भिडियो ब्लगः निरंकुशताविरुध्द महिला सडकमा

२०६२ असोज ४ मंगलबार
आज सात दलसमर्थित महिलाहरुले डिल्लीबजारबाट जुलुस निकाली निषेध घेरा तोडे। त्यसै क्रममा खिचेको भिडियो ब्लग हो यो। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। [3.67 MB, WMV format] भिडियो हेर्न असमर्थ हुनेहरुका लागि त्यसमा देखिएका केही दृश्यका स्क्रिनसट मैले भित्र राखेको छु। साथमा अरु फोटो पनि। बाँकी


पूरा जोशका साथ राजाविरोधी नारा लगाइरहेका एक कार्यकर्ता। फोटोः उमेश


महिला कार्यकर्तालाई जबर्जस्ती भ्यानमा कोच्दै। फोटोः उमेश


हैन ए दिदीहरु, तपाईँहरु आन्दोलनमा आउनु भएको हो कि रमाइलो गर्न ? किन पक्राउ गर्ने र गरिने दुवै मख्ख परेर हाँस्नुभएको ? फोटोः उमेश


नाराबाजी गरिरहेका महिला। फोटोः उमेश


आजको आन्दोलन सकाउन क्लोजिङ एक्सन अर्थात् आगजनी। अनि त्यसलाई निभाउँदै गरेका प्रहरी। फोटोः उमेश