gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

यस्तो छ लुकेको हिमाली उपत्यका : लिमी

– राजु आचार्य –

लिमी, हुम्लामा रहेको लुकेको हिमाली उपत्यका हो। नेपालको सबैभन्दा दुर्गम ठाउँ मध्येमा एक। पहिला लिमी गाविस भनेर चिनिने १२ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र अहिले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ। चीनको सिमासँग जोडिएको यो ठाउँ हिउँद भरि बाहिरी संसारसँग सम्पर्कमा हुँदैन। भर्खर चीनसँगको सीमा विवाद भएको भनिएको ठाउँ पनि यही हो।

यहाँको भू धरातल, मौसमले पनि काममा चुनौती थप्छन्। जुनसुकै बेला हिउँ पर्न सक्छ। त्यसपछि सारा योजनाहरु चौपट।

राजधानी काठमाडौँबाट यहाँ पुग्न सहज छैन। काठमाडौँबाट बसमा १६ घन्टाको यात्रा अथवा जहाजमा करिब १ घन्टाको उडानपछि नेपालगञ्ज पुगिन्छ। नेपालगन्जबाट हिँडेर हुम्ला जान निकै गाह्रो छ, बसमा पनि सम्भव छैन। नेपालगन्जबाट फेरि साना जहाजले करिब ५० मिनेटमा सिमिकोट पुर्‍याउँछन्। यो नेपालको अग्लो ठाउँमा रहेको सदरमुकाम पनि हो।

सिमिकोटको उचाई २९०० मिटर छ। यो जिल्ला समुद्र सतहबाट १५०० देखि ७४७७ मिटरसम्मको उचाइमा फैलिएको छ। सिमिकोटबाट करिब ५ देखि ६ दिन पैदल हिडेंपछि मात्र लिमी उपत्यकामा पुग्न सकिन्छ। तर चाँडै यो क्षेत्र मोटरबाटोले जोडिने क्रममा छ। अहिले पनि मौसम राम्रो हुँदा सिमिकोटदेखि ८-१० घन्टामा जिप रिजर्भ गरेर लिमी जान सकिन्छ।

यो हिमाल पारीको उपत्यका पनि हो। यसको सीमाबाट चीनमा रहेको कैलाश हिमाल र मानसरोवर ताल पनि सहजै देखिन्छ। समुद्री सतहबाट करिब ३९०० मिटर उचाइमा रहेका तील, हाल्जी र झाँग गाउँमा करिब १६२ घरधुरीहरु छन्। तिनमा करिब ९०० संख्यामा लामा जातिका मानिसहरु बस्छन्।

यिनीहरु बुद्ध धर्म मान्छन्। १३ औं शताब्दीमा बनेको अति नै पुरानो गुम्बा हाल्जी गाउँमा छ। यहाँ ढुंगाले बनेको घरमा माटोको छानो हुन्छ। खेतीपाती र पशुपालनमा यहाँका मानिसहरु सधैँ व्यस्त हुन्छन्।

यहाँ तपाईँले घोडाले खेतबारी जोतिरहेको देख्न पाउनु हुन्छ। धेरैलाई यो दृश्य नौलो लाग्न सक्छ। मानिसहरुको आवत जावत पनि घोडामै हुन्छ। चिनजान छैन भने यो गाउँमा बास पाउन पनि मुस्किल हुन्छ। स्थानीयहरू खेतीपाती छरेपछि चीनको ताक्लाकोटमा काम गर्न जान्छन्। हिउँदमा बुढाबुढी बाहेक गाउँ शून्य हुन्छ। सबै ब्यापारको लागि भारत वा काठमाडौँ झर्छन्। घरका सबै दाजुभाइहरुले एउटै महिलासँग विवाह गर्ने चलन यस क्षेत्रमा अझै देख्न सकिन्छ।

भेड़ा च्यांग्रा र चौरी – यहाँका बासिन्दाहरुको जीवन यसमै बित्छ। बाटोमा चौरी र भेंडाले भारी बोकेर हिँडेको दृश्य रमाइलो लाग्छ। विद्यालयमा थोरै विद्यार्थी हुन्छन्। घरको तलपट्टी गाइवस्तु राखेर मानिसहरु माथि बस्छन्।

यहाँ मानिस मरे पछि अन्तिम संस्कारको चलन पनि अरु ठाउँ भन्दा फरक छ। लाशलाई टुक्रा टुक्रा गरेर काटिन्छ र गिद्धलाई खुवाइन्छ।

सन् २०१३ पछि ‘प्रकृतिका साथीहरु’ नामक संस्थाले पटक पटक यो क्षेत्रमा अनुसन्धान गरिरह्यो। कहिले हिउँ चितुवाको अध्ययन त कहिले ब्वाँसोको।

सन् २०१३ भन्दा अघिका भ्रमणहरूले यस ठाउँमा हिमाली भेगका महत्वपूर्ण वन्यजन्तुहरू पाइने संकेत दिए पनि अरू विशेष उपलब्धि हासिल गरेनन् किनकि ती भ्रमणहरु छोटा थिए । तर, सन् २०१३ को भ्रमण सम्झन लायक बन्यो। सो बेलाको उपलब्धिलाई बेलायती चराविद् क्यारोल इन्स्किपले पनि ऐतिहासिक भनिन्। यो बेलाको अनुसन्धानले धेरै कुराहरु उजागर गरेको थियो।अनुसन्धान सकिएर काठमाडौँमा गरिएको पत्रकार सम्मेलनले लिमिलाई चर्चाको शिखरमा पुर्‍याएको थियो।

संस्कृतिमा मात्र होइन, प्रकृतिमा पनि यो क्षेत्र नेपालकै सबैभन्दा धनी भन्दा फरक पर्दैन। यस क्षेत्रबाट साना साना लेकका ठुटे मुसा देखि ठुलोमा जङ्गली चौरीगाइको अभिलेखन गरिएको छ। हालका दिनमा नेपालमा जंगली चौरीगाई यो ठाउँमा मात्र भेटिएको छ। पहाडमा उफ्रने नाउर र तिनलाई मारिखाने हिउँ चितुवा सहजै देखिन्छन्। हिमाली रातो भालु, र फ्याउ मुसा लेकतिर घुमिरहन्छन्। जंगली गधा जसलाई स्थानीय भाषामा कयांग भनिन्छ फौजी जसरी लस्करै दगुरी रहन्छन्। कालिकण्ठे सारस नेपालमा यही ठाउँमा मात्र बस्छन्। यो क्षेत्रमा अहिलेसम्म ६६ प्रजातिका चरा, २१ प्रजातिका स्तनधारी, १४९ प्रजातिहरुका बिरुवा भेटिएका छन्। यस क्षेत्रमा १४ प्रजातिका मूल्यवान जडिबुडीहरु समेत भेटिएका छन्। थोरै भए पनि भोजपत्र र धुपीका वनहरुले शोभा बढाएका छन्।

वासस्थानको विविधताले यस क्षेत्रमा वन्यजन्तुको संख्या र प्रजातिहरु धेरै भएका हुन्। प्राकृतिक श्रोतहरुको प्रयोग गर्ने स्थानीय मानिसहरुको सङ्ख्या पनि कम छ। यहाँको उच्च भागमा भएको लिमि, साक्य र मर्घ्युखोला सलल बगिरहेका छन्। सम्म फाँटहरुमा रहेका बिरुवाहरुले राम्रो वासस्थान प्रदान गरेको छ।

तर यिनलाई चुनौती पनि निकै छ। वन्यजन्तुको चोरी शिकारी, बढी हिउँ पर्नु र हिम पहिरो यो ठाउँका मुख्य चुनौतिहरु हुन्। यो क्षेत्रको प्राकृतिक सम्पदाको संरक्षणको लागि पहल भएको छैन। तर नेपाल सरकारले यो ठाउँलाई संरक्षण क्षेत्रको रुपमा विकास गर्न खोजेको छ।

यहाँका ६७ प्रतिसत बासिन्दाले प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सोच राखेका छन्। लगभग सबै मानिसहरु कुनै न कुनै संरक्षणको मोडेलमा सहमत हुन तयारी अवस्थामा छन्।

स्थानीय मानिसहरुलाई खेत बारीको उब्जनीले वर्षभरि खान पुग्दैन। स्वास्थ्य सुविधा पनि छैन। विद्यालयमा पढाई नियमित छैन। थोरै विद्यार्थीमात्र आउँछन्। हिम पहिरोलो खेतहरु लगी रहन्छ। हिउँदको चिसोमा बस्न त्यति सहज छैन । त्यसैले त अल्पकालीन बसाई सराइ भै नै रहन्छ।

थुप्रै चुनौतिहरुका बाबजुद पनि यो क्षेत्रको प्रकृति र संस्कृतिलाई हेर्नको लागि पर्यटकहरु बिस्तारै आउन थालेका छन्। तर पूर्वाधार र सेवाहरुको अभावमा तिनको बसाई पनि सहज छैन।

यो गाउँ मात्र होइन संस्कृति र प्रकृतिको संग्रहालय नै हो। जीवनमा एक चोटी यो ठाउँमा पुग्नै पर्छ। लिमीले तपाईलाई बोलाइरहेको छ, जाने हैन त?

लिमीबारे भर्खरै तयार गरिएको भिडिओ (अंग्रेजीमा)

यो पनि पढौं
उपल्लो हुम्लाको सुन्दरता १४ फोटोमा

1 comment to यस्तो छ लुकेको हिमाली उपत्यका : लिमी

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)