यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

छाडी जानेको सम्झनामा….

– दीपक भेटवाल –

छोटकरीमा कुरा जम्मा यत्ति हो — भर्खरै ,मेरो एउटा प्रिय मित्र लाई कोरोनाले लग्यो ।

अध्यात्मवादी दर्शनका ज्ञानीहरुले भन्दै आएका छन् । मृत्यु सत्य हो , जीवन फगत भ्रम । भौतिक शरीर क्षणभगुंर हो , देह नित्य हो । आत्मीय मान्छे गुमाउनुको पीडाबोधमा, वैराग्यभावको हल्का छायाले मनलाई झयाप्प छोप्न खोज्छ । वैराग्य भावले तरल भएको मनोदशामा ज्ञानीहरुको वाणीले क्षणिक सान्त्वना दिन खोज्छ । मन शितल हुन खोजे खोजे जस्तो हुन्छ । फेरि कठोर यथार्थ मनको दैलोमा टुप्लुक्क हाजिर हुन्छ – मेरो प्रिय मित्र अब यो धर्तिमा छैनन् । अनि मन विचलित हुन थाल्छ।

आफूले आफैलाई सम्हाल्न खोज्छु । विचलित मनलाई भावनाको रुमानी संसारबाट यथार्थको धरातलमा ओराल्न खोज्छु । आखिर सबैले एक दिन संसार छोड्नु नै छ , उनले पनि छोडेर गए । यसरी आफैलाई सम्झाउन खोज्छु ।

हिजोसम्म उनी भौतिक रुपमा मेरै अगाडि थिए । आज छैनन् । घरी घरी कानको पर्दामा उनको भूतपूर्व भइसकेका आवाजहरु ठोक्किन आइरहन्छ । उनको आकृति र भावभगिंका सजीव जस्तै लाग्ने चलायमान दृश्यहरुले मनलाई कोपर्न थाल्छ । मनको चंचल तलाउमा उनको घरी गाढा, घरी धमिलो आकृति झुल्किन आइरहन्छ । लाग्छ, मेरो मित्र यतै कतै वरीपरी नै छन् । घरक्क ढोका खोेलेर मलाई बोलाउँछन कि जस्तो लाग्छ – दिपक जी ।

तर मेरो मित्र अब यो संसारमा छैनन । छ त केबल उनले छाडेर गएका स्मृतिको केही पुन्जहरु ।

कोभिड टेष्टको रिपोर्ट हातपर्ना साथ उनले मलाई फोन गरेका थिए । सावधानीको भाकामा उनले भनेका थिए — हाम्रो परिवारको सबैजनामा कोभिड देखियो, तिमीहरु पनि सुरक्षित बस ।

केही दिन अघि हामी दुबैले चाइनिज भ्याक्सिनको पहिलो डोज लगाएका थियौँ । फोनमा उनले भ्याक्सिनको कुरा उप्काए । चाइनिज मालको भर हुँदैन रै’छ — मैले थपे । हामी दुबै एक छिन सँगै हास्यौ । जीवनमा हामी थुप्रै चोटी सँगै हासेका छौ । त्यो हाम्रो अन्तिम हाँसो हुन गयो ।

त्यति बेलासम्म उनी सामान्य नै थिए, कोभिडले थलिएका थिएनन । उनको स्वर पनि बलियो सुनिन्थ्यो । उनको स्वरमा कोभिडलाई जित्छु भन्ने पूर्ण आत्मविश्वास झल्किन्थ्यो । मैले अक्सिजन लेभल जाचिरहन सुझाव दिए । आत्तिनु पर्दैन , बिस्तारै ठिक हुन्छ । यति भनेर हामीले कुराको बिट मा्यौ ।

झण्डै दुई तीन पछि , मेरो मोबाइलमा एउटा मेसेज बज्यो । उनैले सन्देश पठाएका रहेछन— मेरो अक्सिजन लेभल घटेर आई सि यु भर्ना भएको छु । बोल्न अलि गाह्रो भएको छ । सन्देशमा एउटा मोवाइल नम्बर पनि पठाएका थिए । नम्बर एकजना उनकै आफन्त भाइको रै’छ । जो बिरामी कुरुवा भएर हस्पिटलमा हाजिर भएका थिए ।

त्यो बेला देखि उनको स्वास्थ्य अवस्था बुझिरहन, म नियमित रुपमा कुरुवा भाइहरुसँग सम्पर्कमा रहन थालेँ।

त्यो दिन देशभरी कोरोनाको संंक्रमितको संख्या झण्डै सात हजार नाघेको थियो । मृत्यु हुनेहरुको संख्या पनि दैनिक पचास नाघ्न थालिसकेको थियो । कोरोना त्रासदीले सिंगो देशलाई लपेट्दै थियो । खबर पत्रिका, सामाजिक सन्जाल, डिजिटल पत्रिकाहरु सबै कोरोनामय भएका थिए । घाटमा जलिरहेका लास, अक्सिजनको खाली सिलिण्डर, उपचार नपाएर भौँतारिरहेका बिरामीहरुको रंगिन तस्बिरहरु आङ्ग नै सिरिङ्ग पार्ने खालका थिए। डिजिटल पत्रिकामा आखा डुलाउदा डुलाउदै फेरि अर्को कोरोना पिडित खबर आयो – नागरिक आन्दोलनका दुई जना सारथीहरुलाई पनि कोरोनाले भेटेछ । कोरोना त्रासदीले सिंगो बस्तिलाई निलिसकेको थियो । त्रासदीको यो घडिमा निकै पर पर पनि सम्म पनि कतै राज्य गोचर थिएन । मानौ, हामी राज्य बिहिन युगमा बाचिरहेका छौ । मानौ, राज्य आफै लकडाउनमा फसेको छ ।

झ्यालबाट यसो बाहिर चिहाए , काठमाडौको मौसम खुला थियो । आक्रोस, बेचैनि र त्रासको तुवालोले मेरो मनलाई ढपक्कै ढाकेको थियो ।

दिनभरी आईसियु बेडमा पल्टिरहेका मित्रलाई सम्झि रहे । सान्त्वनाको केहि शब्दहरु लेखी मोबाइल सन्देश पठाए – मन दरो बनाउनु । सब ठिक हुन्छ । उपचारको लागी बाहिरबाट गर्ने सम्पुर्ण कोशिसहरुको लागी म प्रयास गर्नेछु ।

यता उनी त्रास र सुस्केरा बीच हस्पिटलको बेडमा पल्टिएर नाकले कृतिम अक्सिजन तानिरहेका छन्। उता घरमा परिवारको बाँकी चार पनि जनालाई कोरोनाले समातेको छ। परिवारको चारै सदस्य घर भित्र थुनिन बिवस छन्। बुढी आमा , दुई छोराहरु र श्रीमती । कोरोनाले थलिएको ज्यानमा , मानसिक यातनाको भारीले यी चारै जनालाई झन थिचेको छ । न बाहिर निस्केर खुला आकास हेर्न पाउनु छ ,न आफन्तजन नजिक बसेर बातमार्दै मन भुलाउन पाउनु छ । न पकाउनको जागर , खानको जागर । टन्न पौष्टिक आहार खाएर कोरोना संग लड्नु पर्ने बेलामा चारै बिरामीहरु आसुको झोल पिएर बस्न विबश छन् ।

कोरोनाले थलिएको शरीरले अलि तागतिलो खान्कि पाए तग्रिंन सजिलो हुदो हो । घरमा हामी बुढाबुढी ले सल्लाह गयौ — केही पकवान लिएर भेट्न जानु पर्ला । परैबाट भएपनि भेट्ने बाहाना पनि हुन्छ । तर जाने कसरी ? जानु पर्ने ठाउ निकै पर छ । कडा लकडाउनको समय छ । स्वतन्त्र आवागमन पुर्ण रुपमा बन्देज गरीएको छ ।

हामीले जाने निधो गयौ । बाटोमा केही परे देखाजाएगा ।

अलिकति मासु किनेर ल्यायौ । हतार हतार बुढीले त्यसलाई पकाइन् । पाकेको मासु एउटा भाडामा खन्यायौ र झोलामा हाल्यौ ।

आठ बज्यो । हामी निस्कियौ ।

सडक सुनसान थियो । एकाध पैदलयात्रीहरु सडक पेटीमा हतार हतार पाइला चालिरहेका देखिन्थे । हेड लाईट बालेर फाट्ट फुट्टा साना सवारीहरु कुदिरहेका थिए । शहर चकमन्न थियो । शहरबासीहरु सबै आ अफ्ना घरहरुमा कैद थिए । वातावरणमा मुर्दा शान्ति छाएको थियो ।

हातमा टर्च लाईट बोकेका सुरक्षाफौज चोक चोकमा तैनाथ थिए । ठाउ ठाउमा फौजले हामीलाई रोके । । केरकार गरे । कता ? बिरामीलाइ खान पुयाउन,सर । केरकारमा पास हुदै हामी अघि बढ्छौ । चकमन्न रातमा साइरन बजाउदै हतार हतार एम्बुलेन्सहरु दौडिरहेका थिए । एम्बुलेन्सका आपतकालिन साईरनले मन सिरिंग हुन्थ्यो । लौ , फेरी कसलाई श्वास फेर्न गाहो भो ?

काठमाडौ संभावित युद्दको अनिष्टले आतंकित शहर जस्तो त्राहिमाम जस्तो देखिन्थ्यो ।

केरकारमा पास भएर हामी धापासी पुग्यौ । कोठामा कैद भएका कोरोना पिडितलाई बाहिरबाट बोलायौ । ढोका भित्र र बाहिर भएर एकछिन कुरा ग्यौ । सन्चो बिसन्चोको कुराकानी ग्यौ । उपचारको लागी आवश्यक खर्चपर्च सोध्यौ । पकाएर लगेको खान्किको भाडो बाहिर पिढीमा राखिदियौ । र सान्त्वना दिएर फर्कियौ ।

फर्कदा हामी हस्पिटल छ्यिौ । कुरुवा भाइहरुलाई भेट्यौ । बिरामीको खबर बुझ्यौ । भाइहरुले भने फोक्सोमा अक्सिजनको तह सोचेजस्तो बढ्न सकेको छैन । हेरौ भोलि सम्म केही सुधार हुन्छ कि ? भारी मन लिएर हामी घर फर्कियौ ।

फर्किदा बाटोमा हामी बुढाबुढीले उनी संग बिताएका कयौ रमाईला पलहरुको कुरा ग्यौ । चाडै निको भईदिए हुन्थ्यो भन्ने कामना पटक पटक दोहोरायौ । त्यो रात निकै अबेर सम्म हामीलाई निन्द्रा परेन । भोलिको बिहानले सकारात्मक सन्देश बोकेर आउला की भन्दै आशाबादी भएर हामी जसोतसो निदायौ ।

भण्डै पन्ध्र बर्ष अघिको कुरा हो । उतिबेला , हाम्रो साझा पहिचान थियो — श्रम बेच्न खाडीमा पुगेका प्रबासी नेपाली । त्यसबखत , सानो मुलुक कतारमा, ठुलो संख्यामा श्रम बेच्न नेपालीहरु ओइरिन थालेका थिए । उसो त , नेपाली श्रमिकहरुका अनेक दुखहरु पनि थिए । श्रमिकहरुका दुख बिसाउने चौतारीको रुपमा नेपाली संघ संस्थाहरु गठन गर्ने कार्य तिब्र थियो । त्यहि क्रियाशिल नेपाली समाजको चौतारीहरुमा हामी भेटीएका थियौ । उनीमा प्रखर समाजीक भावाना थियो । कतारमा रहेको नेपाली समाजमा उनि निकै क्रियाशिल थिए र एउटा परीचित नाम थिए ।

लामो कतार बसाईमा अनेक परिस्थिती र संयोगका कारण , हाम्रो औपचारीक संम्बन्धले ब्याक्तिगत तहमा घनिष्ताको आकार ग्रहण गर्न थाल्यो । सन २०१४ तीर हामी संगै अमेरीका र बेलायत घुम्न गयौ ।त्यो भ्रमण हाम्रो मित्रताको कोशेढुं¨ा साबित भयो

भ्रमण दलमा हामी चार जना थियौ । उनि सहित ,हामी बुढाबुढी र छोरी । छोरी चार बर्षकी थिई । सानो नानी बोकेर त्यति लामो यात्रा गर्नु निकै कठिन थियो । तर उनको सहयोगी भावले हामीलाई कुनै कठिनाईको महशुस हुन दिएन । १५ दिनको त्यो यात्रामा उनको हल्का र सहयोगी स्वभाव बाट म निकै प्रभावित भए । त्यो यात्राले हाम्रो सम्बन्धमा आत्मियताको भु्रण रोपिदियो । र, हाम्रो ब्याक्तिगत सम्बन्धलाई असल मित्रतामा परीणत गरीदियो । ब्यवहारीक जीवनमा सधै हामीलाई एकअर्काको कमीलाई राम्ररी महशुस गर्न थाल्यौ ।

यात्राबाछ फर्केपछी हामी झन घनिष्ट हुन थाल्यौ । हाम्रा मनका सिमाना होचिदै जानथाले । उनि हाम्रो परीवार संगै बस्न थाले । एउटै छानो मुनी संगै बस्न थालेपछी , मान्छेको रुपमा हामीले एक अर्काको कमजोरी र सबलतालाई नजिक बाट नियाल्न पायौ । कमजारीहरु लाई स्विकार्ने बानि पर्दै जानथाल्यो । संसारीक जीवनका ुसुख दुख बाड्दै जान थाल्यौ । हामी सुखको साथि भयौ । दुखको पनि साथी भयौ । सम्बन्धको पर्दाहरु पातलो र पारदर्शि हुदै जान थाले ।। अहंका पर्खालहरु होचा हुदै जान थाले ।

जब सम्बन्धको दुरी छोटिदै जँन्छ , घनिष्टताको धागो बलियो गरी खिपिदै जादो रहेछ । घनिष्टताको धागो एकअर्कामा खिपिदै गएपछी सम्बन्धले समभावको आकार ग्रहण गर्ने रहेछ । सम्बन्धलाई प्रेमरसले रसिलो बनाउने रहेछ । हाम्रो सम्बन्ध प्रेमिल हुदै जान थाल्यो । त्यसपछी एक अर्काका निजि जीवनको कमजोरी ,रुचि , स्वभावका मानविय पर्दाहरु आफै खस्दै जान थाल्यो । हाम्रो सम्बन्धमा न मर्यादाको कृतिम पर्दा रह्यो , न अपमान, घृणा र तिरस्कारको अप्राकृति छाया बाकि रह्यो । प्रेम, सम्मान र सह अस्तित्वमा जगमा हाम्रो मित्रताले जरा गाड्यो । त्यसपछी कयौ रोमान्चक पलहरु कहिले मरुभुमीका खुला बगर कुद्दै, कहिले समुन्द्रका उत्ताल छालहरु हेर्दै , कहिले कतारको झिलिमिली रात्रिकालिन बारमा मदिराको नशामा गम भुलाउदै बितायौ ।

भोलिपल्ट बाट उनको शरीरमा अक्सिजनको तह ओरालो लाग्ने क्रम शुरु हुन थालिसकेको थियो । फोक्सोलाई निमोनियाले गाजिसकेको थियो । उनलाई अक्सिजनको मात्रा थपिदै जान थालियो । थपिएको अक्सिजनको मात्राले , निमोनियाले गाजेको फोक्सोलाइै तै बिसेक राहत दियो । तैपनि चिताए जति सुधार हुन सकेन । आईसियु कक्षमा जडान गरीएको काचको स्क्रिनमा , उनको शरीरको मापन बोकेर उकाली र ओराली गर्दै दौडने धर्साहरु निकै अनियमित हुदै जान थाल्यो ।

मनमा हल्का अनिष्टको कालो बादल मडारिन खोजे हुद खोज्दै थिायो । फेरी आफैलाई सम्हाल्यो , कोरोनाको बिरामीको अक्सिजन तह घट, बढ भईरहन्छ । कालो बादलको किनारामा आशामा सेता धर्साहरु खोजे जस्तो ।

निन्द्रा, थकान, भय र अनिष्टको मनोबैज्ञानिक चोटले गलेर लखतरान भएका उनकै आफन्त दुई भाईहरु कुरुवाको रुपमा अस्पतालमा भर्ति भएका छन् । भाईहरुलाई घण्टै पिच्छे फोन गरेर खबर बुझ्छु । अक्सिजनको तहमा झिनो सुधार छ । खबर सुनेर मन अलि हल्का हुन खोज्छ । अर्को घण्टामा फेरी उता बाट फोन आउछ । अक्सिजन फेरी तल झ्यो । आत्तिनु पर्दैन भाइ हो , सुधार हुन्छ । कुरुवा भाईहरुलाई सान्त्वना दिन्छु ।

भाईहरुलाई त सान्तवना दिइयो । आफ्नै त्रसित मनलाई कसरी सान्त्वना दिने ? मन बुझाउन टिभी तिर आखा डुलाउछु । मन भुलाउन खोज्छु । मनलाई भुलाउन सजिलो काहा छ र ? अन्योल , अनिश्चितता र अनित्यताको छालहरुले मनको किनारलाई चुम्दै फर्कदै गरीरहन्छ । त्रासदीको कालो छायाले छोपको जस्तो गरी त्यो दिन त्यसरी नै बितेर गयो ।

सिंगो मुलुकलाई कोराना त्रासदीले निलेको छ । कोराना कहरले अक्रान्त भएका आम नागरीकलाई ढाडस दिने आशाको त्यान्द्रो केही देखिदैन । राज्य निरिह होइन , निर्लज्ज भएको छ । राजनैतिक दलहरु बिवेक बिहिन बुख्याचा जस्ता भएका छन् । राज्य दोहनको कालो कथाहरु ऋखबारको पानाभरी दिनहु कालो अक्षरले पोतिएको छ । शक्तिको सुमेरु पर्वत चढ्न दलका नेताहरु ना¨ो दौडा दौडिएका छन् । मानौ, तिनिहरुको ऋाखामा पट्टी बाधिएको छ । जो, आम जनताको दुख, आशु, हैरानीको दृश्यहरु देख्दैनन । मानै ती , निर्जिव पत्थर हुन , दिनहु जलिरहेको लाशको गन्तिले तिनको पाषाढ मनलाई कतै चिमोट्दैन ।

आफ्नै मनको आकाशमा कावा खादै सोच्छु , यो राज्य थोरै पनि गतिलो भएका भए । अकालमा यति धेरै मानिसहरुले ज्यान गुमाउने पर्ने थिएन होला । हस्पिटलमा शैयामा यतिधेरै बिरामीहरु छटपटाउन पर्ने थिएन होला । कमिशनको कालो धनमा राज्य र राज्यपोषित दलालहरुको भागबन्डा नमिलेर आईसक्नु पर्ने पचास लाख डोज खोप उतै भारतमा राकियो । दुई महिना पहिले मात्र ५० लाख डोज खोप आएको भए कति मान्छे बाच्थे होला ? जनस्वास्थ्य बिज्ञहरुको सल्लाहलाई मानेर दुईहप्ता पहिले मात्र लकडाउन गरीदिएको भए , मेरो प्रिय मित्र यतिबेला हस्पिटलमा हुदैन थिए कि ? राज्य हाक्ने पापीहरुलाई बिज्ञहरुले लकडाउन गर्न घचघच्याइरहेका थिए । धुर्त ब्यापारीको चगुंलमा परेर पापीहरु लकडाउन गर्न हच्किरहेका थिए । जतिबेला लकडाउन शुरु गरीयो , त्यो ढिलो भईसकेको थियो ।

मेरो आखामा त्यो शिक्षा मन्त्रि पद धारण गरेका एउटा हनुमानको कालो अनुहार अहिले पनि नाचिरहन्छ श्रीमान खड्क प्रसाद ओलीको असली चेलाले बाह् हात माथि उफ्रिएर लकडाउन नगर्ने जिद्दी गरेको कर्कश बाणी मेरो कानको पर्दामा अझै गुन्जि रहन्छ । त्यो कालो अनुहारलाई मृतक आत्माले कति सराप्ला ? मृतकका आफन्तका आशुका भार कति लाग्ला ? ईतिहासको बोझको रुपमा थोपिरिएको पुजीपती दलालहरुको नाईके खड्क प्रसादलाई ईतिहासले माफ गर्ला कि नगर्ला ?

सन २०१६ तीर हामी फेरी संगै भारत घुम्न गयौ । भ्रमणदल पुरानै थियो । चार जना । उनीसहित , हामी बुढाबुढी र छोरी । हामीले केरला , मुम्बई र दिल्ली घुम्ने योजना बनाएका थियौ । कतार एयरवेजको रात्रकालीन उडान बाट हामी सबैभन्दा पहिले केरला ओर्लियौ । केरलाको एउटा रमाईलो गाउ माल्लापुरम घुम्न गयौ ।

हामी माल्लापुरम गाउमा रमाउन थाल्यौ । केरलामा त्यतिखेर चुनावको याम थियो क्यारे माल्लापुरम गाउको भित्ताहरु च्ुानाबि पर्चाले छपक्कै ढाकिएको थियो । ठाउ ठाउमा हसिया हथौडा अंकित भित्ते पोस्टरहरुमा चे ग्ेवभाराको बडेमानको श्याम श्वेत तस्बिस छापिएको हुन्थ्यो । चे ग्वेभाराको फोटो देख्नासाथ उनी मन्द मुस्कान सहित मलाई गिज्याउदै भन्थे — उ तिम्रो चे ग्वेभारा । हामी दुबैले चे ग्वेभारको फोटो टासिएको भित्ता सामुन्ने उभिएर संगै फोटा खिच्यौ । एक अर्कालाई हेरेर मरी मरी हास्यौ । हासोको साझा मर्म थियो —माक्र्स, लेलिन, चे को फोटो बेचेर खाने कम्न्युष्टहरु नेपालमा मात्र होईन संसारभरी रहेछन् ।

छालाको रंग, अनुहारको बान्कि, पहिरन, भाषाको फरकपनाको कारणले गर्दा सिंगो माल्लापुरम गाउमा हामी अर्कै भुगोलबाट झरेको घुमन्ते जस्तो देखिन थाल्यौ । मान्छेहरुले हामीलाई पर पर बाट समेत नियालेर हेर्न थाले । परीबेश संग घुलमिल हुनको लागी मेरो मनमा एउटा जुक्ति फु्यो ।

हामी स्थानिय बजारमा गयौ । हामी चारै जनाले स्थानियहरुले लगाउने पोशाक खरीद गर्ने निधो ग्यौ । त्यसपछी हामी दुई भाईले पनि केरले मार्काको पोशाक खरीद ग्यौ । माथी धर्के , चेक हाफ बाउले सर्ट तल सेतो भुई सम्म लत्रने धोती र खुट्टामा चप्पल । रैथानेहरु झुक्किए । कतिपय सार्वजनिक ठाउमा रैथानेहरुले हामीसंग केरला भाषामा कुरा गर्न खोज्थे । हामी एक अर्कालाई हेर्दै हास्थ्यौ ।

निमोनियाले गाजेको फोक्सोले शरीरको कोषमा अक्सिजनको प्रभाव गर्न झण्डै जसो असफल भएपछी अर्को दिन दिउसो उनको मुखमा कृतिम श्वासप्रश्वास गराउने भेन्टिलेटर भनीने आततायी मेशिनको पाइप जोडियो । भेन्टिलेटर जोडेपछी कोषहरुमा अक्सिजनको प्रभावको स्तरमा सुधार भयो । त्यसदिन दिनभरी जस्तो सुधारीएको अक्सिजनको तहले हामीलाई केही राहत दियो । हामीले संन्तोसको लामो सास फे्यौ ।

त्यो साझ मैले बेस्सरी मदिरा पिए । भावुक भएर अस्तित्वमा नै नभएको भगवानको नाम लिए । लामो सुस्केरा तानेर भने— हे भगवान मेरो मित्रलाई केही नहोस् ।

केरला भ्रमणको रमाईलो पलहरुको स्मृतिको झोलीमा थन्याउदै हामी मुम्बई उड्यौ । मुम्बईको झिलीमिली शहर घुम्यौ । सामाुन्द्रिक छालहरुमा पानी जाहाजमा सयर ग्यौ । समुन्द्रको किनारमा उभिएर फोटो खिच्यौ । र अन्तिम गन्तव्य दिल्ली लाग्यौ ।समग्र यात्रामा भुलेर पनि भुल्नै नसकिने कयौ पलहरु मनको झोलीमा बोकेर हामी कतार फर्कियौ । त्यसपछी हामी देश बिदेशका कयौ गाउ , शहरहरु संगै घुम्यौ ।

सन २०१८ मा हामी दुबैले कतार बसाईलाई बिट मारेर मुलुक फर्कियौ ।

अर्को दिन बिहानै ५ बजे मोवाईल फोनको घन्टिले मलाई उठायो । हस्पिटलका कुरुवा भाइको फोन रहेछ । अनिष्टको ननिको शंकाले मन झस¨ भयो ।

मोवाइल फोन मार्फत मेरो कानमा प्रयलकारी सन्देशको ध्वनि ठोक्कियो —बिरामीको अवश्था गम्भिर भयो । के भयो भाई ? मुटुले काम गर्न छोड्न लाग्यो ।

फोन राखेर हतार हतार म उठे । बुढीलाई उठाए । हामी हतार हतार हस्पिटल जान निस्कियौ । बिहानी पखको खाली सडकमा मैले बेतोडले गाडि हुइकाए । ६ नबज्दै हामी हस्पिटल पुग्यौ । कुरुवा भाईहरु हस्पिटलको गेटमै भेटिए । भाईहरुले भने — डाक्टरले भर्खरै मुटुको एउटा औषधि चढाएको छ । त्यसले काम गरेन भने आश गर्ने ठाउ धेरै हुदैन । भाइहरुले सुनाए । एक छिन हामीले एक अर्कालाई हेरा हेर ग्र्यौ । के बोल्ने ? बाक्य नै निस्किएन । वातावरणमा क्षणिक सन्नाटा छायो । सन्नटालाई चिरेर मुल सडकमा साइरन बजाउदै एउटा एम्बुलेन्स बेग संग हुइकियो । भाईहरुलाई सान्त्वना दिएर हामी घर फर्कियौ ।

औषधिले हल्का काम गर्न थाल्यो — दशबजे तिर भाईहरुले मलाई फोन गरे । मुटुले बिस्तारै आफ्नो चालको लय समात्न थाल्यो । त्यो दिन भरी उनको स्वस्थ्य स्थिर भयो । किड्नीको पनि डायलासिस भयो । राती अबेर सम्म हामीले घरी घरी फोनमा कुरा ग्यौ । स्वस्थ्य स्थिर छ । मनमा सकारात्मक सन्देशको आश छोडेर त्यो दिन गयो ।

हाम्रो अन्तिम भेट एक हप्ता दश दिन पहिलो भएको थिए । नागरीक आन्दोलनका साथीहरुले चाइनिज भ्याक्सिन लगाउने जोरजाम मिलाएका थिए । भ्याक्सिन लगाउदै गदै मैले उनलाई सम्झिए । फर्र्किदा बाटैबाट मैले फोन गरे । भ्याक्सिन लाउने चाजो मिलेको छ , भोली बुढाबुढी दुबै जना भ्याक्सिन लाउन आउनु । भोलिपल्ट हामी खोपकेन्द्रमा भेट भयौ । उनीहरुले भ्याक्सिन लगाए । भ्याक्सिन सकेर संगै बसेर चिया खायौ । एकछिन खत्राकखुत्रुक कुरा गयौ । हासो ठट्टा गयौ । ल फेरी एक दिन बस्नु पर्छ है भन्दै छुटियौ । हामी दुइको साझा भाषामा एक दिन बस्नुको अर्थ मात्ने गरी दारु खाने , मातेर ठट्टा, रमाईलो गर्ने र संगै नाच्ने हुन्थो ।

भोलि पल्ट बिहान फोन बज्यो । यि दिनहरुमा मलाई फोनको प्रत्येक घण्टीले झसंग बनाउथ्यो । म डराउदै फोन उठाउथे ।पहिलो बाक्य मै सोध्थे कस्तो छ अहिले ?उता बाट सन्देश आयो मुटुले गति छाडेर भर्खर सिपिआर गरीयो । अहिले गति ठिक छ । डाक्टरले भनेका छन् अर्को २४ घण्टा निकै जोखीम छ ।

मलाई त्यो २४ घण्टा कुर्न २४ जुनी कुरेजति हुन थाल्यो । घण्टा घण्टामा भित्ते घडिमा आखा डुलाउदै मैले घण्टा गन्न थाले । बेलुकीको पाच बज्यो । बल्ल दश घण्टा बितेछ ।मनलाई सम्हाल्दै सकारात्मक हुदै थिए ।

बेलुकीको छ नबज्दै एउटा ननिको सन्देश बोकेर मोबाइलको घन्टी बज्यो । मेरो प्रिय मित्र युवराज पाठक बितेछन् ।

2 comments to छाडी जानेको सम्झनामा….

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)