द्वन्द्वको असर

DSCI0218
देशमा विद्यमान द्वन्द्वको असर सबैतिर परेको छ। त्यसैको शिकार भएको छ होटल व्यवसाय पनि। एकताकाको नाम चलेको त्रिपुरेश्वरको ब्लुबर्ड होटल अहिले भाडाको लागि खाली छ। यो फोटो मैले केही दिनअगाडि खिचेको थिएँ। आज फेरि त्यही ठाउँबाट जाँदा जुन ठाउँमा ब्लुस्टार होटल देखिएको छ, त्यहाँ पनि ठूलो बोर्ड राखेर होटलका फर्निचरहरु बिक्रीमा लेखिएको रहेछ। लौ हेर्नुस् साथी, यस्तो छ नेपालको हाल…!!

6 Comments

  1. कर तिर्दिन्, राजास्व तिर्दिन भन्नु लाज लाग्नु पर्ने हो ब्यापारी लाई । संसारमा कही नभेको ब्यापारी नेपालमा नै रहेछ । लाज शरम लाग्दैन, उस्को बाउको गोजिबाट तिरे जस्तो पो सोच्दो रहेछ । शभ्य संसारमा जुन्सुकै ठाउँमा ब्यापरिले कर तिर्न धक मान्दैनन । नेपाल एस्तो एउटा देश हो जहाँ जस्लाई जे गरे पनि छुत छ ।

  2. देशको हालत देख्दा लाग्दछ अव वाकी के का यो जनयुद्ध अनि यो आन्दोलन अनि यो निरकुशता ??????

    आडम्वर अनि घमण्ड अनि हिंसा हत्या र आंतकको प्रतिफल हो यो । चिन्ता लिएर के हून्छ यहा र – चिन्ता लिनुपर्नेहरु कहिले हापुरे मा वार्ताका नाममा हात मिलाएका छन कहिले पाचथरमा हात मिलाएका छन र अहिले पोखराको कुनै गल्लिमा हात मिलाएर वसेका छन । भोली फेरी देखावटी हात मिलाउने अवसर आयो भने यो होटेलको वैठक कोठा पनि अकुपाई हुने छ चिन्ता नलिनुहोला ।
    म अनुमान गरिरहेको छ हालत साना व्यवसायी र फुटपातेहरुको , रातदिन काठमाडौका गल्लिमा आन्दोलन हुदा तिनको हालत के भएको होला – तिनका वाल वच्चाले के खाएका होलान- न्यूरोड असनमा सटरका लिएर व्यापारगर्नेको हालत के भयो होला । कसरी सटरको भाडा जोहो गरेका होलान – त्यसको समग्र अर्थतन्त्रमा कति असर परेको होला –
    म कल्पना गरिरहेको छ ति भरिया दाइ दिदीहरुको अवस्थाको द्धन्दले तिनीहरुको अवस्था कस्तो भयो होला जसले साहु महाजन भन्नेहरुको भारी वोकेर भने पनि वालवच्चा पालेका थिए तर आज त्यो अवस्था हाम्रा गाउधरमा पक्कै छैन । संविधानसभाको चुनाव र नौलो जनवादले तिनको आंगमा कपडा पक्कै आउने छैन । तिनका वच्चाहरुको पढ्ने समय गुज्रेपछि फेरी पढाइ शुरु हुने छैन होला ।
    म कल्पना गरिरहेको छू आज माओवादी भाइहरुको गुलियो वोलीमा हजार वाह्र सयमा महिना भरी वन्दुक वोकेर जनयुद्धमा होमीने प्यारा भाइ वहिनीहरु जसले कक्षा ८ सम्म पढेर छोडे तिनको अवस्था भोली केहोला – ल मानी लियौ भोली संविधान सभाको चुनाव भएछ । निरकू.शता गएछ भने पनि हालत के हुने । हाम्रा रविन गर्न्धवको भविष्य के उदाहरणका लागि आज नेता भाइहरुले उपयोग गरेका छन विचरा रविन नेताहरु सुट वुटमा ठडिएका छन महलमा वस्छन हाम्रा ति विचरा रविन फाटेको चप्पल पाचठाउमा टालेर सारगी रेटी रहेका छन । दुनियालाई माइली नानी रहछौ वेइमानी भनी रहेका छन विचरा रविन तिमीले अव वुझ यहा सवै वेइमानी छन । तिमी हामी जस्तो यो मुलुकका तल्ला दर्जाका मानिसहरु यी भतौरेहरुको भराङ्गमात्र भएका छा

  3. Ke garnu, yo sabai halat tinai aasakshyam neta harule garda bhayako ho bhanchhu ma ta.Dahi chyure kura garne neta le ajha kina raja ko birodh garda hun? Sadhai raja ko kripa ma sasan garna chahanchhan yi mula haru.J.F. Moriyarti ko sujhab lai bahira bahira birodh gare jhai gare pani, bhitra bhitra yi neta ko manma moriyarti lai thulai jyotish jhai maneka holan.Raja le yi sat dal bhanauda haru lai khub muso khelae jhai khelaeko yiniharu le kina chal paudanan? Yini haru ma kati pani dam chhaina bhanera rajele ramrai sanga bujheko chha.Ma ta tulsi giri ra yi neta ma kehi pharak dekhdina. Tehi ho, tulsi giri straigh kura garchhha ma raja ko andhabhakta hu bhenera, sat dal ka neta chahi katai jantale marne hun ki bhanera bahira bahira raja ko birodh garejhai garchhan, tara bhitra bhitra yi mula haru raja kai kripa bhajan gauna chahanchhan. Ma yo kura 100% guarentee ka sath bhannna sakchhu ki, bholi raja le talai priminister banedinchhu, aandolan nagara bhanyo bhane, yi netaharu khaijadi bokera pheri Raja ko bhajan gauna doudanechhan.
    Nepali jantaharu kina ajhai kura bujhdainan yar?Ma sadhai yasaima chintit chhu.

  4. Nice picture! but I wanted other people to see it, so I wanted to forward it to my friends and it wouldn’t let me save it, so I had to get it from the flickr website.
    I will remember to give you the credits.

  5. Hotels will be in loss if they chronically suffer with occupany rate below 67%. I am not surprised by Blue Star’s lease or selling its furnitures etc.

Comments are closed.