माअ‍ोवादीले बुझेको जेनेभा महासन्धि यस्तै हो ?

[अपडेटः बुबाको लाश आउने समय कुरेर बसेका मनोज माओवादीका नेतालाई प्रश्न गर्छन् ‘जेनेभा महासन्धिको पालना गछौं भनेर ढ्वाङ फुक्ने माओवादीले जाबो एक-डेढ सयको औषधि खुवाउन नसकेर मेरा बाबुको ज्यान लिए। मेरा बाबुको के दोष थियो र – ” स्वतन्त्र समाचार सेवाले सापकोटाको मृत्युसम्बन्धी लेखेको समाचार भित्र राखिको छ]

२०६२ फागुन ६ शनिबार
माअ‍ोवादीले बारम्बार आफूहरुले बन्धक बनाएर राखेकाहरुलाई जेनेभा महासन्धि अनुसार युध्दबन्दीको व्यवहार गर्दै आएको बताउने गर्छ। तर, आजको समाचार सुनेर मलाई उनीहरुसमक्ष प्रश्न राख्न मन लागेको छ, के जेनेभा महासन्धिमा नियमित अ‍ौषधि खाइरहनु पर्ने एक बिरामीलाई उपचार नगराई मार्ने अनुमति दिइएको छ ?

हो, पक्कै छैन। त्यसो भए यस्तो कसरी भयो ? कसरी दुई साताअघि नगर निर्वाचनको पूर्वसन्ध्यामा धनकुटा आक्रमणपछि बन्धक बनाएर लगेका पूर्वाञ्चलका सह क्षेत्रीय प्रशासक प्रेमप्रसाद शर्मा सापकोटाको मृत्यु भयो ?

सापकोटा माअ‍ोवादीको अपहरणमा परी मृत्यु हुने हालसम्म कै उच्च तहका कर्मचारी रहेछन्। धनकुटा आक्रमणपछि माअ‍ोवादीले बन्धक बनाएका १५ जनामध्ये १२ जनालाई केही अघि नै छाडिएको भए पनि उहाँलगायत तीन सुरक्षाकर्मीलाई भने थप छानबिन गर्नुपर्ने भन्दै बन्धक नै बनाइराखेका थिए।

परिवार र मानवअधिकारवादीहरुले पटक-पटक दम, उच्च रक्तचाप र मधुमेहका बिरामी सापकोटाले अ‍ौषधी नियमित खाइरहनु पर्ने भएकोले मानवीय आधारमा रिहा गर्न आग्रह गर्दा पनि माअ‍ोवादीले नमानेको समाचारमा जनाइएको छ। यदि यसो हो भने माअ‍ोवादीले र मात्र माअ‍ोवादीले उनको मृत्युको जिम्मा लिनु पर्छ। बन्धक बनाइएकालाई सुरक्षित रुपमा राख्न सक्नु पर्थ्यो उनीहरुले। अझ आफ्नो ज्यानको बाजी राखेर पनि बन्धकलाई जोगाउनु उनीहरुको कर्तव्य हुन आउँथ्यो। यदि बाँच्न पाउने अधिकारको सम्मान नगर्ने भए युध्दभूमिमा नै उनीहरुले मार्नुपर्थ्यो।

माओवादी प्रथम डिभिजन कमाण्डर सागरले स्थानीय पत्रकारहरु समक्ष पठाएको भनिएको विज्ञप्तिमा सापकोटाको धनकुटास्थित राजारानी भन्ने इलाकामा औषधी उपचारको अभावमा मृत्यु भएको बताइएको छ रे।

२०३२ सालमा शाखा अधिकृतको रुपमा प्रवेश गर्नुभएका सह प्रशासक सापकोटा २०४९ सालमा उपसचिव हुनुभएको थियो । ९ महिना अघि सहसचिवमा बढुवा भएर पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सह प्रशासक भएर धनकुटा जानु भएको हो । बाग्लुङ जिल्ला रातामाटा ४ मा सामान्य किसान परिवारमा जन्मनु भएका सापकोटा धनकुटा जानुअघि काभ्रे, धादिङ, सल्यान, इलाम, लमजुङको प्रमुख जिल्ला अधिकारी समेत भइसक्नुभएको थियो।

सापकोटाको परिवार हाल पोखरा उपमहानगरपालिका बास्तोला थरमा बसोबास गर्दै आएको छ । उहाँको एक श्रीमती दुई छोरा र एक छोरी छन् । एउटा छोरा भने विदेशमा छन् रे।

फोटो साभारः अन्नपूर्ण पोस्ट

शोकमा डुब्यो सापकोटाको घर

पोखरा उपमहानगरपालिका वडा नं. ९ बाँस्तोलाथरस्थित घरमा रीतादेवी सापकोटा माओवादी अपहरणमा परेका श्रीमान् प्रेमप्रसाद सापकोटाको रिहाईलागि भगवान पुकार्दै हुनुहुन्थ्यो । श्रीमानसँगै अपहरणमा परेका अधिकांश ब्यक्ति रिहा भएकाले आफ्नो श्रीमान् पनि पक्कै आउनुहुन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुनथ्यो । तर कहिले अन्यौल भने कायमै थियो ।

अपहरणको दशौं दिन शुक्रबार दिउँसो चार बजे थियो । घरको फोन निरन्तर बजिरह्यो । श्रीमान छुटेको खबर सुन्न आतुर मन लिएर उहाँले फोन उठाउनुभयो । तर विडम्बना फोनमा उहाँले श्रीमान्ले संसार छोडेको खबर सुन्नुपर्‍यो ।

आफुलाई माओवादी पार्टी नेता बताउने एक ब्यक्ति भन्दै थिए-‘दुःखद खबर छ, आज बिहान दश बजे तपाईको श्रीमानु बित्नुभयो ।’ उहाँलाई विश्वास लागेन आफुले चिनेका मानवअधिकारवादीलाइ तत्काल फोन गर्न थाल्नुभयो । तर सबैतिरवाट जवाफ एके थियो-हामीले पनि त्यस्तै सुनेका छौं ।’

सबैतिरको एकै जवाफले उहाँका सबै आशाका त्यान्द्रा टुटे । जताततै अँध्यारो देख्न थाल्नुभयो ।

माओवादी हिरासतमा रहेका पूर्वाञ्चलका सह क्षेत्रीय प्रशासक प्रेमप्रसाद सापकोटाको मृत्युको खबरले उहाँको परिवारमा यस्तै शोकमा डुबेको छ । बुबाको मृत्युको खबरले छोरा मनोजको आँखा ओभाएको छैन छोरी सुमिता अझै अर्धबेहोश अवस्थामा छिन्।

बुबाको लाश आउने समय कुरेर बसेका मनोज माओवादीका नेतालाई प्रश्न गर्छन् ‘जेनेभा महासन्धिको पालना गछौं भनेर ढ्वाङ फुक्ने माओवादीले जाबो एक-डेढ सयको औषधि खुवाउन नसकेर मेरा बाबुको ज्यान लिए । मेरा बाबुको के दोष थियो र – “

उता, बाबुको मृत्युको खबर पाएका अमेरिकामा अध्ययनरत सरोजको आगामी मई महिनामा आफ्ना बाबु आमालाई अमेरिका लैजाने योजना पनि ध्वस्त भयो । बुबा आमालाई अमेरिका लैजाने योजना बुन्दाबुन्दै बुबाको मृत्युको खबर पाएपछि उनी नेपाल र्फकदै छन् । उनी अहिले भारतको नयाँ दिल्ली आइपुगेका छन् ।

निजामती कर्मचारीको रुपमा काम गर्दागर्दै माओवादीको कब्जामा परी मृत्यु भएका सापकोटाको पोखरास्थित घरमा शोकमा डुबेको छ । उनका परिवारलाई सान्त्वना दिन आफन्त इष्ट मित्रहरुको घरमा भीड छ । तर, अहिलेसम्म उनका परिवारलाई सान्त्वना दिन न कुनै सरकारी कर्मचारीहरु गएका छन्, न सोधखोज गर्न सुरक्षा अधिकारीहरु नै पुगेका छन् ।

शुक्रबार साँझ घरको गेटमा नै पुगेका पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रशासक छत्र विक्रम शाह र कास्कीका प्रमुख जिल्ला अधिकारी माधवराज रेग्मी भित्र नै पसेनन् ।

माघ २५ गते राती माओवादीले पूर्वाञ्चलको सदरमुकाम धनकुटा आक्रमण गरी सापकोटा सहित १५ जनाको अपहरण गरेका थिए। अपहरणमा परेका करीब एक दर्जन सुरक्षाकर्मीलाई माओवादीले केही दिनपछि छाडेपनि सापकोटालाइ छोडेका थिएनन् । उहाँ दम र मधुमेहका रोगी हुनुहुन्थ्यो ।

10 Comments

  1. My heartfelt condolence to those bereaved family. I condemn the action of Maoist which forced an individual to die in their custody.

    i appreciate them for the information they gave to the family about his demise. They didn’t shot me him giving fake encounter or run-away. They also said they were carrying him as he was unable to walk. I have personnaly known several incident where Gyane Army have captured individuals and shot them in the fake encounters or run-away.

    I think the current situation of Nepal tells us that we need to throw the king away first, Second the political leaders we have and third we should not let Maoist ideology take this country over. So we can let second and third thing happen while the first is thrown away. It is vital that someone responsible to the people is ruling this country. I don’t want “****” Gyanendra ruling this country.

    DOWN WITH AUTOCRACY. DOWN WITH GYANE
    FIGHT FOR DEMOCRACY AND PEOPLE RESPONSIBLE GOVERNMENT.

  2. J hos Maobadi le manabia bebahar garera bhaepani unlai a ta upachar garna saknu partho ya bina sharta riha garnu partho.Yo thulo galti ho.Yestai gardai gaye bhane garo hun6a janata ko bishwas jitna.Sapkota lai apaharan garera Maobadi le jati paye tyo bhanda dherai gumaya.Yo kunai halat ma uchit kura manna sakinna.
    Birodhi lai bal pughne yesta khale ghatana haru banda garnai par6a Maobadi le yedi stablish huna chaan6an bhane.

  3. maile jane samma ek taka maobadi haru popular bhaisakeka thie…tara yastai ghatnale hun eeni harupratiko biswas tuteko.

  4. Aasha chha, sah niyentrak ko mrutu bat Maobadi harule path siknechhan ra bhavisyama yasto galti dohoryaune chhainana. Galti hunchha ra garinchha tar mukhyakura teshlai sahi arthama sachhayune ho ki hoina teshko thulo kura ho. Jaha samma sahi sena ra maobadi ku kura chha kamsekam maobadi harule es karan mritu bahyo, saskar anusar las bujhan aunu bahner paribar ra manav adhikar samiti lai khabar ta garyo ni sena le jasto Jelma marer lasnai gayeb ta gareko chhaina jasto Krishna sen lai garyo. Atntema, Umeshji dubai pakshyko kura lekhnu hai swatantra bhayer,

  5. I am not royalist nor link to any corrupt political party and those terrorist maoist but ordinary citizen of nepal ( I am not praja of that most hated king as well). I want peace and prosperity of my country.

    These thre entity has ruined millions of life and future just because of their bull shit ideology making the ordinary people life in stake.

    There is saying. The person who play with sword are kiled by sword and day are not far when these two Baburam and prachanda could be killed by same philosophy they are perpetuating.

    No doubt Gyane days are number but that does not mean that these mindless and corrupt Girija and madhav are choice of the people.

    my deep condolence goes to the family member of victim

  6. yes, it is a very sad news. the maoist should be fully resposible for the death of mr. sapkota and maoist should appologise publicly for thier irresposibilty. then should compansate the family.maoists can not come in the public or in the open politics if they continue such behaviours. lets hope, maoists will improve their behaviour on general public.

  7. Maoist and terror never tolerate to them …And Never belive to them also.. They kill Normal Car driver at Kathamdnu and They used to kill normal civil police who dono thave weapen, and trafic Police who even donot have sticks.. and they kill even a teachers. thats why US Ambasdor Cry towards them.. But We Still not know about these terror group….
    I got some news here , may e usefull for you guys..

    सरकारी कर्मचारी माओवादी हिरासतमा मृत्यु
    चितवन डट कम विशेष प्रतिनिधि फागुन ५ , २५ माघमा घनकुटावाट अपहरण गरी लगेका निजामति सेवाको निशस्त्र कर्मचारीहरु मध्येका प्रेम प्रकाश सापकोटाको माओवादी कथित हिरासतमा शुक्रवार विहान मृत्यु भएको समाचार प्राप्त भएको छ । पारिवारिक श्रोतका अनुसार श्री सापकोटा दमवाट विगत केही समय देखि ग्रसित थिए । माओवादीहरुले घनकुटा र पाल्पाको ऐतिहासिक धरोहरका दरवारहरु ध्वस्त गरेको र्सवत्र आलोचना भैरहदा माओवादीको कथित हिरासतमा एक हतियार विहिन राष्ट्र सेवकको मृत्युले माओवादीलाई थप आलोचित पार्ने कुरा मानव अधिकारवादी पद्यरत्न तुलाधरले हाम्रो संक्षिप्त टेलिफोन सर्म्पर्कमा वताउनु भयो ।
    जेनभा सन्धीको वकालत गर्ने माओवादीले कुन धाराको उपधारा वमोजिम हतियार विहिन राष्ट्रसेवकलाई यसरी अपहरण गरि वन्द अवस्थामा नै मर्न विवस पारे अव माओवादीका लागि अर्को आलोच्यको विषय वनेको विराटनगर स्थित इन्सेकका प्रमुख सोमराज थापाले हामीलाई आक्रोसित हुदै मानव अधिकार व्यवहारमा पनि लागु गर्न माओवादीलाई आग्रह गर्नु भयो ।
    सहकर्मी हिमाल यसै समाचारलाई आफ्नो ताजा समाचारमा यसरी लेख्छ । माओवादीको धनकुटा हमलाका क्रममा २५ माघमा अपहरित पूर्वाञ्चल क्षेत्रीय सह प्रशासक प्रेमप्रसाद शर्मा सापकोटाको माओवादी नियन्त्रणमा रहेकै अवस्थामा ५ फागुन अपरान्ह ३ बजे मृत्यु भएको समाचार प्राप्त भएको छ। विराटनगरबाट पत्रकार महेन्द्र विष्टले हिमालखबरलाई दिएको जानकारी अनुसार माओवादीहरुले मानवअधिकारकर्मीहरुलाई सापकोटालाई हृ्दयघात भई निधन भएको बताएका छन्। धनकुटा जिल्लाको मौनाबुधुक गाविसमा ५ फागुन दिउँसो सापकोटाको निधन भएको बताउँदै माओवादी ‘युद्ध सम्वाददाता’ ‘पुस्कर’ ले एम्बुलेन्स लिएर आइ शव उठाएर लगिदिन अनुरोध गरेका मानव अधिकारवादीहरुले बताएका छन्।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) महासचिव कुन्दन अर्यालले काठमाडौँमा घटनाको पुष्टि गर्दै भनेका छन् “निरस्त्र नागरिक प्रशासनको एक अधिकृतलाई बन्दी बनाई पटक पटक मुक्त गर्ने सन्देश प्रवाह गरिरहेको अवस्थामा अकस्मात मृत्यु भयो भन्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्ल‌‌ंघन हो।” अर्याल भन्छन्, “कसैलाई आफ्नो कब्जामा लिएपछिका जुनसुकै कुराको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्छ।”
    अपहरित १५ मध्ये माओवादीले ११ जना कर्मचारीहरुलाई यसअघि नै रिहा गरिसकेका थिए। सह-प्रशासक सापकोटासंगै अपहरित नै रहेका ३ प्रहरी भने माओवादीकै कब्जामा छन्।

    इन्सेकको ठहर

    सहायक अञ्चल प्रशासकको माओवादीको कब्जामै मृत्यु हुनुले मानवीय कानुनको जघन्य उल्लंघन भएको इन्सेकको ठहर
    कोशी अञ्चलका अपहरित सहायक अञ्चल प्रशासक प्रेमप्रसाद सापकोटाको माओवादीको कब्जामा रहेको अवस्थामै ०६२ फागुन ५ गते धनकुटा जिल्लाको राजारानी क्षेत्रमा मृत्यु हुनुले अन्तर्राष्ट्रिय मानवीय कानुनको जघन्य उल्लंघन भएको ठहर इन्सेकको रहेको छ । इन्सेकले यस घटनाका सर्न्दर्भमा माओवादीलाई कडा निन्दा र भर्त्सना गरेको छ ।
    आफ्नो कब्जामा रहेको व्यक्तिको सुस्वास्थ्य र जीवनका सम्बन्धमा सम्पूर्ण जिम्मेवारी लिनु पर्ने जेनेभा महासन्धिमा स्पष्ट बताइएको पृष्ठभूमिमा सापकोटाको मृत्यु माओवादीबाट बताइएझैं दमको कारणले नै भएको भए तापनि माओवादी नेतृत्व जिम्मेवारीबाट पन्छन नपाउने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी गरिएको विज्ञप्तिमा बताइएको छ । आफ्नो कब्जामा रहेको अवस्थामा यसरी निहत्था, निशस्त्र व्यक्तिको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिन, घटनाको निष्पक्ष छानबिन गर्न र दण्डहीनतालाई बढावा नदिन पनि इन्सेकले आह्वान गरेको छ । मृतक सहायक अञ्चल प्रशासक सापकोटाको शव तत्काल परिवारजनलाई हस्तान्तरण गर्न पनि इन्सेकले माग गरेको छ ।
    सापकोटाको मृत्युले धनकुटा भिडन्तपछि अपहरित तथा माओवादीको कब्जामै रहेका अन्य तीनजनाको स्थिति के हुने हो भन्ने सम्बन्धमा पनि आशंका उब्जिएको भन्दै इन्सेकले माओवादी कब्जामा बाँकी रहेका तीनैजनालाई तत्काल बिनाशर्त रिहा गर्न माग गरेको छ ।
    प्रेस विज्ञप्तिको पूर्ण पाठका लागि यहाँ क्लिक् गर्नु होस् । इन्सेकद्धारा गैर सैनिक हत्याको विरोध

  8. This is a really shocking news.Maoists should punish their leaders and cadres responsible for this incident. On the other hand it also shows how indifferent is this royal government to the safety of its employees. We also want to know what efforts did government do on its part to seek release of captives or they are busy arranging hro Raja ko sawari.

  9. umesh ji ye maobadi haru sachi nai hattra hun bichara rogi karmachari lai ausadi pani khani nadi mara / mabodi lai kilo sera 2 ok operation garna girija, khumbadhudur, givinda joshi, devendra kadel adi la maobadi lai mararr khutum parchu bhana lai khai na garna.maobadi lai bamdev gautam gira mantri hudia attanka karibidayak layara dabuna khojako hoyna agga tai bam dev lai parchanda ,babu ram ful mala la welcome garchan raja gyandra lai nirbasan ma pathunu parcha ra raja ko sasan ma ta maobadi ko asto attankacha maobadi ko sasan yao bhana k hola? dar lakcha

Comments are closed.