यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कोरोना लहर : परीक्षण घटेकोले संख्या घटेको हो कि साँच्चै संक्रमण दर घट्दैछ?

अहिले महामारीको अवस्था के हो? संक्रमण दर साँच्चै घटिरहेको हो कि सरकारले परीक्षण घटाएको कारण घटेको जस्तो मात्र देखिएको हो? मान्छेहरु मात्र हैन, मिडिया पनि अन्यौलमा देखिन्छ। नेपाललाइभले आइतबार लेखेको समाचारको शीर्षक छ- पीसीआर परीक्षण दोब्बरले घटाएर संक्रमित कम देखाउँदै सरकार, संक्रमणदर अझै उच्च विन्दुमा त्यस्तै शिलापत्रले पनि ‘कोरोना संक्रमणको दर घटेको होइन, ल्याबहरूले परीक्षणको विवरण नपठाउँदा संख्यामा कमी’ शीर्षकमा समाचार सोमबार राखेको छ।

के हो त अहिलेको स्थिति?

समाचारमा उठाइएका केही कुरा सही छन्। जस्तै अहिले पीसीआर परीक्षणको संख्या घटेको सही हो। जेठ १३ गते २० हजार परीक्षण भएकोमा १४ गते १९ हजार हुँदै १५ गते १४ हजार, १६ गते ११ हजार र १७ गते १५ हजार परीक्षण भएका छन्।

केही ल्याबको विवरण इन्ट्री नभएको पनि सही हो।

तर यी सब हुँदाहुँदै पनि विगत केही दिनमा संक्रमण दर घटेको पनि सही हो। अस्पतालमा पहिलेभन्दा चाप घटेको पनि सही नै हो। तर मिडियाका समाचारहरु हेर्दा लाग्छ- परीक्षण घटेकोले पनि संक्रमणको संख्या पनि घटेको हो। अझ बजार हल्ला- कर लिनलाई मात्र संक्रमण घटेको देखाउन लागेको हो !

सबैभन्दा पहिला पत्रकारहरुले पनि बुझ्नु पर्ने कुरा चाहिँ के हो भने संक्रमण दर भनेको के हो? यसलाई अङ्ग्रेजीमा percent positive भनिन्छ। “percent positive rate” वा “positivity rate” पनि भन्ने चलन छ।

यो भनेको पोजिटिभ संख्यालाई कूल परीक्षण संख्याले भाग गरेर १०० ले गुणन गरेपछि आउने संख्या हो। उदाहरणका लागि हिजो जेठ १७ गते कूल पीसीआर परीक्षण १५०५५ भयो र त्यसमा ४१७८ पोजिटिभ भेटियो। अब संक्रमण दर पत्ता लगाउन ४१७८/१५०५५ x १०० = २७.७५ %

अर्थात् कूल २७.७५ प्रतिशत संक्रमण दर देखियो।

जोन्स हप्किन्सको स्कूल अफ पब्लिक हेल्थमा उल्लेख भए अनुसार संक्रमण दरले मूलतः दुई प्रश्नको उत्तर दिन्छ-

१) समुदायमा कोरोना भाइरसको संक्रमणको वर्तमान अवस्था के हो ?

२) के हामीले संक्रमण भइरहेकाहरुको पर्याप्त परीक्षण गरिरहेका छौँ त ?

संक्रमण दर उच्च हुँदाको अवस्थामा पोजिटिभ टेस्टको संख्या उच्च हुन्छ वा कूल परीक्षणको संख्या एकदम कम हुन्छ। उच्च प्रतिशत पोजिटिभ हुँदा संक्रमण उच्च रहेको र समुदायमा परीक्षण नगरेकाहरु अझ धेरै हुनसक्ने संकेत गर्छ।

खासमा यो संख्याले समुदायमा संक्रमण कति फैलिएको छ भन्ने देखाउँछ।

कति संख्या उच्च हो त ?

ब्लुमबर्ग स्कूलको लेख अनुसार संक्रमण दर ५ प्रतिशतभन्दा माथि भयो भने यसलाई धेरै उच्च मानिन्छ। डब्लुएचओले यो संख्या ५ प्रतिशतभन्दा कम कम्तिमा दुई हप्ता रह्यो भने लकडाउन खोल्न सकिने भनेर सिफारिश गरेको छ।

अहिले संक्रमण दर घटेको हो त?

हो, अहिले संक्रमण दर पहिलेभन्दा घटेको पक्कै हो। मेको दोस्रो साता संक्रमण दर ४६ प्रतिशतभन्दा माथि थियो। अर्थात् परीक्षण गराएकामध्ये झण्डै आधा पोजिटिभ हुन्थे। अहिले त्यो संख्या घटेर २७/२८ प्रतिशतमा आइपुगेको छ। आवर वर्ल्ड इन डेटाको यो भिजुअलाइजेसन हेरौँ-

यसमा संक्रमण दर घट्दै गएको देखिन्छ। तर ध्यान दिनु पर्ने कुरा के हो भने अझै पनि संक्रमण दर भारतको भन्दा उच्च नै छ। यसको मतलब समुदायमा अझै संक्रमण बढी छ। हामीले मास्क लगाउनु पर्ने, दूरी कायम राख्नुपर्ने, साबुन पानीले हात धुनुपर्ने जस्ता स्वास्थ्य मापदण्डको कडा रुपमा पालना गरिरहनुपर्छ।

परीक्षण संख्या र संक्रमण दरमा कन्फ्युज नहुनुस्

परीक्षण कम हुदा संक्रमण कम देखिन्छ भन्नु ठीक हाे। पक्कै पनि परीक्षणै कम हुँदा संक्रमण पनि कम देखिने नै भयो। तर संक्रमण दर अलग कुरा हो। त्यसलाई त्यसरी सीधा हिसाबमा भन्न मिल्दैन।

तर यहाँ बुझ्नु पर्ने कुरा के हो भने एक दिनको संक्रमण दर हेरेर लौ यस्तो भइसक्यो भनेर केही अनुमान, भविष्यवाणी गर्न सकिने विषय होइन।  महामारीकाे विषयमा हेर्न कम्तिमा पनि २ हप्ताकाे तथ्याङ्क विश्लेषण गर्नुपर्छ।

मे महिनाको मध्यदेखि मे महिना सकिएसम्मका दुई हप्ताको तथ्याङ्क हेर्दा संक्रमण दर घटिरहेको देखिन्छ। संक्रमण दर घट्दाको परिणाम दुई हप्ता जति पछि देखिन्छ। अहिले हामीले मृत्यु दर खासै घटेको देखेका छैनौँ। संक्रमण दर घटेको दुई हप्तापछि मात्रै मृत्यु दर पनि घट्न थाल्ने हो।

संक्रमण दर अहिले घट्दो क्रममा रहे पनि जाेखिम भने कायमै छ, अझै पनि क्षति हुन सक्छ। अहिले सहरीभन्दा ग्रामीण क्षेत्र चुनौतिपूर्ण छ। त्यहाँ सहरमा जस्तो स्वास्थ्य सुविधा पनि छैन। त्यसैले त्यहाँ समुदायस्तरकाे परीक्षण गरेर संक्रमणको चेन ब्रेक गर्न जरूरी छ।

तर, परीक्षण घटेकोले संक्रमणको संख्या पनि घट्यो भनेर २० प्रतिशतको हाराहारीमा घटेको संक्रमण दरलाई घटेकै छैन जस्तो गरेर समाचार सम्प्रेषण गरेर भ्रमित नपार्ने कि !

नेपाल भर पहिलो र दोस्रो लहरको संक्रमणको (दैनिक संख्या)

काठमाडौँ जिल्लामा दैनिक संक्रमण पहिचानको संख्या

3 comments to कोरोना लहर : परीक्षण घटेकोले संख्या घटेको हो कि साँच्चै संक्रमण दर घट्दैछ?

  • Kartik Thakur

    who is going to do something about the crazy megalomaniac jagrit bhadamajhi ? This idiot has such a large ego that this ignorant idiot is still trying to defend his baseless theories.
    What is his qualification other than being a “student leader” and a dacoit who threatens common citizens and collects his chanda?
    Who is paying this guy to spread his falsehoods?
    He has achieved nothing in life. He is a delusional egomaniac.
    Not only him, there are many others – especially the Atibadi hindus.

  • Subba Yonjan

    अझ पनि उच्चतम सावधानी अपनाउनपर्ने समय छ|
    हामी नेपालीलाई जस्तो फुर्सद यो दुनियाँमा अरु कसलाई छ र? गाउँघरमा राजनीति गरेर पेट पाल्ने बाहेकले बारीकान्ला कोटाएर वा घाँसदाउरा गरेर वा यो रोपाईको ट्याममा ब्यस्त भईन्छ| शहरबजारमा नेपाली गफैमा आश्रित छन| घरभाडामा लगायो, अन्य उत्पादकीय काम कुनै छैन, ओली शेरे यस्तो उस्तो भयो चौबिसै घण्टा कि गफ, खानु र पिउनुमा कि मोबाएल वा सानो पर्दा अघाडी मस्तीमा| राष्ट्रिय पास्टटाईम र टाइमपास दुवै गफ र ह्याँग आउट हुन|कुनै पनि बेला टोलटोल र गाउँशहर चारैतिर हेर्नुस त कती मान्छे त्यस्सै कामै नगरी बरालिएका छन| कतिले काम नपाएर र कतिले काम नगरेर| राष्ट्रिय समयको यो अनुत्पादकीय पक्षबारे कोही खुलेर बोलेको जस्तो लागदैन|

    आफु त केही नगरी नबस्ने बानी, सचेत भएरै यसो गरेको| तर कैले यस्तो लाग्छ, हामी नेपालीलाई किन यती धेरै फुर्सदी? time waste नै pasttime ra र timepass हो कि क्या हो? वाहन हुनेले वाहन लिएर नत्र भने लुखुर लुखुर हिंडेर लकडाउन हुँदाहुँदै पनि हावा खान बाहिर निसक्नेलाई के भन्ने?
    सरकारले युवाहरुलाई रोजगारी दिन कुनै योजना छैन, खाडीको बाटो देखाएका छन| विवेक लाएर परिवर्तन चाहने भोट हाल्ने, सरकारको गैरसंबैधानिक कदम र व्याप्त भ्रष्टचारको जोडले विरोध गर्ने युवाशक्ती नै बिदेश रोजगारीमा वाध्य भएर जान परेपछी सरकारलाई आराम छ, जे गरे ने भयो| हल्का प्रोटेस्ट हुन्छ, एताउती गरेर साम्य भईहाल्छ| सरकार जस्ताको तस्तै| कोरोनाको कहरमा लक डाउनको समयमा नागरिकताबारे अध्यादेश ल्याएकोमा धुमधमले सडकमा बिरोध हुनपर्ने| तर भएन, लकडाउनकै कारणले|
    सरकारले दैनिक श्रम गरेर कमाई गरी दैनिक रुप्मा छाक जुटाउनेलाई राहत दिनपर्छ|
    तर छोराछोरी र आफ्न्त आर्थिक रुपले सक्षम हुँदाहुँदै पनि, बैँकमा ब्यालेन्स हुँदाहुँदै पनि, घरजग्गा र पेन्सन आदि हुँदाहुँदै पनि एकथोपा पनि लाजै नमानी ब्रिद्ध भत्ता चपाउनेहरु पनि धेरै देखिए|ससम्मान ककसले ब्रिद्ध भत्ता लिईरहेका छन, उनीहरुको नाम र अन्य ब्यहोरा वेबसाईटमा राख्नपर्छ| आर्थिक रुपले सक्षम भएकाहरुले ब्रिद्ध भत्ता नलिए सरकारलाई काम बोझ हुन्छ, अन्य सामाजिक बिकासका काम गर्न सक्नेछन| ब्रिद्ध भत्ता सामाजिक सुरक्षा अन्तर्गतका भत्ता सरह होइनन| घरभाडा महिनामा लाख उठाउछन र त्यस्तै ब्यक्ती सरकारका २ देखी बढेको चारहजार महिने ब्रिद्ध भत्ता पनि हसुरिन तम्सेका छन|
    कोरोना घटेको छैन, सावधानी अपनाऔ| खोप लगाऔ| पहिलो आएको खोपमा पनि धांधली भएको रहेछ| पहुंचवालले लगाएछन, त्यो पनि खोज पत्रकारिताले खोजेर औल्याउनेछ|यो बिषय जोडेको कारण चाँही भोली सरकार वा कुनै सामाजिक संस्थाले खाना खुवाउने ब्यवस्था गरे आर्थिक दृष्‍टिले सक्षम भएकाहरु पनि भोज ठानेर लाईनमा देखिन बेर छैन| भिडिओ राख्नपर्छ|

  • पुष्पराज

    दोब्बर घटाउने भनेको के रहेछ ? आधा हो ?

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)