ब्लु फिल्ममा ?

२०६२ वैशाख २१ बुधबार
मेरो संसार स्कूप
Manisha Photo Courtesy: Rediff.com
बलिउड अभिनेत्री मनीषा कोइरालाले आफ्नो क्यारियरको सुरुवातमा ब्लु फिल्म खेलेको दाबी गर्दै एक भारतीय साइटमा १९ मिनेट लामो त्यो ब्लु फिल्मको डिभिडी बिक्रीका लागि पनि राखिएको रहेछ । विस्तृत विवरणका लागि भित्र जानुअघि तपाइँलाई सावधान गराइदिउँ कि भित्र राखिएका विषयवस्तु, तस्वीर र भिडियो अश्लील प्रकृतिका छन् । बाँकी

Manisha
केही दिनअघि नेपाल टेलिभिजनमा भारतीय अभिनेत्री मनीषा कोइरालाले नेपाली जनतालाई राजाको कदमको समर्थन गर्नुपर्छ भन्दै लेक्चर दिँदै गरेको अन्तर्वार्ता हेरेको थिएँ । अन्तर्वार्ताकार जीवराम भण्डारी पनि परिचित नै थिए । मनीषा त परिचित हुने नै भइन् । भण्डारीसित मेरो परिचय स्पेसटाइममा सँगै काम गर्दा भएको हो । त्यतिबेला उहाँ स्पेसटाइमको लेख रचना शाखा हेर्नुहुन्थ्यो । राजावादी मान्छे । त्यसैले त अहिले नेपाल टेलिभिजनमा कार्यक्रम चलाइरहनुभएको छ । कुरा अन्तर्वार्ताको हुँदै थियो । मनीषाले देश जटिल स्थितिमा पुगेकोले राजाको कदमको सबै नेपालीले समर्थन गर्नुपर्छ भनेर भन्दै थिए । उनको तर्क उनको ठाउँमा ठीकै होला तर जो मान्छे नेपालमा बस्दैन, उसले सहनु परेको छैन अप्ठ्याराहरु । न उसले माअ‍ोवादी अत्याचारका घटनालाई नजिकबाट बुझेको छ । काठमाडौंमा बस्ने मानिसलाई त काठमाडौंबाहिरको शान्तिसुरक्षाको स्थिति थाहा छैन भने उनी त यदाकदा नेपाल आएर अधिकांश समय मुम्बई मै बिताउने मान्छे ।
मनीषाको अन्तर्वार्ता हेरेपछि यस्तै कुरा मनमा खेलाउँदै थिएँ । अचानक हिजो इन्टरनेटमा डुल्दै गर्दा एउटा साइटमा मनीषाका बारेमा आपत्तिजनक कुरा लेखिएको देखियो । के रहेछ भनेर ध्यान दिएर हेर्दा त तीनछक्क परेँ । त्यसमा मनीषाले आफ्नो क्यारियरको सुरुवातमा ब्लु फिल्म खेलेको दाबी गरिएको रहेछ । १९ मिनेट लामो यो ब्लु फिल्मको डिभिडी त्यो साइटमा बिक्रीका लागि पनि राखिएको रहेछ ।
साइटमा राखिएका केही तस्वीरहरु नियाल्दा मनीषाकै जस्तो अनुहार देखिन्छ । तर ती महिला मनीषा नै हुन् कि मनीषाको जस्तो अनुहार देखिने कोही युवती हुन्, मलाई थाहा हुन सकेन । यी तस्वीर हेरेर तपाईँ आफै विचार गर्नुस् उनी नक्कली मनीषा हुन् कि हैनन् । तस्वीरका लागि यहाँ क्लिक गर्नुस् । तर सावधान तस्वीर अश्लील छ ।
तपाईँ यो डीभीडीका केही अंश पनि यहाँ क्लिक गरेर डाउनलोड गरी हेर्नसक्नुहुन्छ । तर सावधान यसका दृश्य अश्लील छन् ।
मनीषा जस्ती अभिनेत्रीले त्यस्तो फिल्ममा खेल्ने आवश्यकता किन पर्थ्यो होला र । एक छोटी सी लभ स्टोरी नामको हिन्दी चलचित्रमा डुप्लिकेटलाई राखी आपत्तिजनक दृश्य खिच्यो भनी अदालतमा मुद्दा दायर गर्ने मनीषाले यो साइटका विरुध्द चाहिँ किन केही कदम नचालेकी होलिन् ? अनि राजावादीहरु, तपाईँहरुले पनि राजाको कदमको समर्थन गर्न सार्वजनिक आह्वान गर्ने एक नेपाली चेलीको बेइज्जति हुने यस्ता साइटका विरोधमा आवाज उठाउन ढिला गर्नु उचित होला र । यो साइटलाई बन्द गराउन सबै नेपाली जुट्नु परेन र ।