टुँडिखेलमा भोलि माअ‍ोवादीको सभा हुने

२०६३ वैशाख १४, बिहीबार
[भिडियो ब्लगः जनआन्दोलनको बलले राजालाई झुकाएपछि निकालिएको विजय जुलुसका दिन खिचिएका भिडियोको पूर्ण अंश प्रस्तुत गर्ने क्रममा पहिलो अंश भित्र राखेको छु]

अपडेट (बिहान १११२) तीन महिनाका लागि एकपक्षीय युध्दविराम गरेका माअ‍ोवादीहरुले भोलि टुँडिखेलमा खुला आमसभा गर्ने तयारी गरिरहेका छन्। एक जना साथीले अखिल क्रान्तिकारीका अध्यक्षसित यो कुराको पुष्टि गराइसकेका छन्। यो कार्यक्रम गर्न दिने हो कि हैन प्रशासनले- त्यो चाहिँ प्रष्ट भएको छैन। यसैबीच काँग्रेसको संसदीय दलको आज बसेको बैठकले गिरिजाप्रसाद कोइरालालाई संसदीय दलको नेता चुनेको छ।

अपडेट (बिहान ६) आज सात दलले टुँडिखेलमा विशाल विजय सभा गर्दैछ। माअ‍ोवादीले राति गरेको एकपक्षीय युध्दविरामले पनि यो सभामा रौनकता थप्नेछ। शायद सभामा सम्बोधन गर्ने शीर्ष नेताहरुले पनि युध्दविरामको घोषणा गर्नेछन्। यसमा ठूलो संख्यामा जनसमूह उपस्थित हुने अनुमान गरिएको छ। यसको तयारीका लागि १ हजार स्वयंसेवक र काठमाडौंमा हालसम्म भएका कार्यक्रममध्ये नै सबैभन्दा बढी स्पिकरसहितको साउण्डसिस्टम राखिएको रहेछ। जमल, महाबौध्द, पुरानो बसपार्कसम्मका मान्छेले पनि सुन्न सकिने गरी साउण्डसिस्टम मिलाइएको छ रे। तर त्यसो गर्दा शहीद मञ्चको ठ्याक्कै अगाडि रहेको वीर अस्पतालका बिरामीहरुलाई असर त पर्दैन ? यसैबीच काठमाडौंमा गिरिजाले स्वास्थ्यका कारण पद छाड्ने भो, माधव नेपाल नै प्रधानमन्त्री हुने भो भन्ने हल्ला पनि सुनिएको छ। मण्डलेको आरोप लागेका सभामुख तारानाथ रानाभाटले राजीनामा दिएपछि एमालेका सुभाष नेम्वाङलाई नयाँ सभामुख बनाउने कुरा लगभग निश्चित भएको कुरा पनि सुनिएको छ। बाँकी भित्र

जनआन्दोलनको बलले राजालाई झुकाएपछि निकालिएको विजय जुलुसका दिन खिचिएका भिडियोको पूर्ण अंश प्रस्तुत गर्ने क्रममा पहिलो अंश तल हेर्न सक्नुहुनेछ-


85 Comments


  1. haina dai k k halla sunama auchha ta k vayo aja nepalko rajniti kata tira midaichhare khi kina hajur le pani kahi update garnu vayako china ta
    ani khulla manch ko maobadi ko karyakram vayako chhake china ta
    ????????
    sapphire
    ktm

  2. यहाँ टाईप गर्नुहोस् । तपाईं को ब्लग राम्रो लाग्यो अरुको भन्दा । बिचरा गिरिजो बाजे एक दुई बर्षा अरु बन्चने हुनए थियो नत्र भनए ज्ञनएले तर्द्नैन नि ।

  3. युरोपमा शरणार्थी केश गरेर बसेका नेपालीहरु चाँडैमा भागे हुन्छ किनभने अब समातेर डिपोर्ट गर्छ क्यारे नत्र स्पेनतिर भाग्न पर्यो नत्र अब देश ढाँटेर अर्को देशमा गएर केश गर्न पर्यो क्या फसा्रद भयो यार बल्ल बल्ल हवाइटकार्ड आउने बेला भएको थियो क्या बोर भयो यार यसो स्पेनतिर भाग्नेहरु भएमा मेरो इ मेलमा सम्पर्क गर्नु हेाला है धन्यबाद ।
    [email protected]

  4. aba pani karyakarta bharna garne ,bhrastachar garne,nata gota bhartigarne gare bhane netaharu ko antya hune cha.
    aandolan sabaiko sayog ,sojha jantako ragatle sinchera safal bhaeko ho.
    aba netaharule systemko bikas garenan bhane tehi pahila kai halat hunecha.

  5. Umesh ji
    kina ho update nagareko.
    pls dhilo na garnu na la.
    aja ko sabha ma k bho padna aatur chhau k

  6. umesh ji ,
    sachhai bholi maobadi le aamsabha garla ta?
    chado bhanda chado pusty garnu paryo

  7. Hi every Body
    Mero yauta sablai prastawa 6 Ahile ko jati pani sahid haruchhan sabai ko ra 46 sal ko janandolan ma bhayaka sahid haru samet lai sametera tinkune ma sahid park banaunu par6 umesh ji please yo kura ma prastwak ma mero nam rakhi agadi farward garidinu hola.Tes thaun ma sahid park banauna sakema 46 sal dekhi ka sahid lai sachcha samman hune thiyo. mero sampark 9851051749
    Hemanta Dhoj Joshi

  8. Thanks Umesji for the videos and current news this very useful for Nepalses who are abroad and who love their soil any way we want Republic Nepal and white wash Monarchy and a murder king ruling an innocent country away from Nepal

  9. रानाभात जस्तो द्वाइद चरित्र भएको ले राजिनामा दिएको एक दम ठिक भएको छ|

  10. हो यि चार चोर पुर्ब नेता वाग्ले, खुमे , जोशि र गुप्तालाइ एक पल्त जनताको अदालत मा उभ्याएर कलोमुसो दलेर देश घुमानु पर्छ। येस्ले पछि को कुर्सिमा बस्ने लाइ ज्ञान हुन्छ र भस्ताचार गर्न डराउन्छ।

    अब लोकतन्त्र मा कोहि पनि भस्ताचारि हुन पाउदैन खबरदार ………………….नेता हो जनता ले लगालान्

  11. संविधानसभाका प्रक्रिय

    जनआन्दोलनको सफलतापछि पनि लोकतन्त्रका आगामी दिन खतरामुक्त छैनन् । दस वर्षदेखि पड्किएका बन्दुकले बिथोलेको शान्ति बहाल भएको छैन । विद्रोहको शान्तिपूर्ण रूपान्तरण गर्दै लोकतन्त्र स्थापित हुन बाँकी छ । विद्रोहका कारण निदान गर्दै सबै वर्ग-तप्काको समावेशी लोकतन्त्र निर्माण गर्न सक्नुमा मात्रै होइन लोकतन्त्रसँग राष्ट्रको भविष्य गाँसिएको छ । आन्दोलनले राजतन्त्रको निरंकुशता र विद्रोहीहरूको विचार र कार्यक्रम समावेश हुनसक्ने राजनीतिक/संवैधानिक व्यवस्था निर्माण गर्न जनतालाई निर्णय अधिकार दिने मान्यता अनुरूप संविधानसभा निर्वाचनलाई सहमतिको उपाय पेस गरेको छ । सात दलको गठबन्धन र माओवादीबीचको १२ बुँदे सहमतिले यसलाई विद्रोह रूपान्तरणको साधन प्रस्तुत गरेको थियो । यसप्रति इमान्दार भएमात्र राष्ट्र र मौलिक लोकतन्त्र स्थापित हुनेछ ।
    आमनागरिकले संविधानसभा निर्वाचन के हो र यो किन समस्या समाधानको उपाय हो भन्ने गहिराइमा बुझ्न बाँकी छ । धेरैले यसलाई नाराका रूपमा आत्मसात गरेका छन् किनभने उनीहरूका विश्वासका नेता वा अगुवाले यसलाई समर्थन गरेका छन् । त्यस अर्थमा जनताले संविधानसभालाई औषधिको गोलीजस्तै ठानेका छन् । माओवादी पक्ष पनि यसको माग गरिरहेको छ ।

    के राजाद्वारा संविधानसभा घोषणा हुन सक्छ ? सक्छ र सक्दैन दुवै सम्भव छ । वर्तमान संविधान खारेज गरी नयाँ संविधान निर्माण गर्न लागिएको हो भने, राजाबाट नयाँ संविधान निर्माण गर्न संविधानसभा घोषणा गरी, संविधानसभा निर्वाचन अध्यादेश जारी हुनसक्छ । संविधान खारेज हुने हो भने नयाँ संविधान लागू नहुन्जेल राष्ट्राध्यक्षका हैसियतले राजामा सबै संवैधानिक शक्ति निहित हुनजान्छ । जबकि लोकतन्त्रका लागि राजाको अधिकार समाप्त गर्न आन्दोलन भइरहेछ, यस्तो अवस्थामा राजाको अधिकारको सीमा तोक्ने संविधान समाप्त गरिदिनु भनेको राजालाई सर्वशक्तिमान बनाउनु हो । अर्कोतिर राजाबाट घोषित संविधानसभा र त्यसले निर्माण गरेको संविधानले अन्ततोगत्वा राजाबाट वैधानिकता प्राप्त गर्छ । गणतन्त्र माग गर्ने माओवादी किन राजाबाट संविधानसभा घोषणा गराउन चाहन्छन्, बुझ्न कठिन छ । लोकतान्त्रिक प्रक्रियामा समावेश हुन संविधानसभाजस्तो वैधानिक उदारपन्थी राजनीतिक प्रक्रियामा आउन चाहेपछि संविधानवादका प्रक्रिया मान्दैनौं, सबै कुरा राजनीतिक निर्णयले पूरा गर्न सक्छ भन्ने अवधारणा राजनीतिक परिपक्वता हुँदैन ।

    जनताले राजतन्त्रको अपरिहार्यता प्रमाणित गर्न खोज्ने र राजालाई सर्वोच्च देखाउने त्यस्ता कार्य नगर्न खबरदारी गर्नु वाञ्छनीय हुन्छ । राजाबाटै संविधानसभा घोषणा हुनुपर्छ भन्ने माग कसैले राख्छ भने ऊ जतिसुकै क्रान्तिकारी होस्, प्रकारान्तमा राजतन्त्रको अपरिहार्यताको वकालत गरिरहेको हुन्छ । यस परिप्रेक्ष्यमा, सात दलको रणनीतिलाई व्यावहारिक र प्रगतिशील मान्न सकिन्छ किनभने यस रणनीति अन्तर्गत राजाद्वारा होइन जनताद्वारा निर्वाचित राजनीतिक दलहरूको वैधानिक निर्णय गर्ने थलोका रूपमा प्रतिनिधिसभाबाट संविधानसभा घोषणा हुन्छ । यसरी घोषणा गर्दा राजाको होइन जनताको सर्वोच्चता आत्मसात गरिएको ठहर्छ । गत मंगलबार प्रचण्ड र डा. बाबुरामको संयुक्त हस्ताक्षरबाट संविधानसभा निर्वाचन घोषणा नभएको र प्रतिनिधिसभामात्र घोषणा भएकाले आन्दोलन तुहाएको भन्ने विज्ञप्ति हेर्दा त्यो अत्यन्त क्रान्तिकारी, मीठो, जनपि्रय देखिए पनि त्यसमा राजाद्वारै संविधानसभा घोषणा हुनुपथ्र्याे भन्ने आग्रह छ, त्यो राजाको सर्वोच्चताको पक्षमा छ, लोकतन्त्रको पक्षमा होइन ।

    सात दलले लिएको संविधानसभाको रणनीतिक मार्गचित्र कस्तो हुन सक्छ भन्ने प्रश्न पनि पूर्णरूपमा उत्तरित छैन । यसलाई सात दलले सहजरूपमा लिने गल्ती गरिरहेछ । थुप्रै जटिलता त्यहाँ छन् किनभने यो औपचारिकताको मात्र होइन, शक्ति हस्तान्तरण सारभूत प्रश्न पनि हो । यसबारे बहस आवश्यक छ ।

    प्रतिनिधिसभा पुनःस्थापित भएको अवस्थामा अब उप्रान्त राजनीतिक निर्णय लिने वैधानिक थलो यो हुने भएबाट यसले राजाबाट संवैधानिक शक्तिको प्रयोग जनताका प्रतिनिधिमा सारेको छ, जुन अत्यन्त अहं विषय हो । अब प्रतिनिधिसभामा संविधानसभाको प्रश्न उठाउँदा संवैधानिक दायराभित्र रहनु आवश्यक छ । अतः सर्वप्रथम सात दलले राजनीतिक प्रस्ताव पारित गरी आमजनताका लागि जारी गर्नु आवश्यक छ ।

    दक्षिण अपि|mकामा यो घोषणा अपि|mकी कंग्रेस नेता नेल्सन मन्डेला र राष्ट्रपति बोथाबीच भएको संविधानसभाबाट संविधान निर्माण गर्ने सम्झौताका रूपमा आएको थियो । त्यस सम्झौताले राजनीतिक हिंसा निर्दिष्ट गरेको थियो । सम्झौतामा अन्तरिम संविधान निर्माण गर्ने र त्यसअनुसार समानुपातिक निर्वाचन प्रणालीबाट संसद् निर्वाचन गर्ने सर्त पनि समावेश थियो । संसद्को निर्वाचनपछि संसद्ले राष्ट्रपतिको निर्वाचन गर्ने र समापन भएपछि त्यो संसद् संविधानसभामा परिणत हुने व्यवस्था अन्तरिम संविधानले गरेको थियो । अतः संसद् निर्वाचनपछि नेल्सन मन्डेलालाई राष्ट्रपतिमा निर्वाचन गर्ने कार्य त्यस संसद्ले गर्‍यो र त्यही दिन राष्ट्रपतिको घोषणाद्वारा संसद् संविधानसभामा परिणत भयो । जब संविधान पारित गर्ने कार्य समाप्त भई राष्ट्रपतिबाट नयाँ संविधान जारी भएको घोषणा भयो, त्यसपछि संविधानसभा पुनः बाँकी अवधिका लागि संसद्मा परिणत भयो ।

    संविधानसभाद्वारा नयाँ संविधान निर्माणमा जाने राजनीतिक निर्णय मन्त्रीपरिषद्ले पारित गर्नुपर्छ । त्यस्तो प्रस्ताव पारित भएपछि सरकारद्वारा संविधानसभा घोषणा गर्न अख्तियार प्राप्त गर्न संविधानमा मन्त्रीपरिषद्लाई त्यस्तो अधिकार प्रदान गर्ने गरी संविधानको मन्त्रीपरिषद् र व्यवस्थापिकासम्बन्धी व्यवस्था संशोधन गर्नुपर्छ । संवैधानिक दायराभित्र काम गर्नुपर्ने अब बन्ने सरकारले संविधानसभा निर्वाचन घोषणा गर्नुपूर्व संविधानमा संशोधन आवश्यक छ ।

    संविधान संशोधन भइसकेपछि, संविधानसभा निर्वाचन प्रक्रिया, सदस्य संख्या इत्यादिको व्यवस्था गर्ने ऐन प्रतिनिधिसभाबाट पारित हुनुपर्छ । यस्तो ऐन पारित भएपछि संविधानसभा निर्वाचन मिति घोषणा मन्त्रीपरिषद्ले गर्छ । यस प्रक्रियालाई सारांशमा उल्लेख गर्दा -१) मन्त्रीपरिषद्बाट संविधानसभाको प्रक्रियाबाट संविधान निर्माण गर्ने निर्णय -२) त्यसको कार्यान्वयन गर्न संविधान संशोधन -३) संविधानसभा निर्वाचन ऐनको तर्जुमा -४) संविधानसभा निर्वाचन मिति घोषणा गरी चार चरणमा विभाजन गर्नुपर्छ । यस प्रक्रियाले मात्रै युगौंदेखि राजाले एकलौटी प्रयोग गर्दै आएको राजकीय एवं सार्वभौमसत्ता जनतामा हस्तान्तरण हुन जान्छ र यही प्रगतिशील उपाय हो । यस विधिवत् प्रगतिशील प्रक्रिया बुझ्न नसकी सात दलले प्रतिनिधिसभा पुनःस्थापना स्वीकार गरी सरकारमा जाने कार्य आन्दोलनलाई धोका दिनु हो भन्ने माओवादी निष्कर्ष वस्तुगत र व्यावहारिक दुवै छैन । त्यस निर्णयले अन्ततोगत्वा राजतन्त्रलाई बलियो बनाउन मद्दत गर्नेछ ।

    संविधानसभा निर्वाचन घोषणा भएपछि निर्वाचन प्रक्रियाका लागि काम गर्न सबै पक्षका प्रतिनिधि समाविष्ट अन्तरिम सरकार गठन गर्नु वाञ्छनीय

    हुन्छ । संविधानलाई नयाँ संविधान नबनुन्जेल

    संसद्ले अन्तरिम संविधानमा परिणत गर्न सक्नेछ । त्यसरी वर्तमान संविधानलाई अन्तरिम संविधानमा परिणत गरेपछि हाल पुनःस्थापित प्रतिनिधिसभा

    भंग हुनेछ ।

    संविधानसभाको प्रश्नमा विषयगत एवं प्रक्रियागत पक्ष समावेश हुन्छन् । संविधानमा समावेश हुने विषय वा अवधारणा जस्तै राजाको हैसियत, सदन संख्या, प्रधानमन्त्रीको निर्वाचन वा नियुक्ति जस्ता प्रश्न निर्वाचित सभाले तय गर्नेछ । ती विषय कसरी तय गर्ने वा कसरी निर्णयमा पुग्ने भन्ने प्रश्न प्रतिनिधिसभा कार्यविधि ऐनले पहिल्यै निश्चित गर्छ । अतः यस्तो ऐन तर्जुमा गर्दा व्यापक बहस हुनुपर्छ र त्यसमा माओवादी पक्षको मत पनि समावेश गर्नुपर्ने हुन्छ ।

    अतः संविधानसभा घोषणा र त्यसको निर्वाचन अन्दोलनमा सरिक भएका धेरैले र माओवादी पक्षले बुझेजस्तो बारीको तरवुजा मुड्कीले हानी फुटाई चाना झिक्दै खाएजस्तो सजिलो छैन । यसमा समय, मेहनत र श्रम अनि प्रचुर बुद्धि प्रयोग हुनु जरुरी छ । अझ आइपर्ने अनेकौं समस्यामाथि समझदारीपूर्ण निर्णय र सहकार्य गर्ने मानसिकता पनि उत्तिकै आवश्यक छ । सात दलले लिएको जिम्मेवारीलाई सकुशल पूरा गर्ने हो भने संविधानसभाद्वारा संविधान निर्माण गर्ने प्रक्रिया र त्यसका चुनौतीबारे जनतालाई सविस्तार बताउनु आवश्यक छ । अन्यथा २ महिनामा संविधानसभा हुन सकेन अतः राजनीतिक दल फटाहा भए भन्दै जनता सडकमा उत्रिने खतरा हुन्छ । समय-समयमा नेपाली जनताको दृष्टिकोण मौसमजस्तै परिवर्तनशील देखिएको छ । यसप्रति हेक्का राख्नु आवश्यक छ ।

  12. hello umesh jee
    thanks for update
    no matters who will be the primeminister. but he should carry the speech of nepalies people to the restored peoples assembly and first of all make a commitment on consititional assembly and make all desicion in favour of the nepalies people

  13. मओबदि को ३ महिन युधबिराम् स्वगत् योग्य छ।।। अब हेरु नेत हरु ले के गर्ने हो?

  14. उमेसजी नमस्कार छ हजुरलाई
    हजुरले जुन समाचारको बाटोबाटहामीलाई दिनहुसचेत गराउनु भयो?
    तर खबरदर छ नेताहरुलाइ किन भने अहिले रज्नैतिक बिचार भन्दा
    जन्ताको हित्को बारेम सोच्नेबेलाहो है?अबपनि नेताले जल्ति गरेभने जनताले तिमीहरुलाई त्यही खुल्लामान्चमा ल्याइ सबैलाई गोली हान्छन बुद्दिपुरौनु
    जनतालाई शान्ति चैयकोछ हाम्रो एउटाई चाहना हो
    शान्ति,शान्ति,शान्ति,शान्ति,शान्ति,शान्ति,शान्ति
    तर जनताको योभाबनासबै नेपाली नेताहरुले बुजिदिनु पर्‍यो?

    हरि
    साउदि अरेबिया

  15. उमेश जि
    माने तपाईं को लगान लाई, अनि ताजा खबर्हरु लै,मेरो बिचर मा हामि अब फेरि पनि राजा को बारे मा सोच्नु पर्छ होल्! सबै लाई थाहा भयकै कुरा हो कि नेपाल को राजा ले कति कमाउच अनि देश् को हलत कस्तो च? हामि ले यो बारेमा बुज्नु जरुरि हुन्छ!के उसले देस् को सम्पत्तिपनी खानि र जनता माथि पनि दमन गरनि? अनि फेरि के उश्को ब्यपार् ले के कतिदेश लाई फाईदा भयको छ् कि नोक्सान्? प्र्यिय राजा बादी हो काठमन्दौ मात्र नेपाल होईन भनि त तिमि हरुलाई सायद अबगद नै होल नि? अनि “गिरी” को के भयो नि उ फेरी नेपाल को सम्पत्ति कुमलेर श्रीलका हो ला होइन?
    उमेश जि, यस्ता चोर हरुको बारेमा अब के होला नि? कमला थापा अनि अरु पनि थुप्रै छन्; के कारबाई होला त?यस्ता धेरै ? हरु छन अब!के होला आदी आदी के गर्नु हाम्रो नेपाल लाई सबै ले बल तकरा गर्दै भागी रहेकाचन कोही फेरी पनि खुल्ल हिडिरहेका
    अनि नाता बाद र कृपाबाद को त के कुरा गर्नु:हामी ले गर्नु पर्नी अनगिन्ती कामहरु छन

  16. Pathetic website and its contents and photos ( specially two persons wearing DHAKTOPIin the home page, ) should be dumped in the sanitary land fill site…sisdole/okharpauwa ….as the waste has already been proved to be carcinogenic to the people of Nepal…it should be handled very carefully….as the ministry of environment seems to be very responsible for the persons body( highly toxic and corrosive),hopefully it will be well dumped so that its effect won’t be experienced anymore…….

  17. Thanks Umeshji for ur tireless effort! GOD BLESS YOU

    Desperation for something and over excitement in mere success sometimes can lead us to the disaster. Its not the end but just beginning. its really hard path ahead. They won’t be silent observers who looted the people for centuries. To bring maoists to the main stream is tough job, though they have agreed democracy as inevitable factor for 21 first century.as others have commented they who believe in dogma (and also think in previleged class}are not ready to give up, are to be forced out whoever it is.
    present challenges are:
    1.unilateral agreement on constitution assembly including maoists.
    2.prepare framework of CA in which all parts,religons,age,sex,class,ethnic,political,geographical and other factors are represented in ca.
    3.go to election for ca
    4.make drafts and discuss and finalise.
    5.Declare new constitution for 21 century nepal.
    it takes time, sweat and blood just we need is patience,hard work,co-ordination,communication and check and balance.
    IT IS HIGH TIME TO GO FORWARD
    MAY GOD BLESS US

  18. i am with jk,shiva,gaule,kirintiketo,kishore

    jaya desh,jaya prajatantra,jaya praja

    the power full part of loktantrik andolan is nepali people so ”””””jaya janta”””””….

    party & political leader are petrol but nepali janta are bull dozar.

    the dangerous fire is nepali praja and party leader are stove.

    king should be as a passenger of mercidez,political leader should be as driver and all nepali people should be divided in two part i.e road & fuel.
    rajkumar

  19. hi, actually it does matter who will goin to be PM of our country but i guess ppl want new face with clear spirit to us .
    well, i am missing all my country and beautiful events going out there. I request all nepalese ppl to select the right PM for our better future.
    Neither koirala nor nepal is good so just dont let any political leaders who were abortive especially koirala.
    JAYA NEPAL

  20. Saat dal ka neta haru sabai lai Hanumandhoka durbar square ko kaal bhairab ko mandir agadi sapathgrahan garna lagaunu parchha – feri pahila jasto ghuskhori garne chhaina bhanera. bhaninchha kaal bhairab kahan sapath liyera apanayena bhane ragat chadera marnechha…

  21. girija is not right person to be pm.i think we should give one chance to makune i mean madhav kumar nepal coz during short period rule in 52 their work were appreciatable.uml rule jindabad. i’m supporter of congress neither prajatantrik congress nor nepali congress only congress but i want see the ruling way of communist so that we can trust upon them as our trust upon congress is became weak.
    jk,guangzhou,china.

  22. अब फेरि त्यही बूढो गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री भयो भने त ठिटाहरुको मनोभावना बुझेर काम गर्दैन । त्यस बूढाले त राजालाई नै राख्नुपर्छ भन्छ । त्यस्ता बूठालाई त फ्याँक्नुपर्छ र नयाँ नयाँलाई प्रधानमन्त्री बनाउनुपर्छ ।

  23. उमेश जि, नेपाल्न्युज डट्कम ले सेना ले तनहुँमा हावाइ आक्र्मन गर्‍यो भन्ने खबर राखेको छ। यो अस्धयै नराम्रो सन्केत हो सेना को चल बारेमा । सरकार नवनिसके पनि सात दल ले तुरुन्तै सेनालाई युउध रोक्न आदेश दिनु पर्छ। अबा पनि सेना सँग डरौने कुरा छ र।

    यो मेरो रोमन बाट नेपाली मा लेख्ने पहिलो प्रयास हो । गल्ती भएमा छ्ह्य्मा प्रथ्तृछु।

  24. umesh ji tapailai dherai dhanyabad des dekhi tadha vaya pani video herna pauda kinai khushi chhu .
    antya ma nepal ma chitinai santi auni chha.

  25. वाग्ले, खड्का र जोशी स्वतः निलम्बनमा

    विकास भट्टर्राई, काठमाडौं-दचश्र-दचश्र प्रतिनिधिसभा पुनर्स्थापना भए पनि भ्रष्टाचारको अभियोग लागेका चार पर्ूवमन्त्रीले भने संसद्को कुनै पनि क्रियाकलापमा भाग लिन नसक्ने गरी कानुनबमोजिम स्वतः निलम्बनमा पर्ने देखिएको छ। पर्ूवमन्त्रीहरू चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी र जयप्रकाशप्रसाद गुप्तालाई पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोग लागेकाले उनीहरू कानुनबमोजिम स्वतः निलम्बनमा पर्ने भएका हुन्।-दचश्र-दचश्र पर्ूवमन्त्रीहरू खड्का, जोशी र गुप्ताविरुद्धका भ्रष्टाचारका मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छन्। विशेष अदालतले पर्ूवमन्त्री वाग्लेलाई भने भ्रष्टाचारी ठहर गरेर बिगो असुलउपर गरी सोहीबमोजिम जरिवाना गर्ने फैसला गरिसकेको छ। विशेष अदालतले गरेको सो फैसलाविरुद्ध पर्ूवमन्त्री वाग्लेले सर्वोच्च अदालतमा दिएको पुनरावेदनको निवेदन हाल विचाराधीन अवस्थामा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा र्सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिलाई अख्तियारले थुनामा राखेमा त्यसरी थुनामा राखेको अवधिभर र मुद्दा चलाएकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिमा त्यस्तो व्यक्ति पदबाट स्वतः निलम्बन हुने उल्लेख छ। -दचश्र-दचश्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा विघटन भइसकेपछि पर्ूवमन्त्रीहरू वाग्ले, खड्का, जोशी र गुप्ताविरुद्ध विभिन्न मितिमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। सर्वोच्च अदालतका पर्ूवरजिस्ट्रार तथा अधिवक्ता श्रीप्रसाद पण्डित सर्वोच्च र विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकाले कानुनबमोजिम उनीहरू स्वतः निलम्बन पर्ने बताउनुहुन्छ। पर्ूवमन्त्री वाग्लेलाई अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको ठहर गरी २ वर्षकैद गरी ३ करोडभन्दा बढी रकम र त्यति नै बराबरको जरिवाना गर्ने फैसला विशेष अदालतले गरेको थियो। -दचश्र-दचश्र त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्ूवमन्त्री खड्काले बक्राहा नदी नियन्त्रण आयोजनामा र पदको दुरुपयोग गरी ४ करोडभन्दा बढी रुपिया“ भ्रष्टाचार गरेको अभियोग लगाई मुद्दा दायर गरेको थियो। यसै गरी पर्ूवमन्त्रीहरू जोशी र गुप्ताविरुद्ध पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले क्रमशः ३ करोड ९० लाख र २ करोड ७५ लाखभन्दा बढी रकमको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

  26. I hope this parliamentary session will not end up being a another massacre parwa. Hope this is not Gyane’s ploy to call all the leaders in one place and you know what. Someone please convince me that there is no such possibility.

  27. haina umesh jee hajurle ta maobadi ko vela tudikhelma vanera headline lekhnu vayako chha tara news chi……..k vayo kam garda gardai mistake yo ta ali vayana ne aso care ta garnu parcha update garnu vanda pahile haina ra???????

    Neelam

  28. मैले कतै कुनैबेला पढेको थिएं, हिन्‍दीमा लेखिएको थियो “युद्ध और प्‍यारमे सबकुछ जायज है”, अब त मलाइ लाग्‍न थाल्‍यो त्‍यो शब्‍द राजनितीमा पनि लागु भएछ । देशलाइ अहिलेको घडीमा पर्‍याउने एकजना हस्‍ती श्रीमान गिरीजा बाबु हुनुभएता पनि प्रधानमन्‍त्रीमा नाम शिफारिस भएको थियो । अनि सोंचेको थिएं प्रधानमन्‍त्री पदमा बहाल रहंदै रामनाम सत्‍य होला तर पदमा बहाल हुनुभन्‍दा पहिला नै पो…., अव माधब नेपालको कुरा अगाडी आएछ, माधव जी,कृपया व्‍यक्तिगत स्वार्थ भन्‍दा राष्‍ट्रको स्वार्थ ठूलो हो भन्‍ने कुरालाइ कहिल्‍यै पनि नभुल्‍नुहोला है, हाम्रो शुभकामना !!!

  29. During these recent turmoil in Nepal a lot of thigs have just been visualised and analyzed in a single way. I am still very much confused about how the “ganatantra” would come.But I am for sure that the King is completly bypassed by the major political forces and by the people. But, our leaders may commit some fatal mistakes. The Maoist are the rebels and that they have some ways of revolution,some goals and some works that they too have visualised.
    The maoist revolution in Nepal has been affected by the communist movement . The so called communism to me seems like a hypothesis, Yes indeed communism is a hypothetical state of living. Now the maoist have proclaimed that they would do a safe landing if “constitutional assembly” and “End of Monarchy” would come to an end. But still I am very much confused about them. Their statements are very paradoxical.On the other hand the political parties have said to go with the will of people but if the so called “constituent assembly” is carried out, and if maoist come in political mainstream all the leading parties except for the “CPN -UML”(they share common philosophies of communism ) , would be bypassed. If the maoist just become another political parties their whole movement would be crippled. But one thing is for sure we don’t need any so called “monarch” as a guardian of “constitution”, even as ceremonial. The constituion and its laws are itself very powerfull.
    The other thing that I would like to say to Umesh Dai is that majority of our people are very much dissatisfied with the large economic gap between the capitalist and the common people. The true problem lies in stabilizing the socio-economic problems of Nepal. Besides Nepal is very much sensitive zone and concerns a lot of nations. Maoist regime in Nepal would invoke a serious debate in US or in other countries. But, what do maoist want? Do they want to do the safe landing as a political parties? Do they want to capture the country by the ballet and not the bullet? what are our political parties expectations? can they make a new Nepal? can they organise these immense divisions?
    But one thing is for sure , we the nepalis want a change. A big change in every walks of our life.Many a life has been wasted in achieving dignities. I have proposed some new plans of modern nepal :-
    1. The political parties should inculcate younger generations> (the post of primeminister and ministers should be like a civil servant exams, ((some of our political leaders have not passed exams)))
    2. Maoist revlution and their need should be thought and fullfilled necessarily.
    3. The Nepal army should be completely refined. anyone who have not passed intermediate exams should be barred from doin the army job. (in other countries the army are referred as “Sir”, in our country they are feared.))
    4. People should be encouraged to work, there should be uniform development, people should be encouraged to pay tax and most of all the civil servants and political figures should not be bribed or take bribes.
    5. Crimes in Nepal are the cause of poverty,illiteracy. they should be eliminated.
    6.everything should be done systematically. ( I personally see immense capabilities in the Non residential Nepali)
    7.There should be uniform achievement of progress and that all the people should contrbute and sacrifice.
    Well this is what I think. n Thanks to Umesh bro. Oh bro hajoor ta aajak nikai thaknu bha jasto cha ki news nai paudaina.
    kshitij khadka

  30. aaja tudikhel ma sabei janatako samunne sapatha grahan garnu parchha . ani matar sahidko ragat ko ali kati samman hunechha .

  31. Umeshji,
    Kina ho party haru le aahilai bijaya julus manauna hataro gari raheka chhan ni, jaba ki thulo kam chai huna banki nai chha. yedi yo bela ma pani ganatantra liyera aauna sakenan bhane aahile ka neta haru ra raja dubai ko biruddha hami sabai ladnu parchha. Pradhan mantri pherinu hamro bijaya hoina, 2058 sal aagadi desh lai puryanu hamro lakshya hoina, na ta hamro chahana raja le mareko 2047 ko sambidhan lai nai biutaunu ho. Hosiyar neta haru, janabhawana bujhenau bhane timiharu pani kamal thapa hune chhau.

  32. आजको रत्नपार्कको बिजय आम्सभामा जनतालाई नेताहरुले कतिको बिसोसता पार्न सक्छन हेर्न बकी छ ।

    माधव रज तिवारी मानब अधिकार्कर्मी

  33. Namaste!

    I am photographer from usa and seekig to take photos of huge celebrations in Katmandu. Can someone tell me that what time starts the big celebrations in Tudikhel today, please?

    Thanks
    Polaris

  34. Dhannebad Ramesh-ji
    nikkai mehanat garnu bhayeko cha tapaile hamile kei garna nasakepani bidesh ma basera afno matribhumi yo andolan lai hridaye dekhi samarthan gardachu, aba ko nepalko bhabise ko faisahala janatako haat ma dinu parcha. feripani netaharule afno bato birayou bhane yo bhannda bhayanak galti itihasma hune chaina. jasabata nepali ra nepal ko astito mathi kehlbad huna sakincha. jehosh umesh ji ..ma afu bidesh base pani tapaiko yo blog herna payena bhane samachar hereko jastai lagdaina. loktanrik jandolana ma tapaiko sahabhagita pani samjhina layek nai cha, mero tarfabata tapailai daro salam,
    feri pani yo desh ko loktanri andolan majbut samarthanko jaruri cha ..hami didesh ma basne nepali haru ko pani ..tapaiharule chalayeko loktantirk andolan lai ajhai uchaima purryuana joddara samarthan gardachu. jai matri bhumi/
    Manandhar Japan/

  35. Hearing the Madhav Kumar Nepal’s interview to BBC, I doubt that these corrupts will genuinely go for the constitution assembly elections as per people’s wish to overthrow monarchy. It would be shame for us that if he takes the position of Prime Minister.

  36. Umesh ji tapai lai ta jati dhanyebad diye pani kamai hunchha …..je hos aba deshma jasari bhaye pani shanti aaye hunthyo yehi hamro kamana chha…

    nepalko chhori

  37. I think it is a time to honor the honesty
    shown by Subash Nembang. He is not only a
    dedicated leader, but a honest person in
    UML and Nepali Political Arena. Not only
    that he is also a lawyer. So, he knows the
    law, rules and regulations, that is very
    crucial at this hour.

    Next, I think we should read the article
    in Kantipur that asks several people to resign
    immediately from their current posts. AG
    and Tara Ranabhat already resigned from their
    posts. Others should also do it. All these
    Thapas mentioned by CK Lal in his article on
    NepaliTimes should resign immediately. That
    is need of hour. Then, the chief justice should
    immediately resign or kicked out of job ASAP.

    The govt to be formed in Friday, should have
    SAPATH in public place or in Parliament, not
    in Raajdurbar.

    Thats it.
    GP

  38. umes ji tapai haru ko prays ra mihenet le garda nepal feri dila nyee baye pani santi ko des banera biswa samu chinine jasto cha……..bir sahid harulai lal salam yesai my sansar webpatirka bata dina chahan chu
    roman ma lekheko chu bujnu huncha hola
    ani tapai lai namaste/thanks

    -from umes ji ko subha chintak japan

  39. उमेश जी,
    जनान्दोलनका बेला तपाईंले गर्नु भएको समाचार सम्प्रेषन अति नै सर्हानिय छ । यसको लागि धेरै धेरै धन्यवाद छ । अन्तमा हामी जनताको जीत भएर छाड्यो अब यसरी नै आगामी दिनहरुमा पनि नेताहरुको प्रतिबद्दता लाइ स्मरण र होसियार गराउदै गर्नुहोला ।
    जय् देश्
    जय लोक तन्त्र

    देव गुरुङ हङकङ

  40. यतिका भईसकेपछि पनि नेता र कार्यकर्ताले को हुने र को नहुने बिबाद गर्ने खेदजनक छ। अब ब्लगर मित्र र अन्य साथिहरुले काँग्रेस, एमाले, र माओवादी भनेर वर्गीकृत गर्नु साटो, लोकतन्त्रवादी भनेर सम्बोधन गर्नु ठीक होला, नयाँ सँविधान नबनुन्जेल। यस्को मतलब यो कदापी होईन की फेरी नेता र पार्टीहरु हिजोका दिनमा जस्तै हीलो छ्यापाछ्यापमा ब्यस्त रहोस भन्ने। नयाँ राजनितिक सँस्कारको जरुरत छ नेपालको पुनर्निरमाण र उज्ज्वल भविष्यको लागी। दिनुपर्छ सबले बलिदान, जसरी दिऐ शहिदहरुले लोकतन्त्रका लागी जिवनदान।
    परिबर्तन,
    टोक्यो,जापान

  41. now let us focus and find out how peter pay back his huge loans…and find the truth behind mornag killing,nagarkot killings..n bring culprits to justice

  42. Hi Umeshji:

    Do you know what is Constituent Assembly, what does it do?

    None of the newspapers or journalists have ever talked baout this topic.

    Can you please find out and write here what are the tasks CA is supposed to? And how it will do? Who are going to be the members of CA? How these members are nominated/selected/elected? For sure, main task is to re-write teh constitution of Nepal? What others?

    Thank you.

    you are the best

  43. Umesh ji
    thanks for this video and all the updated news.
    Wish u to continue such great job.

    Laxmi
    Australia

  44. umesh ji,now let us focus on bringing the culprits to justice. We should not leave the culprits of Maina sunuwar case, Nagarkot case and recent Mornag case. Unless security people r reminded of the responsiblity, the situation will be back to same. So sad after the reinstate of the house, morang case happened and same type of comment has come from defense ministry. lets speak in favour of people n justice. We should not leave the culprits during the royal regime and those who misused democarcy during party rule. I suggest to start the campain from today itself, “justice for people””punishment for culprits”

  45. netaji harule aba jantako anakhama charo haldai kurchi tandai ngarera desh r jantako bhalo socnu aawsek cha kinaki bigatka dinma jasto sadai jantale partek din yeuta yeuta pardhan mantri ko naam sunna nparos.

  46. Dhanyabad mero sansar production unit.vijaya rally ko video hera ramro lagyo.jun prajatantra prati janata lea jati dhayan diyaka chan teti nai aaba sat dal ra maobadi ko pani pugna sakos.sakea samma chadai deash ma shanti ko dhun sunna paaiyos.sabai ma lok tantra prati yesai gari sadai chetana bhairakhos.aaba shanti ko lagi yak juit hoyau.

  47. अब हेनु पर्छ नेताहरु को काम अब पनि फेरी पहिला को जस्तो गरी बिना लगाम को घोडा जस्तो गरी देश चलयो भने सालेनेताहरु लाइ छोद्ने होइन। अनि बिपछि मा बस्ने पार्ती ले पनि पुरा सहयोग् गर्नु पर्छ । कम्ति मा पनि ५ वर्ष पुरा सबैले सहयोग् गरेर् सर्कर् चलाऔन दिनु पर्छ। यो नै मेरो अब् को सर्कार् चलाउने लाइ शुभ्-कमना।

  48. Public Le Dukha Matrai Payo,Donda(Conflict) Jaha Ko Tahi Rahane Bhayo,Jasto Chhani Ki Kaso………………?

  49. सपथ चाहिं टुँडिखेलमा हुनुपर्छ भन्ने जनभावना त हो, तर त्यसो चाहिं हुँदैन होला।

    हैन, उमेशजी तपाईं सुत्नुहुन्न कि के हो?
    तपाईंको लगावलाई सलाम छ!

  50. kati chandai utheko ho aja Umesh G
    yeso aram pani garaun na yar kahile kahin
    I hope, I will get beautiful coverage of todays’s big demo + BIJAYA Julus from u.
    U r doin good job!!

  51. madav nepal ko ichha pura hunchha ki k ho? madav ji hosiyar katai PM ko lov ma Janta ko Desh lai Dhoka Dinu hola !!!!!!!!!!

    Dhanyabad Umesh ji, Update garirahanu hola.

  52. Umesh ji
    thanks again

    Bijay julus ko video herda nikai khusi lagyo. Sachhi nai afai gayeko jasto lagirahechha.
    Ajako bishal amsabha ko safalta ko kamana gardachhu. Tesko video pani yethasighra rakhnu bhayema kritagya hune thiye. Dhanyabad.

    Dhaka, Bangladesh

  53. शपथ ग्रहण सर्वोच्च अदालतको फुल बेन्च सँग गर्नुपर्छ ।

  54. Thanks for lot of news about the politics of nepal Nepal is in very dengerous condition now. publish news very carefully. u never take one side publish fact things with confidence.thanku so much for your trying.

  55. jo prime minister bane pani maobadi samasya solve garera nepal ko aaja samma kai history ma sada sada ko lagi aamar hune kam garnu paryo,yo chance bhaneko golden chance ho yesh lai use garera desh ra janata lai rahat dine kam hunu paryo

    jaya loktantra,jaya aama nepal

  56. thank you umesh ji…..all the best to everyone….waiting for todays updates. madhav nepal would be better PM than the outdated and family autocratic GIRIJA for sure…and we need more young people taking leadership now…..gradually.

  57. aab nepali haru le dhairyata dharan garera rajnaitik samasya haru samadhan gari bikash tarfa lagnu parchha.ani Bhrastar layi nirutsahi gari bhrastari haru layi samajik bahiskar sahid sajay haru gardai muluk ko arthatantra ramro pari aru muluk ko nagarik haru le payeko rajya subidha haru upyog garne sthiti ma rajya layi puraunu parne kura ma neta haru layi sajag garauna jaruri chha yo kura layi janta le bujunu parchha jasari jan andolan le raja layi jhukayo tyasari nai neta heru layi anusasan ma rakhne kam pani janta kai ho.

  58. aaba yo sarkar le aajhai cease fire ghosana garera mao-badi ko cease fire ko answer dinu parcha.

    GP koirala or Madhav Nepal jo primeminister bane pani aakhir janta le aafno bato taya garisakekachan ra people ko voice nai thulo huncha so i hope yini harule sambidhan sabha ko ghosana garna khutta kamaudainan.

    Aaba ko yug loktantrik ra ganatantrik yug hunecha na ki nirankush rajtantra ko yug.

    Jaya Nepal,jaya Ganatantra

  59. aaja aama ko mukh herne din ma sabai le aafno aama lai matra nabhai nepal aama lai pani sraddha- suman arpan garaun.
    Jai Nepal!

  60. It doesn’t matter who will brthe PM. GPK snd MKN both are failed leader somehow. I think people are looking for new face with new strategy.

Comments are closed.