सहज हुनेछैन नेपालीका लागि आगामी दिन

२०६२ फागुन ६, शनिबार

नेपालले यु १९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिप जितेको खुसी ५ मिनेट पनि कायम रहेन जब मैले आफ्नो ईमेलमा आइपुगेको माअ‍ोवादीको वक्तव्य रहेको मेल पढेँ। काठमाडौंलाई केन्द्र बनाएर चैत १ गतेदेखि सबै मुख्य सहर र सदरमुकाममा नाकाबन्दी र चैत २१ गतेदेखि त अनिश्चितकालीन नेपाल बन्द गर्ने भनी माअ‍ोवादीले कडा कार्यक्रम घोषणा गरेका रहेछन्। अघि बाटोमा शान्तिका लागि सरकार, सात राजनीतिक दल र माअ‍ोवादीलाई आग्रह गर्दै हस्ताक्षर संकलन कार्य भइरहेको थियो असनमा। मान्छेहरु शान्तिको कामनामा हस्ताक्षर गर्दै थिए। तर अब माअ‍ोवादीले जुन कार्यक्रम सार्वजनिक गरेका छन्, त्यसले उनीहरुले भने जस्तो चैत २४ गतेसम्म देशलाई निकास दिन्छ कि दिँदैन, त्यो त थाहा छैन, तर निश्चित रुपमा यसले आगामी दिन हामी नेपालीका लागि सहज नहुने देखाएको छ। भविष्य कस्तो हुनेछ थाहा छैन, तर वर्तमान ज्यादै डरलाग्दो हुने देखिएको छ। बाँकी

एक पक्षको त यस्तो कडा कार्यक्रम आयो, अब अर्को पक्ष अर्थात् राजाका तर्फबाट कस्तो कुरा आउने हो ? माअ‍ोवादीसहित दलहरुसित वार्ताका लागि प्रस्ताव आएमा मात्रै अब यो डरलाग्दो वर्तमानबाट हामी बच्नेछौं। तर, राजाबाट त्यस्तो कुरा आउने संभावना निकै कम छ। प्रजातन्त्र दिवस अर्थात् आइतबार फागुन ७ गतेका दिन राजाले कस्तो सन्देश दिने हुन्, त्यसमा सबै कुरा निर्भर हुन्छ। संभावना त राजाले नगर निर्वाचन ‘सफल’ भएको भन्दै संसदीय निर्वाचनमा भाग लिन दलहरुलाई आह्वान गर्ने नै देखिन्छ। [अपडेटः आखिर भने जस्तै भयो, राजाले निर्वाचनमा प्रजातन्त्र विजयी भएको दावी गरे। हो त नि कमल थापाको राष्ट्रिय र पार्टीलाई अश्वोत्थामा हतोहतः भने जस्तै सानो स्वरमा भन्ने हो भने प्रजातन्त्र त हो नि विजयी भएको, तर सन्देशमा संसदको निर्वाचन गराएरै छाड्छु भनिएको छैन। बरु मिल्न आउ भनी भनिएको छ। अब यो अमूर्त रुपमा भनिएको हो कि गम्भीर रुपमा, त्यो नेताहरुले विश्लेषण गर्लान्]

अब नेपालीले यो वर्षको अन्त्यमा आएर इतिहासमा नभोगेको अशान्ति र उथलपुथल भोग्नुपर्ने देखिएको छ। यो कुरा त माअ‍ोवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईको वक्तव्यमा उल्लेख गरिएको ‘ऐतिहासिक र निर्णायक आन्दोलन’ शब्दले नै पुष्टि गर्दछ। वक्तव्यमा कार्यक्रमहरुले ‘क्षणिक दुःख भए पनि… ‘ भनिएको छ। अर्थात् दुःख त हुन्छ-हुन्छ र त्यो दुःख अरुलाई हैन, हामी सर्वसाधारणले नै भोग्नु पर्ने हो।

नाकाबन्दी गरिएला, काठमाडौंको सम्पर्क जोड्ने बाटो, पुल उडाइएलान्, अत्यावश्यक खाद्यान्न र अ‍ौषधिको अभाव होला….कति नेपाली दाजुभाइ दिदीबहिनी मारिएलान्…यो पक्ष र उ पक्ष भनी छुट्याइएलान्..मर्ने र मार्ने होड चल्ला….अहो सोच्दै डरलाग्छ…हामी नेपालीले के-के मात्र भोग्नुपर्ने हो ? मानवअधिकारको कुरा अब छाडिदिनुस्, मानव रहे न मानव अधिकार ! अब त मानव भएर रहन मात्र पनि गार्‍हो हुने भइसक्यो।

दलहरुलाई पनि त्यति सजिलो कहाँ हुन्छ र ? दलहरुको कार्यक्रममा माअ‍ोवादीले ‘सक्रिय समर्थन र सहयोग’ हुने वक्तव्यमा लेखिएको छ। ‘सक्रिय समर्थन’ भनेपछि शान्तिपूर्ण आन्दोलनमा माअ‍ोवादीको घुसपैठहुनसक्ने भन्दै कमल थापा र तुलसी गिरीहरुले जे पनि गर्न सक्छन्। अब बाग्लुङ कान्ड धेरै हुनसक्छ। धेरै उमेश थापाहरु मारिन सक्छन्।

दलहरुको कुरा भोलि प्रष्ट हुनसक्छ। भोलि फागुन ७ गते राजधानीका विभिन्न ठाउँबाट जुलुस निकाली नयाँ बानेश्वरमा शहीदलाई श्रध्दाञ्जली दिन सभा गर्ने भनिएको छ। सरकारको यसमा कस्तो रवैया हुने हो, अहिले नै भन्न सकिन्न। माथिबाट कस्तो आदेश आउने हो, त्यसैमा निर्भर हुन्छ।

माघ ७ गते दलहरुको कार्यक्रम हुन नदिए यता दलहरुले संयुक्त वा एक्लाएक्लै कुनै ठूला सभा गर्न सकेका छैनन् अथवा भनौं गर्न दिइएको पनि छैन। कतिपय नेता, कार्यकर्ता छाडिएका छन् तर अझै पनि कतिपय बन्दी नै छन्। कति नेताहरु भूमिगत हुँदै लुकीलुकी हिँडिरहेका छन्। कतिपय मानवअधिकारकर्मीहरु पनि बन्दी नै छन्। हेरौं, अब भोलि के हुने हो…दलहरुले प्रचार त निकै गरेका थिए यो कार्यक्रमको। अघि बाटोमा हिँड्दा पनि मलाई एक जनाले पर्चा थमाइदिएका थिए। त्यो पर्चामा लेखिए अनुसार भोलि काठमाडौंका ५ स्थानमा भेला भएर जुलुस अगाडि बढ्ने र दिउँसो १ बजे कार्यक्रम हुने रहेछ।

-भक्तपुर र काठमाडौं क्षेत्र नं १ काहरु कोटेश्वरमा
-काठमाडौं क्षेत्र नं २ र १ का गाविसहरु गौशालामा
-काठमाडौं क्षेत्र नं ३, ४, र ५ का गाविसहरु डिल्लीबजार चारखालमा
– काठमाडौं क्षेत्र नं ६ र ७ का हरु टेकुमा
र,
ललितपुर पूरै जिल्लाकाहरु मंगलबजारमा

भेला भई जुलुस निकाली बानेश्वरमा भेला भई सभा गरिने रहेछ। सभामा सात दलका शीर्ष नेताहरुले बोल्ने रहेछन्।

अन्त्यमा,

हरेक निराशाका कुरामा एउटा आशाका कुरा खोजौं, सान्त्वनाका लागि।

नगर निर्वाचन जतिसुकै काम नलाग्ने भनी भने पनि एउटा फाइदा भने भएको थियो, त्यस क्रममा रातिको लोडसेडिङ पूरै बन्द भएको थियो। तर आजबाट फेरि त्यो राति ६ बजेदेखि ९ बजेसम्म बत्ती निभ्ने लोडसेडिङ सुरु भएको छ। माअ‍ोवादीहरुको कडा कार्यक्रमका क्रममा सुरक्षालाई ध्यानमा राख्दै कम्तीमा त्यो राति बत्ती निभाउने काम चाहिँ नहोला कि ! किनभने थानकोटमा आक्रमण लोडसेडिङ कै फाइदा उठाई गरेको भन्ने सुनिएको थियो!

[परीक्षणका क्रममा रहेको नेपालको पहिलो Citizen Journalism को वेबसाइटको प्रारम्भिक परीक्षण पनि हेर्नुहोस् www.merosansar.info]

5 Comments

  1. Sanjay,

    Sorry to say but people like you and me are enjoying our freedom in country Like USA, AUSTRALIA and U.K, lets not add qatar, and saudi arabia in list because we know what is there.

    All we do is enjoy high living and affordable lifestyle of first world and doesn’t get bothered to think about our motherland been raped by leaders like prachanda, baburam, girija, madhav nepal and Gyanendra.

    Well, let not say Gyanendra he is not getting any pleasure because first these bastards ( party leaders) been raping our motherland since 1990s.

    And directly or indirectly, people like us helped them to do so, and now we will again help them to do so you just sit and watch and write comment in this blog.

  2. दलहरुलाई बोलएको हो कि फेरी अर्को पासा फालेको हो ? ? माओवादी र दलहरु मिल्दा आफ्नो भबिश्य जान लागेको कुरा को ज्ञान भएछ कि फेरी षड्यन्त्र गर्न लगेको हो ? यो त्येती प्रस्ट छैन । देश मा शान्ति भए राम्रो हुन्थ्यो । रजिनिती मा मात्रै झगडा गर्नु भन्दा त कस्ले कति धेरै बिकास गर्‍यो भनेर झगडा गर्ने बातावरण बनोस् भन्ने कामना गरौ।

  3. It’s necessary step to get rid from the slavery. We should do something. Everybody knows that revolution is not possible without the involvement of Maoist. So, it’s okay. What they are doing is not so bad and you can’t criticize all the time. As they are also the people of this nation and they have also the some vision for the future of Nepal rather than KG. So, everybody has to support the alliance between Maoist and the parties. Hope it’ll bring new hope for us.

  4. Hey Umesh Brother,
    What can we do? Really are serious about our future but I think so called leaders are getting to destroy Nepal and they want to share themselves it. How labour we do to make our future and career, but the situation is like this? We are counted as a educated person in Nepal’s context. I think we shouldn’t be quiet in such case. Why everyone is indiferrent about the situation? Everyone is looking and waiting for the Power? They are firing their house so that they won’t have problem of ashes. They are turning our beautiful country in to ashes. Everyday I expect even a good news about Nepal, But I can’t get it ? Why it is being, Hey blog readers what do u think? Have any Idea? Please write me [email protected]

  5. tyati saro darr nadekhai dinus umesh dai nakabandi gariyal, pull udaiyela
    maoist haru le kura bujhlan ki tiniharuko satru janata hoina na ki government ho
    janata khana napayera mareko herna saklan ra mabadi haru?

Comments are closed.