देउवा निवासमा मध्यरातमा महाभारत

श्रीमति देउवाद्वारा आत्महत्याको धम्की
रुवाबासी, तानातान
रुँदै श्रीमति देउवाले भन्नुभएछ मेरो एउटै श्रीमान् छ, मेरो छोरोको एउटै बाउ छ

२०६२ वैशाख १४ बुधबार
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बूढानिलकण्ठस्थित उहाँकै निवासबाट गएको मध्यरातमा शाही आयोगले गिरफ्तार गर्दा महाभारत नै मच्चिएको रहेछ । मध्यरात सवा १२ बजे आएका सुरक्षाकर्मीहरुले दुई घण्टासम्मको महाभारतपछि सवा २ बजे बल्ल गिरफ्तार गरी लगेका रहेछन् । घटना भएको बेला घटनास्थलमा रेकर्ड भएको एउटा अडियो मलाई प्राप्त भएको छ । तपाइँ यसलाई यहाँ क्लिक गरी सुन्न सक्नुहुन्छ(लोड हुन समय लाग्न सक्नेछ केही बेर धैर्य गर्नुहोला) अडियोमा सुनिए अनुसार श्रीमति देउवाले सुरक्षाकर्मीहरुलाई राति गिरफ्तार गर्न आएकोमा आपत्ति जनाउनुभएको रहेछ । एक ठाउँमा त श्रीमति देउवाले “मेरो एउटै श्रीमान छ मेरो जिन्दगीमा । मेरो छोराको एउटै बाउ छ । म राति पठाउन सक्दिन” भन्दै रुनुभएको र देउवाले उहाँलाई “नरोउ न आरजु” भनेर सम्झाएको सुनिएको छ । त्यसैगरी एक ठाउँमा “तपाइँ मलाई धेरै उ नगर्नुस् म गोली हान्दिन्छु, मेरो ज्यान त म लिनसक्छु नि” भन्दै शायद आत्महत्या गर्ने धम्की दिनुभएको छ । सुनिएका आवाजलाई मैले बुझेसम्म निम्नानुसार लिपिवद्ध गरेको छु । बाँकी

श्रीमति देउवा: लगेर के गर्छ के गर्छ यिनीहरुको भरोसा छ ? राति आउने यसरी…(अस्पष्ट)……….छाति फुलाएर आउनु पर्यो नि त्यत्रो अपराधी भनेर भनिसकेपछि अपराधी हो भने….जनताको पैसा बचाउन आउने भनेर नाटक गर्या हैन ? छाति फुलाएर आउनु पर्यो नि त्यसो भए । राति चोरजस्तो आउने ?

श्रीमति देउवा: यस्तो पनि पुलिस हुन्छ…………..लाज लाग्दैन ? डुबेर मर्नुस् त्यहाँ खोलामा गएर । अर्काको घरमा आधी रातमा आउने ? मलाई थाहा छैन । दिनभरी यहाँ कुरेर बसिरा थियो

देउवाको अस्पष्ट आवाज…..(जंगिँदै )भनेर भन्या छु

श्रीमति देउवाको चिच्याहट….बाबु….कहाँ के भएको भन्या यो…..बाबु….मेरो छोरा

श्रीमति देउवा: नाइँ नाइँ म बुझ्न सक्दिन यो अहँ

देउवा: बेकारको कुरा हो यो बेकारको कुरा हो यो मलाई थाहा छ नि

देउवा: हुँदैन भने जसरी…..

देउवा: ए आरजु, आरजु

श्रीमति देउवा: (करुण स्वर) यो मेरो श्रीमान हो । मेरो एउटै श्रीमान छ मेरो जिन्दगीमा । मेरो छोराको एउटै बाउ छ । म राति पठाउन सक्दिन ।

देउवा: नरोउ न भन्या ह्यात्तेरी

श्रीमति देउवा: नाइँ

देउवा: छोड भन्या

श्रीमति देउवा: मलाई एउटा इज्जतदार महिला जस्तो

श्रीमति देउवा: तपाइँ मलाई धेरै उ नगर्नुस् म गोली हान्दिन्छु

देउवा: नगर भन्या ए आरजु, ए छाडदेउ छाडदेउ

श्रीमति देउवा: मेरो ज्यान त म लिनसक्छु नि