कोइराला र नेपालको अन्तर्वार्ता बीबीसीमा

२०६२ वैशाख २४ शनिबार
बीबीसीको हिन्दी सेवाले यही आइतबार आफ्नो साप्ताहिक अन्तर्वार्ता कार्यक्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका महासचिव माधव नेपाललाई निम्त्याउने भएको छ । कोइराला र नेपालसित स्रोताहरुले प्रत्यक्ष रुपमा प्रश्न सोध्न पाउनेछन् । विश्वका कुनै पनि भागमा भएका स्रोताले यस कार्यक्रममा भाग लिन सक्नेछन् । तपाइँलाई पनि प्रश्न सोध्न मन लागेको छ भने तपाइँ आफ्नो टेलिफोन नम्बरसहित आफ्नो नाम ठेगाना बीबीसीको इमेल [email protected] मा पठाउन सक्नु हुनेछ । यो कार्यक्रम नेपाली समय अनुसार आइतबार राति सवा ८ बजे प्रसारण हुनेछ र बीबीसीले प्रत्यक्ष तपाइँको टेलिफोनमा सम्पर्क गरी प्रश्न सोध्न आमन्त्रण गर्नेछ । प्रश्न अंग्रेजी वा हिन्दीमा सोध्न सकिनेछ ।