२०६२ वैशाख १४
पश्चिमतिर गजब-गजबका कुरा हुन्छन् । खानलाउन टन्न पुगेकै हुन्छ, अनि नानाथरि उट्पटयाङ गर्दै हिंड्छन् उनीहरु । यस्ता उट्पट्याङे कुराहरुलाई मैले “यस्तो पनि हुन्छ” श्रेणीमा समेट्ने जमर्को गरेको छु ।
बेलायतमा एउटी मोडल छन् जोर्डन नामको । उनको मुख्य आकर्षण नै उनको विशाल स्तन हो र उनी चर्चामा आउनुको कारण पनि त्यही स्तन नै हो । नहोस् पनि किन, तपाईँ पुरुष हुनुहुन्छ भने नढाँटी भन्नुस् त, महिलाको कुन अंगमा तपाइँको पहिला ध्यान आकर्षण हुन्छ – धेरैको जवाफ स्तन नै हुन्छ ।
उनको ३२ एफएफ (३२ भनेको त बुझेँ यो एफएफ भनेको के हो कुन्नि) आकारको स्तन यति प्रख्यात छ कि ठूलो स्तन बोझ भयो भनेर शल्यक्रिया गरी हटाउन खोज्दा पत्रपत्रिकाहरुले क्याम्पेन नै चलाए जसमा पाठकहरुको अनुरोध छापिन्थ्यो, प्लिज जोर्डन, त्यसो नगर ।
हुँदाहुँदा उनको विवाहका लागि बनाइने केकसमेत उनकै स्तनको आकारमा बनाइँदै रहेछ । जोर्डनको अहिले पिटर आन्द्रे भन्ने केटासँग अफेयर चल्दै रहेछ -कति नम्बरको ब्वाइफ्रेन्ड हुन् कुन्नि) उनीहरुको पहिलो सन्तान पनि जन्मिँदै रहेछ दुई महिनापछि अर्थात् जुनमा । बच्चा जन्मेको तीन महिनापछि सेप्टेम्बरमा उनी ती बच्चालाई उसको बाबुको बिहे देखाउँदै रहिछिन् । यही बिहेको तयारीका लागि केकको डिजाइन स्तन आकारमा बनाउने निधो भएको रहेछ । सयौं पाहुनाको अगाडि उनको त्यो स्तन प्रदर्शन गरी काटेर खुवाइने रहेछ ।
पश्चिमाहरुको त के भर र । बिहे हुन अझै निकै समय बाँकी छ । बीचैमा ब्रेकअपको समाचार पो आउने हो कि ।