पपोक्रेसीमा मस्त युवा

DSCI0048
डेमोक्रेसीको आन्दोलनलाई हाँक्ने नेताहरुको अभावमा युवा पुस्ता पपोक्रेसीमा मस्त भइरहेका छन्।

गएको सोमबारदेखि सूर्य नेपाल प्रा लिले आफ्नो चुरोटको एउटा ब्राण्डको प्रचार गर्न दिनमा दुई ठाउँमा ह्विल अन कन्सर्टको आयोजना गरिरहेको छ। आज अपराह्न आफ्नै छेउमा अर्थात् न्युरोड, संकटा चोकमा कन्सर्ट हुने भएकोले त्यहाँ हेर्न पुगेको थिएँ। कन्सर्टमा खिचिएका फोटोहरु र एउटा रमाइलो भिडियो च्याङ्वा होइ च्याङ्वा हेर्नका लागि भित्र आउनु होला। अरु भिडियोहरु म क्रमशः प्रस्तुत गर्दै जानेछु।



परेली मै छौ कि कसो ? मौसमी गुरुङ सबैभन्दा पहिला स्टेजमा देखिइन्।

आजको कार्यक्रममा त्यति धेरै भन्न मिल्ने भीड त थिएन। भनौं हिजो कृष्ण मन्दिरमा भएको भीड त थिएन तर युवाहरु धेरै देखिन्थे। सुरुमा मौसमी गुरुङले सुस्त भीडलाई सम्बोधन गर्दै दुई वटा गीत गाइन्- परेलीमै छौ कि कसो र मेरो मन चोरी लाने तिमी मान्छे कस्तो….


मेरो मन चोरी लाने तिमी मान्छे कस्तो ? मौसमी गुरुङ दर्शकलाई सोध्दै।

भीड बिस्तारै बढ्दै थियो। त्यसपछि न्युरोड मै बस्ने कमलमान सिंहले भने दर्शकलाई खुबै नचाए। कमलले चार वटा गीत गाए। उनले स्टेजबाट अ‍ोर्लिएर दर्शकहरुतिर आएर दर्शकलाई पनि सँगै गाउन लगाए।


ए काली…पप गायक कमलमान सिंह आफ्नै टोलमा गीत गाउँदै।

कमलमान सिंह पछि र्‍याप गायक निर्णय र मौसमी गुरुङले तातिसकेको माहौललाई अझै तताए। त्यसपछि क्रान्ति आलेले पनि थप जोसाउने काम गरे। कन्सर्टको अन्त्य च्याङ्वा होइ च्याङ्वा गीतबाट भएको थियो। कन्सर्ट सकिएर घरतिर फर्कँदा साउण्ड सिस्टमको चर्को आवाजको प्रभावले घर पुग्दासम्म पनि कान सुन्य भइरहेको थियो।


सिज द बम….क्रान्ति आले आजै सिफलमा भएको कन्सर्टमा।


ए होइ….क्रान्ति आले संकटामा भएको कन्सर्टमा।



म नेपाली….निर्णय र मौसमी।


हाम्रो गाउँले जीवनः निर्णय र मौसमी अर्को गीत गाउँदै।


स्कूल ड्रेस मै कापी र किताब बोकेर कन्सर्ट हेर्न आएकी एक बालिका।


माया त माया नै होः दर्शकहरु कमलमान सिंहको गीतमा झुम्दै।


कन्सर्टबाट मनोरञ्जन दिनु त ठीकै हो तर स्वयंसेवक भन्ने कि विक्रेता भन्नेहरुले चुरोट बेच्दै हिँडेको देख्दा भने नरमाइलो लाग्यो।

क्रान्ति आले र मौसमी गुरुङको च्याङ्वा होइ च्याङ्वा हेर्न यहाँ क्लिक गर्नुहोला। डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। तपाईँ तलको प्लेयरमा पनि क्लिक गरी हेर्न सक्नुहुन्छ तर तलको भिडियोमा अलि समस्या देखिन सक्ने संभावना छ।

5 Comments

  1. dear umesh
    i am so happy when i saw first time this site
    is this so nice site
    ajhai pragati garera top 1 hudai jau hai
    god bless you.
    i wiss big progrees on your project

    best regards
    narayan acharya
    brugge, belgium
    west europe

  2. thikai ho kahile kahi yesto manoranjan pani linu parcha. ..ani uddha biram ko khabar kata harayo ta dear??? chitai sunna paye hunthyo
    susan manandhar japan

  3. Good entertainment between democracy and maoiest revolution in kigdom capital. Please keep informe, take care umesh Ji!!!!!!!

  4. Ke Ko Pratikriya Ni …. Umesh Ji Blog ma Sadhai Dam care Democracy bhandai Popocracy lai sametne ani Pratikriya lekh bhanne. Aafu ta popocracyko Himayati Pariyo…. Antakshari nai continue garne ki.

    E Hoi ….Bhani Bolako Maile
    E Hoi …. Ghar Kahan Bhana
    E Hoi……Timro naam Ke Ho Bhana
    E Hoi …..Mayale Hana sarkharai chha jyaana

    ( Kinaki Ahile Samma Yahaa Gharko pwaal chedera Goli chahi chhiri sakeko chhaina , But I am afraid Kathmandu ma pani tyo dinn na aaula bhanna sakinna. Tyo bela ko lagi euta song:)

    Sarangi Retaula Mauka Mile Pheri Bhetula

Comments are closed.