रित्तै फर्किन् शभोना पनि

[भित्र केही नयाँ फोटो अपडेट गरिएका छन्। ]कुरा पुरानै हो। तर पनि तिहारको बेला अरु कुरा सुन्ने र लेख्ने मूड नभएको बेला सुन्दरीको विषय छान्न पुगेँ। मिस नेपालमा मेरो फेभरेट थिइन् उनी। तर किन हो, फस्ट रनर अपमा नै चित्त बुझाउनु पर्‍यो उनलाई। गफै त हो, सुनिएको थियो- मिस अर्थमा उपाधि जिताउनका लागि उनलाई फस्ट रनर अप बनाइएको रे।

केही अगाडि फिलिपिन्समा मिस अर्थ २००५ पनि भयो। त्यहाँ शभोना देखिइन्। तर अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा बिना उपाधि रित्तो हात फर्कने “गौरवपूर्ण उपलब्धि”लाई उनले पनि कायमै राखिन्। फोटोहरुमा भने निकै राम्री देखिइन् शभोना। अब उनको आगामी गन्तव्य के त ? भूपू मिस नेपाल पायल शाक्यले जस्तै र्‍याप गीतको म्युजिक भिडियोको मोडल बन्ने र शाकालाका बूम चाउचाउको शोमा धूम मचाउन जाने ? शभोनाको अरु फोटो हेर्न भित्र आउनुहोला।

शभोना त रित्तै फर्किन् अब मिस नेपाल सुगरिकाले सान्यामा के गर्ने हुन् कुन्नि ? बाँकी


प्रेस प्रिजेन्टेसनमा शभोना। राम्री देखिएकी छिन् उनी। तर कथित परम्परावादीहरुले छोटो लुगा लगायो भनेर हङगामा मच्चाउन बेर छैन।


फोटो सेसनमा मिस नेदरल्यान्ड्ससित शभोना।


नेसनल कस्ट्युम र इभनिङ वेयरमा शभोनाले यस्तो पहिरन लगाएकी थिइन्।