कलमलाई जञ्जीरले बाँध्ने प्रयासको विरोध

२०६२ कात्तिक ७ सोमबार

जब कलमलाई जञ्जीरले बाँधिन्छ, एफएमका माइकका तार चुँडाइन्छन्, तब यसरी विरोध गर्नुको विकल्प रहँदैन। अहिले केही छिनअघि भोटाहिटीमा प्ररायुसंघले कालो अध्यादेशका विरोधमा जुलुस निकालेर इन्द्रचोकमा कोणसभा गर्‍यो। कोणसभापछि अध्यादेश जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गर्‍यो। यस सम्बन्धी भिडियो, अडियो र थप तस्वीरसहित म छिट्टै नै ब्लग लेख्दैछु। (अपराह्न ४३० NST)