यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

राससले गरेको अर्को रमाइलो- रातोपाटीको वाटरमार्कसहितको फोटो वितरण


चार वर्षअघि मैले एउटा ब्लग लेखेको थिएँ- सरकारी समाचार एजेन्सी ‘रासस’ले समेत फोटो चोर्न थालेछ, मेरो फोटो यसरी चोरी भयो। मैले आफैले खिचेर माइसंसार र पहिलोपोस्टमा राखेको अम्बर गुरुङको फोटोलाई राससले @salokya लेखिएको वाटरमार्कसमेत हटाएर क्रप गरी क्रेडिटसमेत नदिई ‘फोटो : रासस’ भनेर लेख्दै आफ्ना सयौँ ग्राहकलाई पठाएको विषयमा ब्लग लेख्दा रासस आफ्नो आधिकारिक ह्यान्डलबाटै ट्विटरमा भिड्न आएको थियो। त्यतिबेला राससको दावी थियो- हामीलाई इमेलमा आएको फोटो हालेका हौँ। हेर्नुस् त्यतिबेलाको ब्लग।

यो सन् २०१६ को कुरा। अहिले सन् २०२०। चार वर्षपछि के परिवर्तन भयो त? अचेल त राससले वाटरमार्कसमेत नहटाई फोटो पठाउन थालेछ। नपत्याउनु भएको ? माथि हेर्नुस्।

शिक्षा आयोगको प्रतिवेदन नागरिक स्तरबाट सार्वजनिक शीर्षकको समाचार र फोटो राससले डिसेम्बर ४ मा राति ८ बजेर १३ मिनेटमा फाइल गरेको छ। त्यो फोटोको दायाँ भागको मुन्तिर रातोपाटीको वाटरमार्क रहेको छ।

चार वर्षअघि वाटरमार्क हटाउने बुद्धि भएको राससले अहिले अर्काको वाटरमार्क छ कि छैन समेत हेर्न छाडेछ। अर्काको वाटरमार्कसहितकै फोटो वितरणका लागि पठाएछ। यतिसम्म त नगरे हुने नि सरकारी सञ्चार माध्यमले !

अघिल्लो पटक मात्रै अर्कैले खिचेको फोटो अर्कैको नाममा राससले राखेको र त्यसलाई कान्तिपुरले समेत छापेको ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

राससका रमाइला चार समाचारहरुबारे ब्लग
रासस कि फेक न्युज ? भौतिक विज्ञानमा नेपालको सनसनीपूर्ण उपलब्धि
राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने अनलाइनहरुलाई लाज लाग्यो कि लागेन?
पत्रकारिता हैन पार्टीकारिता कसरी हुन्छ- राससले एउटै हेडलाइनमा दिएका दुई समाचार हेर्नुस्, दङ पर्नुस्
राससको यो समाचार लेख्नेलाई पत्रकारिताको सबैभन्दा ठूलो पुरस्कार दिने हो कि

Comments