२०६२ फागुन २६ शुक्रबार
rain-merosansar
यस वर्ष जाडो महिनामा जाडो नै भएन। पानी पर्ला र हिउँ खेल्न जाउँला भनी बसेका युवाहरुको आशा निराशामा परिणत भयो। चार महिनापछि आज बल्ल दिउँसो फाटफुट र साँझदेखि झमझम नै पानी पर्न थाल्यो। यति लामो समयसम्म पानी नपरेको अनि हिउँदमा पानी नपरेको सय वर्ष मै पहिलो चोटी रे। पानी नपरेर नदीको पानी सुकेर लोडसेडिङले सीमा नाघिसक्यो। अब आजै हेर्नुस् न साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र बत्ती जाने पालो भए पनि ९ बजेदेखि साढे नौसम्म फेरि बत्ती निभ्यो। अनि झुलुक्क के बत्ती आएको थियो फेरि गइहाल्यो र एकै चोटी ११ बजेतिर मात्रै बल्यो। अब मध्यरातको १ बजेदेखि ३ बजेसम्म फेरि लोड सेडिङको पालो छ। बत्ती निभ्नुअघि ब्लग अपडेट गरी हालौँ न भनेर बसेको हुँ। भित्र पानी परेपछिको काठमाडौंका केही दृश्य र अनि सात दलको ‘दयनीय’ आन्दोलनका पनि केही दृश्य।

rain-merosansar
छाता-साता बोकिएन, पानी परिहाल्यो- अब के गर्ने ?

rain-merosansar
झमझम पानी परेको बेलाः पानीमा रमाइरहेकी एक बालिका।

rain-merosansar
प्लास्टिकले टाउकोमा अ‍ोढेर तरकारी बेच्न बसेका एक विक्रेता।

rain-merosansar
पानी परेपछि जमलको आकाशे पुल।

rain-merosansar
रिक्सा चालकलाई त रिक्साभित्रै अ‍ोत लाग्न पाइहालिन्छ।

rain-merosansar
एक त आन्दोलनको शिथिलता, अर्को तर्फ चीसो मौसम। इन्द्रचोकमा आयोजित कोणसभामा स्रोताभन्दा बटुवा धेरै देखिन्छन्।

rain-merosansar
नेताहरुले भनेको पत्याउने हो भने त अहिले सुनामी आएको हुनुपर्ने, तर हालत हेर्नुस्। आन्दोलनको मौसम मानिने चैत महिनामा पनि विरोध प्रदर्शन शून्य छ। यदाकदा हुने प्रदर्शनको हालत यस्तो छ जस्तो आजको थियो।

(सुरुको एउटा बाहेक सबै फोटो मणि दाहालबाट)

3 Comments

  1. k garne aaolk ji,

    bikashka kaam haroo thappa bhaye pachhi yestai ho…. 2-4 brasha deshko sthiti yestai ho bhane… nepal bhokmari batai marchha… sena ko americane goli ra maobadi ko luteko hatiyar kehi chahinna

Comments are closed.