२०६१ चैत २९, सोमबार
मेरो ब्लगमा पाठकहरुले प्रतिक्रिया लेख्न नमिल्ने भइरहेको रहेछ । मैले त परीक्षण गरेर हेरेको पनि थिइनँ । तर युडब्लुबीका उज्ज्वल जीले मेलमार्फत् यसबारेमा जानकारी दिनुभए पछि हेरेको त हो रहेछ । पछि उहाँकै सहयोगमा यो समस्याको समाधान आजै गरेँ । ब्लगको शीर्षकमा अंग्रेजी शब्द प्रयोग भएन भने यस्तो समस्या आउने रहेछ । तर ब्लग लेख्दा स्लगमा अंक हालिदिने हो भने चाहिँ समस्याको समाधान आफै हुने रहेछ । अब मेरा ब्लगहरुमा तपाइँ पनि प्रतिक्रिया लेख्न स्वतन्त्र हुनुहुन्छ । आजै नेपाल साप्ताहिकका संवाददाता भोजराज भाटले एउटा ब्लगमा प्रतिक्रिया लेख्नुभएर यसको उदघाटन गरिसक्नुभएको छ । अनि नेपाली ब्लगका पाठकहरुलाई अर्को खुसीको खबर, भोजराज भाट जीको ब्लग पनि चाँडै नै नेपाली युनिकोड अक्षरमा आउँदैछ ।
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.