनि तपाईको corona संगको लडाईका अनुभब पक्कै नि जानकारी गराउनु हुन्छ भन्ने।

  • Dil B. Nepali

    Get well soon Salokya. In Nepal, many people are not doing the prevention measure properly. Corona Virus infection happens from aerosol too in closed facilities like room or hall. The staff of the Hotel person is the culprit. The whole hotel should have been closed and disinfected right away and you should have moved away from there. A person like you who has the knowledge of all of the protocols still got infected, it is beyond belief. Think about the general people who do not know how to read and write and do not understand many medical terms. At last paper money is the worst because Virus can stay alive on banknotes up to 28 days: https://www.cnbc.com/2020/10/12/virus-that-causes-covid-19-can-survive-for-28-days-on-surfaces-research-says.html

  • madan bajracharya

    उमेशज्यु

    हरेश नयमत्य्, छि लनि। छिंसा तलेयु तल्ला चोना दिस झ्या चायाका तैदिस स्वोँ बल्लाईगु मेदितेसन याना दिस अक्सिजन म्होजुईगु छुय याना दि मते। अपो जापानइज कोरियन तयसँ चिचावगु अक्सिजन सप्लाई याईगु ज्वलँ घानाजुई गुम्हेस्या झोल अक्सिजन जोना जुई। झोल कसिजन लखय् बा जुस तोनिबले ल्वाकछ्याना तोनी। कोरोना स्यन्किगु झिगु म्हय अक्सिजन म्हो याना यन्किगु हे ख्; कोरोना लन्किगु न् अक्सिजनहे ख्। इमुन बल्लाईगु न् अक्सिजन हे ख। झोल अक्सिजन ebe आमेजन पाखे न्याय दु बिस दलर का। तसक्क बाँला। हावाहे अक्सिजन दयकिगु पोर्तेबल न् न्यायगु दु अपायसिक थिकेनमजु; आमेजन् पाखे स्वयादिस। लिपा न्ह्यामेसित ज्यायाई।

    अले बाफ कायगु याना दिस। न्ह्य सेनेगु ज्या यानादीइमते। सेखं मुसु कन्त्रोल याना दिस। झिगु हीं इमुन दयकि कोरोनायु कि स्याई भचा ई काई तर कोरोना लनि।

    मन सितकी दक्को स्यनि जक मखु सिन:फु। मन न् बल्लाकी ज्युनबल्लाकी। कोरोनयु दाक्तर वास व् अस्पातल दक्को झुगु म्ह हे जक्क ख्। मन बल्लासा म्ह बल्ला सा कोरोना बुई

  • Prem Moktan

    Get soon Umesh Ji! Thank you for sharing your experience!

  • Milan Kanchha

    Your experience will be helpful for others.
    Waiting for next blog on your feelings and issues while infection.

  • धन्यवाद उमेशजी आफ्नो अनुभव बांड्नु भएकोमा । तपाइले भन्नु भए जस्तै हामी धेरैलाइ Incubation period ले झुक्काएको छ भने हामीले पनि यो समयको संक्रमीत हुन सक्ने सम्भावनालाइ बेवास्त गर्छौ । सबै सतर्क हौ आफ्नो अनि अरुको पनि सुरक्षा गरौ ।

  • Prakash

    First of all, thank you for taking proactive steps to prevent spreading to other people even before you had a test result. This is really exemplary. Second, don’t blame yourself. Even the White House fell into the same trap. Rest a lot as adequate sleep is key in building viral immunity. If you notice any shortness of breath, seek immediate medical care as you may need supplemental Oxygen. Take good care of yourself and know that the odds are that you will likely have a mild self limiting illness like most people.

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)