प्वालबाट आएको काल

goli
अब त नेपालमा आफ्नै घरभित्र शान्तिका साथ सुत्न पनि नपाइने भयो। आरामले सुतेको बेलामा पनि गोली आएर तपाईँको प्राण हरेर लान सक्छ। त्यसैले अब नेपालमा नयाँ उखान बनाउनु पर्ने भएको छ- नमरी बाँचे बन्दूकको गोलीले साँचे, फेरि भेटौंला।


माथिको फोटो इलाममा अस्ति भएको भिडन्तका बेलाको हो। भिडन्तमा दोहोरो गोली हानाहान हुँदा ८२ वर्षका हर्कबहादुर राई यही घरभित्र सुतिरहेका थिए। सुतिरहेकै अवस्थामा यही प्वालबाट गोली पसेर बिचराको प्राण हरेर लगेको थियो।

यसै घरभित्र रहेका उनका कान्छा छोरा उत्तम राईलाई पनि गोली लागेको थियो। खुट्टामा गोली लागेका उनको उपचार भइरहेको रहेछ।

फोटो सौजन्यः रोहित

One comment

  1. खोइ के हुँदै छ कुन्नी यो देशमा?
    हिजो अस्ती मात्रै सुडान्मा genocideको कुरा हुँदै थियो आज त म मेरै देशमा genocide को कुरा गर्दै छु । के भने, सरकारले सुरक्षा दिनु पर्ने ठाउमा हिजो आज नगिरकको घरहरू माथि बमबारी गर्दै छ । अरू देशमा एउटा नगरिका अपहर्णमा पर्‍यो भने धेरै सुरक्षाकर्मिको ज्यान खतरामा पर्दै उद्दार गरिन्छ, तर हेर त नेपालमा, सुरक्षाकर्मी हरू गाउ जान सकेनन भनेर बएमबिएरि गरिदै छ । अब यसरी निर्दोश जनता माथि बम फाल्ने शासक र हिटलरमा के फरक रह्यो र । तेसैले त मैले नेपालको सेनाको कारबाहिलाई politica genocide को नाम दियको छु ।
    राजाले आफ्ना opponent हरू जहाँ छन त्यहाँन त्यहाँ जनताको माया नै नमानी बम खसाली रहेछन । के यो सारा opponent मारेर सिध्यौने चाल त हो नि । हैन ? तेसर्थ अहिलेको सत्त लाई genocide को मुद्दा चलाऊनु खुब जयाज कुरा हो ।

    National army is running because people are paying taxes. so it must be the servent of the people not the king. the thing is king is not even paying a penny as a tax. so we need to reform this.

    This reform could only be brought about if we could establish a people’s representative body with supreme power. so let us fight to bring that. and then we will not need to die from our own guards bullet.

Comments are closed.