नागरिकहरुले दलहरुलाई सचेत गराए


pic

अपडेटः भित्र ११ वटा थप फोटोसहितको फोटो फिचर राखिसकेको छु।

२०६२ फागुन १२, शुक्रबार
एउटा अमेरिकी राजदूतले बोलेको भरमा खुट्टा कमाउन थालेका नेताहरुलाई लोकतन्त्रको उद्देश्यप्रति अविचलित भएर अडिग रहन दबाब दिने काम अब नागरिकहरुले गर्ने बेला आएको छ। दलहरु न पहिले उनीहरुको गन्तव्यप्रति स्पष्ट थिए, न अहिले नै। सत्ताको गुलियो फ्याँक्दा उनीहरु भुलिनेछन् भन्ने अविश्वास पहिले पनि थियो र अहिले पनि छ। नत्र सात दलले ऐतिहासिक भन्ने गरेको माअ‍ोवादीसितको १२ बूँदे सहमतिलाई अमेरिकी राजदूतले दुराग्रही भन्दा समेत उनीहरुले एउटा कागजको खोस्टामा वक्तव्य निकालेर खण्डन गर्न सकेनन् ? अनि माअ‍ोवादीहरुले पनि शान्तिपूर्ण आन्दोलनमा हिंसात्मक आन्दोलनको एक धक्का दियो भने सफल भइन्छ भन्ने थानेका छन्। त्यो पनि भ्रमबाहेक केही हैन। यसले त शान्तिपूर्ण आन्दोलनलाई झन् कमजोरमात्र बनाउँछ। त्यसैले उनीहरुले युध्दविराम गरी शान्तिपूर्ण आन्दोलनमा समाहित हुनुपर्छ। यही निचोड थियो आज आयोजित नागरिक धर्नाको।

आज नागरिक धर्नाको आयोजना हुँदैछ भन्ने जानकारी मैले पहिलो पटक पाएको थिएँ अस्ति ७ गतेको सात दलको कार्यक्रममा। त्यो दिनको जनसहभागिताले नै मलाई मानसिक रुपमा तयार बनाइसकेको थियो आजको कार्यक्रमका लागि। त्यसैले पहिले यही नयाँ बानेश्वर, कृष्ण मन्दिर र कीर्तिपुरमा भएका नागरिक आन्दोलनका कार्यक्रमहरुमा भएको विशाल, भव्य उपस्थिति हुँदैन भन्ने लगभग निश्चित थिएँ म। त्यसैले पनि म निराश भइनँ। तर जतिको उपस्थिति देखेँ, आशाजनक लाग्यो।

लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले त्यस्तो बेलामा सडकमा नागरिकलाई उतारेको थियो, जतिबेला दलका पछि जनता थिएनन्। उनीहरु के गर्ने-के नगर्ने अलमलमा थिए। एउटै गतिलो कार्यक्रम दिन सकेका थिएनन् उनीहरुले। त्यस्तो अवस्थामा लोकतान्त्रिक गणतन्त्रको आवाजलाई सडकमा सशक्त रुपमा उठाएको थियो यसले र सुरुका दिनमा यो निकै सफल पनि साबित भएको थियो। यो हुनुको कारण पनि थियो- यसका मञ्चमा नेताहरुलाई स्थान दिइँदैन थियो। यसका अगुवाहरुले सत्तामा नजाने प्रण गरेका थिए। उनीहरुको यो शान्तिपूर्ण आन्दोलनलाई खतरा देखेर नै अहिलेसम्म पनि निरंकुश सत्ताले यस आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठलाई कालकोठरीमा थुनिरहेको छ।

बीचमा आन्दोलनले एक किसिमको उचाइ लिँदै गएपछि र दलका कार्यक्रमहरुमा लाखौंको उपस्थिति हुन थालेपछि भने नागरिक आन्दोलन अ‍ोझेलमा परेको थियो।


यसरी हेर्दा भीड त निकै देखिन्छ। तर वास्तवमा नढाँटी भन्ने हो भने यसअघि नागरिक आन्दोलनले गर्ने कार्यक्रमको एक तिहाई जनसहभागिता पनि यसमा थिएन। दुःखको कुरा हो, जनसहभागिता घटेको देखियो। हुनत यो कार्यक्रमको प्रचार पनि त्यति भएको थिएन र हतारमा जस्तै गरी यसको आयोजना भएको थियो।

अहिले फेरि दलहरु दिशाविहीन बन्न पुगेका छन्। शान्तिका लागि माअ‍ोवादीहरुसँग गरेको सम्झौतालाई दुराग्रही भनेर अर्काले भन्न थालेका छन्। सत्ताको लोभ र फूट पार्ने षड्यन्त्र हुँदैछ। र, यतिबेला फेरि आवश्यक भएको छ सशक्त नागरिक दबाबको- जसलाई नागरिक आन्दोलनले मात्रै पूरा गर्न सक्छ।


धर्ना कार्यक्रमका सभापति प्राध्यापक कृष्ण खनाल। उनले देश गणराज्यतर्फ उन्मुख भइसकेकाले कसैले कराउँदैमा, कसैले विरोध गर्दैमा र कुनै पार्टीले जनतालाई धोका दिँदैमा यो रोकेर रोक्न नसकिने बताए।

कार्यक्रमको सभापतित्व गरेका थिए प्रा डा कृष्ण खनालले। नागरिक आन्दोलन जसरी लोकतान्त्रिक गणतन्त्रको स्पष्ट एजेण्डामा अगाडि बढेको छ, त्यसैमा उनले जोड दिए। यो कार्यक्रम सात दलको अस्तिको कार्यक्रम जस्तो राजाको विरोधमा केन्द्रित थिएन, बरु दलहरुलाई खबरदारी गरिएको थियो खुट्टा नकमाउन, अमेरिकी राजदूतको विचारको चर्को आलोचना भएको थियो र माअ‍ोवादीलाई युध्दविराम गर्न र शान्तिपूर्ण आन्दोलनमा आउन आह्वान गरिएको थियो।


धनकुमारी सुनारले दलित र महिलाको पीडा पोख्दै समावेशी लोकतन्त्र किन जरुरी छ भन्ने प्रष्ट्याइन्। तपाईँले अर्को एउटा कुरा याद गर्नुभयो कि भएन, यो कार्यक्रम पनि मिनि टाटालाई मञ्च बनाएर भएको छ। मञ्च बनाउन भन्दा मिनि टाटा भाडामा लिन सस्तो भएकोले हो कि किन हो, आजभोलि यस्तैमा कार्यक्रम गर्ने चलन बढ्दैछ।

दलित र महिलाको प्रतिनिधित्व गर्दै धनकुमारी सुनारले लोकतन्त्र समयको माग हो, त्यसैले यसलाई कसैले रोक्न र छेक्न सक्दैन भनिन्। केही लोकतान्त्रिक कविताहरु पढिए। अधिकांश त्यति प्रभावशाली थिएनन्। ललित बस्नेतका टुक्राटाक्री र अर्जुन पराजुलीको राजा बिक्रीमा शीर्षकको कविता भने निकै सशक्त थियो।

कार्यक्रम सञ्चालन भइरहेका बेला दुई पटकसम्म सहभागीहरुले आफ्नो टाउकोमाथि सेनाको हेलिकप्टर उडेको देखेका थिए। शायद निरंकुशताका पृष्ठपोषकहरु माथिबाट तलको ‘निर्धो’ उपस्थितिप्रति व्यङ्ग्य गर्दै थिए होलान्, तर तल अर्जुन पराजुली जस्ता कविले निरंकुशताको यति खिल्ली उडाएका थिए कि त्यो गोलीभन्दा चर्को थियो। यसलाई तपाईँ छिट्टै नै भिडियो ब्लगमा हेर्न पाउनु हुनेछ।


डाक्टर साब भिटामिन लेख्दिनुस् नः यी डाक्टर साब भने भिटामिन लेख्न हैन, कार्यक्रम सञ्चालन गर्न आएका हुन्। हाम्रो आन्दोलनको सुकेको जीउ, तीन पाथी भात खान्छ चार माना घ्यु, तैपनि किन लाग्दैन यसको जीउ- अर्थात् किन बढ्दैन जनसहभागिता ? एक मित्र यसरी व्यङ्ग्य गर्दै थिए मछेउ।

नेताहरुलाई बोल्न नदिने नागरिक आन्दोलनका कार्यक्रमको विशेषतालाई यस पटक तोडियो। प्रदीप ज्ञवालीले बोले। बोल्न पनि थोरै हो र बोलेको बोल्यै गरे। समयसीमा निर्धारण नगरिएकाले ज्ञवाली र निलाम्बर आचार्यले सबैभन्दा बढी बोले।

मंगलसिध्दी मानन्धरले राजाले सत्ता अनि माअ‍ोवादीले बन्दूक नछाडेसम्म आन्दोलन जारी रहने बताए। पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले अहिले केही पत्रिकाहरु निरंकुशताको दास बन्न पुगेकोमा दुखेसो गर्दै स्वतन्त्र हातहरुलाई निरंकुशताको हत्कडीमा नबाँधिन अनुरोध गरेका थिए। व्यापारीहरु चुपचाप बसेकोमा आलोचना गर्दै यो बेला निरपेक्ष बस्ने हैन, कि निरंकुशता कि स्वतन्त्रता रोज्नुपर्ने समय भएको बताए।

माअ‍ोवादीलाई युध्दविराम गरी शान्तिपूर्ण आन्दोलनमा आए जनताले तिनको सुरक्षा गर्ने उनले बताए।


कर्मभूमिमा फोटो पत्रकारः राम्रो फोटो खिच्नका लागि उनीहरु उठ्न, उफ्रन, घोप्टो पर्न र सडकमा सुत्न पनि हिच्किचाउँदैनन्। एक विदेशी पत्रकार नागरिकहरुलाई आफ्नो क्यामेरा कैद गर्ने प्रयासमा।

प्रदीप ज्ञवालीले हिंसाले गर्दा शान्तिपूर्ण आन्दोलनमा असर पर्ने भन्दै माघ ७ गते लाखौं जनता काठमाडौंमा उत्रन तयारी भइरहेको बेला थानकोटमा आक्रमण भइदिँदा निरंकुशतालाई दिउँसै कर्फ्यु लगाई चर्को दमन गर्ने बहाना मिलेको उदाहरण दिए। त्यसैलै युध्दविराम गरी हिंसात्मक कार्यलाई अगाडि नबढाउन उनले आग्रह गरे।

दलहरुले गणतन्त्रको वातावरण बनिसकेको तथ्यलाई बेवास्ता गरे परिवर्तनको बहाव बुझ्न नसक्ने त्यस्ता दलहरु बाँदरबाट मानिस हुँदा पूच्छर लोप भए झैँ लोप भएर जाने बताए। प्रजापरिषद्को उदाहरण पनि उनले दिए।


रुबिन गन्धर्वको नयाँ रुपः रुबिन फोटो पत्रकारको रुपमा। धन्दा नमान्नुस्, उनले सारङी परित्याग गरेका हैनन्। माथिका विदेशी फोटो पत्रकारको क्यामेरा सापटमा लिँदै फोटो खिच्ने अभ्यासमात्रै गरेका हुन्। उनको मैले धेरै फोटो खिचेको जस्तो लाग्छ। तर खै के भएछ, घरमा आएर हेर्दा त यो एउटाबाहेक कुनै बाँकी छैन रहेछ।


अनुहारमा पर्ने चर्को घामको पर्वाह नगरी लोकतन्त्रप्रति प्रतिवध्द नागरिकहरु पिच सडकमा शान्तसित थचक्क बसेका थिए।

निलाम्बर आचार्यले पनि माअ‍ोवादीहरुलाई अहिलेलाई बन्दूक बिसाएर मात्रै शान्तिपूर्ण आन्दोलनमा फ्युजन हुन आएमा मोरिआर्टीजस्तालाई देख्यौ त दलहरुले हिंसाका लागि हैन, शान्तिका लागि सहमति गरेका हुन् भनी मुखभरीको जवाफ दिन मिल्ने बताए।


फोटो पत्रकार र दृश्य पत्रकार आ-आफ्नै काममा व्यस्त।

झण्डै दुई घण्टा लामो कार्यक्रममा वक्ताहरुलाई समयको सीमा निर्धारण नगर्नु र पहिले झैं व्यवस्थित रुपमा कार्यक्रम सञ्चालन गर्न नसक्नु अनि व्यापक प्रचार गरी जनसहभागितालाई बढाउन नसक्नु कमजोरी देखियो। दलहरु दिशाविहीन बन्न लागेकामा नागरिक आन्दोलनले अब यस्ता कार्यक्रमहरुलाई सशक्त ढंगले अगाडि बढाउन जरुरी छ।


अर्जुन पराजुली, डा. महेश मास्के लगायतका नागरिक आन्दोलनका अगुवाहरु नागरिकको भीडमा।


र, अन्त्यमा लोकतन्त्र सुन्दरीः मेरा एक मित्रको शब्द सापटी लिएको हुँ मैले लोकतन्त्र सुन्दरी। नागरिक आन्दोलनका कार्यक्रममा स्वस्फूर्त रुपमा युवायुवतीहरु देखिन्छन्। यो भीड दलहरुले गर्ने कार्यक्रममा देखिने कार्यकर्ताहरुको भीडभन्दा फरक हुन्छ। यसअर्थमा पनि पहिलेदेखि नै नागरिक आन्दोलनका कार्यक्रम फरक हुने गर्थ्यो।

[सबै फोटोहरु म आफैले खिचेको हुँ। स्रोत उल्लेख गरी यसको पुनःप्रयोग गर्न तपाईँ स्वतन्त्र हुनुहुन्छ]


(९ बजे गरिएको मूल ब्लग)
आज नयाँ बानेश्वरको उही लोकतन्त्र चोकमा लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले नागरिक धर्नाको आयोजना गर्दै लोकतन्त्रको उद्देश्य प्राप्त हुनुअघि नै खुट्टा कमाउने दलहरुलाई सचेत गरायो। त्यसै पनि आज बिहान ६ बजे सुतेको हुनाले निद्रा नपुगेको त्यसमाथि घाममा घण्टौं उभिनु परेकोले टाउको एकदमै दुखेको छ। तैपनि यससम्बन्धी केही जानकारी, भिडियो र फोटोहरु आजै प्रस्तुत गर्ने प्रयास गर्नेछु। कृपया पर्खनु होला।

11 Comments

  1. I like the poem by Arjun Parajuli very much. His every expressions, poetic elements are able to explain present situatio of country. At last i would like to write writers own words.

    ए डाकाहरु हो,
    मलाई झ्यालखानामा लगिदेउ
    किनभने मलाई मेरो देश भेट्न मन छ
    Lekhnath-6 Archale, Kaski

  2. हेल्लो साथिहरु,

    सबैलाइ मेरो अनुरोध् कि त UNICODE बात नेपलि मा TRANSLATE गरेर POST गर्नुस् कि त ENGLISH मै पोस्त् गर्नुश् । यो रोमन् बुझ्न गारो भो ।

    जनक् राज् गौतम्
    कलन्कि

  3. Malai ta yo Deska Bhusya kukur ko nature bhayeka Neta haruko bani dekhda achamma lagchha. Malikle chyo bhanera ek gansa bhata khana diyepachhi tangamuni puchhara rakhera malikko oripari ghumchhana ani latta hanera khedeapachhi bhukdai tada gayera Bhuki rahane garchhan. Samsad bhanga garera lakhete pachhi bhukeko bhukai garethe, kehisamaya pachhi malik ko AAchi khana paye pachhi kehi kukur chup bhaye. Pheri latkhaye. kehi kukkurle ta khorma baserea aachi kandai bhuke.

    Balla nepali janata ko aasa ko tyandro palako thiyo ( 12 bunde sahamati). Ani desma santi aaune gariko andolan ko tyandro suruwad hundaima gore sahuko aachi khana paune surma janatalai dhoka diyera aachi ma hommine gandha aayeko chha. Yesma Nepali janata le bujnu parchha ki Mutuko kando falna lai bhagawan sanga prarthana garun.

    I would like to pray to Shiba and parbati, please give birth to a patriotic leader for Nepal and Nepali people, who could lead the country without selfish motive and having a very clear vision of full-fledged democratic developed and independent nation.

  4. I like mr Robin Gandrav Unfortuneltly People are using this innocent guys till now but he wil not get anythings while we have loktanra!!! Tara Pakka chha Loktantra ko andonalan selayo sathi .. Selayo! Neta haru chor bhaye , maobadhi haru atankari bhaye, raja nirnkush bhayo jana tin ka bali bhaye marne ra marine Janata dhukha paune Hami ra Gandrav babu …
    Ki kaso?

    देशको हालत देख्दा लाग्दछ अव वाकी के का यो जनयुद्ध अनि यो आन्दोलन अनि यो निरकुशता ??????

    आडम्वर अनि घमण्ड अनि हिंसा हत्या र आंतकको प्रतिफल हो यो । चिन्ता लिएर के हून्छ यहा र – चिन्ता लिनुपर्नेहरु कहिले हापुरे मा वार्ताका नाममा हात मिलाएका छन कहिले पाचथरमा हात मिलाएका छन र अहिले पोखराको कुनै गल्लिमा हात मिलाएर वसेका छन । भोली फेरी देखावटी हात मिलाउने अवसर आयो भने यो होटेलको वैठक कोठा पनि अकुपाई हुने छ चिन्ता नलिनुहोला ।
    म अनुमान गरिरहेको छ हालत साना व्यवसायी र फुटपातेहरुको , रातदिन काठमाडौका गल्लिमा आन्दोलन हुदा तिनको हालत के भएको होला – तिनका वाल वच्चाले के खाएका होलान- न्यूरोड असनमा सटरका लिएर व्यापारगर्नेको हालत के भयो होला । कसरी सटरको भाडा जोहो गरेका होलान – त्यसको समग्र अर्थतन्त्रमा कति असर परेको होला –
    म कल्पना गरिरहेको छ ति भरिया दाइ दिदीहरुको अवस्थाको द्धन्दले तिनीहरुको अवस्था कस्तो भयो होला जसले साहु महाजन भन्नेहरुको भारी वोकेर भने पनि वालवच्चा पालेका थिए तर आज त्यो अवस्था हाम्रा गाउधरमा पक्कै छैन । संविधानसभाको चुनाव र नौलो जनवादले तिनको आंगमा कपडा पक्कै आउने छैन । तिनका वच्चाहरुको पढ्ने समय गुज्रेपछि फेरी पढाइ शुरु हुने छैन होला ।
    म कल्पना गरिरहेको छू आज माओवादी भाइहरुको गुलियो वोलीमा हजार वाह्र सयमा महिना भरी वन्दुक वोकेर जनयुद्धमा होमीने प्यारा भाइ वहिनीहरु जसले कक्षा ८ सम्म पढेर छोडे तिनको अवस्था भोली केहोला – ल मानी लियौ भोली संविधान सभाको चुनाव भएछ । निरकू.शता गएछ भने पनि हालत के हुने । हाम्रा रविन गर्न्धवको भविष्य के उदाहरणका लागि आज नेता भाइहरुले उपयोग गरेका छन विचरा रविन नेताहरु सुट वुटमा ठडिएका छन महलमा वस्छन हाम्रा ति विचरा रविन फाटेको चप्पल पाचठाउमा टालेर सारगी रेटी रहेका छन । दुनियालाई माइली नानी रहछौ वेइमानी भनी रहेका छन विचरा रविन तिमीले अव वुझ यहा सवै वेइमानी छन । तिमी हामी जस्तो यो मुलुकका तल्ला दर्जाका मानिसहरु यी भतौरेहरुको भराङ्गमात्र भएका छा

    Look to Rabin Gandrav even !!!!

  5. Sorry it is hard to read yours comment bhandari jee
    here is nepali edition

    मैले नगरिक धर्न बारे कान्तिपुर अन्लाईन हेरे ।एस्तो लाग्यो कि अहिले कुरा बुझ्न सबै भन्दा सचेत नेपाली जनता तेस्पछी नगरिक समाज क अगुवा हरु ,नेतारु नगरिक समाज क अगुवा हरु भन्दा पचौते र सबै भन्दा पुरतन राजा ।
    समाज बिकास क्रम म अहिले जनता लाई कसैले भेट्न सकेनन ।
    राजनैतीक नेताहरु ले बिगत म नेपालि जनतलाई दिएको धोका हरु सम्झने हो भने यिन्को बिश्वास गर्न गाह्रो हुन्६अ ।मुस्किल्ले बल्ल अलि अलि जनता को बिश्वास धल्कनइ क लगेको थियो उनिहरु को सक्काली अनुहार फेरी उधङिना लगेको छ ।बियरअलो लाई थोरै दुध म चिनी मिसै भात दिन्द जसरि जिउरो लत्पत्यौदै खान लालयित हुन्छ तेस्ताइ गर्दै छन जस्तो देखिन्छ यि बियरअला नेता हरु ।
    जनता सँग साधु बियरअलो झैं अब धोका नदिने कसम खाए र अज मोरियर्ती ले एउटा कुतिल बक्तब्य क निकलेको थियो सबै सो कल्लेद क्रान्तिकारी नेता हरु क खुट्टा लग्लग कप्न थले ।

    एस्त हुतिहारआ हरुले मखो मर्दैनन ।एस्तो लाग्छ अब ण्गरिक हरुले अफ्फ्नो पहल म आन्दोलन को बिच बाट एउटा र उदियमन लोक तन्तृक मोर्छ र बिकास क्रम म सशक्त लोक तन्तृक पार्टी खोल्नु जरुरी छ र तेसै को पहल म माओवादी सँग नयाँ अधर्मा नयाँ उचैमा कार्यगत एकता गर्नु जरुरी छ ।जसरि हुन्छ हाम्रो देश को यो संकट लाई अब कुनै पनि मनेमा राजनैतीक समाधान खोजेर माओवादी लाई शान्ति पूर्ण अबाटरन गर्ने बाटो खोल्दिनु परेको छ ।

    अबा नेपालि जनता ले पनि क भुझ्नु जरुरी छ भने बियरअलोले हाम्रो घर्को दुध भात चोरेर खायो भनेर त्यो बियरअलो लाई तहा लगाउन दर्ह नङ्रा सहित को बघ लाई पल्नु उक्ती संगत होईन तो बघ ले हामीलाई नै सिधौछ ।टेसैले नेता को रिश ले निरङ्कुश राजा लाई पल्नु अत्माघअति हुन्छ ।र बियरअला नेता हरु ले पनि क नसोच्नु भने तेस्ता बघ को संगत गर्दै म बियरअलो पनि बघ बन्न सक्छ ।
    बघ सँग मिल्न गय एक गश हो ज्यादा छैन ।अनी फेरी कुनै अभिनयाँ र धोङ फेरी जनता को अगाडि नचल्ने गरी समय घर्की सकेको हुनेछ ।बियरअला नेता हरु लाई चेतना भय ।

  6. Maile nagarik dharna bare kantipur online here.Yesto lagyo ki ahile kura bujhna sabai bhanda sachet nepali janata tespachi nagarik samaj ka aguwa haru ,Netaru nagarik samaj ka aguwa haru bhanda pachaute ra sabai bhanda puratan raja.
    Samaj bikash kram ma ahile janata lai kasaile bhetna sakenan.
    Rajnaitik netaharu le bigat ma Nepali Janatalai diyeko dhoka haru samjhane ho bhane yinko bishwas garna garo hun6a.Muskille balla ali ali janata ko bishwas dhalkanai k lageko thiyo uniharu ko sakkali anuhar feri udhangina lageko chha.Biralo lai thorai dudh ma chini misai bhat dinda jasari jiuro latpatyaudai khana lalayit hunchha testai gardai chhan jasto dekhinchha yi birala neta haru.
    Janata sanga sadhu biralo jhain aba dhoka nadine kasam khaye ra aja Moriyarty le euta kutil baktabya k nikaleko thiyo sabai so called krantikari neta haru ka khutta laglag kapna thale.

    Yesta hutihara harule makho mardainan.Yesto lagchha aba Ngarik harule affno pahal ma andolan ko bich bata euta ra udiyaman lok tantrik Morcha ra bikash kram ma Sashakta lok tantrik party kholnu jaruri chha ra tesai ko pahal ma maobadi sanga naya adharma naya uchaima karyagat ekata garnu jaruri chha.Jasari hunchha hamro desh ko yo sankat lai aba kunai pani manema rajnaitik samadhan khojera maobadi lai shanti purna abataran garne bato kholdinu pareko chha.

    Aba Nepali janata le pani k bhujhnu jaruri chha bhane biralole hamro gharko dudh bhat chorera khayo bhanera tyo biralo lai taha lagauna darha nangra sahit ko bagh lai palnu ukti sangat hoina to bagh le hamilai nai sidhauchha.Tesaile neta ko rish le nirangkush raja lai palnu atmaghati hunchha.Ra birala neta haru le pani k nasochnu bhane testa bagh ko sangat gardai ma biralo pani bagh banna sakchha.
    Bagh sanga milna gaya ek gash ho jyada chhaina.Ani feri kunai abhinaya ra dhong feri janata ko agadi nachalne gari samaya gharki sakeko hunechha.Birala Neta haru lai chetana bhaya.

  7. neta hauru pheri darbar ko tatno ma jhundiyeko hariyo ghas tir herdai 6n jasto 6 tin lai sisno-pani nalai nahola jasto 6. lovi-papi netalai khabardari garn & nagarik samaj lai sachhet garaun lai mero sansar alik fast hunu paryo tar bela-bela ma reader lai paisa navai sitaima chalaun sakdin vaner dhmkaunu satta chyane nepal ko baki paisa pani ta asulnu paryo ni ki kaso ?

Comments are closed.