नेपालको पहिलो नागरिक पत्रकारिता साइट

प्रमेयलाई मैले अहिलेसम्म भेटेको छैन, न उसले मलाई भेटेको छ। तर मध्यरातबाट सुरु हुने हाम्रो च्याट कहिलेकाहीँ कुखुरा बासिसक्दा पनि जारी रहन्छ। उसैको उत्साहबाट MeroSansar.info को नयाँ सेवा सुरु भएको छ। अ‍ौपचारिक रुपमा भन्दा Interact System Pvt. Ltd ले मेरो संसारको सहकार्यमा यसको सञ्चालन गर्नेछ। यसलाई खासमा हामीले नेपालको पहिलो सिटिजन जर्नलिज्म अर्थात् नागरिक पत्रकारिताको साइट बनाउन खोजेका हौं‍। सुसूचित हुन पाउनु प्रत्येक नागरिकको अधिकार हो। आफूले थाहा पाएका कुरा अरु नागरिकलाई जानकारी दिई उनीहरुलाई सुसूचित बनाउनु पनि हरेक नागरिकको कर्तव्य हुन आउँछ। ब्लगपछि पारम्परिक पत्रकारितालाई चुनौति दिने नयाँ विधाका रुपमा अगाडि आइरहेको नागरिक पत्रकारिताको बारेमा सुनाएर मैले यसो गरौं न त भन्दा प्रमेयले उत्साह देखाएपछि यसको तयारी हामीले सुरु गरेका थियौं। नागरिक पत्रकारिताको अवधारणा नेपालमा वा नेपालीहरुमा त्यति बसिनसकेको हुँदा यसलाई अगाडि बढाउन केही कठिनाई त पक्कै हुन्छ नै। तर प्रमेयले यो साइटमा प्रकाशित हुने पाठक अथवा भनौ‍ नागरिक पत्रकारबाट प्राप्त रचनालाई सम्मानस्वरुप चियाखर्च $ 1 दिने वाचा पनि गरेको रहेछ [दुःखको कुरा, उसले मबाट प्राप्त रचनालाई भने फुट्या कौडी दिनेछैन 🙂

यो रकम पनि उसले बाबुबाजेको सम्पत्ति वा कालो धनबाट हैन, न्युयोर्कमा उ आफैले केही घण्टा परिश्रम गरी कमाएको पारिश्रमिकबाट दिने रहेछ। उसको यो उत्साहका कारण म यो प्रयास वा प्रयोगसँग अझ नजिकिएको छु। त्यसो त म आफ्नै ब्लग merosansar.com.np मा व्यस्त हुनेछु। यो ब्लगलाई म आफ्नै ढंगले पहिले जस्तै सञ्चालन गरि नै रहनेछु। तर प्रमेयको उत्साहले एउटा अर्को ऐतिहासिक काममा पनि सहयोगी भूमिका निर्वाह गर्नेछु।

नागरिक पत्रकारिता अहिले निकै चर्चामा रहेको पत्रकारिताको नयाँ विधा हो। परम्परागत पत्रकारिताका केही कट्टर समर्थकहरु यसलाई पत्रकारिता मान्न तयार छैनन्। तर पनि यो लोकप्रिय हुँदैछ। किनभने यसले मूलधारको पत्रकारिताले समेट्न नसकेका कुरालाई अगाडि ल्याउँछ। यसमा हरेक सचेत नागरिकले पत्रकारको भूमिका निर्वाह गर्छ। उसले आफूले देखेका, भोगेका कुरालाई आफनो ढंगले समाचार बनाउँछ।

केही अघि एसियामा सुनामी आउँदा होस् वा अमेरिकामा आँधी आउँदा होस् अथवा बेलायतमा बम विस्फोट हुँदा…नागरिक पत्रकारिताले धेरै ठूलो भूमिका खेलेको छ। बेलायतमा भएको बम विस्फोटपछि त बीबीसीले समेत कतिपय नागरिक पत्रकारहरुले आफ्नो मोबाइलबाट खिचेका तस्वीरहरुलाई प्रयोगमा ल्याएको थियो र प्रहरीले समेत त्यस्ता फोटोहरुको सहायताले अनुसन्धान गरेको थियो।

प्रमेयले निकै दिनअघिदेखि साइट लञ्च भएको बारेमा ब्लगमा लेख्नुपर्‍यो भनेर भन्दै थियो। तर म भने साइटमा ईकान्तिपुर र नेपालन्युजका समाचार कपी-पेस्ट गर्नुमात्र सिटिजन जर्नलिज्म हैन, पहिले प्रयोगकर्ताहरुबाट सामाग्री आअ‍ोस् भनेर पर्खिरहेको थिएँ। तर उसले थाहा नै नदिई प्रयोगकर्ता कसरी आउँछ त भनी प्रश्न गर्‍यो। हुन पनि हो, नागरिक पत्रकारितालाई अगाडि बढाउन नागरिकको सहभागिता अपरिहार्य हुन्छ।

तपाईँ कसरी यसमा सहभागी हुनसक्नु हुन्छ त ?

– सबैभन्दा पहिला Merosansar.info मा जानुस् र दर्ता गर्नुस्। दर्ता हुनेहरुमध्ये गोलाप्रथाबाट २५ जनाले नेपालको लोकतान्त्रिक आन्दोलन भाग १ भिसिडी उपहार स्वरुप प्राप्त गर्नसक्नु हुनेछ।

-दर्ता प्रक्रिया पूरा भएपछि त्यसमा लेखिए अनुरुप आफ्ना समाचार, विचार र तस्वीरहरु पठाउनुस्। हरेक प्रकाशित रचनावापत् Interact System Pvt. Ltd. ले US $ 1.00 प्रदान गर्नेछ। यससम्बन्धी सम्पूर्ण शर्त उक्त कम्पनी कै लागू हुनेछ।

– रचना नेपाल वा नेपालीसम्बन्धी नै हुनुपर्छ भन्ने छैन, जुनसुकै विषयमा प्रकाशित गर्न लायकको हुनुपर्छ। मौलिक रचनाबाहेक तपाईँले आफूलाई घत लागेको समाचार, लिंक, भिडियो वा अडियोको लिंक पनि हामीलाई पठाउन सक्नुहुन्छ।

आउनुस्, तपाईँ हामी मिलेर नागरिक पत्रकारिताको अवधारणालाई नेपालमा लागू गर्न सहयोग गरौं।

8 Comments

  1. je hos nepali ptrakaitama yauta naya aayam mannu nai parchha tapai ko blog lai kinki nepalko bartaman pristhima patrakarita jagat lai nai sarkar le taro banai rakheko aawastha ma epatrakari ta ko rupamma aaunu nikai nai khusi ko kura ho partek nepali le harek sthan bat yas lai niyal ne chha ani loktantrako pachhaya ma uvine chha n tapai lai thanks

  2. Hello, Umesh dai and Prameya ,
    Tapaiharuko yo mahan karya ko laagi hridaya dekhi ko mero lakh laakh dhanyabaad and subekshya. huna ta tapaiharuko blog ko ma regular reader hu tara pani bestatako kaaran, aafno aupacharik upasthiti janauna saki raheko thiyina. tara aaja man thamnai sakina ra kehi lakhna man lagyo. nepal ko pariprekhsa ma suchanako hak maathi bandej bhairaheko belama suro yo naagarik journalism auta challenging kaam ta ho saath saathai nagarik ko ,bina abarodh sahi suchana maathiko hak ko lagi yo auta suruwat pani ho. tesaile ma aafno upasthiti aupacharik ruup mai chhittai janaune chhu ra yeha haruko prayas maa mero pani saath hunechha…shanti purna ra prajatantrik nepalko laagi suru garnu bhayeko yo kaaryako laagi feri pani dhanyabad ka saath sake samma ko sahayog garne bacha pani gardachhu…

  3. HI Umesh jee or Prameya
    I sent $10 for you via paypal and wrote an email but you didn’t reply.
    Who got this money? Umesh or Prameya?

    Thanks for your efforts.

    Pashupati, Boston

  4. Umesh dada… blog ma hali dinu bhako ma dhaynabad… yas ma ta… malai dherai ramro banai dinu bhaye cha hai!!

    hajur visitor haru sabai lai merosansar.info ma swagat cha… merosansar ma maile $1 dine bhaye bhanera umesh dada lai chai donation dina na chodnu hai… tyo paisa incentive ko roop ma kehi samaya lai deko… contributor haru lai respect garna…

    thank you again dada… and everybody else… lets make nepalese journalism independent, uncensored, unchecked and free!

Comments are closed.