२०६२ वैशाख १०, शनिबार
केही समय अगाडिको कुरा हो । कुनै ठाउँमा एक गरिब तर इमान्दार कम्प्युटर प्रोग्रामर बस्थे । उनी आफ्नो पुरानो पेन्टियम वन कम्प्युटरबाट प्रोग्रामिङ्ग गर्दै बस्थे । एकदिन उनको घरमा पाहुना आएका थिए । भीडभाडमा काम गर्न नसक्ने भएकाले उनी आफ्नो कम्प्युटर बोकेर घरनजिकै रहेको तलाउ छेउमा बसेर प्रोगामिङ्गमा व्यस्त भए । यत्तिकैमा भूइँचालो आयो र उसको टेबुल हल्लिएर कम्प्युटर तलाउमा खस्न पुग्यो । यी प्रोगामरले पञ्चतन्त्रको कथा सुनेका रहेछन् । त्यसैले जलदेवतालाई खुसी पार्न तनमनका साथ जुट्न पुगे । बाँकी
जलदेवता पनि प्रसन्न भए । अनि ड्याङ्ग उनीसामु प्रकट भइदिए । प्रोगामरले रुँदै रुँदै आफ्नो समस्याको बारेमा बताए । देवता उसको सोझोपन देखेर प्रसन्न भए । उनले आफ्नो हात पानीभित्र हाले र सलाईजत्रो आकारको एउटा चिज लिएर बाहिर प्रकट भए । के तिम्रो कम्प्युटर यस्तो थियो, उनले सोधे । प्रोग्रामरले होइन भन्दै टाउको हल्लाए ।
देवताले फेरि पानीभित्र हात डुबाए । यस पटक उनको हातमा क्यालकुलेटर जस्तो एउटा यन्त्र थियो । देवताले सोधे, के तिम्रो कम्प्युटर यस्तो थियो त ? मनमनै बडबडाउँदै प्रोग्रामरले यसपटक पनि नकारात्मक मुद्रामा टाउको हल्लाए ।
देवताले भने, फेरि ट्राइ गर्छु है त । यसपटक उनी पानीबाट बाहिर निस्कँदा उनको हातमा प्रोग्रामरको त्यही पुरानो कम्प्युटर थियो । यसलाई देख्नेबित्तिकै प्रोगामर चिच्याए, हो, हो, मेरो कम्प्युटर यही हो ।
देवता उसको सोझोपनदेखेर प्रसन्न भइसकेका थिए र तीनै चीज उसलाई दिने निश्चय गरिसकेका थिए । देवताले ती चीज दिनका लागि हात बढाएका मात्र के थिए, प्रोगामरले प्वाक्क सोधिहाले, देवता जी, तपाईँ मेरो पेन्टियम वन भन्दा राम्रो कम्प्युटर जस्तै ल्यापटप स्यापटप देखाउनु हुन्न ? पुरानो कथामा जस्तै…..कि तपाईँको मेमोरीमा त्यो कुरा डिलिट भइसक्यो ?
यो सुनेर देवता निकै क्रुध्द भए र भने “हे मूर्ख! मैले तिमीलाई जुन सलाई आकारको चीज देखाएको थिएँ, त्यो पेन्टियम ट्रिलेनियम थियो, र जुन क्यालकुलेटर आकारको चीज थियो त्यो पेन्टियम बिलेनियम थियो, म तिमीलाई यो तीनै चीज दिने तयारी थिएँ । तर तेरो बुध्दिले तैंले सबै कुरा गुमाइस् । अब भोग सजाय……गुडबाई ।” यति भनेर देवता पानीमुनि अन्तर्ध्यान भए । त्यतिबेलादेखि त्यो प्रोगामर इन्टरनेट क्याफेमा बसेर प्रोग्रामिङ्ग गर्ने गरिरहेका छन् ।
कथाबाट पाइने शिक्षाः यदि हामी कुनै प्रविधि या ट्रेन्डमा अपडेटेड छैनौं भने चुप बस्नुमा नै बुध्दिमानी हुन्छ ।
यो कथा मैले एउटा अंग्रेजी ब्लगमा भेटेको थिएँ । यो कथाको अंग्रेजी संस्करण यहाँ पाइन्छ ।
हिजोको ब्लगमा अब मंगलबारमात्रै ब्लग गर्छु भनेर भनेको भए पनि आज आउनु पर्ने काम आइदिएन । आज मेरो मेलबक्समा १२ वटा फाइल पठाइदिन्छु भनेर आउटसोर्सरले भनेको थियो तर खै अहिलेसम्म आइपुगेको छैन । अस्तिका बाँकी फाइलको काम आज सकाइदिएँ । सोमबारसम्म डेलिभरी डेडलाइन भन्थ्यो । भोलि एक दिनमा कसरी त्यत्रो काम गर्ने होला ? फेरि त्यति फाइलमा मेरो परेको मेहनत सबै खाइदिनेत हैन । धोति भारतीयहरुको के भर हुन्छ र ? तर त्यसो नहोला कि भन्ने आश गर्नुपर्छ । अरु के नै गर्न सकिन्छ र ।
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.