यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

स्याङ्ग्जाको सूर्य : राजनीतिक हैन, प्राकृतिक बयान


अहिले देशभर सूर्यकै चर्चा छ। यो पक्षले सूर्य चिह्न पाउने कि उ पक्षले भनेर घम्साघम्सी छ। तर यहाँ भने हामी राजनीतिक दलको सूर्य चिह्न भन्दा पनि प्राकृतिक सूर्यको कुरा गर्दैछौँ। सूर्यको कारणले हुने बिहान र बेलुकीको मनोरम दृश्य हेर्न स्याङ्जामा बिस्तारै पर्यटकहरू आउन थालेका छन्।


बिहानको सूर्योदयमा क्षितिजमा देखिने लालिमाले लोभ्याउनसम्म लोभ्याउँछ। बेलुकाको सूर्यास्तले आँखा थाक्दैन। चिसो सिरेटोमा स्थानीय कोदोको रक्सी र सुकुटीले दिनभरिको थकान बिर्सन बाध्य बनाउँछ।

स्याङ्जाको पर्यटकीय गाउँ भैसेगौंडा/राङभाङ यतिखेर पर्यटकहरूलाई स्वागत गर्न कुरेर बसेको छ।

स्याङ्जा जिल्लाको घुम्ती (सदरमुकाम नजिक) बाट १० किलोमिटरको कच्ची बाटो छिचोलेर यहाँ पुग्न सकिन्छ। यो १० किलोमिटर बाटोमा मोटरसाइकल वा स्कुटर सहजै चल्छन्।

पोखरा देखि घुम्तीसम्म ३५ किलोमिटर पक्की बाटोले जोडेको छ। नियमित २ वटा जिपहरू स्याङ्जा घुम्तीदेखि भैसेगौंडा चल्छन्।

भैसेगौंडा आउन काठमाडौँ-पोखरा पृथ्वी राजमार्ग अन्तर्गत दुलेगौँडाबाट मोटरसाइकल वा स्कुटरमा पनि जान सकिन्छ।

Comments