यसरी पराजित गरियो प्रतिगमन र प्रतिगमनका मतियारहरुलाई

२०६२ असोज १० सोमबार

आज कीर्तिपुरमा भएको नागरिक सभामा सबैभन्दा पहिले प्रस्तुत गरिएको थियो, सर्वनामको पर्खाल शीर्षकको यो प्रतीकात्मक नाटक। नाटकको फोटो फिचरका लागि भित्र आउनुहोला।

नाटकमा संवाद थिएन, मात्र साउन्ड इफेक्टमात्र। नाटकमा मञ्चको केन्द्रमा राखिएको थियो एउटा शक्ति केन्द्र। हेर्दा राजालाई अ‍ोढाइने छाता जस्तो।

सुरुमा नाटकका चार पात्र नाच्छन् त्यही शक्तिकेन्द्रको वरपर। बिस्तारै स्वस्ति, ढोग, चाकरी सबै गर्न थाल्छन्।

चाकरी गर्दागर्दै उनीहरुको अनुहार परिवर्तन हुन्छ। कोही ब्वाँसो जस्ता, कोही गिध्द जस्ता। उनीहरु प्रतिगमनको कालो खोल पनि अ‍ोढ्छन्।

अनि सुरु हुन्छ दमनको शृङ्खला। दर्शकदीर्घाबाटै तानिन्छन् जनता र रगतपच्छे पारेर लडाउँछन्।


पुरुषमात्र हैन, महिला चेलीको इज्जतमा समेत हात लगाउँछन् उनीहरु।


अत्याचारले सीमा नाघ्छ उनीहरुको।

तर जनता सहिरहेका हुन्छन्। उनीहरु शक्तिकेन्द्रलाई ढोग्न अर्‍हाउँछन् तर जनता मान्दैनन्।

अत्याचारले सीमा नाघेपछि जनता जाग्छन् र प्रतिगमनका मतियारहरुविरुध्द संघर्ष गर्छन्।

एक भएर उनीहरु प्रतिगमनका मतियारविरुध्द संघर्ष गर्छन्।

के पुरुष के महिला अत्याचारबाट पीडित सबै जाग्छन्। जनताको एकताको अगाडि यी बुँख्याचाहरुको केही लाग्दैन।


अन्ततः जनताको शक्तिका अगाडि सबै प्रतिगमनका मतियारहरुको यसरी अन्त्य हुन्छ र अब जनता अगाडि बढ्छन् शक्तिकेन्द्र अर्थात् त्यही छाताजस्तो वस्तुतर्फ।

यत्तिकैमा मञ्चमा उद्‍घोषण गरिन्छ, पर्खाल नाटकको अब प्रारम्भ हुन्छ।

(सबै फोटोहरुः उमेश)